वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि पेन्सन र लगानी कोष

वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि पेन्सन र लगानी कोष

काठमाडौ, ७ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको छ । सरकारले कम आय भएका कामदारलाई ससाना परियोजनामा लगानी गर्ने संयन्त्रको विकास गर्ने गरी श्रमसचिव महेशप्रसाद दाहालको नेतृत्वमा एक अध्ययन कार्यदल समेत गठन गरी काम सुरु गरिसकेको छ । आजको कारोबारमा यो खबर छापिएको छ । श्रम,...
अब राष्ट्रसंघीय मिसनमा नेपालबाट २० प्रतिशत महिला प्रहरी

अब राष्ट्रसंघीय मिसनमा नेपालबाट २० प्रतिशत महिला प्रहरी

काठमाडौ, ७ कात्तिक । नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पठाउने महिला प्रहरीको संख्या बढाएर २० प्रतिशत पुर्‍याएको छ । फर्म्ड पुलिस युनिट (एफपियु) शान्ति मिसनअन्तर्गत कुल संख्यामध्ये २० प्रतिशत महिला प्रहरी पठाउने भएको खबर आजको नयाँ पत्रिकामा  छ । प्रहरीले बनाएको एफपियु छनोट कार्यदेश २०७५ मा दुई जुनियर अधिकृतसहित हरेक एफपियु टोलीमा कम्तीमा २० प्रतिशत महिला पठाइने उल्लेख छ । शान्ति ...
यस्तो छ विश्वकै लामो समुद्री पुल, के छ पुलको विशेषता ?

यस्तो छ विश्वकै लामो समुद्री पुल, के छ पुलको विशेषता ?

काठमाडौ, ७ कात्तिक । विश्वकै सबैभन्दा लामो समुद्री पुल औपचारिक रूपमा बुधबारबाट प्रयोगमा आउने भएको छ । चीनका राष्ट्रपति सी जिनपिङले मंगलबार उद्घाटन गरेसँगै त्यसको औपचारिक रूपमा प्रयोगमा आउने भएको हो । पुल निर्माण सुरु गरेको नौ वर्षपछि सञ्चालन हुने भएको हो । सडकको पहुचसँगै सो पुल ५५ किलोमिटर फैलिएको छ । पुलले हङकङदेखि मकाउ र चीनको झाउहाई सहरलाई जोड्छ । पुल निर्माण गर्न २० अर्ब डलर खर्च ...
जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना : मेसिन वीरगन्जबाट, अाइडिया इन्टरनेटबाट

जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना : मेसिन वीरगन्जबाट, अाइडिया इन्टरनेटबाट

काठमाडौँ, ६ कात्तिक । कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ परेका अभियुक्तले नोट छाप्ने अाइडिया इन्टरनेटबाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट छाप्ने घटनाका मुख्य योजनाकारमध्ये पर्सा बिरुवा गुठीका २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठले नक्कली नोट छाप्ने योजना सिरहास्थित कारागारबाटै बनाएका थिए । जुन बे...
विश्वकप क्रिकेट ट्रफी यसै साता नेपाल ल्याइने

विश्वकप क्रिकेट ट्रफी यसै साता नेपाल ल्याइने

काठमाडौँ, ६ कात्तिक । अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ। ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नेपालस्थित प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन्। ‘आईसीसी विश्वकप ट्रफीको नेपाल टुर कार्यक्रम भव्य बनाउने तयारीमा हामी जुटेका छौं’, उनले भनिन्, ‘यसै साता आउने भए पनि दिनको टुंगो ल...
राष्ट्रपतिको राजसी टीका : सर्वत्र अालाेचना

राष्ट्रपतिको राजसी टीका : सर्वत्र अालाेचना

काठमाडौँ, ६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्विरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ । नेपालमा राजतन्त्र रहँदासम्म यस्ता घटना सामान्य नै मानिन्थे । अाजकाे नागरिक दैनिकमा समाचार छ । ...
आजदेखि निजी कम्पनीले पनि ‘स्मार्ट लाइसेन्स’ छाप्ने

आजदेखि निजी कम्पनीले पनि ‘स्मार्ट लाइसेन्स’ छाप्ने

काठमाडौँ, ६ कात्तिक । स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ । यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । मालिका इन्कर्पोरेटेड प्रालिले मंगलबारबाट सन् २०१८ को जनवरीदे...
प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएकाे राजीनामा अस्वीकृत

प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएकाे राजीनामा अस्वीकृत

काठमाडौँ, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा अस्वीकृत गरेको हो । बैठकको निर्णयबारे जानकारी दिंँदै प्रवक्ता श्रेष्ठले भन्नुभयो, “सचिवालयको बैठकले केन्द्रीय प्रवक्ताले पदबाट दिएको राजीनामा अस्वीकार गरेको छ ।” प्रा डा गो...
टुंगिदै विवाद : मलेसियासँग श्रम समझदारी कार्तिक १२ मा

टुंगिदै विवाद : मलेसियासँग श्रम समझदारी कार्तिक १२ मा

काठमाडौँ, २९ असोज । नेपाल र मलेसियाबीच बहुप्रतिक्षित द्विपक्षीय श्रम समझदारी (एमओआई) को मिति तय भएको छ । दुई देशका श्रममन्त्रीले समझदारीमा कार्तिक १२ गते काठमाडौंमा हस्ताक्षर गर्ने भएका छन् । म, रोजगार तथा सामाजीक सुरक्षा सचिव महेशप्रसाद दाहालका अनुसार श्रम समझदारीमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधन मन्त्री कुला शेघरान कार्तिक ११ गते नेपाल आँउदैछन्। ‘मलेसियासँग श्रम समभदारीको मिति टुंगो लाग...
सहमतिबाट पछि हट्यो भारत : नयाँ हवाई रुट थप्न मानेन

सहमतिबाट पछि हट्यो भारत : नयाँ हवाई रुट थप्न मानेन

काठमाडौँ, २९ असोज । नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौँमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको छ । प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँ दिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्किएका छन् । ‘भारतीय प्राविधिकले डिफेन्स कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यो विषय फेरि प्रधानमन्त्री तहकै वार्तामा फर्केको...
बास्तोलाको अन्तिम संस्कार, कांग्रेसले ३ दिन झन्डा आधा झुकाउने, १३औँ दिन शोकसभा

बास्तोलाको अन्तिम संस्कार, कांग्रेसले ३ दिन झन्डा आधा झुकाउने, १३औँ दिन शोकसभा

काठमाडौँ, २९ असोज । कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्र बास्तोलाको निधनमा शोक व्यक्त गर्दै ३ दिनसम्म शोक मनाउने निर्णय गरेको छ । मस्तिष्काघात भई ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बास्तोलको शनिबार ललितपुरको खुमलटारस्थित निवासमा निधन भएको थियो । उनको निधनपछि आइतबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले ३ दिनसम्म शोक मनाउने निर्णय गरेको हो । २८ देखि ३० असोजसम्म पार्टी केन्द...
सवा दुई करोड बराबरको रुद्राक्ष लुटियो

सवा दुई करोड बराबरको रुद्राक्ष लुटियो

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका २, कुदाककाउलेको ताबुमा रहेको करिब सवा दुई करोड बराबरको रुद्राक्ष एक अज्ञात समुहले लुटेर लगेका छन् । शुक्रबार बिहान करिब ५ बजेतिर अन्दाजी ७/८ जनाको अज्ञात समुहले स्थानीय हिमाल तामाङ र नगरपालिकाका मेयर बीरबल राईले साझेदारीमा लगाएको करिब २ करोड १५ लाख मूल्य बराबरको रुद्राक्ष चोरी गरेर भागेको जनाईएको छ । जग्गाको सिमाना साझेदारीमा भएकाले दुबैजनाले लगाएको उक्त र...
व्यापारीले ५२ करोड कर तिरेनन्

व्यापारीले ५२ करोड कर तिरेनन्

विराटनगर, २८ असोज । मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन्। विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई यनीहरूबाट करवापतको बक्यौता उठाउन हम्मेहम्मे परेको छ । कार्यालयले २०७४ ७५ मा ५९ कारोड ३३ लाख रुपैयाँ कर उद्योगी व्यवसायीबाट उठाउनुपर्ने थियो तर उनीहरूबाट अहिलेसम्म सात करोड २१ लाख रुपैयाँ मात्र उठाएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए। लामो समयदेखि आ...
क्लियरिङ हाउसमा एकै दिनमा ४६ अर्ब कारोबार

क्लियरिङ हाउसमा एकै दिनमा ४६ अर्ब कारोबार

काठमाडौं, २८ असोज । दसैं सुरुभएसँगै बैंकहरूमा चेक सटही र रकम लेनदेन बढेको छ । नेपाल क्लियरिङ हाउसले यस्तो कारोबार एकै दिन ४६ करोडभन्दा बढी गरेको छ । बिहीबार मात्रै क्लियरिङ हाउसमा ४६ अर्ब ६१ करोड ५० लाख रूपैयाँ कारोबार भयो । त्यसमध्ये चेक क्लियरिङबाट ३८ अर्ब ९७ करोड र बैंक भुक्तानी प्रणाली (आईपीएस)मार्फत सात अर्ब ६४ करोड छ । हरेक वर्ष दसैंअघि कारोबार बढ्छ । फूलपातीको अघिल्लो दिन सबैभन्दा धेरै ...
मन्त्रीहरुको कामकाे मूल्यांकन अब ‘अनलाइन मनिटरिङ’ प्रणालीबाट

मन्त्रीहरुको कामकाे मूल्यांकन अब ‘अनलाइन मनिटरिङ’ प्रणालीबाट

काठमाडौं,२७ असोज । मन्त्रालय तथा मन्त्री, संवैधानिक निकाय तथा आयोगहरूको कामको अनुगमन तथा मूल्यांकनका लागि ‘अनलाइन मनिटरिङ’ प्रणाली सुरु भएको छ। ती निकायले अब हरेक महिनाको ७ गतेभित्र अनलाइन प्रणालीमार्फत आफ्नो विवरण पेश गर्नुपर्ने भएकाे छ। साेही विवरणका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनुगमन तथा मूल्यांकन गर्ने भएका छन्। सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयनका लागि आफ्नो नीति तथा कार्यक्र...
निर्मला हत्याको प्रमाण मास्नेलाई किन चलाइएन मुद्दा ?

निर्मला हत्याको प्रमाण मास्नेलाई किन चलाइएन मुद्दा ?

काठमाडौं,२७ असोज । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्याका प्रमाण प्रहरी अधिकारीहरूबाटै नष्ट गरिएको गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । तर, तिनलाई निलम्बनबाहेक अन्य कारबाही गरिएको छैन । कानुनमा प्रमाण नष्ट गर्नेहरू कसुरदार भएकाले संलग्नलाई फौजदारी सजाय गर्नुपर्ने प्रावधान छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ । मुलुकी फौजदारी संहिता २०७४ अनुसार प्रमाण नष्ट ...
सोमबारदेखि सर्वसाधारणले श्रीपेच हेर्न पाउने

सोमबारदेखि सर्वसाधारणले श्रीपेच हेर्न पाउने

काठमाडौं, २७ असोज । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आगामी सोमबारबाट सर्वसाधारणले हेर्न पाउने भएका छन्। नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन्। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘सोमबारबाट सबैको प्रतीक्षा सकिँदैछ। सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिनेछ।’ श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट (ट...
भोजपुरमा रुद्राक्षका दाना जोगाउन सीसी क्यामेरा जडान

भोजपुरमा रुद्राक्षका दाना जोगाउन सीसी क्यामेरा जडान

भोजपुर, २७ असोज। पूर्वी पहाडमा रुद्राक्षको चर्चा निकै हुने गर्छ। यसको कारोबार, महत्व र आम्दानीकै कारण रुद्राक्षको दानाले ख्याति कमाएको हो। कतिपय जिल्लाका गाउँवस्ती यसका लागि प्रख्यात छन्। किसानको जीवनस्तर उकास्ने रुद्राक्षको मोल र महत्व बढेसँगै यसलाई जोगाउन निकै चुनौती थपिएको छ। किसानले पनि जोगाउने नयाँ नयाँ उपायसँगै प्रविधिको समेत उपयोग गर्न सुरु गरेका छन्। भोजपुरको उत्तरी भेगको प्रमुख आम्दानी...
निर्मला हत्याकाण्डः एआईजी धीरु बस्न्यातको टोली कञ्चनपुर पुग्यो

निर्मला हत्याकाण्डः एआईजी धीरु बस्न्यातको टोली कञ्चनपुर पुग्यो

महेन्द्रनगर,२७ असोज । कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटनाको छानविनका लागि नेपाल प्रहरीले गठन गरेको एआईजी धीरू बस्न्यात नेतृत्वको टोली कञ्चनपुर पुगेको छ । घटनाको छानविनका लागि गत ३१ भदौँमा एआईजी धिरु बस्नेतको नेतृत्वमा ४ सदस्य टोलि गठन गरेको थियो । समिति गठन हुँदा डीआईजी रहेका बस्नेत अहिले एआईजीमा बढुवा भएका छन । निर्मला हत्याकाण्डमा प्रहरीले नै प्रमाण नष्ट ग...
लोकसेवाद्वारा १०६ कर्मचारीलाई कारबाहीको सिफारिस

लोकसेवाद्वारा १०६ कर्मचारीलाई कारबाहीको सिफारिस

काठमाडौँ, २६ असोज । लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ। सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकारसमक्ष कारबाहीको सिफारिस गरिएको हो। ती मध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ। ३८ जनालाई नसिहत दिन र २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ। त्यस्तै छ जनालाई बढुवा रोक्न भनिएको छ। निजामति सेवा ऐनअनुसार विभिन्न सेवा समूह सञ्चालन गर्ने निकाय वा मन्त्रालयले निजामती...
निक्षेपको ब्याजदर घटाउन बैंकहरूबीच अर्को सहमति

निक्षेपको ब्याजदर घटाउन बैंकहरूबीच अर्को सहमति

काठमाडौँ, २६ असोज । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाउने सहमति गरेका छन् । बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको रहोबरमा बिहीबार २८ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिको बैठकले निक्षेपको ब्याजदर  दशमलव ५ प्रतिशत बिन्दुले घटाउने सहमति गरेको हो । सहमतिअनुसार अब वाणिज्य बैंकहरूले बचतमा बढीमा ७ प्रतिशत मात्रै ब्याज दिनेछन् । त्यस्तै, मुद्दतीतर्फ सर्वसाधारणको निक्ष...
कपिलवस्तुकै सांसद बुद्ध भारतमा जन्मिएको प्रचार गर्दै

कपिलवस्तुकै सांसद बुद्ध भारतमा जन्मिएको प्रचार गर्दै

काठमाडौँ, २५ असोज । प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद साह विशिष्ट अतिथिका रुपमा उपस्थित भए । कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा ...
२०७५ असोज १३ गते शनिवार/आजको राशिफल

२०७५ असोज १३ गते शनिवार/आजको राशिफल

भारतको महाराष्ट्रमा पर्ने यवतमाल र पाढरकावडा क्षेत्र एक नरभक्षी बघिनी (मादा टाइगर)का कारण चिन्तित छ । ‘टी १’ नामको यो बघिनीले पछिल्लो केही दिनभित्र यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको छ बताइएको छ । यो बघिनीलाई समात्न वन विभागले प्रयास गथ? सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवस...
९ सय किशोरीले आज रेडियो बहस गर्ने

९ सय किशोरीले आज रेडियो बहस गर्ने

काठमाडौँ, २५ असोज । सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर आज (असोज २५ गते) देशभरिका ९ सय किशोरीले आफ्नै सवालमा एकैपटक बहस गर्ने भएका छन् । किशोरीले सामुदायिक रेडियोमा बहसमूलक कार्यक्रम गरेर समुदायमा देखिएका बालिका र किशोरीको समस्या तथा तिनको न्यूनीकरणका लागि आफ्नो नेतृत्वमा भइरहेको पहलबारे जानकारी गराउनेछन् । कार्यक्रममा ३ सय किशोरी एक दिनका लागि रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् । भन...
इन्जिनियरिङ कलेजमा करोडौं अनियमितता, ३३ करोड ७६ लाख बेरुजु

इन्जिनियरिङ कलेजमा करोडौं अनियमितता, ३३ करोड ७६ लाख बेरुजु

काठमाडौँ, २५ असोज । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका सञ्चालकले ३३ करोड ७६ लाख रुपैयाँभन्दा बढी अनियमितता गरेको पाइएको छ । कलेजको लेखापरीक्षण प्रतिवेदनअनुसार उक्त रकम अनियमितता भएको पाइएको हो । कलेजका अध्यक्ष लम्बोदर न्यौपाने, सूर्यबहादुर केसी, लवराज भट्टराई, रामरत्न उपाध्याय र उपेन्द्र गौतमले ३३ करोड ७६ लाख ७३ हजार रुपैयाँ अनियमितता गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ। सञ्चालक समिति सदस्य हर...
वामदेवलाई संसदमा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं ७ खाली गराउन सुझाव

वामदेवलाई संसदमा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं ७ खाली गराउन सुझाव

काठमाडौं, २५ असोज । उपचुनावमार्फत वामदेव गौतमलाई संसदमा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं ७ खाली गराउन स्थानीय नेताहरूले नेकपाका अध्यक्षद्वयलाई सुझाव दिएका छन्। प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले राजीनामा दिने र गौतमलाई त्यहाँबाट उठाउने तयारी थालेपछि उक्त क्षेत्रका नेता बुधबार केपी ओली र पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका थिए। प्रदेश सांसद वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र न्ह...
यसवर्षको दशैँमा कैदीको कैद मिनाह नहुने

यसवर्षको दशैँमा कैदीको कैद मिनाह नहुने

काठमाडौं, २३ असोज । यसवर्षको दशैँमा कैदीवन्दीहरुले कैद मिनाह नहुने भएको छ । नयाँ मुलुकी संहिता अनुसारको कैद मिनाहसम्वन्धी कार्यबिधी नबनेकाले उनीहरूले कैद मिनाह नपाउने कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णबहादुर कटुवालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले हरेक वर्ष दसैं, गणतन्त्र र संविधान दिवसको अवसरमा केही कैदीबन्दीलाई आममाफी दिने चलन थियो । हाल ७३...
प्रदेशको नाम र स्थायी राजधानीबारे छलफलै नभई अधिवेशन अन्त्य हुँदै

प्रदेशको नाम र स्थायी राजधानीबारे छलफलै नभई अधिवेशन अन्त्य हुँदै

विराटनगर, २३ असोज । प्रदेशको नाम र स्थायी राजधानीबारे औपचारिक छलफलै सुरु नभई प्रदेश सभा १ को वर्षे अधिवेशन अन्त्य हुने भएको छ । मंगलबार दिउँसो बस्ने बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र सभामुखले पढेर सुनाएपछि अधिवेशन अन्त्य हुनेछ । प्रदेश सभाका प्रवक्ता सहसचिव लोकप्रसाद भण्डारीका अनुसार हिउँदे अधिवेशन पुसमा मात्र आह्वान हुनेछ । प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सभाको दुईतिहाइ बहुमतबाट टुंग्याउ...
स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई, मन्त्रीको चलखेलका कारण मुलुकलाई लाखौं घाटा

स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई, मन्त्रीको चलखेलका कारण मुलुकलाई लाखौं घाटा

काठमाडौँ, २२ असोज । सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले उक्त कार्ड छाप्नका लागि दशवटा मेसिन खरिद गरेपछि हाल चारवटा मात्र सञ्चालनमा रहेको छ । विभागले पटकपटक छोटो समयभित्र नै ट्रायल पास गरेका...
अवकाशप्राप्त कर्मचारीदेखि पूर्वमन्त्रीसम्म एलएलबीमा भर्ना

अवकाशप्राप्त कर्मचारीदेखि पूर्वमन्त्रीसम्म एलएलबीमा भर्ना

काठमाडौं, २१ असोज  । त्रिभुवन विश्वविद्यालयमा स्नातक तहमा कानुन शिक्षा अध्ययन गर्नेको संख्या अत्यधिक बढेको छ । अधिकतम ५०० क्षमताको त्रिविको आंगिक क्याम्पस नेपाल ल क्याम्पसमा झण्डै ११ हजार विद्यार्थी एलएलबी अध्ययनका लागि भर्ना भएका छन् । अवकाशप्राप्त कर्मचारी, इन्जिनियर, डाक्टर मात्र होइन, स्थानीय तहका जनप्रतिनिधि र पूर्वमन्त्रीसमेत भर्ना भएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ । नेपाल ल क्याम्पसक...
सात जिल्ला हुँदै भारत पुग्छ अरुण तेस्रोको बिजुली

सात जिल्ला हुँदै भारत पुग्छ अरुण तेस्रोको बिजुली

संखुवासभा, २१ असोज । अरुण तेस्रो जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन सातवटा जिल्ला हुँदै भारत पुग्ने भएको छ । विद्युत् आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सतलजले भर्खरै ट्रान्समिसन लाइनको नक्सा बनाएको छ । ट्रन्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, धनुषा र महोत्तरी पार भएर भारत लगिनेछ । विद्युत् त्पादनस्थल दिदिङको पुखुवाबाट सतलजले हाइटेन्सन लाइनमार्फत बिजुली सिधै भारत पुर्‍याउनेछ ...
error: Content is protected !!