दुई अध्यक्षको टकरावले पार्टी एकता संकटमा

दुई अध्यक्षको टकरावले पार्टी एकता संकटमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका कामलाई प्रभावकारी रूपमा अघि बढाउन छोडेर प्रधानमन्त्री पदमा दाबी गर्न थालेपछि समस्या सिर्जना भएको हो । प्रचण्ड निकट स्रोतले भने ...
कोरोना संक्रमणमुक्त हुनेको दर ६९ प्रतिशत, मृतकको संख्या ८०० नाघ्यो

कोरोना संक्रमणमुक्त हुनेको दर ६९ प्रतिशत, मृतकको संख्या ८०० नाघ्यो

काठमाडौं । देशभर हालसम्म १ लाख २ हजार आठ सय २० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त हुनेको संख्या ६९ दशमलव २ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ । देशभर बिहीबार ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसं...
फोनकै भरमा पुरिदै काठमाडौंको सडकका खाल्टाखुल्टी

फोनकै भरमा पुरिदै काठमाडौंको सडकका खाल्टाखुल्टी

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा फोन गरेकै आधारमा सडकका खाल्टाखुल्टी पुरिन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर, सडक डिभिजन कार्यालय काठमाडौंले कसैले सडकमा खाल्टाखुल्टी परेको देखेर फोन गरेमा त्यसैका आधारमा पनि खाल्टाखुल्टी पुर्दै आएको छ । सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले पछिल्लो समय सर्वसाधारणले फोनबाट गुनासो टिपाएकै आधारमा पनि खाल्टाखुल्टी पुर्ने तथा सडक मर्मत ग...
कोरोना बीमाको भुक्तानी लिन झमेला

कोरोना बीमाको भुक्तानी लिन झमेला

काठमाडौं । कोरोना बिमा गर्नेहरूले पाँच महिनाको अवधिमा ८७ करोड रुपैयाँभन्दा बढी प्रिमियम रकम बुझाएका छन् । नेपालमा गत ७ वैशाखदेखि सुरु गरिएको कोरोना बिमाको आकर्षण अझै बढ्दो क्रममा रहेको छ । पछिल्लो समय काठमाडौं उपत्यकालगायत मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या गुणात्मक रूपमा बढेसँगै बिमा गर्नेहरूको संख्या पनि बढ्दै गएको छ । जसका कारण सुरुमा निकै आकर्षक रूपमा कोरोना बिमा गराउनेतर्फ आकर्षक प्याक...
सरकारको काम अब कोरोना संक्रमित र मृतकको संख्या गन्ने मात्र

सरकारको काम अब कोरोना संक्रमित र मृतकको संख्या गन्ने मात्र

काठमाडौं । कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारले आफूलाई कोरोनाभाइरसबाट संक्रमित र मृतकको संख्या गन्नेमा सीमित गरेको छ । महामारीबाट नागरिकलाई जोगाउन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेमा सरकार त्यसबाट पछि हट्नु लोकत...
४० लाखको चामल कुहाउँने कर्मचारीलाई उन्मुक्ति दिने अख्तियारको तयारी

४० लाखको चामल कुहाउँने कर्मचारीलाई उन्मुक्ति दिने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित गोदाममा रहेको लाखौं रुपैयाँबराबरको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिने तयारी गरेको छ । हुम्ला, जुम्ला, बाजुरालगायतका विकट जिल्लाका नागरिकले भोकभोकै बस्नु परिरहेको बेला अख्तियारले थापाथली गोदाममै ४ सय ८७ क्विन्टल २२ किलो बास्मती चामल कुहाउने कम्पनीका कर्मचारीलाई उन्मुक्ति दिन लागेको हो । कम्पनीका ...
प्रचण्डको पीडा : हिजो प्रधानमन्त्री, आज न सचिव न मन्त्री

प्रचण्डको पीडा : हिजो प्रधानमन्त्री, आज न सचिव न मन्त्री

काठमाडौं । कुनै बेला थियो, देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । अहिले एउटा सचिव बनाउने र मन्त्री हटाउने स्थिति छैन । ०६६ सालमा झलनाथ खनाल, ०६८ सालमा बाबुराम भट्टराईदेखि ०७२ मा केपी ओलीलाई प्रधानमन्त्री बनाउने र हटाउने दुबै खेलका सूत्रधार प्रचण्ड अहिले आफूसरहकै अध्यक्ष केपी ओलीसँग दिनैपिच्छे तारिख धाएझैँ वार्ता गरिरहेका छन् । उनको चाहना छ कि, केही मन्त्री हेरफेर गरौं ...
पीसीआर परीक्षणका नाममा शुल्क असुल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

पीसीआर परीक्षणका नाममा शुल्क असुल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतको आदेश लत्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका नाममा शुल्क असुल्न अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्ट गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त ल्याबले अधिकतम १ हजार शुल्क लिन पाउने निर्णय गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टंक...
स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस

स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस

काठमाडौं । स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस भएको छ । मुख्यतः पर्याप्त आईसीयू, भेन्टिलेटर र स्वास्थ्यकर्मी नहुँदा गम्भीर प्रकृतिका बिरामी र कोरोना संक्रमितको उपचार गर्न सकस भएको हो । अस्पतालमा बिरामीहरू पुग्दा सजिलै उपचार पाउँदैनन् । यस्तै, बिरामीले अस्पतालमा आईसीयू र भेन्टिलेटर खोज्दा सहजै नपाएको गुनासो गर्दै आएका छन् । कतिपय लक्षणसहितका संक्रम...
हेलचेक्रयाइँ बढे फेरि लकडाउन गर्ने सरकारको तयारी

हेलचेक्रयाइँ बढे फेरि लकडाउन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न अपनाउनुपर्ने सावधानी नअपनाई सर्वसाधारणले हेलचेक्रयाइँ गरे पुनः लकडाउन गर्ने तयारी गरेको छ । नागरिकले सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगरे कोरोना रोकथाम तथा नियन्त्रणका लागि पुनः लकडाउन गर्ने तयारी गरिएको हो । सरकारले आफ्नो प्राथमिकता लकडाउन गर्ने नभए पनि सर्वसाधारणबाट हेलचेक्रया...
कालापानी–लिम्पियाधुरा विवाद: नेपालले जुटायो ऐतिहासिक प्रमाण

कालापानी–लिम्पियाधुरा विवाद: नेपालले जुटायो ऐतिहासिक प्रमाण

काठमाडौं । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ । नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको प्रमाण जुटाएको हो । विज्ञ समूहले बनाएको सो प्रतिवेदनलाई भारतसँग जुनसुकै समयमा वार्तामा बस्दा पेस गर्ने आधारका रूपमा लिइएको छ । नेपालले राजनीतिक तथा प्रशासनिक नक्सामा लिम्पिय...
नेपाली रेल सञ्चालमा अन्यौलता, दक्ष जनशक्ति अभाव

नेपाली रेल सञ्चालमा अन्यौलता, दक्ष जनशक्ति अभाव

काठमाडौं । जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याईएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो । रेल सञ्चालनका लागि रेलको इन्जिन र डिब्बा भारतबाट ल्याइएको छ भने लिकलगायत सबै पूर्वाधार तयार भइसकेका छन् । तर, प्राविधिक तथा प्रशासनिक कर्मचारीको अभाव र भौतिक संरचना मर्मत गर्न बाँकी रहेकाले रेल सञ्चालन हुन नसकेक...
खानेपानीको जारभित्र भेटियो किरा

खानेपानीको जारभित्र भेटियो किरा

काठमाडौं । सिलबन्दी भएको खानेपानीको जारमा किरा भेटिएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका, मूलपानी–८ स्थित सिद्धिलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित १९ लिटरको अक्वा फ्रिडम ब्रान्डको सिलबन्द जारको पानीमा किरा भेटिएको हो । पानीमा किरा भेटिएपछि उपभोक्ता अधिकारकर्मीले पानी उत्पादन गर्ने उद्योगमाथि कारबाहीका लागि उजुरी गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिहीबार ...
सैन्य शक्ति प्रदर्शन गर्ने योजनामा विप्लव

सैन्य शक्ति प्रदर्शन गर्ने योजनामा विप्लव

काठमाडौं । मंसिर ८ गते नेत्रविक्रम चन्दको नेकपाले स्थापना दिवस धुमधामसँग मनाउने भनेको छ । प्राप्त जानकारीअनुसार त्यसदिन सैन्य शक्ति प्रदर्शन गर्ने योजनाअनुसार अहिले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । पश्चिम नेपालको कालिकोट, जुम्ला, जाजरकोटलगायत जिल्लामा प्रशिक्षण सम्पन्न गरेर टोली डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र रोल्पा पुगेको छ । केन्द्रीय सैन्य कमाण्डर उदय च...
डा. केसीसँग वार्ताका लागि चौतर्फी दबाव, सरकार अझै मौनता साँध्दै

डा. केसीसँग वार्ताका लागि चौतर्फी दबाव, सरकार अझै मौनता साँध्दै

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्काल वार्ता गर्न सरकारलाई चौतर्फी दबाव सुरु भएको छ। नेपाली कांग्रेस, राप्रपा, साझा पार्टी तथा नागरिक समाजका विभिन्न तह र तप्काले वार्ताका माध्यमबाट समस्या समाधान खोज्दै उनको जीनवरक्षाका लागि पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाल चिकित्सक संघले आइतबार नै ७२ घण्टे अल्टिमेटम दिँदै डा. केसीको...
नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कृत

नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कृत

काठमाडौं । नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको देखाएको हो । यो तथ्यांक प्रहरीमा उजुरी आएपछिको हो । तथ्यांकअनुसार आर्थिक वर्ष २०७५-७६ मा २ हजार ५ सय ७० वटा बलात्कार तथा जबर्जस्ती करणीका घटना भएका...
दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य

दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य

काठमाडौं । दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् । व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ । व्यापारीले खाने तेलमा १५ देखि २० रुपैयाँ बढी लिने गरेका छन् भने गेडागुडीमा प्रतिकेजी प्रतिकेजी १० देखि १५ रुपैयाँमा बढी रुपैयाँ लिने गरेका छन् । एक साताअघि मात्र १५ देखि २० रुपैयाँ सस्तोमा दैनिक खाद्यवस्तु दसैं...
एसिड हान्दा नलागे पनि १० वर्ष कैद सजाय

एसिड हान्दा नलागे पनि १० वर्ष कैद सजाय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडको बिक्री वितरण नियमन गर्ने र आक्रमणविरुद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गरेकी छन् । भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै सो अध्यादेश कार्यान्वयनमा जानेछ । संविधानको धारा १४४ को १ बमोजिम राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश प्रमाणीकरण गरेकी हुन् । अध्यादेश जारी भएसँगै अब कुनै पनि व्यक्तिले दोस्रो व्यक...
आइतबारबाट मौसम सफा हुने

आइतबारबाट मौसम सफा हुने

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको र न्यून चापीय क्षेत्र उत्तर–पूर्व सरिरहेकाले मुलुकका अधिकांश स्थानहरूमा वर्षा भएको हो । शुक्रबार देशभरका अधिकांश ठाउँमा मौसम बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भ...
नेपालमै बन्न थाल्यो कोभिड-१९ को एन्टिभाइरल औषधि

नेपालमै बन्न थाल्यो कोभिड-१९ को एन्टिभाइरल औषधि

काठमाडौं । कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल औषधि फाभिपाइराभिर ओरल ट्याब्लेट नेपालमा नै उत्पादन थालिएको छ । विश्वका धेरै मुलुकले कोभिड–१९ का बिरामीमा परीक्षणपश्चात् प्रयोग गरिरहेको यो औषधि देउराली–जनता फर्मास्युटिकल्स प्रालिले उत्पादन थालेको हो । हालसम्म फाभिपाइराभिर ट्याब औषधि जापान, चीन, रसिया, अमेरिका, टर्की, ...
स्वाब नलिई आयो रिपोर्ट नेगेटिभ !

स्वाब नलिई आयो रिपोर्ट नेगेटिभ !

ललितपुर । कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरि रिपोर्ट नेगेटिभ आएको खबर पाएपछि एक व्यक्ति आश्चर्यमा परेका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत शुक्रबार पुगेका ती व्यक्तिको रिपोर्ट आईतबार आएको हो । यो घटना ललितपुरको सातदोबाटो बस्ने ४१ बर्षीय पुरुषको हो । घाँटीमा अफ्ठेरो महसुस भएपछि शुक्रबार बिहान ११ बजे टेकु अस्पताल पुगेका ती पुरुषले ३० रुपैयाँको टिकट लिएर डाक्टरलाई भे...
राजस्व छली गर्नेहरू फेरि सक्रिय

राजस्व छली गर्नेहरू फेरि सक्रिय

काठमाडौं । लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न तरिका अपनाएर करिब ३६ करोड ८८ लाख ९७ हजार रुपैयाँ राजस्व छली गरेका छन् । त्यसरी राजस्व छली भएको पाइएपछि राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी तथा फर्मविरुद्ध उच्च अदालत पाट...
गरिब र अतिविपन्नमा कोरोना परीक्षण खोइ ?

गरिब र अतिविपन्नमा कोरोना परीक्षण खोइ ?

काठमाडौं । सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निःशुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत २८ भदौमा बसेको बैठकले उपचार सम्बन्धमा चिह्न वा लक्षण देखिएका विपन्न नागरिकको उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । विपन्न नागरिकको पहिचानका लागि के गर्ने भन्ने ठोस योजना स्वास्थ्य मन्त्रालयसँग छैन । गरिबी निवारण नीति ...
प्रहरीमा लागु भयो नयाँ नियम

प्रहरीमा लागु भयो नयाँ नियम

काठमाडौं । प्रहरी संगठनभित्र के कसरी काम कारबाही सञ्चालन गर्ने भन्नेबारे आचार संहिता जारी गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ आइतबार सार्वजनिक गरेका हुन् । सो कार्यादेशमा प्रहरी संगठनभित्र रहँदा पालना गर्नुपर्ने अनुशासन, सम्मान तथा आवश्यक नियमबारे उल्लेख गरिएको छ । कार्यादेश जारी गर्दै प्रहरी महानिरीक्षक थापा...
ऋण र घरायसी कलहले परिवार नै सखाप

ऋण र घरायसी कलहले परिवार नै सखाप

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमि नगरपालिका–९ निकोसेरामा एकै परिवारका तीन जनाको मृत्यु प्रकरणमा श्रीमती सुशीला र छोरा सुशान्तको हत्यापछि श्रीमान् सुदीप अधिकारीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बैंकको ऋण तथा व्यापार व्यवसायका लागि भन्दै ससुरालीबाट लिएको ऋण र त्यसबाट उत्पन्न घरायसी झगडाका कारण घटनाले परिवार नै सखाप हुने अवस्था निम्त्याएको अनुसन्धानमा संलग्न प्रहरी अधिक...
छ महिना अघिदेखि गाडी थन्किँदा ४५ लाखको गुजारा संकटमा

छ महिना अघिदेखि गाडी थन्किँदा ४५ लाखको गुजारा संकटमा

काठमाडौं । लकडाउन तथा निषेधाज्ञासँगै अन्तरजिल्ला चल्ने सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउँदा ४५ लाख जनशक्ति संकटमा परेको छ । झन्डै ६ महिनादेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लागेका कारण ११ लाख श्रमिक ३ लाख ६० व्यवसायीसँग प्रत्यक्ष आश्रित ४५ लाखभन्दा बढीको जीवन संकटमा परेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजुदर संघ र नेपाल यातायात स्वतन्त...
नेपालसँग सम्बन्ध सुधार्न खोज्दै भारत

नेपालसँग सम्बन्ध सुधार्न खोज्दै भारत

काठमाडौं । भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको दिशातर्फ उन्मुख भएको छ । लामो समय तनावपूर्ण रहेको सम्बन्ध भारतको स्वतन्त्रता दिवसको अवसर पारेर १५ अगस्टमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएसँगै संवादहीनता तोडिएको थियो । सीमाको विषयलाई...
कोरोना संक्रमित निको हुँने क्रम बढ्दो, औषधि नखाई निको भए ३२ हजार संक्रमित

कोरोना संक्रमित निको हुँने क्रम बढ्दो, औषधि नखाई निको भए ३२ हजार संक्रमित

काठमाडौं । मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कुल संक्रमितमध्ये ६८ दशमलव ४७ प्रतिशत डिस्चार्ज भएका छन् । ३२ हजार ९ सय ६४ संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । – एक सय जनामा ६८ जना डिस्चार्ज – कुल ...
‘म्याच फिक्सिङ’ राज्यविरुद्ध कसुर नहुने

‘म्याच फिक्सिङ’ राज्यविरुद्ध कसुर नहुने

काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रका तर्फबाट प्रतिनिधित्व हुने खेल मिलेमतोलाई राष्ट्रिय लज्जा र स्वाभिमान विपरीतको कार्य हुने भए पनि राष्ट्र विप्लवको कसुर नहुने व्याख्या गरेको छ । अदालतले राज्य विप्लवमा नियतपूर्वक राज्यको सार्वभौमसत्ता, अखण्डता तथा राष्ट्रिय एकतामा अव्यवस्था सिर्जना हुनुपर्ने फैसलामा उल्लेख गरेको छ । खेल मिलेमतोलाई राज्य विप्लव नमाने पनि अदालतले राष्ट्रको शिर निहुर्याउने लज्जाक...
मल कारबाही प्रकरण: ठेक्का रद्ध भए पनि कालोसूचीमा राख्न अलमल

मल कारबाही प्रकरण: ठेक्का रद्ध भए पनि कालोसूचीमा राख्न अलमल

काठमाडौं । सरकारले समयमै मल ल्याउन नसकेका दुई कम्पनीको ठेक्का सम्झौता रद्ध गरे पनि कालोसूचीमा नराख्न भरपुर पहल भइरहेको पाइएको छ । कृषि सामग्री कम्पनीले कारबाही गर्दा नै ती कम्पनीलाई कानुनअनुसार कालोसूचीमा राख्ने प्रक्रिया थालिने बताएको थियो । कानुनअनुसार कालोसूचीमा राखिएका कम्पनीले भविष्यमा कुनै पनि काम गर्न सक्दैनन् । त्यसैले कम्पनी सञ्चालकहरू प्रक्रिया लम्बाएर कालोसूचीमा राख्नका लागि रोक्ने ख...
अवैध सम्बन्ध र लेनदेनले बढ्दै हत्याका घटना

अवैध सम्बन्ध र लेनदेनले बढ्दै हत्याका घटना

काठमाडौं । पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ । यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न थालेका छन् । यस्तै, अवैध सम्बन्ध र लेनदेनका कारण गत शुक्रबार ललितपुरमा आफ्नै परिवारभित्र हत्याको घटना भएको छ । भैँसेपाटी बस्दै आएकी ३९ वर्षीया ...
error: Content is protected !!