चामल खरिदमा चलखेल

चामल खरिदमा चलखेल

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५५ करोडको चामल खरिद गर्दा चलखेल भएको पाइएको छ । कम्पनीका कर्मचारीको मिलेमतोमै कम गुणस्तरको चामल खरिद गरिएको कम्पनी स्रोतले जनाएको छ । कम्पनी स्रोतका अनुसार हाल देशका विभिन्न भागमा ४० हजार क्विन्टल चामल खरिद गरेर विभिन्न खाद्य गोदाममा भण्डारण गरिएको छ । त्यसरी खरिद गरिएको चामल कम गुणस्तरको पाइएपछि खरिद प्रक्रियामै आशंका सिर्जना भएको छ । वार्षिक कार्...
कोरोनाविरुद्ध प्लाज्मा थेरापी : नेपालमा ४५ जना निको भए

कोरोनाविरुद्ध प्लाज्मा थेरापी : नेपालमा ४५ जना निको भए

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ । प्लाज्मा थेरापी बिरामीको अनुमतिमा परीक्षणकै क्रममा रहे पनि त्यसले सकारात्मक परिणाम दिइरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए । उनी प्लाज्मा थेरापीले हानि गर्दैन, त्यसैले रगत दिन र लिन डराउनुपर्दैन भनेर सुझाव दिन्छन...
डा. खतिवडा पुनः मन्त्री बन्न संविधान बाधक

डा. खतिवडा पुनः मन्त्री बन्न संविधान बाधक

काठमाडौं । डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उनलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको धारा ७८ (१) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान छ । तर, त्यसरी मन्त्री भएको व्यक्तिले पदलाई निरन्तरता राख्न ६ महिनाभित्र कुनै सदनको सदस्य भइसक्नुपर्ने प्रावधान धारा ...
कक्षा १२ को परीक्षा दशैं अगाडि नै हुने

कक्षा १२ को परीक्षा दशैं अगाडि नै हुने

काठमाडौं । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स...
आजबाट अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान

आजबाट अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान

काठमाडौं । लामो समयको प्रतीक्षा एवं चौतर्फी दबाबपछि बल्ल मंगलबार (आज)देखि अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान सुरु हुने भएको छ । आन्तरिकतर्फका उडानलाई भने आगामी भदौ मसान्तसम्म रोक्ने निर्णय गरेको सरकारले अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडानसँगै चार्टर उद्धार उडानलाई पनि निरन्तरता दिनेछ । सरकारले विभिन्न ८ देशमाथि गत चैतदेखि लगाएको अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध खुला गर्दै नियमित व्याव...
निषेधाज्ञामा झन् बढ्यो संक्रमण

निषेधाज्ञामा झन् बढ्यो संक्रमण

काठमाडौं । काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ। पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति लगाइएको निषेधाज्ञाबीच आइतबार सर्वाधिक ४ सय २९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा ...
नेपालमा लागूऔषध प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दै

नेपालमा लागूऔषध प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दै

काठमाडौं । गृह मन्त्रालयको सर्वेक्षणले मुलुकमा लागूऔषध प्रयोगकर्ताको संख्या दिनदिनै बढ्दो क्रममा रहेको देखाएको छ ।गृह मन्त्रालयले केन्द्रीय तथ्यांक विभागसँगको सहकार्यमा गरेको सर्वेक्षणले २०६९ बाट २०७६ सम्मको सात वर्षे अवधिमा लागूऔषध प्रयोगकर्ताको संख्या बढेको र विगतमा भन्दा औसत वृद्धिदर घटेको देखाएको हो । तथ्यांकअनुसार नेपालमा दैनिक १५ जनाका दरले लागूऔषधका प्रयोगकर्ता थपिने गरेका छन् । प्रयोगकर्...
कुटनीतिक नियोगको घर भाडामै बाहिरियो साढे ३ अर्ब

कुटनीतिक नियोगको घर भाडामै बाहिरियो साढे ३ अर्ब

काठमाडौं । सरकारले बिभिन्न मुलुकमा स्थापना गरेको राजदूतावास तथा कूटनीतिक नियोगको घरभाडा तिर्नमा मात्रै अरबौ रुपैयाँ खर्च गर्दै आएको छ । ती स्थानमा समयमै आफ्नो भवन बनाउँन नसक्दा राज्यकोषबाट बार्षिक अरबौं रुपैयाँ घरभाडामा मै खर्चनुपर्ने बाध्यता छ । कतिपय स्थानमा त बर्षौं अघिदेखि नै जग्गा किनेर राखिएपनि भवन बन्न सकेको छैन । जसका कारण जग्गा वेवारिसे जस्तै बन्न पुगेको छ । खरिद गरिएको जग्गामा भवन बना...
नेताले नै तिरेनन् सेनाको विमान चार्टरको रकम

नेताले नै तिरेनन् सेनाको विमान चार्टरको रकम

काठमाडौं । नेपाली सेनाको बिमान चार्टर गरेबापत राजनीतिक व्यक्ति र संस्थाले गरी सेनालाई तिर्नुपर्ने रकम बिगत ३५ बर्षदेखि बाँकी रहेको पाईएको छ । सेनाको बिमान उधारोमै भाडामा लिएर भाडाबापतको रकम नतिर्नेमा उच्च राजनीतिक व्यक्तिदेखि बिभिन्न संस्थासम्म छन् । उच्च राजनीतिक व्यक्तिले प्राकृतिक प्रकोपका घटनाको भ्रमणमा पटक–पटक बिमान लगेका छन् भने संघसस्थाले सामान ओसारप्रसारका लागि बिमान प्रयोग गरेका छन् । ...
नेपाल आउन सर्तै सर्त, नियमित तथा चार्टर उडानको तालिका तय

नेपाल आउन सर्तै सर्त, नियमित तथा चार्टर उडानको तालिका तय

काठमाडौं । सरकारले आगामी १६ भदौबाट हुने भनिएको नियमित तथा चार्टर उडानको तालिका बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका बनाएर स्वीकृत गरी कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकालगायत मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै सञ्चालन गर्न लागेको हवाई उडानका लागि थुप्रै सर्त राखिएका छन् । मन्त्रालयले विभिन्न ८ देशमाथि...
राजस्व संकलन उत्साहजनक: ६७ अर्ब १९ करोड रुपैयाँ संकलन

राजस्व संकलन उत्साहजनक: ६७ अर्ब १९ करोड रुपैयाँ संकलन

काठमाडौं । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमै अवरोध पु-याएको अवस्थामा राजस्व संकलन उत्साहजनक देखिएको छ । सरकारले चालु आर्थिक वर्ष २०७७-७८ को दोस्रो महिनाको ८ भदौसम्म ६७ अर्ब १९ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा कर राजस्वबापत ६४ अर्ब ८२ करोड ७० लाख रुपैयाँ उठेको छ । यसैगरी, गैरकर राजस्वबापत २ अर्ब ३६ करोड ५० लाख रुपैयाँ उठेको छ । ...
कोरोना संक्रमितको मृत्युदर ह्वात्तै बढ्यो, एक महिनामै ११४ जनाको मृत्यु

कोरोना संक्रमितको मृत्युदर ह्वात्तै बढ्यो, एक महिनामै ११४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरूको मृत्यु हुने दर ह्वात्तै बढेको छ । गत ८ साउनसम्म ४३ जनाको मृत्यु भएकामा सोमबारसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । एक महिनामै १ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गत ८ जेठसम्म तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएकामा ८ असारमा बढेर २२ पुगेको थियो । पछिल्ला आठ दिनमा थप ५० संक्रमितको मृत्यु भएको छ । केही दिनयता लक्षणसहितका संक्रमित...
कोरोना कोषबाट धमाधम करोडौं निकासा: खर्च पारदर्शितामाथि प्रश्न, छैन अनुगमन

कोरोना कोषबाट धमाधम करोडौं निकासा: खर्च पारदर्शितामाथि प्रश्न, छैन अनुगमन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषले पटक पटक गरी विभिन्न स्थानीय तह र प्रदेशमा रहेका अस्पतालहरूलाई करोडौं रकम निकासा गरे पनि सो रकमको खर्चबारे अनुगमन हुन सकेको छैन । जसका कारण रकमको पारदर्शितामा समेत प्रश्न उठ्न थालेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षतामा पछिल्लो पटक सम्पन्न कोषको १०औं ब...
देशभर रगत अभाव

देशभर रगत अभाव

काठमाडौं । बढ्दो कोरोना संक्रमणका कारण मुलुकभर रगतको अभाव खड्किएको छ । कोरोना भाइरस जोखिम बढ्दै गएपछि सरकारी तवरबाट भएको लकडाउनका कारण आवतजावतमा कठिनाइ हुँदा रगत संकलन हुन नसकेको हो । देशभर ७३ वटा ब्लड बैंक रहेका छन् । यद्यपि अधिकांश ब्लड बैंकमा रगत संकलन हुन नसक्दा अभाव बढेको हो । रक्तदान कार्य ठप्प हुँदा अहिले केन्द्रीय रक्त सञ्चार र जिल्ला जिल्लामा रगत आवश्यक पर्ने बिरामीहरू निकै मारमा परेका...
ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनु नपर्ने

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनु नपर्ने

काठमाडौं । पार्टीभित्रको विवाद समाधान गर्ने उद्देश्यले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलले सहमतिको खाकासहितको प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदन छिटै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइने तयारी गरिएको कार्यदलका एक सदस्यले बताए । अध्यक्षद्वय ओली र दाहालका बीचमा पछिल्लो समय सरकारी नियुक्तिका विषयमा विवाद भएकाले प्रतिवेदन बुझाउनमा केही ढिलाइ ...
लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै

लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै

काठमाडौं । पछिल्लो केही दिनयता लक्षणसहितका कोरोना भाइरस संक्रमितहरू देखिन थालेका छन् । सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयका अधिकारीका अनुसार संक्रमितमा लक्षण देखिन थालेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार संक्रमितमा लक्षण देखिन थालेको छ । उनले भने, ‘मुख्यतः संक्रमितमा ज्वरो र खोकी लागेको छ । केही संक्रमितलाई अक्सिजनसमेत आवश्यक परेको छ ।’ स्वास्थ्य कार्यालय ...
इलाममा बिहे गरेकी छोरी माथि नै जातीय विभेद: बुबाको शव हेर्न र काजकिरिया गर्न बन्देज

इलाममा बिहे गरेकी छोरी माथि नै जातीय विभेद: बुबाको शव हेर्न र काजकिरिया गर्न बन्देज

इलाम । जातीय भेदभावको कारण आफ्नै बुवा मरेपछि बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया समेत गर्न नदिएको भन्दै इलाम जिल्लाको माई नगरपालिका वडा नं. २ बस्ने यामकला विश्वकर्मा (आचार्य) ले सोमबार जिल्ला प्रहरी कार्यालय इलाममा जातीय भेदभाव सम्बन्धी कसूरको मुद्धा दर्ता गरेकी छिन् । ११ बर्ष अगाडि घर नजिकैका रत्नबहादुर विश्वकर्मासँग विवाह गरेकी यामकलाले हिन्दू धर्मशास्त्र अनुसार बुवाको काजकिरिया सके...
कोरोना प्रभावितले ३ देखि ५ प्रतिशत ब्याजमै ऋण पाउने

कोरोना प्रभावितले ३ देखि ५ प्रतिशत ब्याजमै ऋण पाउने

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई सहुलियत ब्याजदरमा पुनर्कर्जाको अवसर उपलब्ध गराएको छ । सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई मात्र यस्तो अवसर प्रदान गर्नेछ । यस्तो कर्जाको अवसरमा सहभागी हुनेहरूका लागि नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आवेदन दिन आह्वान गरेको छ । राष्ट्र बैंकले सोमबारदेखि आगामी १४ असोजसम्म पुनर्कर्जाका लागि आवेदन दिन सकि...
बिराटनगरमा कोरोनाको त्रास: कालगतिले मर्दा पनि कोही आएनन् मलामी

बिराटनगरमा कोरोनाको त्रास: कालगतिले मर्दा पनि कोही आएनन् मलामी

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-३ मा शनिबार राति ९ बजे एक ८७ वर्षीया वृद्धाको मृत्यु भयो। उनी कोरोना भाइरस संक्रमित नभए पनि संक्रमणमा पर्ने डरका कारण कोही मलामी भएनन्। घरबाट शव उठ्ने अवस्था भएन। तब छिमेकी र प्रशासनको समन्वयमा नेपाली सेनाले संक्रमितजस्तो गरी आइतबार साँझ उनको शव व्यवस्थापन गरेको छ। कोरोना पोजिटिभ देखिएकाको शव मात्रै सेनाले व्यवस्थापन गर्छ। नेगेटिभ देखिए शव आफन्तलाई जिम्मा...
लोकसेवाको विश्वसनीयतामाथि प्रश्न: विज्ञ र कर्मचारीको गलत धन्दा मौलायो

लोकसेवाको विश्वसनीयतामाथि प्रश्न: विज्ञ र कर्मचारीको गलत धन्दा मौलायो

काठमाडौं । मुलुककै सबैभन्दा निष्पक्ष निकायका रूपमा पहिचान बनाउँदै आएको लोकसेवा आयोग पछिल्ला दिनमा विवादमा पर्न थालेको छ । आयोगको रोस्टरमा रहेका केही विज्ञ तथा आफ्नै कर्मचारीको गलत धन्दाका कारण आयोगको विश्वसनीयतामाथि धक्का लागेको हो । लोकसेवाको हालसम्मको निष्पक्ष भूमिकाकै कारण आयोगमा कुनै प्रकारको सोर्सफोर्स चल्दैन भन्ने मान्यता रहँदै आएको छ । जसका कारण निजामती सेवालगायत अन्य सरकारी सेवामा प्रवे...
दुई अर्ब घट्यो टेलिकमको आम्दानी

दुई अर्ब घट्यो टेलिकमको आम्दानी

काठमाडौँ । कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार उक्त अवधिमा कम्पनीको आम्दानी करिब दुई अर्ब रुपियाँले घटेको छ । प्रतिवेदन अनुसार गत आवको वैशाखदेखि असार मसान्तसम्म टेलिकमले ९ अर्ब २२ करोड २४ लाख रुपियाँ आम्दानी गरेको छ । यसमध्ये सेवा बिक्रीब...
सामाजिक सञ्‍जालले यसरी लिन्छ ज्यान

सामाजिक सञ्‍जालले यसरी लिन्छ ज्यान

काठमाडौं : घटना : १ परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुपर्‍यो। चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबिती बयानअनुसार बोहोराले उनलाई पटकपटक ब्ल्याकमेलिङ गरेर यौनसम्बन्ध राख्दै आएका थिए। हुर्केकी छोरीसम्मलाई बोहोराले गलत नजरले ...
ओली-दाहाल छलफल समाधान उन्मुख

ओली-दाहाल छलफल समाधान उन्मुख

काठमाडौं । सत्तारूढ नेकपामा देखिँदै आएको संकट पाँच दिनभित्रै समाधान हुने घोषणा गरेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि नै अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गहन छलफल थालेका छन् । ओलीले बुधबार एक अन्तर्वार्तामा नेकपामा देखिएको संकट पाँच दिनभित्रै समाधान हुने र त्यसका लागि बिहीबारदेखि नै काउन्टडाउन थाल्न आग्रह गरेका थिए । ओलीले त्यस्तो आग्रह गरेको भोलिपल्टै लामो समयदेखि अवरुद्ध ...
प्रयोग भएका मास्क जथाभावी फाल्दा संक्रमणको जोखिम

प्रयोग भएका मास्क जथाभावी फाल्दा संक्रमणको जोखिम

ललितपुर । कोरोना भाइरसको जोखिम दिनदिनै बढिरहँदा उपत्यकामा मास्क लगाउनेको संख्या थपिँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने बानी पनि समाजमा विकसित भएको छ । कसैले फोहरको डंगुरमा मास्क फाल्छन्, कसैले सडकपेटी र गल्लीमा फाल्ने गरेका छन् । यसरी फालिएको मास्कले संक्रमणको खतरा हुन सक्ने विज्ञहरू बताउँछन् । संक्रमणबाट जोगिन उपत्यकावासीले एन ९५, केएन ९५, सर्जिकल मास्क र कपडाको मास्क प्रयोग गरि...
पारिश्रमिक नपाउँदा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको बिचल्ली

पारिश्रमिक नपाउँदा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको बिचल्ली

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका अधिकांश नेपाली कामदार पारिश्रमिक नपाएर बिचल्लीमा परेका छन्। कोरोनाका कारण रोजगारी गुमेका धेरैलाई साँझ–बिहान हातमुख जोड्न पनि धौधौ परिरहेको छ। कुवेतमा कार्यरत भीमबहादुर खत्रीले चैतदेखि पारिश्रमिक नपाउँदा दैनिकी कष्टकर बनेको बताए। बिरामी पर्दा खर्च अभावमा उपचारै गर्न नपाएको उनको भनाइ छ। उनी घर फर्कन चाहे पनि कम्पनीले चासो दिएको छैन। दुबईमा कार्यरत दीपेशकुमार भट...
कोरोनाबाट मृत्यु हुनेमा वृद्धवृद्धा बढी, बालबालिका पनि जोखिममा

कोरोनाबाट मृत्यु हुनेमा वृद्धवृद्धा बढी, बालबालिका पनि जोखिममा

काठमाडौं । नेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ जनाको मृत्यु भएको छ। यो ८ प्रतिशत हो । यस्तै, १० वर्षमुनिका ८ सय ५५ जना संक्रमित पाइएका छन्। तीमध्ये ३ जना (०.३५ प्रतिशत)को मृत्यु भएको छ। ‘विश्वव्यापी प्यारामिटरमा हेर्दा बालबालिका मृत्युको यो दर निकै ठूलो हो। कोरोनाले बालबालिकालाई केही असर गर्दैन भन्ने सन्देश सुरुआती दिनमा गयो। त्यो सच्चिनुपर्छ’, स्वास...
नेपाल–भारत ओहोरदोहोरो बढ्दा समुदाय स्तरमा कारोना

नेपाल–भारत ओहोरदोहोरो बढ्दा समुदाय स्तरमा कारोना

विराटनगर । लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोना सङ्क्रमणको दर बढेको छ । साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा कोरोनाको सङ्क्रमणको दर अप्रत्याशित रुपमा बढेको छ । विशेष गरेर महामारी फैलिएको बेलामा पनि आफन्त भेटघाट गर्न आवतजावत गर्ने र सीमा क्षेत्रमा कडाइ गरिएका बेलामा पनि लुकिछिपी ...
महाधिवेशन नजिकिदै गर्दा काँग्रेस भित्र शक्ति संघर्षको खेल, शक्ति बटुल्दै देउवा

महाधिवेशन नजिकिदै गर्दा काँग्रेस भित्र शक्ति संघर्षको खेल, शक्ति बटुल्दै देउवा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी ७–१० फागुनका लागि तय भइसकेको छ । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र शक्ति संघर्षको खेल सुरु भएको छ । महाधिवेशन नजिकिएसँगै पार्टी नेतृत्वका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायतले नेता कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाएका छन् । कतिपय नेताले भेटघाटका लागि सम्पर्क कार्यालय खोलिसकेका छन् । हाल प...
ठूला व्यापारी र उद्योगीको मिलेमतोमा चिनीमा कालोबजारी

ठूला व्यापारी र उद्योगीको मिलेमतोमा चिनीमा कालोबजारी

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा चिनीमा चरम कालोबारी हुन थालेको छ । ठूला व्यापारी र चिनी उद्योगीको मिलेमतोमा कृत्रिम अभाव देखाएर चिनीमा चरम कालोबारी हुन थालेको हो । व्यापारीले पछिल्ला दिनमा चिनीको मूल्य पनि बढाएका छन् । केही दिनअघिसम्म ८० देखि ८५ रुपैयाँ प्रतिकिलोमा पाइने चिनी अहिले एक सय रुपैयाँसम्म पुगेको छ । नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा पर्याप्त चिनी हुँद...
कोरोना संक्रमण बढ्नुमा हेलचेक्र्याइँ नै प्रमुख कारक

कोरोना संक्रमण बढ्नुमा हेलचेक्र्याइँ नै प्रमुख कारक

काठमाडौं । मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको छ । लकडाउन अन्त्य भएसँगै देखिएको भीडभाड र सचेतनाका सामान्यभन्दा सामान्य उपाय पनि नअपनाउँदा जोखिम बढ्दो क्रममा रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् । सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । दैनिक सभा, बैठकसमेत हुने गरेका छन् । होटेल, किराना पसल, सुपरमार्केट, वित्तीय स...
प्रहरीले नै भगाए तस्कर

प्रहरीले नै भगाए तस्कर

काठमाडौं । १५ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै मिलेमतो देखिएको छ। दुई जवानसहित केही अभियुक्त पक्राउ परेका छन्। काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनामा संलग्न अधिकांश अभियुक्तलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिएका छन्। ‘ठगी गरेर कराडौं हत्याउने उक्त गिरोहको योजना असफल भयो’, उनले भने, ‘प्रारम्भिक रूपमा अपरेसनमा लापरबाही गर्ने सुरक्षाकर्मीमाथि कडा कारबाही गर्छौं।’ प्रहरीले भारतीय ...
error: Content is protected !!