संसद् विघटनविरुद्ध हुने आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार

संसद् विघटनविरुद्ध हुने आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार

  काठमाडौं । लोकतन्त्र र संविधान रक्षाका लागि हुने आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार देखिएको छ । तर, व्यक्तिसँग नभई पार्टीसँग आन्दोलन हुने कांग्रेसले बताएको छ । बुधबार नेकपाको प्रचण्ड–माधव पक्षबाट खुला सभाबाटै कांग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव आएपछि कांग्रेसले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको नेतृत्व लिन तयार रहेको बताएको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सं...
मोरङमा बालिका अपहरण गरी बलात्कार

मोरङमा बालिका अपहरण गरी बलात्कार

मोरङ । राति शौच गर्न निस्केकी मोरङको जहजा गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई दुई युवकले अपहरण गरी बलात्कार गरेका छन् । आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर पिसाब फेर्न घरबाहिर निस्केकी बालिकालाई दुई युवकले अपहरणको शैलीमा मोटरसाइकलमा राखी लगेका थिए । उनीहरुले दुई घण्टापछि बालिकालाई उनकै घरनजिक छाडेर भागेका थिए । युवकले को २२ प १८१६ नम्बरको मोटरसाइकल प्रयोग गरेको प्रहरीले जनाएको छ । म शौच ...
ललिता निवास प्रकरणमा ढकाललाई थुन्न आदेश

ललिता निवास प्रकरणमा ढकाललाई थुन्न आदेश

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिमा नामसारी गरेको घटनाका अभियुक्त डा.शोभाकान्त ढकाललाई विशेष अदालतले थुना राख्न आदेश दिएको छ। ढकाललाई न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्ररूपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले पुर्पक्षका लागि थुन्न आदेश दिएको हो। २०७६ माघ २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालसहित १सय७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको ...
खाना पकाउने ग्यासको मूल्य बढ्यो

खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मुल्य बृद्धि गरेको छ । आज राती १२ बजे देखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपि ग्यासको मुल्य बृद्धि गरेको हो । प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेतमा प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको छ । अन्तर्रािष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मुल्य क्रमिक रुपमा बृद्धि हुँदै गएको र हाल १ फे...
सामाजिक सञ्‍जालमा अंकुश लगाइँदै

सामाजिक सञ्‍जालमा अंकुश लगाइँदै

काठमाडौं । विवादास्पद प्रावधानका कारण लामो समयदेखि संसद्‍मा विचाराधीन सूचना प्रविधिसम्बन्धी विधेयकमा भएकै व्यवस्था समेटेर सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा सूचना तथा प्रसारण विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ । निर्देशिका लागू भए नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कम्पनीले तीन महिनाभित्र सरकारी निकायमा दर्ता...
बजेटको आकार घट्यो

बजेटको आकार घट्यो

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७-७८ का लागि विनियोजित बजेट संशोधन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार विनियोजित ‘बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन’ सार्वजनिक गर्दै बजेटको आकार घटाइएको जानकारी गराएका हुन् । उनले चालु आर्थिक वर्षको आम्दानी र खर्चको संशोधित अनुमान प्रस्तुत गर्दै विनियोजित बजेटको आकार घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने नयाँ प्रक्षेपण सार्वजन...
मह बेचेरै ३५ लाख

मह बेचेरै ३५ लाख

काठमाडौं । शिवसताक्षी नगरपालिका दूधे झापाकी मौरीपालक किसान देवी दाहाललाई २०६० सालअघि घरखर्च चलाउन मुस्किल पर्थ्यो। उनले २०६० देखि २ घार मौरी पाल्न थालिन्। उनीसँग अहिले ३ सय घार मौरी छ। मह बेचेर उनले वार्षिक ३५ लाख कमाउँछिन्। उनले गत वर्ष ३५ लाख आम्दानी गरिन्। त्यसमध्ये १२ लाख खर्च भएको थियो। खर्च कटाएर उनले २३ लाख नाफा गरिन्। उनले दुई जनालाई नियमित पारिश्रमिक दिएर श्रमिक राखेकी छन्। अन्य ६ जनाल...
भागरथी हत्या प्रकरणः आफन्तदेखि साथीसम्म निगरानीमा

भागरथी हत्या प्रकरणः आफन्तदेखि साथीसम्म निगरानीमा

काठमाडौं । बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ । २१ पुसमा विद्यालयबाट घर फर्कने क्रममा हराएकी उनको बिहीबार लवदेव सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उनको शवको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको छ ...
तीन वर्षभित्र सबै स्थानीय तहमा पक्की सडक

तीन वर्षभित्र सबै स्थानीय तहमा पक्की सडक

काठमाडौं । आउँदो तीन वर्षभित्र मुलुकका  सबै  स्थानीय  तहको  केन्द्रसम्म  पक्की सडक पु¥याइने भएको छ । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा अगाडि सारेको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत तीन वर्षभित्र मुलुकभरिका सबै स्थानीय तहसम्म कालोपत्रे सडक निर्माण गर्ने  कार्यक्रम  अगाडि  बढाएको  हो  । सरकारको पन्ध्रौँ पञ्चवर्षीय आयोजनाअन्तर्गत यो कार्यक्रम सूचीकृत गरिएको छ ।स्थानीय पूर्वाधार...
६ महिनामा साढे ३ प्रतिशतले मूल्यवृद्धि

६ महिनामा साढे ३ प्रतिशतले मूल्यवृद्धि

काठमाडौं । चालूआर्थिक वर्षको ६ महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.५६ प्रतिशत रहेको छ । मुद्राको अवमूल्यन हुँदा ३.५६प्रतिशतकै दरमा मूल्यवृद्धि भएको छ । यसैगरी ६ महिनाको अवधिमा आयात ४.८ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.१ प्रतिशतले र अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति १ खर्ब २४...
नसालु पदार्थ खुवाएर रातभर बलात्कार, किशोरी बेहोस

नसालु पदार्थ खुवाएर रातभर बलात्कार, किशोरी बेहोस

विराटनगर । नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। १७ वर्षीया ती किशोरीलाई शुक्रबार बेलुकी कोसीमा भर्ना गरिएको हो।  उपचारमा संलग्न चिकित्सकले पनि मदिरासँगै नसालु पदार्थ खुवाएर लठ्याउँदै बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छन्। बलात्कारका कारण लागेको चोटसँगै किशोरीको अत्यधिक ...
धनकुटाका किसानको गुनासोः रुद्राक्षको बगैंचामा तेजाव हालियो

धनकुटाका किसानको गुनासोः रुद्राक्षको बगैंचामा तेजाव हालियो

धनकुटा । पाख्रीवास नगरपालिका–१ सान्नेका एक स्थानीय किसानले हरेक वर्ष लाखौं रुपैयाँ आम्दानी दिने रुद्राक्षको बोट अज्ञात व्यक्तिले तेजाब लगाएर मारिदिएको गुनासो गरेका छन् । हरेक वर्ष ५ देखी ७ लाख रुपैयाँसम्म आम्दानी दिने रुद्राक्षको बोटको फेदमा आफु घरमा नभएको समयमा तेजाब लगाईदिएको सान्नेका लालबहादुर सार्कीले बताए । केही दिन अघिदेखि एक्कासी रुद्राक्षको बोट सुक्न थालेपछि के भएर सुकेछ भनेर हेर्दा रुद...
एक साताभित्र बहस सक्न प्रधानन्यायाधीशको समयसीमा

एक साताभित्र बहस सक्न प्रधानन्यायाधीशको समयसीमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस अबको एक साताभित्र सक्न सरकारी वकिललाई समयसीमा तोकेका छन् । प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश बडालले बहस गरिरहँदा सो समयसीमा तोकेका हुन् । आइतबारको इजलासमा वरिष्ठ अधिवक्ता बडालले बहस गरिरहँदा प्रधानन्यायाधीशले ३० मिनेटमा बहस सक्न भनेका थिए । इजलासमा बडालले त्यति समयले नपुग्ने अडान लिएपछि प्रधानन...
भागरथीको हत्या: भेटिएन हत्याराको सुराक, परिवारद्वारा शव बुझ्न अस्वीकार

भागरथीको हत्या: भेटिएन हत्याराको सुराक, परिवारद्वारा शव बुझ्न अस्वीकार

धनगढी । १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेख प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शव नजिकै भेटिएको उनको मोबाइलको प्राविधिक पक्ष, पोस्टमार्टम रिपोर्ट केलाउँदा पनि प्रहरीले अनुसन्धानको दायरा साँघुरो पार्न सकेको छैन। बैतडीका जिल्ला...
टुटल र पठाओ बन्द गर्न माग गर्दै ट्याक्सी व्यवसायी आन्दोलित

टुटल र पठाओ बन्द गर्न माग गर्दै ट्याक्सी व्यवसायी आन्दोलित

काठमाडौं । काठमाडौं उपत्यकामा ट्याक्सी चालक तथा व्यवसायी फेरि आन्दोलित भएका छन् । टुटल पठाओ जस्ता सेवा बन्द गर्नुपर्नेदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने लगायत माग उनीहरुले राखेका छन् । नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट र्यालीसहित माइतीघर मण्डलामा भेला भएर उनीहरुले माग पूरा गर्न सरकारलाई सचेत गराएका हुन् । ट्याक्सी...
भागरथी हत्या प्रकरण: परिचितबाटै हत्याको आशंका

भागरथी हत्या प्रकरण: परिचितबाटै हत्याको आशंका

काठमाडौं । भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अपराधीको नजिक पुगिसकेको उनीहरूको भनाइ छ । घटना बुधबार अपराह्न ३ बजेतिर भएको प्रहरीको अनुमान छ । घटना अनुसन्धान गर्न एसएसपी जनक पाण्डेको नेतृत्वमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रह...
साढे २ करोड नेपालीको हातमा इन्टरनेट, कोभिड–१९ पछि प्रयोगकर्ता बढे

साढे २ करोड नेपालीको हातमा इन्टरनेट, कोभिड–१९ पछि प्रयोगकर्ता बढे

काठमाडौं । कोभिड–१९ महामारीसँगै सुरु गरिएको लकडाउन र भर्चुअल अनलाइन कक्षाका कारण नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या अत्यधिक बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई आधार मानेर बिदेसिएका नेपालीलाई कटाएर विश्लेषण गर्दा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या कुल जनसंख्याको हाराहारीमै पुुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्ममा साढे २ करोडको हातमा इन्टरनेट पुुगेको छ । एक व्यक...
विकास बजेट काटेर निर्वाचनको खर्च जुटाउँदै सरकार

विकास बजेट काटेर निर्वाचनको खर्च जुटाउँदै सरकार

काठमाडौं । आउँदो वैशाख १७ र २७ गतेको निर्वाचनका लागि सरकारले विकास बजेट कटौती गरेर निर्वाचनको खर्च जुटाउने तयारी अघि बढाएको छ । निर्वाचनका लागि आयोगले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ सरकारसमक्ष प्रस्ताव गरेपछि अर्थमन्त्रालयले विनियोजित भएर खर्च नभएका विभिन्न आयोजनाहरुको खर्च काटेर निर्वाचन खर्च जुटाउन गृहकार्य थालेको हो । हालै राजधानीमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्...
इटहरीमा कथा सुनाउँदै प्रमोद

इटहरीमा कथा सुनाउँदै प्रमोद

सुनसरी । सुनसरीको इटहरीमा शुक्रबार साझ गायक प्रमोद खरेलले आफ्ना गीतसंगीत र कथा सुनाउने भएका छन । अ स्टोरी अफ योङ हर्टको आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुनका लागि गायक खरेल इटहरी आउने भएका हुन । इटहरीस्थित ओसियन पार्क एन्ड रिसोर्टमा हुन लागेको उक्त साझमा गायक खरेलले आफ्नो लाइफ स्टोरी सुनाउने आयोजक समितिका प्रबन्ध निर्देशक सुजन घिमिरेले बताए । गायक खरेलले आफनो स्टोरीसँगै आफ्ना दर्जन बीढ ...
बाँध निर्माणका लागि अरुणको पानी सुरुङमा

बाँध निर्माणका लागि अरुणको पानी सुरुङमा

संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत् परियोजनामा अन्तर्गत अरुण नदीमा ड्याम निर्माणका लागि पानी डाइभर्सन गरिएको छ । सोमबार सतलज कम्पनीका निर्देशक नन्दलाल शर्माले पानी डाइभर्सन कार्यको सोमबार उद्घाटन गरेका छन् । अरुण नदीको पानी डाइभर्सन गर्ने ४२९ मिटरको सुरुङ निर्माण गरिएको छ । सतलज कम्पनीका निर्देशक शर्माले भने हामीले ९ सय मेगावाटको अरुण तेस्रो परियोजना चाडैं स...
विराटनगरका मिटरब्याजी मन्टुविरुद्ध १७ मुद्दा दर्ता, पुर्पक्षका लागि कारागार चलान

विराटनगरका मिटरब्याजी मन्टुविरुद्ध १७ मुद्दा दर्ता, पुर्पक्षका लागि कारागार चलान

विराटनगर । ठगी र अपराधिक लाभ लिएको कसुरमा मुद्दा चलाइएका विराटनगरका ‘मिटरब्याजी’ गिरोहका नाइके ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनीयार कारागार चलान भएका छन्। विराटनगर महानगरपालिका–९ घोघापुल चोकका उनीविरुद्ध अलगअलग जाहेरीका आधारमा १७ वटा मुद्दा दर्ता भएको थियो। न्यायाधीश ईश्वर पराजुलीको इजलासले १७ वटामध्ये १३ वटा मुद्दामा भने पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। जिल्ला अदालत मोरङका श्रेस...
कक्षा १२ को परीक्षामा ‘बढाएर नम्बर दिँदा’ नतिजा सुधार

कक्षा १२ को परीक्षामा ‘बढाएर नम्बर दिँदा’ नतिजा सुधार

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा गत वर्षभन्दा राम्रो आएको छ । विद्यालयहरुले संक्षिप्त र आन्तरिक परीक्षामा विद्यार्थीलाई बढाएर नम्बर दिएकाले नतिजा राम्रो आएको राष्ट्रिय परीक्षा बोर्डको भनाइ छ । गत वर्षहरुको नतिजामा मध्यम समूहको जीपीए ल्याउने विद्यार्थी सबैभन्दा बढी हुन्थे । यो वर्षको सोमबार प्रकाशित नतिजामा मध्यमभन्दा माथिल्लोस्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या अत्यधिक छ । गत वर्ष ४ ज...
कोरोनाको निःशुल्क खोप लगाउन जाँदा १० हजार खर्च

कोरोनाको निःशुल्क खोप लगाउन जाँदा १० हजार खर्च

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन् । जिल्लाको अति विकट तथा दुर्गम गाउँ गुर्जामा १८ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी सम्हाल्दै आएकी छन्त्यालले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले उपलब्ध गराएको खोप लगाउन पाउँदा निकै खुस...
‘विप्लव’ समूहसँग वार्ता गर्दै सरकार, प्रतिबन्ध फुकुवाको तयारी

‘विप्लव’ समूहसँग वार्ता गर्दै सरकार, प्रतिबन्ध फुकुवाको तयारी

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दलसँग वार्ताको प्रक्रिया अघि बढाउन तयारी थालेको छ । नेकपाभित्र विभाजनका गतिविधि अघि बढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउन भन्दै वार्ताको प्रक्रिया अघि बढाउन सकारात्मक बनेका हुन् । प्रधानमन्त्री ओली सकारात्मक भएपछि सरकारी पक्षले विप्लव पक्षसँग वार्ताको प्रयासबारे सूचना ...
भ्रष्टाचारको अखडा बन्दै बीपी प्रतिष्ठान

भ्रष्टाचारको अखडा बन्दै बीपी प्रतिष्ठान

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो कोभिड अस्पतालमा औषधि र सर–सामान आपूर्ति गर्न बिनाटेन्डर करोडौंको ठेक्का त्यस्तो व्यक्तिलाई दिएको छ, जो अख्तियारको मुद्दा खेपिरहेका छन् । सामान आपूर्तिमा अनियमितता गरेको अभियोगमा अख्तियारले चलाएको मुद्दा विचाराधीन रहेकै अवस्थामा चेतन अग्रवाल पुनः त्यस्तै कामका लागि प्रतिष्ठान छिरेका हुन् । तत्कालीन उपकुलपति डा. बलभद्र दाससँग मिलेर लेखिएको ...
चीनले नेपाललाई ३ लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन दिने

चीनले नेपाललाई ३ लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन दिने

काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालाई छिटै अनुदानमा खोप दिन लागिएको हो । संसारभरि र चीनभित्रै पनि भ्याक्सिनको ठूलो माग भए पनि नेपालसँगको घनिष्ट सम्बन्धका कारण चीनले नेपाललाई खोप दिन लागेको दूतावासले स्पष्ट पारेको छ । चीनले दिएको खोप १ लाख ५० हजार जनालाई लगाउन मिल्नेछ । सो खोप चिनियाँ कम्पनी सि...
६७९ मेगावाटको तल्लो अरुण बन्ने, निर्माणको जिम्मा भारतीय कम्पनीलाई

६७९ मेगावाटको तल्लो अरुण बन्ने, निर्माणको जिम्मा भारतीय कम्पनीलाई

काठमाडौं ।  सर्वेक्षणका नाममा वर्षौं ओगटिएको कम्तीमा ६७९ मेगावाटको तल्लो अरूण बन्ने बाटो खुलेको छ । सरकारले उक्त जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनी सतलजलाई दिने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको लगानी बोर्डको ४६ औं बैठकले उक्त आयोजनाको गाँठो फुकाएको हो । तल्लो अरुणको सर्वेक्षण अनुमतिपत्र ब्राजिलको कम्पनी ब्रास पावरले ओगटेर बसेको थियो । सर्तअनुसार काम गर्न नसक्दा अख्तियार दुरुपयोग अनुसन्ध...
१७६ दिनपछि पहिलो पटक मृतकको संख्या शून्य

१७६ दिनपछि पहिलो पटक मृतकको संख्या शून्य

काठमाडौं । बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्ये मृतकको संख्या शून्यमा झरेको छ । संक्रमितको संख्या घटिरहेको बेला मृतकको संख्या बिहीबार शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार संक्रमितमध्ये तीन जनाको मृत्यु भएको थियो । गत १८ साउन २०७७ मा संक्रमित मृतकको संख्या शून्यमा सीमित हुन पुगेको थियो । त्यसयता संक्रमित मृतकको संख्या दैनिक बढ्दो क्रममा थियो । १७ साउनमा कु...
३० पूर्णाङ्कको परीक्षामा नम्बर दिइयो ६०

३० पूर्णाङ्कको परीक्षामा नम्बर दिइयो ६०

काठमाडौं । शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्य अनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो । ‘परीक्षा सकिएको महिना दिनमा नतिजा प्रकाशन गर्न सक्छौँ जस्तो लागेको थियो,’ बोर्डका सदस्य सचिव दुर्गाप्रस...
सातै प्रदेशमा आजबाट कोरोना खोप लगाइदै

सातै प्रदेशमा आजबाट कोरोना खोप लगाइदै

काठमाडौं । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै छ । ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन् । यो अभियान बुधबार बिहान १० बजे सातै प्रदेशबाट सुरु गरिँदै छ । ‘खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन । कसै–कसैलाई सामान्य  असर देखा पर्न सक्छ । जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, अल्छी लाग्ने, कमजोरी महसुस हुन...
निर्वाचन आयोगको निर्णयले नेकपामा तरंग

निर्वाचन आयोगको निर्णयले नेकपामा तरंग

काठमाडौँ । निर्वाचन आयोगले नेकपाको विधानअनुसार केपी शर्मा ओली र पुष्पकमल दाहाल नै अध्यक्ष रहेको निर्णय गरिदिएपछि नेकपाको समस्या अर्को चरणमा प्रवेश गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २५ (६) बमोजिम दलको साविक विवरण कायम रहेको जानकारी सोमबार अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिएको छ । आयोगले आइतबार गरेको निर्णयको औपचारिक जानकारी सोमबार दिएसँगै नेकपाभित्रको विवाद थप जटिल ...
error: Content is protected !!