भारततर्फ निर्यात हुने वस्तुमा ५० प्रतिशतसम्म भन्सार
काठमाडौं, १९ माघ । भारतले नेपालका भारततर्फ निर्यात हुँदै आएका वस्तुमा उच्च दरले भन्सार बढाएको छ ।
यसले नेपाली वस्तुको निर्यात प्रभावित हुने भएको छ । भारतले जुस, जुत्ता, घिउ–तेललगायत आयातमा भन्सार बढाएको छ । यी वस्तुहरू नेपालबाट भारतमा निर्यात हुँदै आएका छन् ।
जुसमा भारतले यसअघि ३० प्रतिशत भन्सार लिँदै आएकोमा अब सुन्तलाको जुसमा ३५ प्रतिशत र अन्य जुसमा ५० प्रतिशत भन्सार लिने भएको छ । गत आर्थिक व...






























