एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात
इलाम, १७ असार । दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा तीन लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ ।
कुकुरको आहाराका रूपमा नेपालबाट अमेरिकामा निकासी हुँदै आएको छुर्पी डगच्यू उत्पादन गर्ने उक्त कारखाना इलाम नगरपालिका वडा नं १० मा छ ।
दैनिक तीन हजार ५०० देखि चार हजार लिटरसम्म दूध संकलन गरेर प्रशोधन गर्ने गरेको यो उद्योगमा प्रतिदिन २५० किलोसम्म छु...






























