अदुवाकोे आकर्षक मूल्य पाउँदा किसान दङ्ग
डोटी, २७ पुस । अदुवाको आकर्षक बजारमूल्य पाउँदा किसान यो वर्ष खुशी भएका छन् । गत वर्ष मूल्य झर्दा अदुवा सुकाएर बेच्न बाध्य भएका किसानले राहत महसुस गरेका छन् ।
सुदूरपश्चिमको कैलाली र डोटीको चुरे क्षेत्र अदुवा खेतीका लागि उर्वर क्षेत्र हो । बडीकेदार गाउँपालिकाका किसान खडक मौनीले राम्रो मूल्य पाएकाले अदुवा बिक्री गरी सकिएको बताउनुभयो ।
“गत वर्ष अदुवाबाट जम्मा १५ हजार जति मात्र कमाइ भयो”, मौनीले भ...






























