तेह्रथुमको लम्बु खोलामा मोटरेबल पुल निर्माण
तेह्रथुम, ७ माघ । म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्डअन्तर्गत लम्बु खोलामा निर्माण भइरहेको मोटरेबल पुल निर्माणको काम सकिएको छ ।
पुल निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन गरी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो ।
तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको स...































