उर्लाबारीमा रक्तसञ्चार सेवा शुरु
उर्लाबारी, मोरङ, २ असोज । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाले यहाँ पहिलो पटक रक्तसञ्चार सेवा ब्लड बैंक शुरु गरेको छ ।
गत साउन पहिलो साता नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले सो सेवाको उद्घाटन गर्नुभएको थियो । आवश्यक पूर्वाधार नहुँदा झण्डै दुई महिनापछि मात्र उपशाखाले सोमबारदेखि उक्त सेवा दिन थालेको हो ।
नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राविधिक सहयोगमा शुरु भएको सो से...






























