छिनालिएको हात सफल शल्यक्रियाबाट जोडियो

छिनालिएको हात सफल शल्यक्रियाबाट जोडियो

सुर्खेत, ८ भदौ । मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा एक बिरामीको छिनालिएको हात उपचारपछि जोडिएबाट उनले नयाँ जीवन पाएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत हाडजोर्नी विशेषज्ञ डा.मंगल रावल, डा हरिहर देवकोटा, डा रमेश भट्टराई र सुर्खेत अस्पतालका डा.हरि सापकोटाको टोलीले बिरामी रमेश थारुको छिनालिएको दायाँ हात शल्यक्रिया गरेर जोड्नु भएको हो । बारदिया गाउँपालिका–४ बर्दिया गुर...
कोरियाली सरकारको सहयोगमा अत्याधुनिक सुविधासहितको एम्बुलेन्स

कोरियाली सरकारको सहयोगमा अत्याधुनिक सुविधासहितको एम्बुलेन्स

सोलुखुम्बु, ८ भदौ । कोरियाली सरकारको सहयोगमा योङ स्टार सामुदायिक स्वास्थ्य सेवा केन्द्र, सोलुखुम्बुलाई अत्याधुनिक सुविधासहितको एम्बुलेन्स सहयोग प्राप्त भएको छ । करीब रु एक करोड मूल्य बराबरको उक्त एम्बुलेसमा स्वास्थ्यसम्बन्धी अत्याधुनिक सामाग्री जडित रहेको छ । योङ स्टार सामुदायिक स्वास्थ्य सेवा केन्द्र र धुलिखेल अस्पतालको संयुक्त प्रयासमा सञ्चालित स्वास्थ्य केन्द्रलाई मध्यनजर गर्दै कोरियाली सरक...
कञ्चनपुर घटनाका घाइतेको निःशुल्क उपचार: गृहमन्त्री

कञ्चनपुर घटनाका घाइतेको निःशुल्क उपचार: गृहमन्त्री

काठमाडौँ, ८ भदौ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनामा परेर घाइते भएका आन्दोलनकारीको स्वास्थ्योपचार सरकारले गर्ने बताएका छन् । कञ्चनपुरमा आन्दोलनका क्रममा घाइते भएर त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका अर्जुन भण्डारालाई आज अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आन्दोलनको क्रममा घाइते भएकाको उपचार सरकारले गर्ने बताउएका हुन । बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्या...
एघार वर्षीय बालकद्वारा जीवनरक्षाको अपिल

एघार वर्षीय बालकद्वारा जीवनरक्षाको अपिल

तुलसीपुर, ८ भदौ ।  तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुर निवासी ११ वर्षीय बालक शशी अधिकारीले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् । आफ्ना दुवै मिर्गाैलाले काम नगरेकाले उपचारका लागि सहयोग गरिदिन सबैसंग आग्रह गरेका हुन् । बिहीबार तुलसीपुरमा उनले पत्रकार सम्मेलन गरी उपचारका लागि आवश्यक रकम आफ्नो परिवारसँग नभएकाले सबैको स–सानो सहयोगले पनि आफ्नो जीवनरक्षाका लागि ठूलो योगदान हुने बताए । उनले भने “बुबा अपा...
चिकित्सकको सिफारिशविना ट्रमाडोल बिक्री गर्न नपाइने

चिकित्सकको सिफारिशविना ट्रमाडोल बिक्री गर्न नपाइने

काठमाडौँ, ७ भदौ । औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिशविना बिक्री वितरण नगर्न रोक लगाउने भएको छ । सो औषधि दुखाइ कम गर्न प्रयोग हुन्छ । केही मुलुकमा बिक्रीवितरणमा रोक लगाइएको सो औषधिलाई नेपालमा अन्यत्र प्रयोग हुन थालेपछि विभागले यही भदौ १५ गतेदेखि चिकित्सकको सिफारिशविना बिक्रीवितरणमा रोक लगाउन लागेको हो । औषधि पसलबाहेक अन्य खुद्रा पसलमा बिक्री वितरण गर्न बाँकी रहेका ती औषध...
चितवनमा पर्यटक लक्षित दन्त अस्पताल

चितवनमा पर्यटक लक्षित दन्त अस्पताल

चितवन, ७ भदौ । अमेरिका र युरोपलगायतका विकसित देशमा दाँतको उपचार महँगो हुने गर्दछ । ती देशमा दाँतको उपचार गर्ने पैसाले नेपालमा उपचारसँगै आकर्षक पर्यटकीय गन्तव्य नै घुमेर फर्किन पुग्ने दन्त चिकित्सक बताउँछन् । यसैलाई लक्षित गर्दै पर्यटकीय नगरी सौराहाको प्रवेशद्वार रत्ननगरमा दन्त अस्पताल स्थापना गरिएको छ । स्थानीय निकाय, पर्यटन व्यवसायी, उद्योगी व्यवसायीको सहयोगमा साइराम डेण्टल केयर नामबाट अस्पताल...
रक्त अभाव कम गर्न अभियानका रूपमा सशस्त्र प्रहरीको रक्तदान

रक्त अभाव कम गर्न अभियानका रूपमा सशस्त्र प्रहरीको रक्तदान

काठमाडौं, ७ भदौ । सशस्त्र प्रहरी बल नेपालले मुलुकमा देखिएको रक्त अभाव कम गर्न मुलुकभर रहेका सङ्गठनमा आज अभियानका रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । महानिरीक्षक प्रथम रक्तदान नाम दिइएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा महानिरीक्षक शैलेन्द्र खनालले रक्तदान गरे । सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा शान्ति, सुरक्षा, विकास र समृद्धिको सरकारी...
प्रम ओलीद्वारा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

प्रम ओलीद्वारा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

दमक, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गरेका छन् । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० श्ययाको हुनेछ । प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा दैनिक आकस्मिकसहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशाला सेवाजस्ता पूर्वाधार नि...
नोबेलको ईमर्जेन्सी सेवामा ब्यापक सुधार

नोबेलको ईमर्जेन्सी सेवामा ब्यापक सुधार

बिराटनगर, ६ भदौ । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा ब्यापक सुधार गरेको छ । नोबेलले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको हो । बिरामीको सहजताका लागि आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको संख्या बढाउँनुका साथै २४ सै घण्टा ‘रेसपोन्स टिम’ र ‘ट्रली ब्वाई’ परिचालन गरिएको छ । आकस्मिक अवस्थामा आएका बिरामीलाई खर्च अभाव भए...
जनस्वास्थ्य विधेयक–२०७५ स्वीकृत

जनस्वास्थ्य विधेयक–२०७५ स्वीकृत

काठमाडौँ, ५ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा ‘जनस्वास्थ्य विधेयक–२०७५’ प्रस्तुत भएको छ । संविधानमा ‘प्रत्येक जनतालाई आधारभूत स्वास्थ्य सेवाको हक’ हुनेछ भन्ने व्यवस्था गरिएको छ । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सो विधेयकलाई बैठकमा पेश गर्नुभएको हो । विधेयकको सैद्धान्तिक छलफलमाथि भाग लिँदै पूर्वस्वास्थ्यमन्त्री एवं सांसद खगराज अधिकारीले विशिष्ट व्यक्ति देश बाहिर उपचार गर्न जाँदा आफ्...
अब प्रदूषणबाट पीडित व्यक्तिले क्षतिपूर्ति पाउने

अब प्रदूषणबाट पीडित व्यक्तिले क्षतिपूर्ति पाउने

काठमाडौँ, ५ भदौ । नेपालको संविधानले व्यवस्था गरेबमोजिम अब प्रदूषणबाट पीडित व्यक्तिले तोकिएबमोजिम क्षतिपूर्ति पाउने भएका छन् । त्यसको लागि सरकारले वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानूनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था गर्न ‘वातावरण संरक्षण ऐन, २०५३ मा आवश्यक संशोधन गर्ने तयारी थालेको छ । पीडितलाई प्रदूषकबाट क्षतिपूर्ति पाउने व्यवस्था गर्न वन तथा वातावरणमन्त्री शक...
मिक्लाजुङ गाउँपालिकाले एचआइभी संक्रमितलाई उपचार खर्च दिने

मिक्लाजुङ गाउँपालिकाले एचआइभी संक्रमितलाई उपचार खर्च दिने

उर्लाबारी, मोरङ, ५ भदौ ।  मिक्लाजुङ गाउँपालिकाले एचआइभी संक्रमितलाई उपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले सिफारिश गरी एआरटी औषधि खाँदै गरेका संक्रमितलाई वार्षिक रु १० हजार उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ । सोमबर बसेको गाउँपालिकाको २८औँ कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष नगेन्द्र कार्कीले जानकारी दिए । गाउँपालिकाको...
गाउँ–गाउँमा नोबेलको निःशुल्क शिविर: भाउन्नेमा तीन सय बिरामीको निःशुल्क उपचार (फोटो फिचरसहित)

गाउँ–गाउँमा नोबेलको निःशुल्क शिविर: भाउन्नेमा तीन सय बिरामीको निःशुल्क उपचार (फोटो फिचरसहित)

विराटनगर, ४ भदौ । बिपन्न बिरामीलाई लक्षित गरी गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सोमबार मोरङको भाउन्नेमा शिविर सञ्चालन गरी ३ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । बेलवारी–१० भाउन्ने स्थित महेन्द्र माध्यमिक बिद्यालयमा गरिएको स्वास्थ्य शिविरबाट ३ सय ७ जना बिरामीले निःशुल्क उपचार सेवा लिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । शिविरमा ६३...
घरघरै पुगेर उपचार दिन थाल्यो रत्ननगर नगरपालिकाले

घरघरै पुगेर उपचार दिन थाल्यो रत्ननगर नगरपालिकाले

रत्ननगर, ४ भदौ । चितवनको रत्ननगर नगरपालिका वडा नं ५ झुवानीकी ९२ वर्षीया खड्गकुमारी ढुंगाना यतिखेर दङ्ग हुनुहुन्छ । जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोलीले आज घरमै उपचार दिन आएपछि उहाँ खुशी हुनुभएको हो । अघिल्लो वर्ष स्थानीय तहको चुनावका बेला वृद्धवृद्धालाई सहयोग गर्लान् र देशलाई सम्हालान् भन्ठानेर उहाँले सकिनसकी गएर भोट हाल्नुभएकै हो । भोट हालेर फर्कने बित्तिकै उहाँलाई उच्च रक्तचापले ढाल्यो । न...
गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

वेलिङ्टन, ४ भदौ । न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना हुनुभएको छ । साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना हुनुभएको थियो । “मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन,” साइकलको तस्वीर सहित...
बीमा गराउने भन्दा माग दाबी बढी

बीमा गराउने भन्दा माग दाबी बढी

चितवन, ४ भदौ । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ । बाहिरी जिल्लामा बीमा गराएर यहाँ उपचार गराउने आउने भएकाले सङ्ख्या बढी देखिएको हो । स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय चितवनका दर्ता अधिकृत निर्मला भट्टराईका अनुसार जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या एक लाख ६७ हजार छ । तर बीमा मार्फत उपचार ग...
ओरल सेक्सका ७ भ्रम र सत्य

ओरल सेक्सका ७ भ्रम र सत्य

काठमाडौँ। मुख मैथुनलाई लिएर समाजमा भ्रम रहेको छ । यसै कारणले कतिपय जोडीले खुलेर यौन जीवनको मज्जा लिन पाइरहेका हुँदैनन् । आउनुहोस् यसबारेमा यानी कि मुख मैथुनसँग जोडिएका सातवटा ठूलो भ्रमका बारेमा आज हामी वास्तविकता बताउँछौं । कुमारीत्व लुटिने डर भ्रमः मुख मैथुन गर्नाले कुमारीत्व गुम्न सक्छ । सत्यः कुमारीत्व केबल फिजिकल पेनेट्रेशनको (यौनसम्पर्क) को स्थितिमा मा नास हुन्छ । वा हुन सक्छ । मानिसहरुल...
पानीमा विषादीः २७ विद्यार्थी बिरामी, ४ सिकिस्त

पानीमा विषादीः २७ विद्यार्थी बिरामी, ४ सिकिस्त

मोरङ, ३० साउन । विषादी मिसिएको पानी पिउँदा मंगलबार मोरङका जाँतेस्थित एक विद्यालयका २७ विद्यार्थी बिरामी परेका छन् । उनीहरुमध्ये ४ जना सिकिस्त छन् । लेटाङ नगरपालिका ९ जाँतेस्थित श्रीमाध्यामिक विद्यालय परिसरमा रहेको ट्यांकीको पनी पिउँदा विद्यार्थी बिरामी भएका हुन् । ट्यांकीभित्र भेटिएको विषादी तरकारी र अन्नबालीमा लाग्ने कीरा मार्न प्रयोग हुने विज्ञले बताएका छन । विषादी कसले मिसायो भन्ने खुलेको ...
बेलबारीमा नोबेलको निःशुल्क शिविरबाट छ सय बिरामी लाभान्वित (फोटो फिचरसहित)

बेलबारीमा नोबेलको निःशुल्क शिविरबाट छ सय बिरामी लाभान्वित (फोटो फिचरसहित)

विराटनगर, २९ साउन । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको वेलवारी नगरपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव ६ सय बिरामी लाभान्वित भएका छन् । बेलवारी–४ धरहरा स्थित पञ्चायत निम्न माध्यमिक बिद्यालयमा गरिएको शिविरबाट ५ सय ८७ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । शिविरमा १ सय १९ जनाको भीडीयो एक्सरे, ४७ जनाको ईसीजी र १ सय ३३ जनाको ल्यावटेष्ट गरिएको ...
विद्यालयको खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

विद्यालयको खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

मोरङ, २९ साउन । लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताए । बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको छ । बिहान ११ बजे विद्यार्थीले सो ट्याङ्की...
नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

बिराटनगर, २९ साउन । विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले गत आर्थिक बर्ष २०७४/०७५ मा स्वास्थ्य शिविरमार्फत ४९ हजार विरामीको निःशुल्क उपचार गरेको छ । २०७४ साउनदेखि २०७५ असारसम्म एक बर्षको अवधिमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ४९ हजार २ सय ११ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी गत आर्थिक बर्षमा पूर्वी न...
धनकुटा मोडल अस्पतालले सनराइज बैंकका ग्राहकलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने

धनकुटा मोडल अस्पतालले सनराइज बैंकका ग्राहकलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने

धनकुटा, २८ साउन । सनराइज बैैंकमा बचत खाता खोल्ने ग्राहकहरुले धनकुटा मोडल अस्पतालमा स्वास्थ्य उपचार गराउदा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सनराइज बैंक धनकुटा शाखा र धनकुटा मोडल अस्पतालबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता भएपछि ग्राहकहरुले सहुलियतमा उपचार गराउँन पाउँने भएका हुन् । सनराइज बैंक धनकुटा शाखाका प्रबन्धक दिनेश शर्मा अधिकारी र धनकुटा मोडल अस्पतालका डाक्टर रोशन झाले सोमबार सम्झौता...
तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीलाई वार्षिक २५ हजार उपचार खर्च दिने

तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीलाई वार्षिक २५ हजार उपचार खर्च दिने

तेह्रथुम, २८ साउन । तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि दीर्घरोग लागेमा उनीहरुको अवस्था हेरी रु पाँच हजारदेखि २५ हजार सम्म उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । साविकका हमरजुङ, आङिदम, फाक्चामारा, पञ्चकञ्या, ओख्रे र...
आधारभूत स्वास्थ्य सेवा नपाए ५० हजार जरिवाना

आधारभूत स्वास्थ्य सेवा नपाए ५० हजार जरिवाना

काठमाडौं । स्वास्थ्य सम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्नको लागि सरकारले तयार पारेको ‘राष्ट्रिय स्वास्थ्य ऐन २०७५’ को विधेयक मस्यौदाले आधारभूत सेवा नपाएमा क्षतिपूर्ति बापत ५० हजार रुपैयाँसम्म तिर्नुपर्ने भएको छ । बिरामीले स्वास्थ्य सेवा नपाएको खण्डमा उनिहरुले क्षतिपूर्ती माग दाबी गर्न पाउने व्यवस्था गरेको हो । स्वास्थ्य मन्त्रालयले तयार पारेका विधेयक संसदबाट पारीत भए संविधानको धारा ३५ अन्तर्गत...
कर्णाली स्वास्थ्य प्रतिष्ठान घटनाको छानबिन गर्न कार्यदल

कर्णाली स्वास्थ्य प्रतिष्ठान घटनाको छानबिन गर्न कार्यदल

सुर्खेत, २७ साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो । गठित कार्यदलमा आन्तरिक मामिला तथा कान...
उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद

उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद

काठमाडौं, २७ साउन । चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने भएको छ । यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए पवा अंगभंग भए चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो । अब उपचारमा लापरवाही गरी बिरामीको ज्यान गए वा शरीरमा कुनै क्षति पुगे उपचारमा संलग्न चिकित्सकले जन्मकैद सजाय भोग्नुपर्नेछ । यो व्यवस्था भदौ १ बाट लागु हुनेछ ...
धनकुटामा युवा दिवसको अवसर पारेर रक्तदान

धनकुटामा युवा दिवसको अवसर पारेर रक्तदान

धनकुटा, २५ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शुक्रवार धनकुटामा रक्तदान कार्यक्रम गरिएको छ । युवा दिवस बिशेष तीन दिवसीय कार्यक्रम अनरुप धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सले रक्तदान कार्यक्रम गरेको हो । जिल्ला युवा समितिको संयोजनमा भएको रक्तदान कार्यक्रममा ४० यूनिट रगत संकलन भएको छ । उद्योग वाणिज्य संघकी जिल्ला उपाध्यक्ष तारा तितुङ, जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङ, शसस्त्...
अर्जेन्टिनाको सिनेटले गर्भपतन कानुन पारित गरेन

अर्जेन्टिनाको सिनेटले गर्भपतन कानुन पारित गरेन

ब्युनस आयर्स, २४ साउन । अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ । यो असफलतासँगै अर्जेन्टिनाका महिला अधिकारवादीहरु निराश भएको बताइएको छ । गत जुन महिनामा महिलाले गर्भपतन गराउन पाउने विधेयक यहाँको संसदको तल्लो सभाले पारित गरेको थियो । उक्त विधेयक पारित हुँदा खुशी भएका यहाँका महिलाहरु बिहीबार...
स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई कानेपोखरी गापाले ६८०० भत्ता दिने

स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई कानेपोखरी गापाले ६८०० भत्ता दिने

उर्लाबारी, मोरङ, २४ साउन । कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक हजार ८०० उपलब्ध गराउने भएको हो । आर्थिक वर्ष ०७५/७६ को बजेटमा परेको उक्त रकम साउन महिनादेखि दिने निर्णय ...
बिरामीले तिरेको १९ लाख अस्पतालका कर्मचारीको खल्तीमा

बिरामीले तिरेको १९ लाख अस्पतालका कर्मचारीको खल्तीमा

सुनसरी, २४ साउन । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ । बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको भेटिएको हो । प्रयोगशालाका विकेश श्रेष्ठ एक्लैले १० लाख ६४ हजारभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ । नाम दर्ता गराउने ठाउँमा कार्यरत कर्मचारी कविता पोद्दारका नाममा झन्डै पाँच लाख र अजय प्रधानको नाममा ...
बेलवारीमा सडक कालोपत्रे गर्न डा. सुनिल शर्माको सहयोग

बेलवारीमा सडक कालोपत्रे गर्न डा. सुनिल शर्माको सहयोग

बिराटनगर, २३ साउन । मोरङको बेलवारी नगरपालिका–४ बुधबारेमा सडक कालोपत्रे गर्नका लागि नोबेल अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले आर्थिक सहयोग गरेका छन् । सरस्वती मार्ग कालोपत्रे गर्ने क्रममा रकम अभाव भएपछि डा.शर्माले एक लाख सहयोग प्रदान गरेका हुन् । नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेसहित सडक निर्माण समितिका पदाधिकारीको उपस्थितीमा डा.शर्माले बुधबार सडक निर्माण समितिका अध्यक्ष श्यामकुम...
error: Content is protected !!