विदेशमा बनेका कोरोना भ्याक्सिनको नेपालमा परीक्षण गर्न छलफल गरिदैं
काठमाडौँ । सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण (क्लिनिकल ट्रायल) गर्न सम्भाव्यता छलफल शुरु गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोभिड १९ विरुद्ध उत्पादन गरेका औाषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको हो ।
आफ्नो र अन्य देशमा प्रयोग गरिरहेका औषधि र खोप नेपालमा तेस्रो चरणको परीक्षण (...































