एमाले स्थायी समिति वैठक, टिकट बाँडफाँड टुंगाउने तयारी
काठमाडौं, १२ कात्तिक । टिकट बाँडफाँड कार्यदलले तयार पारेको सूचिमाथि छलफल गरी पार्टीबाट अनुमोदन गर्न एमालेको स्थायी समिति वैठक बसेको छ । वैठक एमाले उपाध्यक्ष बामदेव गौतमको निवास भैसीपाटीमा बसेको छ ।
हिजो राती अवेरसम्म बसेको कार्यदल वैठकले एमाले, माओवादी र अन्य सहयोगी दलका उम्मेद्वारका लागि क्षेत्र बाँडफाँड गरेको थियो । कार्यदलले तयार पारेको क्षेत्र बाँडफाँडको सिफारिसलाई दुवै पार्टीबाट अनुमोदन गर...




















