धादिङ बस दुर्घटना अपडेटः मृतकको संख्या १६ पुग्यो
काठमाडौं, ११ कात्तिक । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनास्थलबाट ८ पुरुष र ६ महिला र २ बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेको सनाखत हुन सकेको छैन । बेपत्ताको खोजीकार्य जारी छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भएको छैन ।
खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खस...

























