चिसो मौसमका बाबजुद मतदाताको उपस्थिति बाक्लो
मुलुकका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ ।
संविधानसभाबाट जारी भएको नेपालको संविधानको कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा हुँदै गरेको यो निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदातालाई मतदानको अधिकार रहेको छ ।
अपराह्न ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मतदान ...
























