दुर्लभ पाटे बाघ गणना आजबाट
रत्ननगर, चितवन, १४ मंसिर । आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) शुरु हुँदैछ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो ।
निकुञ्ज विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले गणनामा करिब १५० क्यामेरा प्रयोग हुने र आवश्यकताअनुसार हात्ती र करिब २०० जनशक्ति खटिने ज...

























