प्रदेश प्रमुख तोक्ने सरकारको तयारी
काठमाडौं, २ माघ। सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ ।
एमाले र माओवादीका शीर्ष नेताहरुलाई छलफलका लागि बिहान ९ बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । देउवाले आजै पार्टीका शीर्ष नेताहरुसँग पनि परामर्श गर्ने तयारी गरेका छन् ।
एमाले-...

























