शिक्षामा सुधार ल्याउन विद्यार्थीले गर्छन् शिक्षकको हाजिर
काठमाडौं, १३ फागुन । विद्यालयमा शिक्षकले हरेक दिन विद्यार्थीको हाजिर गर्छन् र पठनपाठन सुरु गर्छन् । तर अर्घाखाँचीका विद्यालयहरुमा भने शिक्षकले विद्यार्थीको नभएर विद्यार्थीले शिक्षकको हाजिर गर्ने गरेका छन् ।
काराबोर दैनिकका अनुसार जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले शिक्षामा सुधार ल्याउन विद्यार्थीले शिक्षकको हाजिर गर्ने तिथी बसालेको छ । जिल्ला शिक्षा कार्यालयले नयाँ चलन बसालेसँगै पठनपाठनमा सुधार ...






























