नासाको लेजर उपग्रह प्रक्षेपण, हिउँ र समुद्री सतहको अध्ययन गर्ने

नासाको लेजर उपग्रह प्रक्षेपण, हिउँ र समुद्री सतहको अध्ययन गर्ने

लस एन्जलस, ३१ भदौ । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) ले पृथ्वीको सतहबाट हिउँ पग्लनेक्रम र समुद्री सतहको उचाइमा भइरहेको वृद्धिका सम्बन्धमा अध्ययन गर्न शनिबार अत्याधुनिक लेजर उपग्रह प्रक्षेपण गरेको छ । करिब १ अर्ब अमेरिकी डलरको यो उपग्रह क्यालिफोर्नियास्थित भान्डेनबर्ग हवाई अखडाबाट प्रक्षेपण गरिएको हो । करिब आधा टन भारबहन क्षमताको आइसस्याट–२ नामको उपग्रहले खासगरी ध्रुवीय क्षेत्रको हिउँको ...
तीनहजार बढीले सम्पत्ति विवरण बुझाएनन्

तीनहजार बढीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौँ, ३१ भदौ । आर्थिक वर्ष २०७४/७५ मा तीन हजार ३८७ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् । निजामती किताबखानामा दर्ता भएका ८८ हजार आठ सय कर्मचारीमध्ये ८५ हजार ४१३ कर्मचारीले मात्र सो आवमा सम्पत्ति विवरण बुझाएको निजामती किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिए । कर्मचारीलाई आव २०७४/७५ को सम्पत्ति विवरण बुझाउन यही साउन १ गतेदेखि भदौ २९ गतेसम्मको समयसीमा तोकिएको थियो । भ्रष्टाचार ...
सिन्धुपाल्चोकको बाह्रविसेमा बाढीको सूचना दिने ‘साइरन’ जडान

सिन्धुपाल्चोकको बाह्रविसेमा बाढीको सूचना दिने ‘साइरन’ जडान

चौतारा, ३१ भदौ । सिन्धुपाल्चोकको बाह्रबिसे बजारस्थित भोटेकोशी नदीको पुलमा बाढीको पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ । ‘हरिमाया फाउण्डेशन’ नामक संस्थाले जडान गरेकोको उक्त यन्त्रले तीन किलोमिटर टाढासम्म साइरनद्वारा बाढीको पूर्व सूचना दिने काम गर्ने संस्थाका कार्यकारी सदस्य नवीन श्रेष्ठले जानकारी दिए । हालै मात्र उक्त यन्त्र जडान गरिएको र स्थानीयवासीको माग भई आएमा अन्य स्थानमा पनि जडान गरी म...
जनप्रतिनिधिकै घरमा स्थानीय सरकार

जनप्रतिनिधिकै घरमा स्थानीय सरकार

जाजरकोट, ३१ भदौ । यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् । आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा कार्यालय राखेर काम गर्दै आएको वर्ष दिन बित्यो । उता लिम्सामा सम्पर्क कार्यालय भए पनि सबै काम सदरमुकामबाटै हुने गरेको छ । गाउँपालिकाका लेखापाल राजबहादुर सिंहको घरमा एक वर्षअघि देख...
सर्लाहीमा बस दुर्घटना: दुईको मृत्यु, २३ घाइते

सर्लाहीमा बस दुर्घटना: दुईको मृत्यु, २३ घाइते

सर्लाही, ३० भदौ । सर्लाही ब्रह्मपुरी गाउँपालिकामा आज साँझ भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ईश्वरपुर नपा–९ का २६ वर्षीया नथुनी राय यादव र सोहि स्थानका १९ वर्षीया अञ्जु साह रहेको प्रहरीले जनाएको छ । ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगरबाट ईश्वरपुर जाँदै गरेको ना२ख ८००३ नंको बस ब्रह्मपुरी–१ महदेवा पोखरीनजीक साँझ ५ः३० बजे दुर्घटना भएको थियो । दुर...
५० लाख नेपाली रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

५० लाख नेपाली रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, ३० भदौ । महानगरीय अपराध महाशाखाले रु ५० लाख नेपाली रकमसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले अवैधरुपमा रकम बोकेर हिँडिरहेको अवस्थामा गेसनगेनामु र जिया टालाई शुक्रबार ज्याठा ठमेलबाट पक्राउ गरेको हो । महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले स्रोत नखुलेको रकम अवैधरुपमा बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए। बरामद रकमसहित दुबैजना...
निजगढ विमानस्थललाई ‘ग्रिनरी एयरपोर्ट’ बनाइने

निजगढ विमानस्थललाई ‘ग्रिनरी एयरपोर्ट’ बनाइने

काठमाडौँ, ३० भदौ । सरकारले निजगढ विमानस्थलाई ‘ग्रिनरी एयरपोर्ट’ बनाउने र बढीभन्दा बढी वातावरण संरक्षणमा ध्यान दिने भएको छ । विमानस्थल निर्माणको नाममा वातावरणको विनाश गर्न लागिएको र त्यसले जैविक विविधताको समेत प्रतिकूल हुने भन्दै आलोचना हुन थालेपछि सरकारको उक्त धारणा सार्वजनिक भएको हो । वार्षिक छ करोड यात्रुको चाप धान्ने गरी विमानस्थल निर्माण गर्न लागिएको र एशिया प्रशान्त क्षेत्रको ‘हव’ विमानस्...
पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश

पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश

काठमाडौँ, ३० भदौ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरिएको छ । हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले आज गृहमन्त्रीलाई प्रारम्भिक प्रतिवेदन पेश गरेको हो । प्रतिवेदनले हत्यापछि...
तपस्वी रामबहादुर बम्जनमाथि बलात्कारको आरोप

तपस्वी रामबहादुर बम्जनमाथि बलात्कारको आरोप

काठमाडौँ, ३० भदौ । बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि बलात्कारको आरोप लागेको छ । महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी १८ वर्षीया एक युवतीले आफूलाई धर्मगुरु बम्जनले पटक पटक बलात्कार गरेको बताएकी हुन् । बम्जनले बलात्कार गरेको भनिएकी किशोरी आनी हुन् । धर्मगुरु बम्जनको गुम्बामा उनी आनी बन्न गएकी थिइन । पत्रकार सम्मेलनमा बोल्दै ती किशोरीले २ वर्...
अन्तराष्ट्रिय लोकतन्त्र दिवस: विश्वमा लोकतन्त्रको अवस्था

अन्तराष्ट्रिय लोकतन्त्र दिवस: विश्वमा लोकतन्त्रको अवस्था

काठमाडौँ ३० भदौ । संयुक्त राष्ट्रसंघले सन् २००७ को महासभामार्फत् हरेक बर्षको सेप्टेम्बर १५ तारिखलाई अन्तराष्ट्रिय लोकतन्त्र दिवसका रुपमा मनाउने निर्णय गरेपछि अहिले विश्वभरी यो दिवस मनाउन थालिएको छ । पर्याप्त प्रचारप्रसार नभएर हो वा हरेक मुलुकको आफ्नो देशमा लोकतन्त्र आएको दिनलाई लोकतन्त्र दिवसका अवसरमा मनाउने गरेर हो अन्य दिवस जस्तो प्राथमिकतामा भने यो दिवस परेको देखिएको छैन । साथै यो दिवस बनाउन...
सन्दर्भः संविधान दिवस-ऐन कानूनको अभावमा संविधान कार्यान्वयनले गति लिन सकेन

सन्दर्भः संविधान दिवस-ऐन कानूनको अभावमा संविधान कार्यान्वयनले गति लिन सकेन

पोखरा, ३० भदौ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयन यतिखेर चासो र चर्चाको विषय बनेको छ । संविधानसभाबाट नेपालको संविधान औपचारिकरुपमा २०७२ असोज ३ गते घोषणा भएको भन्दै प्रत्येक वर्षको असोज ३ गतेलाई राष्ट्रिय पर्वकै रुपमा संविधान दिवस मनाउने गरिएको छ । नेपालको संवैधानिक इतिहासमा पहिलो संविधान नेपाल सरकार वैधानिक कानून, २००४ घोषणा भएयता वर्त...
पहिरोमा परेका दुई जनाको मृत्यु

पहिरोमा परेका दुई जनाको मृत्यु

लमजुङ, २८ भदौ । मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिका एर एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको हो । वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरोध हुँदा उनीहरुलाई थप उपचारका लागि सदरमुकामसम्म पनि ल्याउन सकिएको थिएन । पहिरो चलेपछि घर छोडेर भाग्दाभाग्दै उनीहरू पुरिएका थिए ।...
विशेष अभियानबाट ३ सय ३७ ट्याक्सी परे कारबाहीमा

विशेष अभियानबाट ३ सय ३७ ट्याक्सी परे कारबाहीमा

काठमाडौँ, २८ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । महाशाखाले यही भदौ २१ गतेदेखि उक्त अभियान सञ्चालन गर्दै आएकोे छ । भदौ २१ मा ७१, २२ मा ६१, २३ मा ५१, २४ मा ४०, २५ मा ४१, ...
प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना

काठमाडौँ, २७ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश दिनुहँुदै तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिलोस् भन्नुभयो । नेपालजस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने प्रधानमन्त्रीक...
मानव ओसारपसारका घटना बढ्दै

मानव ओसारपसारका घटना बढ्दै

काठमाडौँ, २६ भदौ । नेपालमा मानव बेचबिखन तथा ओसारपसारबाट पीडितको सङ्ख्या वर्षेनी बढ्दै गएको एक सरकारी तथ्याङ्कले देखाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखाले सार्वजनिक गरेको तथ्याङ्ककअनुसार मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी उजुरी तथा विभिन्न अदालतहरूमा रहेको मुद्दाहरूको तथ्याङ्कक हेर्दा पछिल्लो सात वर्षमा यस्ता घटना दोब्बरले बढेको पाइएको छ ।...
थाहै नदिइ सम्बन्ध विच्छेद गरेपछि…

थाहै नदिइ सम्बन्ध विच्छेद गरेपछि…

स्याङ्जा, २५ भदौ । श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहा नै नदिइ श्रीमान्ले सम्बन्ध विच्छेद गरेको भन्दै आज स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिनुभएको हो । उहाँले रुँदै भन्नुभयो, “मलाई थाहा नै नदिइ कसरी सम्बन्ध विच्छेद भयो, मलाई न्याय चाहियो ।” भिरकोट नगरपालिका–...
प्रधानन्यायाधीशमा मिश्र सर्वसम्मत

प्रधानन्यायाधीशमा मिश्र सर्वसम्मत

काठमाडौँ, २५ भदौ । संसदीय सुनवाइ विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । उक्त समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रका अभिव्यक्ति र उहाँविरुद्ध परेका उजुरीको सुनवाइपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिमा मिश्र विरुद्ध चार उजुरी परेकामा एकजनाले आफ्नो उजुरी फिर्ता लिएका थिए भने बाँकी तीन उजुरीका ...
तीन वर्षदेखि न्यायको खोजीमा ८० वर्षीया वृद्धा

तीन वर्षदेखि न्यायको खोजीमा ८० वर्षीया वृद्धा

दमौली, २५ भदौ । तनहुँको म्याग्दे गाउँपालिका–१ की ८० वर्षीया एक वृद्धा तीन वर्षदेखि न्यायको पर्खाइमा हुनुहुन्छ । २०७२ साल कात्तिक २३ गते बिहान घरमै बस्दा छिमेकी ५२ वर्षीय मोहनबहादुर विकबाट बलात्कारमा पर्नुभएकी उहाँले हालसम्म पनि न्याय पाउनुभएको छैन । आफूलाई बलात्कार गर्ने विकलाई कानूनी कारवाहीको माग गर्दै उहाँले प्रहरीमा जाहेरी दिएपनि प्रहरीले भने अहिलेसम्म अभियुक्तलाई पक्राउ गर्न सकेको छैन । अब...
सुडानमा विमान दुर्घटना, १९ को मृत्यु, चारजनाको जीवितै उद्धार

सुडानमा विमान दुर्घटना, १९ को मृत्यु, चारजनाको जीवितै उद्धार

जुबा, दक्षिण सुडान । दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको मृत्युभएको उक्त क्षेत्रका एक मन्त्रीले पुष्टि गरेका छन् । “आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले बताउनुभयो । घटनामा चार जनालाई सकुशल उद्धार गरिएको अगुकले बताउनुभयो । उ...
विद्यार्थीमाथि हातपात गर्ने दुई शिक्षक निलम्बनमा

विद्यार्थीमाथि हातपात गर्ने दुई शिक्षक निलम्बनमा

नवलपरासी, २५ भदौ ।  विद्यार्थीमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् । विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि निलम्बन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिनुभयो । प्रधानाध्यापक पाण्डे र शिक्षक तिवार...
इन्द्रजात्राको साइत भोलिदेखि

इन्द्रजात्राको साइत भोलिदेखि

काठमाडौँ, २५ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइतका कार्यक्रम भदौ २६ गते मंगलबारदेखि शुरु हुने बताएको छ । मंगलबार बिहान ११ बजेर ४९ मिनेटमा इन्द्रध्वजोत्थानको लिङ्गो लिन जानका लागि वनयात्राको साइत निस्किएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । मङ्गलबार राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत छ । काटिएको लिङ्गोल...
सभामुख महराद्वारा झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास

सभामुख महराद्वारा झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास

काठमाडौँ, २४ भदौ । चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महराले आज झांगमु–तातोपानी (सिन्धुपाल्चोक) र केरुङ–रसुवागढी (रसुवा) नाकामा अवस्थित पुलको पुनःनिर्माण र ल्हासास्थित महावाणिज्य दूतावास भवनको शिलान्यास गर्नुभएको छ । ल्हासामा आयोजना गरिएको विशेष समारोहकाबीच उहाँले नेपाल–चीन सीमा नाकाका अन्तर्राष्ट्रिय मितेरी पुलको पुनःनिर्माण तथा महावाणिज्य दूतावास भवनको शिलान्यास गर्नुभएको हो । सभामुख महर...
नेपालको आधिकारिक नक्शा प्रयोग गर्न आग्रह

नेपालको आधिकारिक नक्शा प्रयोग गर्न आग्रह

काठमाडौँ, २४ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले आधिकारिक रुपमा प्रमाणित गरेका नक्शा सरकार मातहतका कार्यालय तथा गैरसरकारी कार्यालयलाई अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको नक्शासम्बन्धी छलफलमा मन्त्री अर्यालले मुलुकको समग्र भूभाग र क्षेत्रफललाई समेटेको आधिकारिक नक्शाको प्रयोगले मात्र देशको राष्ट्रियता अभ...
क्षेप्यास्त्रसहित मनाइयो उत्तर कोरियाको ७० औं वार्षिकोत्सव

क्षेप्यास्त्रसहित मनाइयो उत्तर कोरियाको ७० औं वार्षिकोत्सव

प्योङयाङ, २४ भदौ । उत्तर कोरिया स्थापनाको ७० औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोप सहित हजारौं सैनिकले मार्चपास गरेका छन् । उत्तर कोरियाली नेता कीम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन चिनीया राष्ट्रपतिका कूटनीतिक प्रतिनिधिले समेत नेता कीमसँ...
राष्ट्रपतिबाट रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान

राष्ट्रपतिबाट रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान

काठमाडौँ, २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेन...
बैतडीका ५० वडा सचिवविहिन

बैतडीका ५० वडा सचिवविहिन

बैतडी, २४ भदौ । स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भने जस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन् । स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा पाउन सास्ती खेप्नुपरेको छ । बैतडीका ८४ वडामध्ये ५० वडा सचिवविहीन रहेका छन् । वडामा सचिव नहुँदा निकै समस्या भएको छ । दशवटा स्थानीय तहमध्ये शिवनाथ गाउँपालिकाका छवटै वडामा सचिव नभएको उपाध्यक्ष कुष्मा...
हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौ ल्याइँदै

हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौ ल्याइँदै

नुवाकोट, २४ भदौ । नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ । दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । शवलाई काठमाडौँ पठाउने तयारी रहेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । ...
अनौठो सर्प गाउँ पसेपछि स्थानीयवासी त्रसित

अनौठो सर्प गाउँ पसेपछि स्थानीयवासी त्रसित

पर्वत, २४ भदौ । अनौठो सर्प गाउँमा पसेपछि यहाँको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो । साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठूलो प्रजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् । सर्पले दुईवटा भ...
गोकर्णेश्वरमा पिण्डदान गर्नेको भीड

गोकर्णेश्वरमा पिण्डदान गर्नेको भीड

काठमाडौँ, २४ भदौ । भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । पितृ तीर्थधाम एवं उत्तरगया भनेरसमेत चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ । यही विश्वासमा देशका विभिन्न भागब...
आज कुशे औँशी तथा बुबाको मुख हेर्ने दिन

आज कुशे औँशी तथा बुबाको मुख हेर्ने दिन

काठमाडौँ, २४ भदौ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मा...
हेलिकप्टर दुर्घटना: आइतबार बिहान शव काठमाडौँ ल्याइने

हेलिकप्टर दुर्घटना: आइतबार बिहान शव काठमाडौँ ल्याइने

काठमाडौँ, २३ भदौ । गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कंदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आइतबार बिहान काठमाडौँ ल्याइने भएको छ । घटनास्थलबाट शव सङ्कलन गरी उद्धारमा गएको हेलिकप्टर अवतरण भएको स्थानसम्म ल्याइसकिएको र मौसमले साथ दिए आइतबार बिहान हेलिकप्टरमार्फत शव काठमाडौँ ल्याइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले ...
error: Content is protected !!