छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

लहान, २३ भदौ । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा लहान नगरपालिका–४ इस्लामपुरका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्युहुनेमा लहान नगरपालिका–४ इस्लामपुरका ६० वर्षीय मोहम्मद अताबुल मियाँ रहेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी बिवाद हुँदा आफ्नै माइलो छोरा २६ वर्षीय मोहम्मद कमाल मियाँको कुटपिटबाट शुक्रवार गम्भीर घाइते भएका अताबुल मियाँको बिराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका...
अध्यक्ष प्रचण्ड र मोदीबीच भेटवार्ता, धार्मिक शक्तिपीठको ‘सर्किट’ बनाइने

अध्यक्ष प्रचण्ड र मोदीबीच भेटवार्ता, धार्मिक शक्तिपीठको ‘सर्किट’ बनाइने

काठमाडौँ, २३ भदौ । भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको उक्त भेटमा उहाँहरुबीच पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीको भ्रमण, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रया...
बेगनास तालमा डुङ्गा दुर्घटना, दुईको मृत्यु, पाँच बेपत्ता

बेगनास तालमा डुङ्गा दुर्घटना, दुईको मृत्यु, पाँच बेपत्ता

लेखनाथ, २३ भदौ । कास्कीको बेगनास तालमा आज डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–२८ कालीका घर भएकी ५२ वर्षीया कृष्णकुमारी बजगाईं र पोखरा–३१ बेगनास घर भएकी ३२ वर्षीया जमुना कँडेलको डुङ्गा दुर्घटनामा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी निरीक्षक किरण रावतले जानकारी दिनुभयो । बजगाईंको लेखनाथ सामुदायिक लायन्स अस्पताल र कँडे...
अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना: सात जनाको मृत्यु

अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना: सात जनाको मृत्यु

गोर्खा,२३ भदाै । गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङमा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुलेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ क...
तीजको दर खाँदा ५० जना भन्दा बढी बिरामी

तीजको दर खाँदा ५० जना भन्दा बढी बिरामी

बनेपा, २३ भदौ । पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाँदा ५० भन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ । स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लि ले शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी २०० जनालाई दर खुवाएको थियो । विषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउने तय...
टुरिष्ट गाइडको पारिश्रमिक वृद्धि गरिने

टुरिष्ट गाइडको पारिश्रमिक वृद्धि गरिने

काठमाडौँ, २२ भदौ । पथ प्रदर्शकको छाता सङ्गठन टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान) ले टुरिष्ट गाइडको पारिश्रामिक वृद्धि गर्ने निर्णय गरेको छ । आज बसेको टुर्गान पदाधिकारीको आकस्मिक बैठकले टुरिष्ट गाइडले हाल खाइपाइ आएको पारिश्रमिकमा १ जनवरी २०१९ बाट लागू हुने गरी औषत ४० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको टुर्गानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पर्यटकलाइ दिने सेवासुविधाबापत टुरिस्ट गाइडले प...
निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती

निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती

काठमाडौँ, २२ भदौ । कास्कीको पोखराबाट एक अभिभावकले शिक्षाविद् डा मनप्रसाद वाग्लेलाई गत साता टेलिफोन गरी सोधे, “संविधानमा आधारभूत तहसम्म निःशुल्क शिक्षा भनिएको छ तर, मैले सकी नसकी छोरालाई निजी विद्यालयमा पैसा तिरेर पढाएको छु । यसको उपचार के हुन्छ ?” समाजवाद उन्मुख संविधानको मर्मअनुसार अब निजी विद्यालय अस्तित्वमा रहन नहुने जिकिर गर्दै आउनुभएका डा वाग्लेले निःशुल्क शिक्षाको अधिकार प्राप्तिका लागि क...
नेपालको आर्थिक समृद्धिमा दुई देश मिलेर अघि बढ्ने

नेपालको आर्थिक समृद्धिमा दुई देश मिलेर अघि बढ्ने

काठमाडौँ, २२ भदौ । भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका गृहमन्त्री राजनाथ सिंहबीच नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको छ । आज अपराह्न भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उनले सीमा क्षेत्रमा प्रवासी नेप...
जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, सुनामीको डर छैन

जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, सुनामीको डर छैन

टोकियो, २२ भदौ । उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार गएको ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्या १८ पुगेको अधिकारीहरूले जनाएका छन् । शुक्रबार जापानबाट प्राप्त समाचारमा यस भूकम्पबाट भवन भत्किएर र भूस्खलनमा परी १८ जनाको ज्यान गएको र अझै पनि अरू करिब २२ जना स्थानीय नागरिक बेपत्ता भएको जनाइएको छ । गत साता होक्काइदो वरपर शक्तिशाली आँधी पनि आएको थियो । त्यस आँधीले पनि ज...
सामुदायिक विद्यालय कर्मचारीद्वारा आन्दोलन घोषणा

सामुदायिक विद्यालय कर्मचारीद्वारा आन्दोलन घोषणा

काठमाडौँ, २२ भदौ । विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले पेशागत अधिकार, सेवासुविधा र सुरक्षाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । विद्यालय कर्मचारी सङ्गठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियन मिली बनेको समितिले प्रेस विज्ञप्ति जारी गरी सरकारले आफ्ना माग बेवास्ता गरी सुनुवाइ नगरेको जनाउँदै विद्यालय कर्मचारीको श्रम शोषणका विरुद्ध र पेशा रोजगारीको हक, मानवअधिकार एवं सर्वोच...
पाँच दिने भ्रमणका लागि सभामुख महरा ल्हासा प्रस्थान

पाँच दिने भ्रमणका लागि सभामुख महरा ल्हासा प्रस्थान

काठमाडौँ, २२ भदौ । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणका क्रममा आज ल्हासा प्रस्थान गर्नुभयो । भ्रमणका क्रममा उहाँ आज ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । त्यस्तै आजै सभामुख महराले तिब्बत सरकारका प्रमुखसँग आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्नुहुने सभामुखको सचिवालयले जनाएको छ । ल्हासामा रहँदा सभामुख महराले...
साइबर र मानव बेचबिखनका घटनामा वृद्धि

साइबर र मानव बेचबिखनका घटनामा वृद्धि

काठमाडौँ, २२ भदौ । मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई साथी बनाएर साइबर अपराध र मानव बेचबिखनको घटनामा संलग्न गराउने क्रम बढ्दो छ । सामाजिक सञ्जालमार्फत नयाँ खाता खोलेर अपरिचित व्यक्तिको विस्तृत विवरण लिने, अन्य व्यक्तिको प्रतिष्ठामा आँच ल्याउने तथा म...
दोब्बर काम गर्न कर्मचारीलाई प्रधानन्त्रीको निर्देशन

दोब्बर काम गर्न कर्मचारीलाई प्रधानन्त्रीको निर्देशन

काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिनुभएको छ । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सकेसम्म आधा खर्चमा अहिलेको भन्दा दोब्बर काम गरेर जनतामा सेवा दिन निर्देशन गर्नुभएको हो । उहाँले भन्नुभय...
नागरिकलाई घरदैलोमा पुगेर सेवा दिन प्रधानमन्त्रीको आह्वान

नागरिकलाई घरदैलोमा पुगेर सेवा दिन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसौँ शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गर्नुभएको छ । ‘नतिजामुखी प्रशासन: समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उहाँले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभ...
ट्याङ्करको ठक्करबाट दुईको मृत्यु

ट्याङ्करको ठक्करबाट दुईको मृत्यु

चितवन, २२ भदौ । पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तान रहेका छन् । चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको ना३ख ८५३९ नं को ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग५प ६२६० नं को मोटरसाइकललाई राप्ती नगरपा...
नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिनुपर्छ

नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिनुपर्छ

काठमाडौँ, २१ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल भाषा आन्दोलनका एक हस्ती पद्मरत्न तुलाधर कुनै पनि पार्टीको नेताभन्दा उहाँको उचाई धेरै माथि रहेको बताउनुभएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठानले नेपाल सम्बतलाई मान्यता दिलाउन सङ्घर्षरत् पद्मरत्न तुलाधरको भीम रथारोहणको उपलक्ष्यमा आज आयोजना गरेको ‘नेपाल सम्बतसम्बन्धी आन्दोलनमा पद्मरत्न तुलाधरको भूमिका’ विषयक विचार गोष्ठीम...
पुनःनिर्माणलाई द्रुतगतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

पुनःनिर्माणलाई द्रुतगतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको कामलाई द्रुतगतिमा अघि बढाउन निर्देशन दिनुभएको छ । प्राधिकरणको निर्देशक समितिको १३औँ बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले ऐन नियमले कुनै प्रकारका ढिलाइ भए त्यसलाई फुकाएर भूकम्पपीडितलाई यथाशक्य चाँडो घरबासको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री सचिवालयका अनुसार प्राधिकरण नि...
नेपाली भाषाको प्रयोग घट्दो: प्रतिवेदन

नेपाली भाषाको प्रयोग घट्दो: प्रतिवेदन

काठमाडौँ, २१ भदौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगले आज आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन बुझाउँदै संविधानको मर्मअनुसार राष्ट्रभाषा र मातृभाषाको नीति एवं प्रयोगका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले सो प्रतिवेदन बुझाउनुभएको हो । राष्ट्रपति भण्डारीले आयोगको कामका लागि धन्यवाद दिँदै प्रतिवेदन कार्यान्वयनका ला...
फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने

फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने

काठमाडौँ, २१ भदौ । शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिनुभयो । “परीक्षालाई विश्वसनीय र मर्यादित बनाउन यस पटकदेखि हामीले ‘होम सेन्टर’ हटाएका हौँ” उहाँले भन्नुभयो, “परीक्षार्...
मौलिक हकसम्बन्धी विधेयक निर्धारित समयभित्रै पारित हुन्छ: सभामुख

मौलिक हकसम्बन्धी विधेयक निर्धारित समयभित्रै पारित हुन्छ: सभामुख

काठमाडौँ, २१ भदौ । सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेभित्र संविधानअन्तर्गतका मौलिक हकसम्बन्धी विधेयक संसद्बाट पारित भइसक्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै आज उहाँले प्रतिनिधिसभामा पेश भएका मौलिक हकसम्बन्धी विधेयकको अवस्थाका बारेमा जानकारी गराउनुभएको हो । सभामुख महराले आगामी असोज ३ गतेसम्म मौलिक हकसम्बन्धी कानून पारित भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको जानकारी गराउँदै भन्नुभ...
जापानमा ६.६ म्याग्नीच्युडको भूकम्प, आठ जनाको मृत्यु, सयौं बेपत्ता

जापानमा ६.६ म्याग्नीच्युडको भूकम्प, आठ जनाको मृत्यु, सयौं बेपत्ता

टोकियो, २१ भदौ । उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ । गत साता पनि यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो । यस क्षेत्रमा विद्युतसेवा उपलब्ध गराइआएको प्रमुख थर्मल प्लान्टमा भूकम्पबाट क...
साउदीमा म्याग्दीका दुईसहित पाँच अलपत्र

साउदीमा म्याग्दीका दुईसहित पाँच अलपत्र

बेनी, २१ भदौ । रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुग्नुभएका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुव्र्यवहारका कारण अलपत्र पर्नुभएको हो । अजीब अल हाजिरी कम्पनीमा सवारी चालकको काम गर्दै आए पनि आफूसँगै कार्यरत साथीलाई कुटपिट...
भारतमा नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या

भारतमा नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या

श्रीनगर, भारत । भारतमा एकजना नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरिएको दुःखद समाचार छ । प्रहरीले त्यस कुकर्ममा संलग्नताको आशङ्कामा चार जना पुरुष र एक महिलालाई पक्राउ गरेको छ । ती बालिकालाई बलात्कार गरी हत्या गरिएको खुलेको छ । बलात्कार गरी घरभन्दा केही परको जङ्गलमा लगेर ती बालिकाको शव गाडिएको अवस्थामा भेटिएको थियो । पक्राउ परेका चार जनाको बलात्कारमा संलग्नता रहेको प्रमाणहरु जम्मा भइरहेको प्...
‘एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फ्रेन्स’ सम्पन्न

‘एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फ्रेन्स’ सम्पन्न

काठमाडौँ, २० भदौ । सोमबारदेखि काठमाडौँमा शुरु भएको ११ औँ ‘एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फ्रेन्स’ (एपिसिसी) आज सम्पन्न भएको छ । नेपाली सेना र युस इण्डो प्यासिफिक कमाण्ड डिरेक्टोरेट अफ इन्टिलिजेन्सले संयुक्तरुपमा आयोजना गरेको सो सम्मेलनमा अस्ट्रेलिया, अमेरिका, बङ्गलादेश, बु्रनाई, बेलायत, कम्बोडिया, क्यानाडा, फिजी, फ्रान्स, इण्डोनेशिया, जापान, कोरिया, मलेशिया, मङ्गोलिया, नेपाल, न्यूजिल्याण्ड...
नर्वेमा विश्वकै अग्लो काठको टावर निर्माण

नर्वेमा विश्वकै अग्लो काठको टावर निर्माण

ओस्लो, २० भदौ । नर्वेमा विश्वकै सबैभन्दा अग्लो काठको टावर निर्माण कार्य सकिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार टावर ८५.४ मिटर अग्लो रहेको छ । जसमा १८ तला रहेको छ । सो टावर वातावरण मैत्री र आगोले क्षति पु¥याउन नसक्ने खालको रहेको समाचारमा जनाइएको छ । टावरको नाम ‘एमजोस’ राखिएको छ । ओस्लोदेखि झण्डै एक सय किलोमिटर उत्तरतर्फ रहेको एउटा तालसँगै टावर बनाइएको बताइएको छ । टावरमा नयाँ काठ, पुनः प्रय...
निर्मला हत्या प्रकरण: तीन तहबाट छानबिन

निर्मला हत्या प्रकरण: तीन तहबाट छानबिन

भीमदत्तनगर, २० भदौ । कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण बारे तीन तहबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । गत साउन १० गते बलात्कार गरी बालिका पन्तको हत्या गरिएको थियो । हत्याका सम्बन्धमा गृहमन्त्रालय, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालयले सुक्ष्म अनुसन्धान गरिरहेको छ । घटनाको छानबिनका लागि केही साता अघि भीमदत्तनगर आइपु...
न्यूरोडमा ५ सय गाडी अट्ने ‘स्मार्ट पार्किङ’

न्यूरोडमा ५ सय गाडी अट्ने ‘स्मार्ट पार्किङ’

काठमाडौँ, २० भदौ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ । उक्त पार्किङ भवन सात तलाको हुनेछ । प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनुपर्ने प्रावधान छ । कूल क्षेत्रफलको २५ प...
जापानमा आँधीबाट ९ जनाको मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

जापानमा आँधीबाट ९ जनाको मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

टोक्यो, २० भदौ । विगत पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन् । जेबी नाम दिइएको आँधी मङ्गलबार दिउँसो जापानको पश्चिमी तटीय क्षेत्रमा प्रवेश गरेको थियो । ठूलो वर्षा सहित आएको सो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टा रहेको स्थानी...
बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैन: मन्त्री ज्ञवाली

बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैन: मन्त्री ज्ञवाली

काठमाडौँ, २० भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथोसम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका सैनि...
नेपालकै अग्लो मनाङको झोलुङ्गे पुल

नेपालकै अग्लो मनाङको झोलुङ्गे पुल

मनाङ, २० भदौ । मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर रहेको छ । केही दिनअघि नाशोङ गाउँपालिकाका इञ्जिनीयर सुभास पाण्डेयलगायतका टोलीले नाप जाँच गरेपछि पुलको वास्तविक उचाइ पत्ता लागेको हो । चार वर्षअघि नै पुल निर्मा...
बलात्कार आरोपमा मिठार्इ पसले पक्राउ

बलात्कार आरोपमा मिठार्इ पसले पक्राउ

बनेपा, २० भदौ । इलाका प्रहरी कार्यालय बनेपाले किशोरी बलात्कार आरोपमा स्थानीय मिठाई पसलका सञ्चालकलाई पक्राउ गरेको छ । आफ्नै पसलमा काम गर्ने १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा धुलिखेल–११ घर भई बनेपा, त्रिभुवनचोकमा अरनिको हाइवे स्विट्स एन्ड चाट हाउस सञ्चालन गर्दै आएका २५ वर्षीय रामशरण हुमागाईं पक्राउ परेका हुन् । पीडित किशोरीले दिएको जाहेरीका आधारमा उनलाई सोमबार साँझ पक्राउ गरिए...
error: Content is protected !!