काठमाडौँ, २० असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्बजनिक गरेको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा प्रकाशनका लागि सुरु भएको बोर्ड बैठक केहि बेर अगाडी सम्पन्न भएको छ/
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नियमिततर्फ ३,३२,८९१ अक्षराङ्कन पद्धतीमो आंशिकतर्फ १,७६,०९५ र अंक प्रणालीमा ३९,५०५ विद्यार्थीले परीक्षामा सहभागि भएका थिए । परीक्षा फारम भरेका मध्ये २० हजार अनुपस्थित भएका थिए ।
नियमिततर्फ जिपिए ३.६१ देखि ४ सम्म ल्याउने ११४५ विद्यार्थी छन् ।
जिपिए ३.२१ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९,
जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन् ।
त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१,
जिपिए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०,
जिपिए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन्
जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६,
जिपिए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ र
जिपिए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन् ।
अंकाङ्कन पद्धतीमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । कक्षा ११ को परीक्षा गत ९ जेठमा सम्पन्न भएको थियो ।
यो पटक पाँच लाख ४८ हजारले कक्षा ११ को परीक्षाका लागि फाराम भरेका थिए । कक्षा ११ को परीक्षा गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको थियो ।
विगतका वर्षको तुुलनामा यस वर्ष निकै छिटो नतिजा सार्वजनिक हुुन लागेको शर्माले दाबी गरे । गत वर्ष परीक्षा वैशाखजेठमै सञ्चालन भएपनि नतिजा भने पुुस वा माघमा मात्रै सार्वजनिक हुुने गरेको थियो ।
यस पटक पनि नतिजा विषयगतरुपमा ग्रेडिङमा सार्वजनिक भएको छ ।