नेपाल टेलिभिजनमा संस्कृतमा समाचार शुरु

नेपाल टेलिभिजनमा संस्कृतमा समाचार शुरु

काठमाडौँ, ६ असोज । नेपाल टेलिभिजनले आजदेखि संस्कृत भाषामा पनि समाचार प्रसारण शुरु गरेको छ । हरेक शनिबार बिहान ९ बजे प्रसारण हुने सो समाचारले संस्कृत भाषाको प्रवद्र्धन र संरक्षणका साथै बहुभाषिक पहिचानयुक्त नेपालको भावनालाई राष्ट्रको प्रसारण संस्थाका तर्फबाट सम्बोधनको पहल हुने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए । टेलिभिजनले थारु, लिम्बू, भोजपुरी, मैथिली, नेवारी, अ...
दशैँको साइत सार्वजनिक

दशैँको साइत सार्वजनिक

काठमाडौँ, ६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उहाँले बताए । असोज...
आज ३९ औँ विश्व पर्यटन दिवस: विविध कार्यक्रम गरी मनाइदै

आज ३९ औँ विश्व पर्यटन दिवस: विविध कार्यक्रम गरी मनाइदै

काठमाडौँ, ६ असोज । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल नाट्टाले ३९ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ । सो क्रममा नाट्टाले आज बिहान प्रमुख धार्मिक तथा पर्यटकीयस्थल स्वयम्भूमा सरसफाइ गरेको छ । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, पर्यटन व्यवसायी, स्वदेशी तथा विदेशी पर्यटकको सहभागिता थियो । आजै धनन्तरी फुटसल क्लब भत्केपुलमा आयोजन...
अमेरिकामा एक नेपालीसहित तीनको हत्या

अमेरिकामा एक नेपालीसहित तीनको हत्या

वाशिङ्टन, डिसी, ६ असोज । अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुईको निधन भएको शुक्रबार स्थानीय अधिकारी...
अश्लिल सामग्रीको प्रकाशन/प्रसारणमा रोक

अश्लिल सामग्रीको प्रकाशन/प्रसारणमा रोक

काठमार्डाैँ, ५ असोज । सरकारले यौनजन्य अश्लिल सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेकाले यौनजन्य अश्लिल सामग्रीको आदान प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज...
फ्रान्समा तातो हावाका कारण एक हजार ५०० को मृत्यु

फ्रान्समा तातो हावाका कारण एक हजार ५०० को मृत्यु

पेरिस, ५ असोज । अति उच्च तापक्रम तथा तातो हावाका कारण फ्रान्समा अहिलेको गर्मी याममा मात्रै १५ सय भन्दा बढीको मृत्यु भएको छ । मृत्यु भएका मध्ये अधिकांश जेष्ठ नागरिक रहेको फ्रान्सका स्वास्थ्य मन्त्री अग्नेज बजिनले शुक्रबार जानकारी दिए । यद्यपि तातो हावाका कारण यसबर्ष मृत्यु हुनेहरुको संख्या यसअघि सन् २००३ मा मृत्यु हुनेहरुको भन्दा दश गुणा कम भएको समाचारमा जनाइएको छ । त्यतिबेला १५ हजारदेखि २० हज...
तान्जानियामा डुङ्गा दुर्घटना, एक सयको मृत्यु, दर्जनौ वेपत्ता

तान्जानियामा डुङ्गा दुर्घटना, एक सयको मृत्यु, दर्जनौ वेपत्ता

नैरोबी, ५ असोज । तान्जानियामा रहेको अफ्रिकाको ठूलो ताल भिक्टोरियामा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा एकसय जनाको मृत्यु हुनको साथै अन्य दर्जनौ वेपत्ता भएका छन् । तान्जानियाका उद्धारकर्ताहरुले शुक्रबार सो दुर्घटना भएको जानकारी दिएका छन् । बेपत्ताहरुको खोजीकार्य शुरु गरिएको र उनीहरुको जीवितै उद्धारका लागि प्रयास जारी रहेको तान्जानियाको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ । यहाँको उकारा द्वीपनजिक...
कफी संस्कृतिमा नयाँ आयाम, कफीमा यार्सागुम्बा

कफी संस्कृतिमा नयाँ आयाम, कफीमा यार्सागुम्बा

काठमाडौँ, ५ असोज । बझाङका २५ वर्षीय सत्य थापा र काठमाडौँका २७ वर्षीय विशाल चौलागाईंलाई युवा अवस्थामा नै केही फरक पेशा, व्यवसाय गर्ने हुटुहटी जागी रहन्थ्यो । आ–आफ्नै पेशामा रहेका उनीहरुको मनमा एक दिन नयाँ कल्पना फु¥यो, यार्सागुम्बासहितको कफीको व्यवयास गर्ने । के युवा, के वृद्ध, सबैमाझ लोकप्रिय बन्दै गएको ‘कफी संस्कृति’ लाई नयाँ आयाम प्रदान गर्न उनीहरु कफीको साथमा यार्सागुम्बा ‘सर्भ’ गर्ने निष्कर...
विद्युत् प्राधिकरणमा नयाँ व्यवस्था, नेताको हाजिर अनिवार्य

विद्युत् प्राधिकरणमा नयाँ व्यवस्था, नेताको हाजिर अनिवार्य

काठमाडौँ, ५ असोज । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीले नियमितरुपमा हाजिर गरी काम काज गर्ने गरी नयाँ व्यवस्था लागू गएिको छ । आन्तरिक प्रशासन प्रणाली सुधार गरी नागरिकलाई बढीभन्दा बढी सेवा दिने लक्ष्यका साथ प्राधिकरणले सो व्यवस्था लागू गरेको हो । गत भदौ २५ गते बसेको प्राधिकरण बैठकले मिटर रिडर बाहेकका हकमा अनिवार्य हाजिरी गर्नुपर्ने र त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयन ...
भक्तपुरमा इन्द्रजात्रा शुरु

भक्तपुरमा इन्द्रजात्रा शुरु

मध्यपुर, ५ असोज । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजबाट शुरु भएको छ । इन्द्रजात्राको अवसरमा टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा भक्तपुरमा इन्द्रको मूर्तिस्वरुप लिङ्गो उठाउने प्रचलन रहेको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेवारी भाषामा यम्वोःद्यो भनिन्छ । देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथी...
अग्रिम टिकट लिन आएका यात्रु रित्तो हात फर्के

अग्रिम टिकट लिन आएका यात्रु रित्तो हात फर्के

काठमाडौँ, ५ असोज । नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात फर्कनुपरेको हो । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका ...
यौनशक्ति बढाउन सर्पको मासु

यौनशक्ति बढाउन सर्पको मासु

के तपाईंले कहिले सर्पको मासु चाख्नुभएको छ ? सर्पको मदिराको एकदुई घुट्की नि ? नेपालीहरु धेरैले ‘छैन’ नै भन्नुहुन्छ होला । तर भियतनाममा भने सर्पको मासु खाने चलन छ । सर्प खाने आँट भएका मानिसहरुलाई भियतनाम गज्जबको स्थान हुनसक्छ । जङ्गलबाट समातेर ल्याइएका सर्पलाई काटिन्छ तर जीवितै राखिन्छ । पछि उम्लिरहेको पानी खन्याएर तिनलाई मारिन्छ । त्यसपछि सफा गरेर, काटकुट पारेर भुटिन्छ र लेमन ग्राँस र खोर्सानीस...
ट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई मुन र चीनको आग्रह

ट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई मुन र चीनको आग्रह

सोल, ४ असोज । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले चाडै नै ट्रम्पसँग शिखर बैठक गर्न किमलाई बिहीबार आग्रह गर्नुभएको हो । दुई कोरियाको शिखर बैठकमा क्रममा मुनले किमसँग यस्तो अपेक्षा व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ । तीन दिन अगाडी गत मंगलबारदेखि शिखर ...
प्रधामन्त्री ओली शनिबार न्यु योर्क प्रस्थान गर्नुहुने

प्रधामन्त्री ओली शनिबार न्यु योर्क प्रस्थान गर्नुहुने

काठमाडौँ, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं. अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु योर्कतर्फ प्रस्थान गर्नुहुनेभएको छ । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रहनुहुनेछ । असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिग...
एघार हजार क्षमतामा २० हजार कैदीबन्दी

एघार हजार क्षमतामा २० हजार कैदीबन्दी

काठमाडौँ ४ असोज । नेपालमा कारागारको क्षमताभन्दा झण्डै दुई गुणा बढी कैदीबन्दी रहेका छन् । विभिन्न अपराधमा मुलुकभरका ७२ जिल्लाका ७४ कारागारमा क्षमताभन्दा झण्डै दुईगुणा कैदीबन्दीले जेलजीवन बिताइरहेका छन् । काठमाडौँमा केन्द्रीय कारागार जगन्नाथदेवल, डिल्लीबजार कारागार तथा दाङमा तुल्सीपुर र घोराही कारागार रहेका छन् । ७७ जिल्लामध्ये धनुषा, भक्तपुर, बारा, पूर्वी रुकुम र पूर्वी नवलपरासीमा कारागार छैन । ...
ब्राजिलमा बुलेटप्रुफ कार, सुरक्षा कि प्रतिष्ठा ?

ब्राजिलमा बुलेटप्रुफ कार, सुरक्षा कि प्रतिष्ठा ?

साओ पाउलो, ४ असोज । ब्राजिलका धेरै नागरिक सवारी साधन दौडाइरहँदा कहाँ कसको गोलीबाट मारिने हो भन्ने चिन्तामा डुबेका हुन्छन् । कमजोर अर्थतन्त्रका कारण आफ्नो सुरक्षाका लागि उनीहरुसँग यथेष्ट रकम पनि छैन । अर्कैले प्रयोग गरिसकेको बुलेटप्रुफ (गोली छेक्न सक्ने) कार उनीहरुको रोजाइमा पर्न थालेको छ । साँच्चिकै सुरक्षाका लागि होस् वा अरुलाई देखाउन, निजी बुलेटप्रुफ कार धनदौलतको रवाफ देखाउन पनि प्रयोग गरिन थ...
नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध – उपराष्ट्रपति पुन

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध – उपराष्ट्रपति पुन

काठमाडौँ, ४ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई आज सम्बोधन गर्दै उहाँले नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको बताउनुभयो । चीनले अवलम्बन गरिरहेको मित्रता, आपसी लाभ तथा समावेशीताका सिद्धान्तद्व...
इन्धन ढुवानी नगर्ने ट्याङ्करको सम्झौता रद्द गरिने

इन्धन ढुवानी नगर्ने ट्याङ्करको सम्झौता रद्द गरिने

काठमाडौँ, ४ असोज । नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । निगमले एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन ९आइओसी०मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाएको छ । निगमले ट्...
त्रिविको दीक्षान्त फाराम अनलाइनबाट

त्रिविको दीक्षान्त फाराम अनलाइनबाट

काठमाडौँ, ४ असोज । त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ । योसँगै अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फाराम भर्नुपर्ने र बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हट्ने भएको छ । विगत वर्षमा विद्यार्थीले भदौ महीनामा फाराम भर्न आउनुपर्ने र पुनः दोस्रो पटक दीक्षान्त समारोहमा भाग लि...
मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या छ पुग्यो, १७ नेपाली गम्भीर बिरामी

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या छ पुग्यो, १७ नेपाली गम्भीर बिरामी

काठमाडौं, ३ असोज । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो । सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत...
नुवाकोटका तीन युवती दुई सातादेखि बेपत्ता

नुवाकोटका तीन युवती दुई सातादेखि बेपत्ता

नुवाकोट, ३ असोज । नुवाकोटको तादी गाँउपालिका–१ उर्लेनी काल्चेका तीन युवती दुई सातादेखि हराइरहेका छन् । गत भदौ १८ गते तादी–३ खरानीटारमा लाग्ने श्रीकृष्ण जन्माअष्टमीको रथयात्राको जात्रामा सहभागी हुन गएका उनीहरु फर्केर घर नआएको भन्दै परिवारले खोजी गर्न प्रहरीसमक्ष सहयोग मागेका छन् । काल्चेका १८ वर्षीया शर्मिला भनिने आइती तामाङ, उहाँको फुपू १७ वर्षीया सम्झना तामाङ र उनका साथी १७ वर्षीया हसिना भनिन...
मेक्सिकोको पर्यटकीयस्थलमा गोली प्रहार, छको मृत्यु

मेक्सिकोको पर्यटकीयस्थलमा गोली प्रहार, छको मृत्यु

मेक्सिको सिटी, २ असोज । मेक्सिको सिटीको गारीबाल्डी प्लाजामा भएको गोलीकाण्डमा थप एक व्यक्तिको मृत्यु भएको छ । सो क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको सुरक्षा अधिकारीहरुले बताएका छन् । मेक्सिको सिटीको महान्यायाधीवक्ताको कार्यालयका अनुसार मारिएका छैठौँ व्यक्ति ३२ वर्षीय पुरुष रहेका छन् । गत सेप्टेम्बर १४ मा मेक्सिकोको प्रख्यात पर्यटकीय प्लाजामा उक्त गोलीकाण्ड भएको थियो । त्यस गोली प्रहारमा यी ...
राष्ट्रपति मुन उत्तर कोरिया भ्रमणमा, प्योङयाङमा भव्य स्वागत

राष्ट्रपति मुन उत्तर कोरिया भ्रमणमा, प्योङयाङमा भव्य स्वागत

सिओल, २ असोज । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाका नेता कीम जोङ–उन सवार कार्गेडलाई मङ्गलबार प्योङयाङका सडकका दुबै किनारामा रङ्गीबिरङ्गी वेशभूषामा सजिएका हजारौं सर्वसाधारणले भव्य स्वागत गरेका छन् । उत्तर कोरियाली नेतासँगको तीनदिने शिखर बैठकका लागि दक्षिण कोरियाका राष्ट्रपति आजै सिधा उडानबाट प्योङयाङ पुग्नु भएको हो । नेता कीमले प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिण कोरिय...
जानकी मन्दिर सौन्दर्य अभिवृद्धि योजना, पहिलो चरणमा ७ करोड खर्च लाग्ने

जानकी मन्दिर सौन्दर्य अभिवृद्धि योजना, पहिलो चरणमा ७ करोड खर्च लाग्ने

जनकपुरधाम, २ असोज । प्रदेश नं २ को सरकारले जानकी मन्दिर सौन्दर्य अभिवृद्धि गर्ने योजना अघि बढाएको छ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सो मन्दिरको सौन्दर्य अभिवृद्धि योजना अघि सारिएको हो । पहिलो चरणमा रू सात करोड खर्च लाग्ने योजना बनाइएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रकाअनुसार केही दिनभित्रै ठेक्का प्रक्रियामा लाने तयारी भइरहेको छ । उनले भने, “लागत खर्च तयार र ढाँचा तयार भइसके...
नदी दोहन गर्नेबाट ३८ लाख असुल

नदी दोहन गर्नेबाट ३८ लाख असुल

मेलम्ची, २ असोज । सिन्धुपाल्चोकका विभिन्न नदीमा अवैधरुपमा गिट्टी, बालुवा निकाल्नेबाट जरिवानास्वरुप दुई महिनामा रु ३८ लाख ५२ हजार ५० असुल गरिएको छ । असारदेखि भदौ महिनासम्म नदीबाट गिट्टी बालुवा निकाल्न नपाइने नियम छ । तर पनि लुकिछिपी अवैध काम गर्नेलाई प्रहरीको सहायतामा पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म ३६ टिपर, १८ मिनिट्रक, १३ स्काभे...
लौहपुरुष सिंहको स्मृति दिवस

लौहपुरुष सिंहको स्मृति दिवस

काठमाडौँ, २ असोज । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २१औँ स्मृति दिवसका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व .सिंहको शालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा...
थाइल्याण्डमा नेपाली पर्यटक बढ्दै

थाइल्याण्डमा नेपाली पर्यटक बढ्दै

थाइल्याण्ड, १ असोज । नवलपरासीका सन्तोष न्यौपाने यतिबेला परिवारको साथमा पटाया शहरमा घुमघाममा व्यस्त हुनुहुन्छ । पटाया नजिकैको समुन्द्र किनारमा पोखराका सुजन पोखरेललगायतको पाँच जनाको समूह आनन्द लिइरहेको थियो । सन्तोष र सुजन मात्र होइनन्, पछिल्लो समय थाइल्याण्ड नेपालीका लागि पर्यटकीय गन्तव्य बनेको छ । नेपालीको महान पर्व दशैँ र तिहार आउँदै गर्दा पछिल्लोपटक नेपाली नागरिक घुम्नका लागि थाइल्याण्ड आउने ...
सुदूरपश्चिममा धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदै

सुदूरपश्चिममा धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डडेल्धुरा,  १ असोज । सुदूरपश्चिममा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ। प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ । पुराणअनुसार कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी गोठालाले पुतनाको शव दहन गरेको कथन रहेको पण्डित रामचन्द्र भट्टले बताए । द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्य...
सातवटै प्रदेशमा ट्राफिक कार्यालय

सातवटै प्रदेशमा ट्राफिक कार्यालय

काठमाडौँ, १ असोज । नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ । प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को चितवन र प्रदेश नं ४ को तनहुँमा भने नयाँ कार्यालय स्थापना गरेको हो । मादक पदार्थ सेवन गरेर जथाभावी सवारी चलाउने, क्षमता...
आज विश्वकर्मा पूजा, फलामे औजारको पूजा गरिँदै

आज विश्वकर्मा पूजा, फलामे औजारको पूजा गरिँदै

काठमाडौँ, १ असोज । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन ।  यन्त्र र औजारको पूजा गर्दा शाकाहारी र शात्विक रूपमा रहेर विश्वकर्मालाई संस्मरण गरिन्छ । औजार चलाउने कलकारखाना तथा ज्यासलका कालिगढ, मजदुर र मालिकबीच हार्दिकता व्यक्त हुने दिनका रूपमा पनि यो दिनलाई लिइन्छ । ओम् बोलबम काँवरिया सङ्घका अध्यक्ष सुनिल ठाकुरका अनुसार कल कारखाना र वर्कशपमा कार...
पन्त हत्याबारे छानबिन गर्न अधिकारसम्पन्न समिति

पन्त हत्याबारे छानबिन गर्न अधिकारसम्पन्न समिति

काठमाडौँ, ३१ भदौ । नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे छानबिन गर्न प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा अधिकारसम्पन्न समिति गठन गरेको छ । पन्तको हत्याबारे प्रहरीको भूमिका सम्बन्धमा जनमानसमा आवाज उठिरहेका बेला प्रहरीबारे नै छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक बस्न्यातको नेतृत्वमा गठन गरेको समितिका सदस्यमा प्रहरी वरिष्ठ उपरीक्षकद्व...
error: Content is protected !!