विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

काठमाडौँ, २६ कात्तिक । निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन रअनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए । अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्को मुलुकमा गएर अहिले अध्ययन गर्न जान सक्ने...
छठको तयारी अन्तिम चरणमा

छठको तयारी अन्तिम चरणमा

जनकपुरधाम, २६ कात्तिक । आस्थाको महापर्व छठ तराई भेगका साथै देशका विभिन्न स्थानमा भोलि हर्षोल्लासका साथ मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । पहिला तराईवासीमा मात्र सीमित रहेको यो पर्व अहिले काठमाडौँ, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै सद्भाव बाँड्ने पर्वको रूप लिइसकेको छ । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजापाठ ग...
‘जबर्जस्ती धर्म परिवर्तन गराउने घटना चिन्ताको विषय’

‘जबर्जस्ती धर्म परिवर्तन गराउने घटना चिन्ताको विषय’

काभे्रपलाञ्चोक, २६ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती रहेको बताउएका छन । काभे्रपलाञ्चोकको बनेपा नगरमा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित नौदिने धर्म जागनी महोत्सव–२०७५ को उद्घाटन सभालाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, “प्लानेट र पिपुल्सको रक्षा आजको चुनौती हो, प्राणीको रक्षा गर्नु हामी सबैको दायित्व हो ।” उनले ...
लहानमा बालिका र युवतीमाथि सामूहिक बलात्कार

लहानमा बालिका र युवतीमाथि सामूहिक बलात्कार

लहान, २६ कात्तिक । सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ । गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सात युवकको समूहले सामूहिक बलात्कार गरेका हुन् । पीडित बालिका र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा स्वास्थ्य परीक्षण गरी अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय ल...
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा एमाले मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुनुहुन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उहाँहरु नियुक्त हुनुभएको जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले छिमेकी...
तराईमा छठ पर्वको रौनक, आज खरना

तराईमा छठ पर्वको रौनक, आज खरना

बर्दिवास, २६ कात्तिक । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दू...
किशोरीलाई भारत लैजान खोज्ने दुई जना पक्राउ

किशोरीलाई भारत लैजान खोज्ने दुई जना पक्राउ

बेत्रावती, २६ कात्तिक । नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । यसैगरी नुवाकोटबाट हराएका पाँच किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत...
बस दुर्घटना हुँदा २५ घाइते

बस दुर्घटना हुँदा २५ घाइते

कावासोती, २६ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ । दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २...
मन्त्रीको गाडी दुर्घटना, तीन जना घाइते

मन्त्रीको गाडी दुर्घटना, तीन जना घाइते

धनगढी, २४ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्र्दै आउनुभएको बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मन्त्री सोडारी जिपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र से३प २४२० नं को मोटरसाइकलका चालक गौरीग...
आज भाइटीका : ११ बजेर ५५ मिनेटमा टीकाको उत्तम साइत

आज भाइटीका : ११ बजेर ५५ मिनेटमा टीकाको उत्तम साइत

काठमाडौँ, २३ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय...
तिहारको चौथो दिन आज गोवद्र्धन पूजा गरिदै

तिहारको चौथो दिन आज गोवद्र्धन पूजा गरिदै

काठमाडौँ, २२ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी...
आज तिहारको तेस्रो दिन : देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदै

आज तिहारको तेस्रो दिन : देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदै

काठमाडौँ, २१ कात्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ¥याङलगा...
ऐतिहासिक सिन्धुलीगढीमा विजयोत्सव मनाइँदै

ऐतिहासिक सिन्धुलीगढीमा विजयोत्सव मनाइँदै

काठमाडौँ, २० कात्तिक । नेपाली वीरताको सुनौलो इतिहास बोकेको सिन्धुलीगढीमा आगामी शनिबार कात्तिक २४ गते विशेष समारोहको आयोजना गरी भव्य रुपमा विजयोत्सव मनाइने भएको छ । नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाई राख्न निकै महत्वपूर्ण मानिने सिन्धुलीगढीमा भएको लडाइँमा नेपाली फौजले कप्तान ‘किनलक’को नेतृत्वको अङ्ग्रेज फौजलाई परास्त गरेको घटनाको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते विभिन्न कार्यक्रमको आयोजन...
चिनियाँ सरकारद्वारा नेपाली प्राध्यापक झा पुरस्कृत

चिनियाँ सरकारद्वारा नेपाली प्राध्यापक झा पुरस्कृत

काठमाडौँ, २० कात्तिक । चीनको सियान सरकारले नेपाली प्राध्यापक डा. राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ पुरस्कार प्रदान गरेको छ । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारका साथ ‘सियान एक्सलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रा डा झासहित विभिन्न नौ देशका १० जना विशिष्ट युवा वैज्ञानिकसहितका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको हो । करीब दुई...
जनकपुरसहित सम्पूर्ण मधेशमा दीपावलीसँगै छठपर्वको तयारी

जनकपुरसहित सम्पूर्ण मधेशमा दीपावलीसँगै छठपर्वको तयारी

धनुषा, २० कात्तिक । जनकपुरसहित सम्पूर्ण तराई मधेशमा दीपावलीसँगै छठ पर्वको तयारी तथा रौनक पनि शुरु भइसकेको छ । असोज महीनाको कृष्ण पक्षको औँसी तिथिका दिन लक्ष्मी पूजा अर्थात् दीपावली मनाइन्छ । लक्ष्मी पूजाको ठीक चार दिनपछि नै अर्थात् कात्तिक महीनाको शुक्ल पक्षको चौथी तिथिका दिनदेखि छठ पर्व विधिवत्रुपमा रुपमा शुरु हुन्छ । छठ पूजा तराई मधेशमा बस्ने मैथिली भाषी मधेशी हिन्दू समुदायको मुख्य पर्व हो । ...
गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

दमौली, २० कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा छनोट गरेको छ । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिश भएको र आवेदन परेको आधारमा गण्डकी प्रदेशका ती ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको हो । मन्त्रालयका अनुसार गोरखाको चुम्नुर्बी गाउँपालिकाको चु...
तीन महीनामा ६३ हजारलाई प्रहरी रिपोर्ट

तीन महीनामा ६३ हजारलाई प्रहरी रिपोर्ट

काठमाडौँ, २० कात्तिक । प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को तीन महीनामा ६२ हजार ६८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ । विदेश जान आवश्यक पर्ने भएकाले प्रहरी रिपोर्ट प्रदान गरिएको छ । गत आर्थिक वर्षमा दुई लाख ७७ हजार ४९५ जनाले प्रहरी रिपोर्ट लिएका थिए । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने प्रहरी रिपोर्ट छिटोछरितो उप...
यमपञ्चकको दोश्रो दिन आज कुकुर तिहार: के छ धार्मिक मान्यता ?

यमपञ्चकको दोश्रो दिन आज कुकुर तिहार: के छ धार्मिक मान्यता ?

काठमाडौं, २० कार्तिक । कार्तिक कृष्ण चर्तुदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको आज दोस्रो दिन कुकुर तिहारको रुपमा कुकुरलाई पूजा गरी मनाइँदै छ । कुकुरलाई यमदूतको रुपमा मान्ने शास्त्रीय परम्परा छ । खासगरी कुकुरले घरको रेखदेख गर्ने विश्वास गरिन्छ । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई मन पर्ने खाना खुवाएर पूजा गरी माला लगाइदिने प्रचलन छ । कुकुरले प्राकृतिक विपत्तिको...
बामपन्थी नेता पद्मरत्न तुलाधरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

बामपन्थी नेता पद्मरत्न तुलाधरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ, १९ कात्तिक । बामपन्थी नेता पद्मरत्न तुलाधरको राजकीय सम्मानका साथ आज कर्णदीपमा अन्त्येष्टि गरिएको छ । स्व तुलाधरको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर पुष्पगुच्छा चढाई सम्मान गर्नुभएको थियो । यसअघि तुलाधर निवास लाजिम्पाटबाट नेवारी परम्पराअनुसार स्व तुलाधरको शवयात्रा गरिएको थियो । विसं १९९७ मा काठमाडौँमा जन्मनुभएका तुलाधरको गत कात्तिक ९ गते मस्तिष्कघात भ...
१२६ घण्टा नृत्यमार्फत विश्व कीर्तिमान राख्ने तयारी

१२६ घण्टा नृत्यमार्फत विश्व कीर्तिमान राख्ने तयारी

काठमाडौँ, १९ कात्तिक । सुन्दा प्रायः असम्भव लाग्ने क्रियाकलापमार्फत विश्व कीर्तिमान राख्ने नेपालीको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । हालसम्म विभिन्न विधामा १२८ नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको ‘गिनिज बुक अफ वल्र्ड रेकडर्स’ को तथ्याङ्कले देखाएको छ । यसै सिलसिलामा धनकुटाको मूर्तिढुङ्गा गाविस हाल महालक्ष्मी नगरपालिका–९ की १७ वर्षीय बन्दना नेपाल लगातार १२६ घण्टा लोक नृत्य प्रस्तुत गरेर विश्व कीर्त...
भित्रियो इजरायली बायोग्यास प्रविधिः छतमा प्लान्ट, भान्सामा पाइप

भित्रियो इजरायली बायोग्यास प्रविधिः छतमा प्लान्ट, भान्सामा पाइप

काठमाडौं, १९ कात्तिक । शंखमूलस्थितका केशव घिमिरेको परिवारलाई अब नाकाबन्दी भए पनि भोकै बस्नु पर्ने चिन्ता छैन । फोहोरबाट ग्यास निकाल्ने इजरायली प्रविधि भित्रिएपछि उनको घरमा ग्यास सिलिन्डरको युग नै समाप्त भएको छ । ‘होम वायोग्यास’ नामक बायोग्यास प्लान्ट उद्घाटन गर्न शनिबार काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यलाई नै निम्त्याइएको थियो । टोली आइतबार उनको घरमा पुगेपछि घिमिरेले होम वायोग्यासबा...
अमेरिका दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास हुने

अमेरिका दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास हुने

सोल, १० कात्तिक । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाकाबीचमा हुने भनिएको संयुक्त सैन्य अभ्यास पुनः शुरु हुने भएको छ । पहिल्यै हुने तय भएको सो अभ्यास केही समयपछि हुन लागेको बताइएको छ । यसै वर्षको जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको उच्चस्तरीय वार्तापछि सो सैन्य अभ्यास रोकिएको थियो । त्यस समयमा रोकिएको सो सैन्य अभ्यास अहिले पुनः शुरु गर्न लागिएको...
तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं, १९ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याउनुभएको महत्वपूर्ण योगदान राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गर्नुभएको छ । मानवअधिकार...
नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक शुरु, आज काग तिहार

नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक शुरु, आज काग तिहार

काठमाडौँ, १९ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपाली एवं हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चन्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई ...
त्रिभुवन विश्वविद्यालयको ४४औँ दीक्षान्त समारोहमा १० हजार आवेदक

त्रिभुवन विश्वविद्यालयको ४४औँ दीक्षान्त समारोहमा १० हजार आवेदक

काठमाडौँ, १८ कात्तिक । त्रिभुवन विश्वविद्यालयको आउँदो पुसमा हुने ४४औँ दीक्षान्त समारोहमा १० हजार विद्यार्थी सहभागी हुने भएका छन् । अनलाइन फाराम भर्ने सुविधा दिइएपछि यस वर्ष दीक्षान्तमा सहभागी हुने विद्यार्थीको संख्या बढेको त्रिविले जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले बिहिबारसम्मलाई म्याद दिइएकामा सोही दिन दिउँसोसम्म नौ हजार ९२० ले अनलाइन फाराम भरेको जानकारी दिए । यस वर्ष ७३ हजार ९०१ व...
तुलाधरको योगदान कहिल्यै बिर्सन सकिन्नः नेता नेपाल

तुलाधरको योगदान कहिल्यै बिर्सन सकिन्नः नेता नेपाल

काठमाडौँ, १८ कात्तिक । वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व. पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुग्नुभएको छ । उहाँको आजै ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न १२.४५ मा उपचाररत रहँदाकै अवस्थामा निधन भएको हो । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारसँग कुरा गर्दै तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेल...
ट्रकको ठक्करबाट १५ जनाको मृत्यु

ट्रकको ठक्करबाट १५ जनाको मृत्यु

बेइजिङ, १८ कात्तिक । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको उत्तरपश्चिममा १५ जनाको मृत्यु भएको छ । चीनको लान्झाउ सहरमा भएको उक्त दुर्घटनामा अरु ४४ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । लान्झाउ सूचना विभागका अनुसार शनिबार राति सो ट्रकले एक्सप्रेस राजमार्गमा रोकिराखेका ३१ ओटा कारलाई ठक्कर दिएको थियो । घाइतेमध्ये दश जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । प्रहरीले ट्...
कोटेश्वर–कलङ्की सडक खण्डमा दोस्रो तहको कालोपत्र

कोटेश्वर–कलङ्की सडक खण्डमा दोस्रो तहको कालोपत्र

काठमाडौँ, १८ कात्तिक । निर्माण कार्य अन्तिमचरणमा पुगेको कोटेश्वर–कलङ्की सडक खण्डकमा दोस्रो तहको कालोपत्रको काम अघि बढेको छ । केही दिनभित्रैमा ग्वार्कोबाट कोटेश्वरतर्फको कालोपत्र अघि बढ्नेछ । दुई तहको कालोपत्र सकिएपछि सडक चिन्हको काम हुनेछ । उनले भने, “सम्झौता अनुसारका काम अन्तिमचरणमा पुगिसकेको छ ।” कलङ्कीबाट ग्वार्कोसम्म दोस्रो तहको कालोपत्र भइरहेको योजनाले जनाएको छ । आगामी पुसको दोस्रो साताभि...
नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाइने

नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाइने

कुश्मा, १८ कात्तिक । पर्वतको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाउन रकम सङ्कलन शुरु भएको छ । गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होमको आयोजना गरी शिव पार्वतीको मूर्ति निर्माण गरिने भएको हो । सो मूर्ति न्यूनतम् ५१ फिट अग्लो बनाइने प्रारम्भिक विवरणमा उल्लेख छ । थप अध्ययन गरेर एशियाकै लामो हुने गरी मूर्ति बनाइने मेला...
वाम बुद्धिजीवी तुलाधर रहनुभएन

वाम बुद्धिजीवी तुलाधर रहनुभएन

काठमाडौँ, १८ कात्तिक । बाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आज निधन भएको छ । मस्तिष्काघात भएर अस्पताल भर्ना हुनुभएका उहाँको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको उहाँको परिवारका एक सदस्यले  राससलाई  जानकारी दिनुभयो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्नु एका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुल...
मेलम्चीको काम तीव्र गतिमा

मेलम्चीको काम तीव्र गतिमा

काठमाडौँ, १८ कात्तिक । मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन तीव्र गतिमा काम गरिरहेको छ । आयोजनाको बाँकीे काम पहिलेभन्दा तेब्बर गतिमा भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सूचना अधिकारी टोलराज उपाध्यायले बताउनुभयो । ‘‘मेलम्ची खानेपानीको काम चाँडो सकेर आगामी ६० दिनभित्र पानी ल्याउने गरी ठेकेदार कम्पनीले दु्रत गतिमा काम गरिरहेको छ, उहाँले भन्नुभयो, ‘‘पहिले दैनिक एक सय मिटर...
error: Content is protected !!