सीडीअाे झन् शक्तिशाली : मुलुकी स‍ंहिताले दियाे ३३ मुद्दा हेर्ने अधिकार

सीडीअाे झन् शक्तिशाली : मुलुकी स‍ंहिताले दियाे ३३ मुद्दा हेर्ने अधिकार

काठमाडौँ, ५ भदौ । सङ्घीय संरचनामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को पद खारेजी समेतका माग उठिरहेका बेला भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताले भने सीडीओलाई उत्तिकै शक्तिशाली कायम राखेको छ । हालै कार्यान्वयनमा आएको अपराध संहिताको व्यवस्था अनुसार अझै ३३ विषयका मुद्दा सीडीओकै क्षेत्रधिकारमा पर्ने भएका छन् । जिल्ला अदालतमा कारबाही चल्ने मुद्दामा लगाउ भएको अवस्थाबाहेकका एक वर्षभन्दा कम सज...
नेपालको ग्यासमा लगाईएको कर दक्षिण एसियाकै उच्च

नेपालको ग्यासमा लगाईएको कर दक्षिण एसियाकै उच्च

काठमाडौँ, ५ भदौ । स्थानीय सरकारले मनपरी ढगले जनताबाट कर संकलन गरिरहेको बेला संघीय सरकारले नै खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । दक्षिण एसियालीका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन । तर, मुलुकमा सरकारले ग्यासमा विभिन्न सातवटा शीर्षकमार्फत उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको छ ।, आजको का...
ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

चितवन, ५ भदौ । गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठेलामा पानी तान्ने पम्प राखेर दुवै जना सडकमा हिँडिरहेका थिए । मृतकको सनाखत हुन सकेको छैन । यस्तै तनहुँको आँबुखैरेनीब...
विराटनगरमा सडकमै सुरक्षा गार्डको शव राखेर प्रर्दशन, हत्यारालाई कारबाहीको माग

विराटनगरमा सडकमै सुरक्षा गार्डको शव राखेर प्रर्दशन, हत्यारालाई कारबाहीको माग

विराटनगर, ४ भदौ । विराटनगर–२ मा रहेको न्यू बिक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्डको हत्या भएपछि पीडित पक्षले सोमबार मृतकको शव वीच सडकमा राखेर विरोध प्रदर्शन गरेका छन् । विराटनगर–४ का ५० वर्षीय टंक भट्टराईको हत्या गरेको अवस्थामा आईतबार विहान शव फेला परेको थियो । घटनापछि हत्यारालाई तत्काल पक्राउ गरि कारबाहीको माग गर्दै पीडित पक्षले बिराटनगर–धरान सडकमा शव राखेर प्रदर्शन गरेका हुन् । भट्टराईको शव...
गाउँ–गाउँमा नोबेलको निःशुल्क शिविर: भाउन्नेमा तीन सय बिरामीको निःशुल्क उपचार (फोटो फिचरसहित)

गाउँ–गाउँमा नोबेलको निःशुल्क शिविर: भाउन्नेमा तीन सय बिरामीको निःशुल्क उपचार (फोटो फिचरसहित)

विराटनगर, ४ भदौ । बिपन्न बिरामीलाई लक्षित गरी गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सोमबार मोरङको भाउन्नेमा शिविर सञ्चालन गरी ३ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । बेलवारी–१० भाउन्ने स्थित महेन्द्र माध्यमिक बिद्यालयमा गरिएको स्वास्थ्य शिविरबाट ३ सय ७ जना बिरामीले निःशुल्क उपचार सेवा लिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । शिविरमा ६३...
१८ औँ एशियाली खेलकूद: नेपाल क्वाटरफाइनलमा पराजित

१८ औँ एशियाली खेलकूद: नेपाल क्वाटरफाइनलमा पराजित

काठमाडौँ, ४ भदौ । १८ औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा आज पराजित भएको छ । चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । पहिलो सिङ्गल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोस्रोमा नेपालका दिपेश धामी २१–५ र २१–११ तथा तेस्रोमा नेपालका नविन श्रेष्ठ २१–११ र २१–१० को सोझो सेटमा पराजित भएका थिए । ब्याडमिन्टनअन्तर्गत व...
पाकिस्तानका विदेशमन्त्रीद्वारा भारतसँग वार्ताको आग्रह

पाकिस्तानका विदेशमन्त्रीद्वारा भारतसँग वार्ताको आग्रह

इश्लामावाद, ४ भदौ । पाकिस्तानका नवगठित सरकारका विदेश मन्त्रीले सहमति नभएसम्म नछोड्ने निरन्तरको वार्तामा बस्न भारतसँग आग्रह गर्नुभएको छ । भारतसँगको शत्रुतापूर्ण सम्वन्धलाई अन्त्य गर्नेतर्फ पाकिस्तानको चासो रहने उहाँले विषेश जोडका साथ सोमबार बताउनुभयो । “हामी दुई छिमेकी मात्रै होइन, आणविक हतियार सम्पन्न शक्ति पनि हौँ,” पाकिस्तानका नयाँ विदेश मन्त्री शाह मेहमुद कुरेशीले भन्नुभयो । दोस्रो पटक विदे...
चीनमा ५७.७ प्रतिशत इन्टरनेट प्रयोगकर्ता

चीनमा ५७.७ प्रतिशत इन्टरनेट प्रयोगकर्ता

बेईजिङ, ४ भदौ । चीनमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ५७.७ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । इन्टरनेट प्रयोग गर्नेमध्ये २६.३ प्रतिशत ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिक रहेको समाचारमा जनाइएको छ । चिनियाँ अनलाइन प्रयोगकर्ताहरूको सङ्ख्या ८० करोड २० लाख पुगेको सोमबार सार्वजनिक गरिएको चिनियाँ अनलाईन विकास विवरणमा उल्लेख छ । गत जुन महिनाको अन्त्यसम्मको यो तथ्याङ्कमा इन्टरनेट प्रयोगकर...
सामूहिक बलात्कारको आरोपमा पाँच जना पक्राउ

सामूहिक बलात्कारको आरोपमा पाँच जना पक्राउ

चितवन, ४ भदौ । सामूहिक बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज एक सूचना जारी गरी गत साउन ३० गते उनीहरुलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका–४ बस्ने २१ वर्षीय युवराज सारु मगर, वडा नं २ बस्ने १९ वर्षीय सैन्थील धिम...
आयोगको निष्कर्षः सार्वजनिक संस्थानमा मनलाग्दी सेवासुविधा

आयोगको निष्कर्षः सार्वजनिक संस्थानमा मनलाग्दी सेवासुविधा

काठमाडौँ, ४ भदौ । नेपाल टेलिकमले विगत पाँच वर्षमा रु ५६ करोड २८ लाख ६८ हजार २६५ बराबरको मासिक निःशुल्क टेलिफोन र इन्टरनेट सुविधा उपलब्ध गराएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ११ वटा सरकारी संस्थान तथा निकायमा गरेको अध्ययनका आधारमा आज सार्वजनिक गरेको एक विवरणअनुसार टेलिकमले तह एकदेखि प्रबन्ध निर्देशक र सञ्चालक समितिका सदस्यलाई तहगत रुपमा मासिक टेलिफोन (मोबाइल र ल्याण्डलाइन)...
बालविवाह नियन्त्रणमा उदयपुरका बालबालिका सक्रिय

बालविवाह नियन्त्रणमा उदयपुरका बालबालिका सक्रिय

गाईघाट, उदयपुर ४ भदौ । जिल्लाका विभिन्न भागमा बालविवाह बढेपछि अहिले ती स्थानका बालबालिका आफै बालविवाह नियन्त्रणमा सक्रिय हुन थालेका छन् । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं ८ र ९ राजावास तथा चुहाडे क्षेत्रका दनुवार बस्तीमा बालविवाह बढेकाले अहिले त्यहाँका बालबालिका आफै त्यस्तो विवाह नियन्त्रण गर्न सक्रिय भएका हुन्। राजाबासका २० वर्षीय दिपा दनुवार भन्नुहुन्छ, “तीन वर्षभित्र हामीजस्ता व...
बिम्स्टेक महासन्धि अनुमोदित

बिम्स्टेक महासन्धि अनुमोदित

काठमाडौँ, ४ भदौ । प्रतिनिधिसभाको आजको बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतले अनुमोदन गरेको छ । सो महासन्धिका बारेमा सांसद देवप्रसाद गुरुङ, प्रेम सुवाललगायतले आआफ्नो विचार व्यक्त गरे । गृहमन्त्री थापाले आतङ्कवादको स्वरुपसमेत बदल...
घरघरै पुगेर उपचार दिन थाल्यो रत्ननगर नगरपालिकाले

घरघरै पुगेर उपचार दिन थाल्यो रत्ननगर नगरपालिकाले

रत्ननगर, ४ भदौ । चितवनको रत्ननगर नगरपालिका वडा नं ५ झुवानीकी ९२ वर्षीया खड्गकुमारी ढुंगाना यतिखेर दङ्ग हुनुहुन्छ । जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोलीले आज घरमै उपचार दिन आएपछि उहाँ खुशी हुनुभएको हो । अघिल्लो वर्ष स्थानीय तहको चुनावका बेला वृद्धवृद्धालाई सहयोग गर्लान् र देशलाई सम्हालान् भन्ठानेर उहाँले सकिनसकी गएर भोट हाल्नुभएकै हो । भोट हालेर फर्कने बित्तिकै उहाँलाई उच्च रक्तचापले ढाल्यो । न...
अध्यक्ष प्रचण्डद्वारा टेबुलटेनिस टोलीलाई बिदाइ

अध्यक्ष प्रचण्डद्वारा टेबुलटेनिस टोलीलाई बिदाइ

काठमाडौँ , ४ भदौ । इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता एसियाड मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेको छ । टोलीसँग भेट गर्दै अध्यक्ष दाहालले टेबुलटेनिस खेलबाट एशियामा देशको नाम राख्न शुभकामना दिए। आफूलाई पनि टेबुलटेनिस खेल मनपर्ने बताउनुहुँदै उनले भने, “राम्रो खेल प्रदर्शन गर...
इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

मताराम, इन्डोनेसिया, ३ भदौ । इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ भने ठाउँठाउँमा पहिरो गएको छ । आवासीय र कार्यालय भवनहरुमा ठूलो क्षति पुगेको बताइएको छ । स्थानीय नागरिकमा त्रास छाएकोले गएराति उनीहरु घरभित्र बस्न सकेका थिएनन् । दुई साताको बीचमा लो...
एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान

एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान

काठमाडौँ, ४ भदौ । यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको अभ्यासका लागि नेपाली क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ । नेपाली टोलीले श्रीलङ्कामा रहँदा त्यहाँको तीन स्थानीय क्लबसँग अभ्यास खेल खेलेपछि भदौ ११ गते श्रीलङ्काबाटै मलेसिया प्रस्थान गर्नेछ । नेपालले पहिलो अभ्यास खेल बुधबार श्रीलङ्काको आर्मी क्रिकेट टोलीसँग पानागोडामा खेल्नेछ । दोस्रो अभ्यास खेल शुक्...
नेपाल र चीनबीचको ऊर्जा आदानप्रदान समझदारी कार्यान्वयन शुरु

नेपाल र चीनबीचको ऊर्जा आदानप्रदान समझदारी कार्यान्वयन शुरु

काठमाडौँ, ४ भदौ । सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक बङ्गलादेशसँग त्यस्तो सम्झौता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमति तथा सम्झौताका आधारमा सरकारले सम्झौता कार्यान्वयनको प्रक्रिया शुरु गरेको हो । प...
गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

वेलिङ्टन, ४ भदौ । न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना हुनुभएको छ । साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना हुनुभएको थियो । “मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन,” साइकलको तस्वीर सहित...
यस्ताे छ अाजकाे सुनचाँदी मूल्य

यस्ताे छ अाजकाे सुनचाँदी मूल्य

काठमाडौँ, ४ भदौ । सोमबार सुन प्रतितोला ५ हजार ८ सय कायम भएको छ । आइतबार पनियहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुन भने ५५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी प्रतितोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  अघिल्लो दिन पनि यहि मूल्यमा कारोबार भएको थियो ।
बीमा गराउने भन्दा माग दाबी बढी

बीमा गराउने भन्दा माग दाबी बढी

चितवन, ४ भदौ । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ । बाहिरी जिल्लामा बीमा गराएर यहाँ उपचार गराउने आउने भएकाले सङ्ख्या बढी देखिएको हो । स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय चितवनका दर्ता अधिकृत निर्मला भट्टराईका अनुसार जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या एक लाख ६७ हजार छ । तर बीमा मार्फत उपचार ग...
पूर्वराजदूत झा घरैमा मृत अवस्थामा भेटिए

पूर्वराजदूत झा घरैमा मृत अवस्थामा भेटिए

काठमाडौँ, ४ भदौ । फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झा आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । आइतबार बिहान काठमाडौँको बबरमहलस्थित उनकै घरमा मृत अवस्थामा भेटिएका हुन । ८० वर्षीय झाको शव घरमै शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धान अघि बढाइएको थापाले बताए। ‘घटनाबारे अनुसन्धान अघि बढाइसकेका छौँ’, थापाले भने, ‘हत्या या आत्महत्या अहिले नै केही भन्न सकिन्न, चक्कुले टाउकोमा प्रहार गरिएकाले अनुसन्धा...
निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने सरकारको तयारी

निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने सरकारको तयारी

काठमाडौँ, ४ भदौ । सरकारले निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने तयारी गरेको छ । निजामती सेवा ऐनमा भएको ५८ वर्षे उमेरहद बढाएर ६० वर्ष पुर्‍याउने सरकारले तयारी गरेको हो । विभिन्न मन्त्रालयका सचिवहरू पाँचवर्षे कार्यकाल पूरा नहुँदै उमेरहदका कारण अवकाश पाउने क्रममा रहेका कारण सरकारले उमेरहद बढाउने भएको हो । हाल कानुन मन्त्रालयमा रहेको संघीय निजामती सेवा ऐनको मस्यौदा संशोधनमार्फत कर्मचारीको उ...
करेन्ट लागेर एकको मृत्यु अर्का घाइते

करेन्ट लागेर एकको मृत्यु अर्का घाइते

गाईघाट, उदयपुर, ४ भदौ । उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा विद्युत्को लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा स्थानीय २० वर्षीय कैलाश मगर रहेको र अर्का घाइते उमेश मगर रहेको प्रहरीले जनाएको छ । विद्युत्को मूल लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा करेन्टले फालेर मग...
नीति तर्जुमा र कार्यान्वयनमा सक्रिय श्रम मन्त्रालय

नीति तर्जुमा र कार्यान्वयनमा सक्रिय श्रम मन्त्रालय

काठमाडौँ, ४ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार, श्रमिक समस्या, सामाजिक सुरक्षालाई व्यवस्थित र भरपर्दो बनाउन नीति तर्जुमा र कार्यान्वयनलाई तीव्रता दिएको छ । वर्तमान सरकार गठन भएपछि सम्पादन भएका कार्यप्रगति आइतबार सार्वजनिक गर्दै मन्त्रालयले श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन विभिन्न कानून निर्माण गरी लागू गरिएको जनाएको छ । यही अवधिमा मन्त्रालयले विद्यमान के...
प्रदेशसभा सञ्चालन गर्न अनुभवी कर्मचारीको अभाव

प्रदेशसभा सञ्चालन गर्न अनुभवी कर्मचारीको अभाव

काठमाडौँ, ४ भदौ । सङ्घीय संसद सचिवालयमा कार्यरत एकजना सहसचिवसहित १४ जना उपसचिवले संसद सेवा परिवर्तन गरी निजामती सेवामा जान सचिवालयमा निवेदन दिनुभएको छ । संसदीय प्रक्रिया र अनुभवले खारिएका ती कर्मचारीलाई दुई/दुई जनाको दरले सातवटै प्रदेशसभा सचिवालयमा पठाउन पाए कति राम्रो हुन्थ्यो होला ? प्रदेशसभाहरु थप व्यवस्थित रुपमा सञ्चालन कार्य अगाडि बढ्थ्यो होला । व्यक्तिगत रुपमा मैले प्रदेशसभा सचिवालयमा जान...
त्रिविको लापरबाही : ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल

त्रिविको लापरबाही : ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल

काठमाडौँ, ४ भदौ ।  त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर, अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौँ विद्यार्थी आक्रोशित बनेका छन् । ...
रसुवागढी नाकामा अर्बौंको सामान रोकियो

रसुवागढी नाकामा अर्बौंको सामान रोकियो

रसुवा, ४ भदौ ।  वर्षाका कारणले राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् । एकता व्यापार सङ्घ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाका अनुसार तीज पर्वका लागि चीनबाट मगाइएको सौन्दर्यका सामग्रीबीच बाटोमा रोकिएको हो । काठमाडौँ महाबौद्ध बिक्री स्थलमा सामान अभाव हुँदै गएको र साउन ११ गतेबाटै ढुवानीमा राजमार्ग अव...
बालुवाटारमा मासिक १२ लाखको पानीले धोइन्छ गाडी !

बालुवाटारमा मासिक १२ लाखको पानीले धोइन्छ गाडी !

काठमाडौँ, ४ भदौ । देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख खर्च भयो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको निवासमा करिब ३० लाखबराबर त जारको पानी खरिद गरिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा ...
भोक लाग्यो ? ‘कांग्रेसको क्यान्टिन’ छ नि !

भोक लाग्यो ? ‘कांग्रेसको क्यान्टिन’ छ नि !

काठमाडौँ, ४ भदौ । चुनावपछि ठूलो दल बनेको नेकपा यतिबेला सरकारमा छ । प्रतिपक्षमा छ, कांग्रेस । ठूलो पार्टीको हैसियतले सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा भीडभाड हुनुपर्ने हो । नेता, कार्यकर्ता र शुभेच्छुकले ढाकिनुपर्ने हो । तर, दृश्य फरक छ । नेकपाकै कतिपय नेतालाई दिउँसो प्रायः कांग्रेस संसदीय दलको क्यान्टिनमा भेटिन्छन् । उनीहरू खाजा खान होस् वा भेटघाट गर्न, ‘कांग्रेस क्यान्टिन’ पुग्छन् । ...
फौजदारी संहितामा संशोधन र सुधार आवश्यक छ: काङ्ग्रेस

फौजदारी संहितामा संशोधन र सुधार आवश्यक छ: काङ्ग्रेस

काठमाडौँ, ३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले फौजदारी संहितामा रहेका विचार तथा अभिव्यक्ति एवं संगठित स्वतन्त्रतालाई प्रभावित पार्न सक्ने प्रावधानमा संशोधन र सुधारको आवश्यकता रहेको ठहर गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मुलुकी ऐनको परिमार्जित संहिताबारे पार्टीको धारणा सार्वजनिक गरिएको हो । कार्यक्रममा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले चिकित्सकक...
रक्षामन्त्रीद्वारा बाजपेयीप्रति श्रद्धाञ्जलि

रक्षामन्त्रीद्वारा बाजपेयीप्रति श्रद्धाञ्जलि

काठमाडौँ, ३ भदौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । नेपालस्थित भारतीय दूतावासमा पुगी आज उनले नेपाल सरकारका तर्फबाट स्व बाजपेयीको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए । दूतावासमा राखिएको शोक पुस्तिकामा श्रद्धाञ्जलि व्यक्त गर्दै उपप्र...
error: Content is protected !!