कञ्चनपुर, ८ भदौ । बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ ।

Advertisement

प्रहरीको गोलीबाट कञ्चनपुर भिमदत्त १८ भगतपुरका १४ वर्षीय शनि खुनाको मृत्यु भएको हो । गोली लागेर २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा भीमदत्त नगरपालिकाकै युवराज भट्ट र  मनोज खड्का रहेका छन् ।

प्रहरीले  करिव ८ राउण्ड भन्दा वढी फायर गरिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको हो ।

निर्मला पन्तको हत्या प्रकरणमा एमाले नेता भीमबहादुर रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको थियो  ।

नेता रावलले कांग्रेसले निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको बताएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुको प्रदर्शनले उग्र रुप लिन थालेपछि प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!