पेरु र ब्राजिलको सीमानामा शक्तिशाली भूकम्प

पेरु र ब्राजिलको सीमानामा शक्तिशाली भूकम्प

वासिङ्टन, अमेरिका, ८ भदौ । पेरु र ब्राजिलको सीमा क्षेत्रमा शुक्रबार ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जनाएको छ । ग्रीनविच समय अनुसार विहान ९ बजे गएको भूकम्पको केन्द्रविन्दु पेरुको आइबेरिया शहरको १४० किलोमिटर पश्चिममा जमिनको सतहदेखि ६०९ किलोमिटरको गहिराईमा रहेको भूयुएसजीएसले जनाएको छ । भूकम्पको केन्द्रविन्दु ग्रामिण इलाकामा रहेकोले यसबाट भएको क्षतिको...
अहिलेसम्मकै दूर्लभ ‘ओपन हार्ट सर्जरी’ मा ऐतिहासिक सफलता

अहिलेसम्मकै दूर्लभ ‘ओपन हार्ट सर्जरी’ मा ऐतिहासिक सफलता

काठमाडौँ, ८ भदौ । खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) का क्षेत्रमा ऐतिहासिक एवं महत्वपूर्ण सफलता नेपाली चिकित्सकले प्राप्त गरेका छन् । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको हालसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरी मुटु रोगका क्षेत्रमा नयाँ उपलब्धि प्राप्त भएको जनाएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ उपप्राध्यापक...
ताप्लेजुङको यामफुदिन केन्द्रबिन्दु भएर ४.५ रेक्टरको भूकम्प

ताप्लेजुङको यामफुदिन केन्द्रबिन्दु भएर ४.५ रेक्टरको भूकम्प

काठमाडौँ, ८ साउन । ताप्लेजुङमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिए । यो गोरखा भूकम्प ७ दशमलव ६ रेक्टर स्केल को परकम्प नभई भूकम्प नै भएको उनले बताए । ठूला भूकम्प गएको बीचको समयमा यस्ता साना भूकम्प जाने गरेको विज्ञहरुको भनाइ छ । गोरखा भूकम...
बिम्स्टेक सम्मेलन सदस्य राष्ट्रका समस्या समाधानमा सहयोगी हुने विश्वास

बिम्स्टेक सम्मेलन सदस्य राष्ट्रका समस्या समाधानमा सहयोगी हुने विश्वास

काठमाडौँ ८ भदौ । सरकारले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन सदस्य देशका समसामयिक विषयवस्तुलाई उपयुक्त ढंगले सम्बोधन गर्न सहयोगी हुने विश्वास व्यक्त गरेको छ । सरकारले बिम्स्टेकलाई दक्षिण र दक्षिणपूर्वी एशियासँग जोड्ने गतिशील संगठनका रुपमा विकास गर्नु नै बिम्स्टेक क्षेत्रका जनताको हितमा हुने जनाएको छ । दक्षिण एशियाली अध्ययन केन्द...
राहत शिक्षकलाई स्थायी गर्न माग

राहत शिक्षकलाई स्थायी गर्न माग

काठमाडौँ, ८ भदौ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले राहत कोटामा कार्यरत सम्पूर्ण शिक्षकलाई एकमुष्ट स्थायी गर्ने गरी सङ्घीय शिक्षा ऐनमा प्रबन्ध गर्न माग गरेको छ । समितिले स्थायी प्र्रक्रिया थालनीपूर्व शिक्षक सेवा आयोगबाट लिइने विभिन्न चरणका परीक्षामा राहत दरबन्दीमा कार्यरत शिक्षकहरुको हकमा उमेरको हदबन्दी हटाउन पनि माग गरेको छ । आज यहाँ आयोजित अन्र्तक्रिया कार्यक्रममा समितिका अध्यक्ष खेमराज अध...
एशियाली खेलकूद: भलिबलतर्फ नेपाल कोरियासँग पराजित

एशियाली खेलकूद: भलिबलतर्फ नेपाल कोरियासँग पराजित

काठमाडौँ, ८ भदौ । इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत भलिबलतर्फ आज भएको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ । समूह ‘डी’ मा रहेको नेपाल आज सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियासँग २५–१६, २५–१३ र २५–१४ मा पराजित भएको जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो । दुवै खेलमा पराजित नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल यसअघि बुधब...
श्रीलङ्कामा डेङ्गुबाट ४१ को मृत्यु

श्रीलङ्कामा डेङ्गुबाट ४१ को मृत्यु

कोलम्बो, ८ भदौ । श्रीलङ्कामा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट ४१ जनाको मृत्यु भएको र ३६ हजार भन्दा बढी प्रभावित भएको महामारी रोग नियन्त्रण संस्थाले शुक्रबार जानकारी दिएको छ । अगष्ट महिनामा मात्र देशभरी १ हजार ७५ जना डेङ्गुका बिरामी भेटिएका छन् भने गत महिना ६ हजार २२१ व्यक्तिमा सो रोग देखा परेको थियो । राजधानी सहर कोलम्बोमा यसवर्ष सबैभन्दा बढी ६ हजार ९३७ जनामा डेङ्गु पाइएको छ । दोस्रो स्थान...
नेपाली ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शन: ब्लुमफिल्डसामु ३२४ रनको लक्ष्य

नेपाली ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शन: ब्लुमफिल्डसामु ३२४ रनको लक्ष्य

काठमाडौँ, ८ भदौ । एशिया कप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा त्यहाँको ब्लुमफिल्ड क्लबलाई जीतका लागि ३२४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर ३२३ रन बनायो । श्रीलङ्काको क्लब ब्लुमफिल्डविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङस खेले । दीपेन्द्रले ९६ बलमा १२१ रन बनाए । यस्तै सागर प...
छिनालिएको हात सफल शल्यक्रियाबाट जोडियो

छिनालिएको हात सफल शल्यक्रियाबाट जोडियो

सुर्खेत, ८ भदौ । मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा एक बिरामीको छिनालिएको हात उपचारपछि जोडिएबाट उनले नयाँ जीवन पाएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत हाडजोर्नी विशेषज्ञ डा.मंगल रावल, डा हरिहर देवकोटा, डा रमेश भट्टराई र सुर्खेत अस्पतालका डा.हरि सापकोटाको टोलीले बिरामी रमेश थारुको छिनालिएको दायाँ हात शल्यक्रिया गरेर जोड्नु भएको हो । बारदिया गाउँपालिका–४ बर्दिया गुर...
विश्वकर्मालाई तीन दिन थुनामा राख्न म्याद थप

विश्वकर्मालाई तीन दिन थुनामा राख्न म्याद थप

नुवाकोट, ८ भदौ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई यहाँको जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ । काठमाडौंँबाट आज बिहान ३ बजे यहाँ ल्याइएका विश्वकर्मालाई आज नै नुवाकोट जिल्ला अदालतले अनुसन्धानका लागि थुनामा राख्न म्याद थप गरेको हो ।उनीलाइ विहीबार सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएसँगै गिरफ्तार गरी यहाँ ल्याइएको थियो । गत साउन ७ गते राति बेलकोटग...
फुटबलमा ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग

फुटबलमा ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग

काठमाडौँ, ८ भदौ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक आज ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास शुरु गरेको छ । यही भदौ १९ गतेदेखि बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप प्रतियोगितालाई ध्यानमा राखेर ‘जिपिएस ट्रयाकर’ प्रयोग गरेर प्रशिक्षण गरिएको हो । अन्यत्र धेरै अगाडिबाट यसको प्रयोग गरिएपनि नेपाली फुटबलमा यो पहिलो पटक प्रयोग गरिएको हो । यो प्रविधिले साफको म...
कोरियाली सरकारको सहयोगमा अत्याधुनिक सुविधासहितको एम्बुलेन्स

कोरियाली सरकारको सहयोगमा अत्याधुनिक सुविधासहितको एम्बुलेन्स

सोलुखुम्बु, ८ भदौ । कोरियाली सरकारको सहयोगमा योङ स्टार सामुदायिक स्वास्थ्य सेवा केन्द्र, सोलुखुम्बुलाई अत्याधुनिक सुविधासहितको एम्बुलेन्स सहयोग प्राप्त भएको छ । करीब रु एक करोड मूल्य बराबरको उक्त एम्बुलेसमा स्वास्थ्यसम्बन्धी अत्याधुनिक सामाग्री जडित रहेको छ । योङ स्टार सामुदायिक स्वास्थ्य सेवा केन्द्र र धुलिखेल अस्पतालको संयुक्त प्रयासमा सञ्चालित स्वास्थ्य केन्द्रलाई मध्यनजर गर्दै कोरियाली सरक...
बिम्स्टेक शिखर सम्मेलनको तयारी अन्तिम चरणमा

बिम्स्टेक शिखर सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाडौँ, ८ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको तयारी प्रायः पूरा भएको छ । शिखर सम्मेलनसम्बन्धी बाँकी काम द्रुत गतिमा भइरहेका छन् भने घोषणापत्र लेखन तथा सम्मेलनका अन्तर्वस्तुलाई पनि टुङ्गोमा पु¥याउन युद्धस्तरमा काम भइरहेको छ । आगामी मङ्गलबार सदस्य मुलुकका परराष्ट्र/बाह्य मामिला/विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अ...
गुल्मीमा भेटियो अर्को झमक कुमारीः खुट्टाले लेखेरै उत्कृष्ट विद्यार्थी

गुल्मीमा भेटियो अर्को झमक कुमारीः खुट्टाले लेखेरै उत्कृष्ट विद्यार्थी

बुटवल, ८ भदौ । उमेरले उनी १३ वर्षका भएका छन् । उनी कक्ष ५ मा पढ्छन् । जन्मजात उनका दुवै हातका औलाहरु छैनन् । उनका हात बराबर पनि चल्दैनन् । खुट्टाको औलाहरुको सहायताले उनले अरु विद्यार्थीहरु भन्दा अझ छिटो र शुद्ध लेख्छन् । सो कक्षाका उनि अब्बल विद्यार्थी हुन् । उनि हुन् गुल्मीको श्रृङ्गा माध्यामिक विद्यालय छत्रकोट–४, श्रृङ्गाका छात्र ऋषिराम कँडेल । सोही स्थानका लक्ष्मण कँडेलका एक मात्र सन्तान हुन...
भूकम्पको कहरः इन्डोनेसिया भूकम्पबाट मर्नेको संख्या ५५५ पुग्यो

भूकम्पको कहरः इन्डोनेसिया भूकम्पबाट मर्नेको संख्या ५५५ पुग्यो

जकार्ता, ८ भदौ । इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनको संख्या ५५५ पुगेको छ । साथै यस भूकम्पमा परी करिब एक हजार ५०० घाइते भएका छन् भने लाखौै व्यक्ति घरवारबिहिन भएका छन् । विदा मनाउनको लागि प्रख्यात बाली र सुन्दर स्थल लोम्बोकका जुलाई २९ र अगष्ट ५ मा शक्तिशाली भूकम्प गएको थियो । गत अगष्ट ५ आइतबारका दिन गएको यस भूकम्प ६.९ म्याग्नीच्युडको मापन गरिएको थियो । दे...
सिरहाको गोलबजार नगरपालिकाद्वारा निःशुल्क सिफारिस

सिरहाको गोलबजार नगरपालिकाद्वारा निःशुल्क सिफारिस

लहान, ८ भदौ । देशभरका अधिकांश स्थानीय तहले व्यक्तिगत घटना दर्ता तथा सिफारिसमा शुल्क बढाइरहँदा सिरहाको गोलबजार नगरपालिकाले दिने सिफारिस तथा व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिकाका बासिन्दाले ३५ दिनसम्म व्यक्तिगत घटना निःशुल्क दर्ता गराउन सक्ने र ३५ दिनभन्दा बढी भएमा दर्ता गर्न रु ५० विलम्ब शुल्क लाग्ने नगर प्रमुख देवनाथ साहले जानकारी दिनुभयो । जन्मदर्ता, विवाह दर्ता, मृत...
अर्नाको प्रजाति विस्तारमा सफलता

अर्नाको प्रजाति विस्तारमा सफलता

रत्ननगर, ८ भदौ । कोशीबाट स्थानान्तरण गरी चितवनमा ल्याइएका अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई अर्काे सफलता मिलेको छ । निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पद्मपुरको खुला खोरमा राखेर संरक्षण गरिएका अर्नाले अर्काे बच्चा जन्माएपछि प्रजाति विस्तारमा अर्कोे सफलता मिलेको हो । यसअघि गत साउन ३१ गते एउटा अर्नाले पाडी जन्माएको थियो । अर्नाले पाडो जन्माएको बिहीबार फेला परेको निकुञ्जका वरि...
मिथिलामा राखी पर्वको चहलपहल

मिथिलामा राखी पर्वको चहलपहल

बर्दिवास, ८ भदौ । महोत्तरीसहित मिथिला क्षेत्रमा अहिले राखी (रक्षाबन्धन) पर्वको रौनक छ । साउन शुक्लपक्ष शुरु हुनासाथै मिथिलाक्षेत्रका गाउँनगर बस्तीमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धून लगातार बजीरहेका छन् । सम्पूर्ण मिथिला क्षेत्रमा अहिले दाजुभाइको सौर्य बखान गरिएका माङ्गलिक गीतको मीठो धुन गुञ्जिरहेको छ । प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षाबन्धन बेच्न राखिएका छन् । द...
महासमिति बैठकको तयारीमा काङ्गे्रस

महासमिति बैठकको तयारीमा काङ्गे्रस

काठमाडौँ, ८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमिति बैठकको तयारीमा जुटेको छ । महासमिति बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न काङ्ग्रेस केन्द्रीय समिति बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले पार्टीको महासमिति बैठक गर्ने मिति र स्थानको टुङ्गो लगाउनुका साथै आवश्यक तयारी सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिनुभयो । गत व...
जलवायु परिवर्तनको प्रभाव: उच्च हिमाली क्षेत्रमा लामखुट्टे !

जलवायु परिवर्तनको प्रभाव: उच्च हिमाली क्षेत्रमा लामखुट्टे !

पोखरा, ८ भदौ । उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम मै फल लाग्ने स्थितिसमेत पैदा भएको छ । तराई र मधेशका फाँटमा पाइने लामखुट्टे पहाड चढेको झण्डै तीन दशक पुगिसकेको छ । हिमाली क्षेत्रमा देखिन थालेको चा...
वैभवशाली बिम्स्टेक बनाउने प्रयासमा शीर्ष नेतृत्व

वैभवशाली बिम्स्टेक बनाउने प्रयासमा शीर्ष नेतृत्व

काठमाडौँ, ८ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लाई वैभवशाली बनाउन आगामी साता सात देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखको शिखर सम्मेलन काठमाडौँमा हुँदैछ । दक्षिण एशियाली पाँच र दक्षिणपूर्वी एशियाली दुई मुलुकको उपक्षेत्रीय सङ्गठन बिम्स्टेकको चौथो शिखर सम्मेलनले क्षेत्रीय कूटनीतिमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ । सम्मेलनबाट नेपालको सकारात्म...
कञ्चनपुर घटनाका घाइतेको निःशुल्क उपचार: गृहमन्त्री

कञ्चनपुर घटनाका घाइतेको निःशुल्क उपचार: गृहमन्त्री

काठमाडौँ, ८ भदौ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनामा परेर घाइते भएका आन्दोलनकारीको स्वास्थ्योपचार सरकारले गर्ने बताएका छन् । कञ्चनपुरमा आन्दोलनका क्रममा घाइते भएर त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका अर्जुन भण्डारालाई आज अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आन्दोलनको क्रममा घाइते भएकाको उपचार सरकारले गर्ने बताउएका हुन । बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्या...
खोला पार गर्दैगर्दा बाढी आएपछि…

खोला पार गर्दैगर्दा बाढी आएपछि…

बाँके, ८ भदौ । छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बनगाड खोला पार गर्दैगर्दा बाढी आएपछि यात्रु हाम फालेर बाँच्न सफल भएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको किया गाडी बनगाड खोला पार गर्ने क्रममा बाढी आएर बगाएको थियो । सबै यात्रु छिटो–छिटो हाम फालेर भागेका थिए । यात्रुको झोला सरसमान भने खोलाले बगाएको छ । गाडी ढुङ्गामा अड्किएपछि खोलाले बगाउन भने सकेन । तत्कालै डोजरको सहायताले खोलामा फसे...
एशियाली खेलकूद: नेपाल भलिबलमा दक्षिण कोरियासँग भिड्दै

एशियाली खेलकूद: नेपाल भलिबलमा दक्षिण कोरियासँग भिड्दै

काठमाडौँ, ८ भदौ । इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट अर्को चरण प्रवेश गर्नका लागि आजको खेल नेपालले जित्नैपर्ने दबाब रहेको बताउनुहुन्छ । एशियाली खेलकूदको पुरुष भलिब...
विवेकशीलद्वारा कञ्चनपुर घटनाको विरोध

विवेकशीलद्वारा कञ्चनपुर घटनाको विरोध

काठमाडौँ, ८ भदौ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । पार्टीका प्रवक्ता रमेश पौड्यालद्वारा आज जारी विज्ञप्तिमा मुलुकमा पछिल्लो समय बढ्दै गएको यसखाले जघन्य अपराधमा संग्लनलाई कानूनको दायरामा ल्याई हदैसम्मको सजाय दिलाउन सरकारसमक्ष जोडदार माग गरिएको छ । विवेकशीलले बिहीबार कञ्चनपुरमा भएको घटनाका द...
प्रकाण्डलाई नुवाकोट ल्याइयो

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नुवाकोट, ८ भदौ । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । गत साउन ७ गते राति धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार...
धनकुटामा मोटरसाइकलको ठक्करबाट बृद्धा गम्भीर घाईते

धनकुटामा मोटरसाइकलको ठक्करबाट बृद्धा गम्भीर घाईते

धनकुटा, ८ भदौ । धनकुटा बजारको चुवाको बोट चौकमा आज बिहान मोटरसाईकलको ठक्करबाट एक बृद्धा गम्भीर घाईते भएकी छन् । चुवाको बोट चौक नजिकै रहेको एनआइसी एसीया बैंक अगाडी मोटरसाइकलले ठक्करदिंदा पैदलयात्री चौबिसे गाउँपालिका–४ की ६१ बर्षीया पूर्णमाया भण्डारी गम्भीर घाईते भएकी हुन् । परिचयमोड तिरबाट बसपार्कतर्फ जांदै गरेको को.२२ प.४८७५ नम्बरको मोटरसाईकलले बाटो काट्दै गर्दा वद्धालाई ठक्कर दिएको प्रत्यक्षदर...
स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री

स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री

सिड्नी, ८ भदौ । सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिनुभएको छ । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उहाँले पदभार ग्रहण गर्न लाग्नुभएको हो । औसतमा सुधारवादी ठानिएका म्याल्कम टर्नबुललाई उहाँकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन् । पूर्व गृहमन्त्री एवं सत्तारुढ लिबरल पार्टीभित्र दक्षिणपन्थी धारको प्रतिनिधित्...
टिपर दुर्घटनाका मृतक परिवारलाई मुस्ताङी विद्यार्थीको सहयोग

टिपर दुर्घटनाका मृतक परिवारलाई मुस्ताङी विद्यार्थीको सहयोग

रोल्पा, ८ भदौ । केही दिनअघि मुस्ताङमा भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका रोल्पाली व्यक्तिका परिवारलाई त्यहाँका विद्यार्थीले रकम सङ्कलन गरी पठाएका छन् । मुस्ताङको धौलागिरि आवासीय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीको कल्याणकारी सङ्गठन जुनियर रेडक्रस सर्कलको अगुवाइमा रु ६६ हजार ५१० सङ्कलन गरी रोल्पा पठाइएको हो । रेडक्रसकर्मी विद्यार्थीले सङ्कलन गरेका सो रकम यहाँको सुनछहरी गाउँपालिका कार...
भेडेटार–ढुंगे ग्रामिण सडक कालोपत्रे गर्न काम सुरु

भेडेटार–ढुंगे ग्रामिण सडक कालोपत्रे गर्न काम सुरु

साँगुरीगढी, ८ भदौ । धनकुटाको साँगुरीगढी पाउँपालिकाको भेडेटारदेखि महाभारत ढुंगेसम्मको ग्रामिण सडक कालोपत्रे गर्न काम सुरु गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको १६ करोड २७ लाख ९१ हजारको लागतमा भेडेटारदेखि ढुङ्गेसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्न काम सुरु गरिएको निर्माण ब्यवसायी गोपालसिंह गिरीले जानकारी दिए । उक्त सडक कालोपत्रे गर्न केरेभेन कन्ट्रक्सन कम्पनीले जिम्मा लिएको छ । भेडेटार–मह...
कोसी र गण्डक सम्झौता परिमार्जन आवश्यक

कोसी र गण्डक सम्झौता परिमार्जन आवश्यक

पटना, ८ भदौ । नेपाल र भारतबीच भएको कोसी तथा गण्डक सम्झौता समयानुकूल परिमार्जन हुन नसक्दा दुई देशकै जनता दुवै नदीबाट बर्सेनि पीडित हुनुपरेको विज्ञ तथा पीडितहरूले बताएका छन् । उनीहरूले वर्षौं पहिले भएका कोसी र गण्डक सम्झौतामा जनतासित प्रत्यक्ष जोडिएका विषय कार्यान्वयन गर्न दुवै देशका सरकार इमान्दार नहुँदा सीमावर्ती क्षेत्रका जनता बाढीको चपेटामा पर्दै आएको बताए । भारतको बिहार राज्यको पटनामा भएको ...
error: Content is protected !!