प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनको उपचारमा संलग्न प्रा डा। अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग खाजा खानुभएको र स्वास्थ्यमा उल्लेख्य सुधार रहेको जानकारी दिए। प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय,...
समृद्धिको ढोका खोल्दै ‘कर्णाली’

समृद्धिको ढोका खोल्दै ‘कर्णाली’

सुर्खेत, १३ कात्तिक । “पिछडिएको कर्णाली प्रदेशको विकासका लागि हामी कोही पनि सत्तापक्ष र प्रतिपक्षका रूपमा विभाजित हुँदैनौँ । बरु, प्रदेशलाई आवश्यक बजेट र अधिकार प्राप्तिका लागि जहिले पनि केन्द्र सरकारसँग प्रतिपक्षीकै भूमिकामा उभिन तयार छौँ ।” यो माघ २१ गते बसेको प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा दलका नेताहरूले अधिक दोहो¥याएको वाक्य हो । प्रदेशको विकास र समृद्धिका लागि सत्तापक्ष÷प्र...
स्वरोजगारको नाममा अर्बौं रकम स्वाहा

स्वरोजगारको नाममा अर्बौं रकम स्वाहा

काठमाडौँ, १३ कात्तिक । युवा तथा सानाव्यवसायी स्वरोजगार कोषले ९ बर्षमा सात अर्बभन्दा बढी खर्चेको समाचार आजको अन्नपूर्ण पोस्टमा छ । यसमा ठूलो र कम अनियमितता भएको राष्ट्रिय सतर्कता केन्द्रको निष्कर्ष छ । कोषले ५५ हजारलाई तालिम दिई स्वरोजगार बनाउन रकम खर्चेको दाबी गरेको छ । तर, केन्द्रको चार महिने अनुसन्धानले त्यस्तो दाबीलाई गलत सावित गरिदिएको छ । स्वरोजगारका नाममा खर्चिएको रकम ‘बालुवामा पानी’ भएको...
वायु प्रदुषणका कारण बर्षेनी छ लाखको मृत्यु

वायु प्रदुषणका कारण बर्षेनी छ लाखको मृत्यु

जेनेभा। हरेक बर्ष विश्वभरका झण्डै छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा वायु प्रदुषणका कारण हरेक बर्ष १५ बर्षमुनिका छ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ । संगठनका अनुसार पाँच बर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वास प्रश्वासमा समस्या हुनेगरेको छ । प्रदुषणका कार...
छिन्ताङ्ग शहीदकप फुटवल प्रतियोगितामा चार खेल सम्पन्न

छिन्ताङ्ग शहीदकप फुटवल प्रतियोगितामा चार खेल सम्पन्न

धनकुटा, १३ कात्तिक । सहिदभूमि गाउँपालिका–१ छिन्ताङ्गमा जारी छैठौं छिन्ताङ्ग शहीदकप फुटवल प्रतियोगितामा सोमवार चार खेल सम्पन्न भएको छ । साँगुरीगढी ९ दिलुङटार र धनकुटा ९ बेलहारा, सहिदभूमि ७ साप्तिङटार ‘बी’ र साँगुरीगढी ८ पोक्ला ‘ए’, विश्रान्ती फुटबल क्लब धनकुटा ९ मुलघाट र आदर्श युवा क्लव सहिदभूमि १, सुन्तलाबारी युवा क्लव सहिदभूमि र अजम्बरी युवा क्लव साँगुरीगढी ५ फेदी बीच प्रतिस्पर्दा भएको थियो । ...
अब ५८ सयमै मलेसिया

अब ५८ सयमै मलेसिया

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीले अब ५८ सय रुपैयाँ मात्र खर्चिए पुग्ने भएको छ । नेपाल र मलेसिया सरकारबीच सोमबार काठमाडौंमा भएको दुईपक्षीय श्रम समझदारीले डेढ लाखसम्म खर्चनुपर्ने बाध्यता हटाएको हो । समझदारीमा ‘सरकारलाई बुझाउने श्रमिक कल्याणकारी कोषको १ हजार र बिमाको ४८ सय २५ रुपैयाँबाहेक सबै खर्च रोजागारदाताले बेहोर्ने’ उल्लेख छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्...
निर्मला पन्त हत्या प्रकण : छिमेकीदेखि आफन्तहरुको डिएनए परीक्षणको तयारी

निर्मला पन्त हत्या प्रकण : छिमेकीदेखि आफन्तहरुको डिएनए परीक्षणको तयारी

काठमाडौं, १३ कात्तिक । निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शुन्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डिएनए परीक्षण गर्न लागिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । मंगलबार डिएनए परीक्ष्णका लागि थप चार जनाको रगत परीक्षण गर्न लागिएको छ । अनुसन्धानका क्रममा विभिन्न...
दोस्रो स्थानसँगै दोस्रो चरण सुरक्षित गरी यू–१९ महिला फुटबल टोली स्वदेश फिर्ता

दोस्रो स्थानसँगै दोस्रो चरण सुरक्षित गरी यू–१९ महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौँ । एएफसी यु–१९ च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको नेपाली यू–१९ महिला फुटबल टोली साेमबार स्वदेश फर्किएको छ । थाइल्याण्डमा भएको उक्त च्याम्पियनसिपमा दोस्रो स्थानमा रहँदै छनोट भएका नेपाली किशोरी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घका पदाधिकारीहरुले स्वागत गर्नुभयो । नेपाली किशोरी टोलीले थाइल्याण्डमा भएको उक्त च्याम्पियनसिपमा दोस्रो स्थानमा रहँदै दोस्रो...
मंसिर ८ गते जनसभा गर्दै विप्लव, कार्यक्रममा वैद्यलाई निम्तो

मंसिर ८ गते जनसभा गर्दै विप्लव, कार्यक्रममा वैद्यलाई निम्तो

काठमाडौं, १३ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दै छ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो । सभामा १ लाख बढी जनतालाई सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ । हाल विप्लव कहाँ छन् भन्ने जानकारी गराइएको छैन । केही दिनअघि नेकपाको चियापान कार्यक्रममा विप्लव बस्ने स्थान पत्...
श्रम समझदारीले नेपाल–मलेसिया सम्बन्धमा नयाँ आयाम: मन्त्री विष्ट

श्रम समझदारीले नेपाल–मलेसिया सम्बन्धमा नयाँ आयाम: मन्त्री विष्ट

काठमाडौँ, १२ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाल र मलेसियाबीच भएको श्रम समझदारीले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम प्रदान गरेको बताएका छन। मलेसियाली समकक्षीसँग कामदार भर्ना, रोजगार र फिर्तासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेपछि आयोजित पत्रकार सम्मलेनमा उनले भने, “दुई देशबीच भएको समझदारीले नेपाल र मलेसियाबीचको सम्बन्धलाई उन्नतस्तरमा विकास गर्नेछ । यो एउटा ऐति...
‘चिया विकासमा चिनियाँ प्रविधि र सहयोग आवश्यक’

‘चिया विकासमा चिनियाँ प्रविधि र सहयोग आवश्यक’

काठमाडौँ, १२ कात्तिक । कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले नेपालले छिमेकी मूलुक चीनको विकासको गतिलाई समात्न प्रयत्न गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल र चीनको सिचुवान प्रान्तको चिया संस्कृतिको बारेमा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले दुवै देशबीचको सम्बन्ध अनुपम र प्रगाढ रहेर पनि नेपालले चीनको विकासबाट लाभ लिन अझै नसकिरहेको धारणा व्यक्त गर्नुभयो । मन्त्री खनालले...
यु–१५ च्याम्पियनसिप: भारत र पाकिस्तान सेमिफाइनलमा

यु–१५ च्याम्पियनसिप: भारत र पाकिस्तान सेमिफाइनलमा

काठमाडौँ, १२ कात्तिक । साफ यु–१५ च्याम्पियनसिपमा भारत र पाकिस्तान सेमिफाइनल प्रवेश गरेका छन् । आज भएको समूह चरणको अन्तिम खेलमा भूटानलाई ४ ० गोलले पराजित गर्दै भारत सेमिफाइनल प्रवेश गरेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले भुटानलाई ४–० गोल अन्तरले पराजित ग¥यो । खेलको चौँथो मिनेटमा भारतले पाउल सुभोको गोलबाट अग्रता लिएको थियो । ६६ आँै मिनेटमा सुब्बा कुसाङले भारतको अग...
चौथो घोडेटार गोल्डकपको उपाधि एभरेष्ट क्लबलाई

चौथो घोडेटार गोल्डकपको उपाधि एभरेष्ट क्लबलाई

भोजपुर, १२ कात्तिक । हतुवागढी गाउँपालिकामा सञ्चालन भएको चौथो घोडेटार गोल्डकप २०७५ प्रतियोगितामा एभरेष्ट फुटबल क्लब नरहा सुनसरीले हात पारेको छ । आयोजक घोरेटार फुटबल क्लब उपविजेता भएको छ । विजेता भएसंँगै एभरेष्ट क्लबले रु एक लाख, ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेता घोरेटार क्लबले रु ५० हजार, पदक र प्रमाणपत्र हात पारेका छन् । आज भएको फाइनल खेलमा एभरेष्ट क्लबले घोरेटार क्लबलाई ५–० गोलले पराजित गरेको...
अति गरीबलाई सामाजिक सुरक्षा भत्ता

अति गरीबलाई सामाजिक सुरक्षा भत्ता

काठमाडौँ, १२ कात्तिक । भूमि, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गरीब घरपरिवारको पहिचान भएका विभिन्न छ जिल्लाका ७२ हजार ७५४ अति गरीब घरपरिवारलाई वार्षिक रु दुई हजार ४०० सामाजिक सुरक्षा भत्ता प्रदान गर्नका लागि प्रस्ताव गरेको छ । उक्त मन्त्रालयले सिराहा, रौतहट, बागलुङ, मुगु, बाजुरा र कैलालीका अति गरीब घरपरिवारलाई परिचयपत्रका आधारमा भत्ता उपलब्ध गराउन आन्तरिक रुपमा छलफल तथा त्यसको व्यवस्थापनका लागि...
चार अर्बको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

चार अर्बको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, १२ कात्तिक । नेपाल राष्ट्र बैंकले मङ्गलबार रु चार अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले कूल ९१ दिन अवधिका लागि रु दुई अर्ब र एक वर्षका लागि रु दुई अर्ब गरी रु चार अर्बको ट्रेजरी जारी गर्न लागेको हो । ट्रेजरी बिल जारी गर्न केन्द्रीय बैंकले आज एक सूचनामार्फत सोको जानकारी दिएको हो । बैंकका अनुसार ९१ दिने ट्रेजरी बिल आगामी माघ १५ गते परिपक्व हुनेछ । यस्तै एकवर्षे ट्रेजरी बिल...
धनकुटामा भएको सवारी दुर्घटनामा दुई गम्भिर घाईते

धनकुटामा भएको सवारी दुर्घटनामा दुई गम्भिर घाईते

धनकुटा, १२ कात्तिक । धनकुटामा सोमबार भएको सवारी दुर्घटनामा परी दुई जना गम्भीर घाईते भएका छन् । कोसी राजमार्गको धरान-धनकुटा सडक खण्डमा पर्ने धनकुटा नगरपालिका वडा नं. ९ गुठिटार नजिक भएको दुर्घटनामा धनकुटा नगरपालिका वडा नं. ६ का २३ वर्षका सुदिप जोशी र ५९ वर्षका भागवत बहादुर जोशी गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । काठमाण्डौबाट तेह्रथुम आउँदै गरेको ना. ७ ख १३४७ नम्बरको अग्नी यातायातले विपरित दिश...
स्थगित ‘ए’ डिभिजन लिग मङ्सिर १ देखि – तालिका सार्वजनिक

स्थगित ‘ए’ डिभिजन लिग मङ्सिर १ देखि – तालिका सार्वजनिक

काठमाडौँ, १२ कात्तिक । सहिद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज लिगको नयाँ तालिका सार्वजनिक गरेको छ । एन्फाले चाडपर्वका कारण स्थगित गरेको लिग मङ्सिर १ गते शुरु गर्ने निर्णय गरेको लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो । गएको असोज १३ गते शुरु भएको लिग बङ्गबन्धु गोल्डकप, दशैँ, तिहार र छठका कारण स्थगित गरिएको थियो । लिगको पहिलो चरणका ख...
करोडौँ बक्यौता नतिरी बिदा भयो एयर एशिया

करोडौँ बक्यौता नतिरी बिदा भयो एयर एशिया

काठमाडौँ, १२ कात्तिक । मलेसियाको जेट एयरलाइन्स एयर एशियाले नेपाल सरकारको करोडौँ रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ । काठमाडौँ–क्वालालम्पुर उडान भर्दै आएको एयर एशियाले यात्रुको अभाव रहेको भन्दै गत असोज २७ गतेदेखि उडान स्थगन गरेको हो । उक्त कम्पनीले एक वर्षका लागि काठमाडौँ गन्तव्यको व्यावसायिक उडान बन्द गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । एयर एशियाले त्रिभुवन ...
पूर्वी चीनमा भएको खानी दुर्घटनामा १९ जनाको मृत्यु

पूर्वी चीनमा भएको खानी दुर्घटनामा १९ जनाको मृत्यु

बेइजिङ, १२ कात्तिक । यसै महिनाको शुरुमा पूर्वी चीनमा भएको एक खानी दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टी भएको छ । उक्त दुर्घटनामा २२ जना परेको चिनीया सञ्चार माध्यमले जनाएको छ । सिन्ह्वाका अनुसार गत अक्टोबर २० मा कोइला खानीको सुरुङभित्र काम गरिरहेका मजदूर सुरुङको दुवैतर्फ ढुङ्गा खसेर थुनिएका थिए । हालसम्म एकजना मजदूर मात्रको उद्धार गरिएको छ । अन्य दुई जनाको खोजी कार्य जारी छ । उक्त दुर्घटना शान्...
कोरियाली युद्ध अन्त्यको घोषणाको तयारी

कोरियाली युद्ध अन्त्यको घोषणाको तयारी

सोल, १२ कात्तिक । उत्तर र दक्षिण कोरियाबीच यसै वर्षको अन्त्यसम्ममा कोरिया युद्धको विधिवत समाप्तिको घोषणा गर्न तयारी शुरु भएको दक्षिण कोरियाले जनाएको छ । सन् १९५० देखि १९५३ सम्म कोरिया युद्ध भएको थियो । सो युद्धपछि एकीकृत कोरिया टुक्रिएर उत्तर र दक्षिण कोरिया बनेको थियो । दुई कोरियाबीच युद्धविराम गरिएको, तर औपचारिक रुपमा युद्ध समाप्त भएको घोषणा गरिएको थिएन । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्...
३७ वर्षपछि ऐतिहासिक देवी नाच

३७ वर्षपछि ऐतिहासिक देवी नाच

काठमाडौँ, १२ कात्तिक । राजा मानदेवको पालादेखि प्रचलनमा आएको ऐतिहासिक देवी नाच ३७ वर्षपछि गोकर्णेश्वर क्षेत्रको गोकर्ण देशेमा प्रदर्शन भइरहेको छ । विजयादशमीका दिनदेखि प्रदर्शन शुरु हुने यो नाच माघ महीनासम्मका विभिन्न चाडपर्वका अवसरमा गोकर्णेश्वर क्षेत्रमा प्रदर्शन गरिन्छ । पाँचौँ शताब्दीमा राजा मानदेवको पालादेखि विसं २०३८ सम्म प्रदर्शन गरिएको नाच त्यसपछि प्रदर्शनको स्रोत र कलाकारको अभावमा बन्द भएक...
प्रधानमन्त्री ओलीलाई छातीमा सङ्क्रमण, केही दिन अस्पतालमै राखिने

प्रधानमन्त्री ओलीलाई छातीमा सङ्क्रमण, केही दिन अस्पतालमै राखिने

काठमाडौँ, १२ कात्तिक । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उहाँकोे शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटिआइ) का कारण चिनीको मात्रा असन्तुलित भएकाले ‘एन्टी बायोटिक इन्सुलेन्स’ दिई सूक्ष्म अवलोकनका लागि राखिएक...
राष्ट्रपति भण्डारी कतार प्रस्थान

राष्ट्रपति भण्डारी कतार प्रस्थान

काठमाडौँ, १२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ गर्नुभय...
लायन एयर दुर्घटनाग्रस्त, १८८ यात्रुको अवस्था अज्ञात

लायन एयर दुर्घटनाग्रस्त, १८८ यात्रुको अवस्था अज्ञात

जकार्ता, १२ कात्तिक । इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । उक्त जहाजमा चालक दलका सदस्य सहित एक सय ८८ जना रहेको अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै बिमानसँग राडारको सम्पर्क टुटेको थियो । उक्त जहाज समुद्रमा खसेको भेटिएको छ । भिडियो फुटेजमा समुद्रको पानीमाथि हवाईजहाजबाट चुहिएको तेल देखिएको छ ।...
ब्राजिलको राष्ट्रपतिमा बोल्सोनारो विजयी, प्रजातन्त्र खतरामा–विपक्षी

ब्राजिलको राष्ट्रपतिमा बोल्सोनारो विजयी, प्रजातन्त्र खतरामा–विपक्षी

रियो डे जेनेरियो, १२ कात्तिक । ब्राजिलको राष्ट्रपतिमा जेयर बोल्सोनारो निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा बोल्सोनारोले ५५ दशमलव १३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । विगतमा सैनिक अधिकृत रहिसकेका र उग्र–दक्षिणपन्थी भनेर चिनिएका ६३ वर्षीय बोल्सोनारोका विपक्षी वर्कर्स पार्टीका नेता फर्नान्डो हडाडले ४४ दशमलव ८७ प्रतिशत मत प्राप्त गर्नुभएको छ । बोल्सोन...
नेपाल र मलेसियाबीच श्रम समझदारीमा हस्ताक्षर, मलेसिया जाने कामदारलाई आर्थिक भार नपर्ने

नेपाल र मलेसियाबीच श्रम समझदारीमा हस्ताक्षर, मलेसिया जाने कामदारलाई आर्थिक भार नपर्ने

काठमाडौँ, १२ कात्तिक । नेपाल र मलेसियाबीच बहृप्रतिक्षित द्धिपक्षीय श्रम समझदारी (एमओआई) मा सोमबार काठमाडौंमा हस्ताक्षर भएको छ । मलेसिया नेपाली कामदारको प्रमुख गन्तब्य हो । जहाँ वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये २९ दशमलव ८८ प्रतिशत कार्यरत छन् । हायत होटलमा आयोजित द्धिपक्षीय उच्चस्तरीय बैठकपछि समझदारीमा हस्ताक्षर भएको हो। समझदारीमा श्रम,रोजगार तथा सामाजीक सुरक्षा मन्त्री गोकर्ण विष्ट र म...
विश्वकप ट्रफी आज वसन्तपुर घुमाइने

विश्वकप ट्रफी आज वसन्तपुर घुमाइने

काठमाडौँ, १२ कात्तिक । विगत चार दिनदेखि नेपालमा रहेकोे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी विश्वकप क्रिकेटको ट्रफी आज अन्तिम दिन वसन्तपुर घुमाइँदैछ । आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार आज दिउँसो ट्रफी वसन्तपुर घुमाइने र अपराह्न भारत लगिनेछ । नेपालमा रहँदा ट्रफीलाई पहिलो दिन शुक्रबार स्वयम्भू, दोस्रो दिन पोखरा र आइतबार चन्द्रागिरि पु¥याइएको थियो । आइतबार साँझ ट्रफी राष्ट्रिपति वि...
साफ यू–१५ मा नेपाल–बङ्गलादेश भिड्दै

साफ यू–१५ मा नेपाल–बङ्गलादेश भिड्दै

काठमाडौँ, १२ कात्तिक । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र बङ्गलादेशबीच खेल हुँदैछ । ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो २ः३० मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाल र बङ्गलादेश यसअघिको एक एक खेल जित्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् । आजको विजेता समूह विजेता बन्दै सेमिफाइलन पुग्नेछ । नेपालले आफ्नो पहिलो खेलमा माल्...
एक ह्प्तामा दुई जना अर्बपतिको उत्पादन गर्दै चीन

एक ह्प्तामा दुई जना अर्बपतिको उत्पादन गर्दै चीन

स्वीट्जरल्याण्ड । चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी) ले गरेको एक अध्ययनले जनाएको छ । चीनमा अर्बपतिहरूको सङ्ख्यामा सन् २०१६ मा ३१८ रहेकोमा सन् २०१७ भरीमा ३१७ जना पुगेका र उनीहरूको संयुक्त सम्पत्ती एक करोड खर्ब १२ अर्ब रहेको उक्त बैङ्कले गरेको सर्वेक्षण प्रतिवेदनले देखाएको छ । यसले चीन विश्वका धनाढ्य व्यवसायी उत्पादन गर्ने मु...
छिन्ताङ्ग शहीदकप फुटवल प्रतियोगिता सुरु

छिन्ताङ्ग शहीदकप फुटवल प्रतियोगिता सुरु

धनकुटा, १२ कात्तिक । शहीदभूमि गाउँपालिका–१ छिन्ताङ्गमा छैठौं छिन्ताङ्ग शहीदकप फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटनका अवसरमा शहीदभूमि–१ र ७ नम्बर वडाका सामुदायिक बिद्यालयका शिक्षकहरुवीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । मैत्रीपूर्ण खेलमा ७ नम्बरको टिम बिजयी भएको प्रतियोगिताका सञ्चार संयोजक भक्त खड्काले जानकारी दिए । यसैवीच प्रतियोगिता उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै शहीदमूमि गाउँ...
साँगुरीगढीका ९० वर्ष माथिका जेष्ठ नागरिक सम्मानित

साँगुरीगढीका ९० वर्ष माथिका जेष्ठ नागरिक सम्मानित

धनकुटा, १२ कात्तिक । धनकुटा साँगुरिगढी गाउँपालिकाको आयोजनामा साँगुरिगढी ७ र ८का ९० बर्ष माथिका ४ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। सो अवसरमा साँगुरिगढी ७ का ९८ वर्षिया मनमाया राई , ९१ वर्षिय भगिश्वर राई , ९० वर्षिय हैकम सिह राई र वडा नं ८ का १०० वर्षिया पदमश्वरी राईलाई नगद , दोसल्ला, तथा सम्मान पत्र ले सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई ६ देखि १० हजार नगद समेत प्रदान गरिएको थियो । साँगुरीगढी ...
error: Content is protected !!