पदम राई/संगालोखबर

धनकुटा, १२ कात्तिक । धनकुटा साँगुरिगढी गाउँपालिकाको आयोजनामा साँगुरिगढी ७ र ८का ९० बर्ष माथिका ४ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।

Advertisement

सो अवसरमा साँगुरिगढी ७ का ९८ वर्षिया मनमाया राई , ९१ वर्षिय भगिश्वर राई , ९० वर्षिय हैकम सिह राई र वडा नं ८ का १०० वर्षिया पदमश्वरी राईलाई नगद , दोसल्ला, तथा सम्मान पत्र ले सम्मान गरिएको हो ।

जेष्ठ नागरिकलाई ६ देखि १० हजार नगद समेत प्रदान गरिएको थियो । साँगुरीगढी ८ का वडा अध्यक्ष विनय राईक‍ो अध्यक्षतामा भएको सम्मान कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजङ् याक्खाको प्रमुख आथित्यता रहेको थियो ।

उक्त कार्यक्रममा साँगुरिगढी गाउँपालिका उपाध्यक्ष विन्द्र राई ७ का वडाध्यक्ष पूर्ण प्रसाद राई , गाउँपालिका सदस्य बालकृष्ण राई, शिक्षक बुद्धिजीवी सुर्यबहादुर मगरले मन्तव्य राखेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!