ईश्वर थापा/संगालोखबर

धनकुटा, १२ कात्तिक । धनकुटामा सोमबार भएको सवारी दुर्घटनामा परी दुई जना गम्भीर घाईते भएका छन् ।

Advertisement

कोसी राजमार्गको धरान-धनकुटा सडक खण्डमा पर्ने धनकुटा नगरपालिका वडा नं. ९ गुठिटार नजिक भएको दुर्घटनामा धनकुटा नगरपालिका वडा नं. ६ का २३ वर्षका सुदिप जोशी र ५९ वर्षका भागवत बहादुर जोशी गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

काठमाण्डौबाट तेह्रथुम आउँदै गरेको ना. ७ ख १३४७ नम्बरको अग्नी यातायातले विपरित दिशातर्फ गईरहेको २२ प ५५१ नम्वरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले बताएको छ । ठक्कर दिने बस र चालकलाई मुलघाट प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

घाईते मध्ये भागवतको विराटनगरको न्यूरो अस्पतालमा र सुदिपको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको धनकुटा प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!