पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला

पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला

बेझाड पाल्पा, ४ मङ्सिर । पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आव २०७४/७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए । सङ्क्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना बिरामी रहेका छन् । जिल्लाको मिसन अस्पतालबाट सङ्क्रमितले निःशुल्क एआरटी सेवा लिइरहेका छन् ।...
‘ए’ डिभिजन लिग: थ्रीस्टार शीर्ष स्थानमा (अङ्क तालिका सहित)

‘ए’ डिभिजन लिग: थ्रीस्टार शीर्ष स्थानमा (अङ्क तालिका सहित)

काठमाडौँ, ४ मङ्सिर । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सकिएका छन् । दोस्रो चरणका खेल सकिँदासम्म शतप्रतिशत नतिजा निकाल्दै थ्रीस्टार, मनाङ र सङ्कटा क्लब अङ्क तालीकाको शीर्ष तीन स्थानमा रहेका छन् । तीनै टोलीको समान ६ अङ्क भए पनि गोलअन्तरका आधारमा थ्रीस्टार शीर्ष स्थानमा छ । त्यसैगरी विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ तथा हिमालयन शेर्प...
८० बर्ष पुरानो सुत्रमै उत्पादन हुँदै आएका एन्टिबायोटिक विष बन्दै

८० बर्ष पुरानो सुत्रमै उत्पादन हुँदै आएका एन्टिबायोटिक विष बन्दै

काठमाडौँ, ४ मंसिर । ८० बर्ष पुरानो सुत्रमै उत्पादन हुँदै आएका एन्टिबायोटिक विषका रुपमा विकास भएको भन्दै विश्वव्यापी प्रश्न उठ्न थालेको छ । एन्टिबायोटिकको गलत प्रयोगले मानव स्वास्थ्यमा झनै खतरा बढाएकोमा विश्व समुदाय चिन्तित् बनेको छ । सन् १९९५ यता एन्टिबायोटिकको कुशल क्षमतामा ह्रास आएको चिकित्सकहरुले बताएका छन् । , आजको नयाँ पत्रिकामा यो खबर छ । स्वास्थ्य मन्त्रालयले नै एन्टिबायोटिकले महामारीको र...
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटः भारतमा २८ पटक घट्यो, तर नेपालमा भने ‘स्थिर’

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटः भारतमा २८ पटक घट्यो, तर नेपालमा भने ‘स्थिर’

काठमाडौँ, ४ मंसिर । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले दुई महिनाअघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ६५.९ डलर प्रतिब्यारेल कायम भएको छ । डेढ महिनाअघि कच्चा तेलको भाउ ८६....
विरासत फर्काउन एक हुँदै कोइराला परिवार, शेखरले भने- ‘कांग्रेसलाई दह्रो बनाउनु छ’

विरासत फर्काउन एक हुँदै कोइराला परिवार, शेखरले भने- ‘कांग्रेसलाई दह्रो बनाउनु छ’

काठमाडौँ, ४ मंसिर । नेपाली कांग्रेसभित्र १३औं महाधिवेशनपछि दोस्रो वरीयतामा झरेका कोइराला परिवारका नेता फेरि एकपटक १४औं महाधिवेशनबाट विरासत फर्काउन अघि बढेका छन् । हाल कोइराला परिवारबाट कांग्रेसको उच्च पदमा विश्वेश्वरप्रसाद कोइरालाका पुत्र डा. शशांक कोइराला महामन्त्री छन् । यस्तै, केशवप्रसाद कोइरालापुत्र डा. शेखर कोइराला र गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला केन्द्रीय सदस्यको भूमिकामा छन् ...
प्रकाश दाहालको स्मृतिमा थामिएन प्रचण्ड परिवारको आँसु

प्रकाश दाहालको स्मृतिमा थामिएन प्रचण्ड परिवारको आँसु

काठमाडौँ, ४ मंसिर । सधैं चहलपहल हुने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुलटलारमा मानिसहरुको उपस्थिति बाक्लो रहेपनि सबै मौन देखिन्थे । मानिसहरुको भिड भएर पनि त्यहां सन्नटा छाएको थियो । सबैको अनुहार मलिन थियो । प्रचण्ड पुत्र प्रकाश दाहालको प्रथम स्मृति दिवसको अवसरमा उपस्थित सबै प्रकाशको संझना गरिरहेका थिए । एक बर्ष अघि हृदयघातको कारण निधन भएका प्रकाशको स्मृतिमा परिव...
छाती र पेट जोडिएका जुम्ल्याहा शिशु जन्मिए

छाती र पेट जोडिएका जुम्ल्याहा शिशु जन्मिए

वीरेन्द्रनगर, ४ मंसिर । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पतालमा छाती र पेटको माथिल्लो भाग जोडिएका दुई बालिकालाई अप्रेसन गरी निकालिएको छ । अस्पतालमा आइतबार कालिकोटको रास्कोट नगरपालिका–५ स्युनाकी ललिता बुढाको कोखबाट शरीर जोडिएका दुई बालिकालाई निकालिएको हो । दुई बालिकाको तौल ३ किलो ६ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।बालिकाहरुलाई अस्पतालको एनआईसीयूमा राखिएको छ । बालिका र आमा स...
दाहोरो कर उठाउन नपाउने निर्णय चाँडै अाउने

दाहोरो कर उठाउन नपाउने निर्णय चाँडै अाउने

काठमाडौँ, ४ मंसिर । सरकारले दोहोरो कर उठाउन नपाइने गरी व्यवस्था गर्न लागको छ । संघ, प्रदेश र स्थानीय निकायले जथाभावी कर उठाउन थालेपछि मन्त्रालयले समिति गठन गरी अध्ययन गरेको थियो । आजको गोरखापत्र दैनिकमा यो खबर छ छ । सातौँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा दोहोरो कर नलाग्ने गरी मन्त्रिपरिषद्को निर्णय गर्न लागेको जानका...
निर्वाचनसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्न आवश्यक

निर्वाचनसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्न आवश्यक

काठमाडौँ, ३ मङ्सिर । विद्यालय तहको पाठ्यक्रममा नै निर्वाचन शिक्षासम्बन्धी विषय पाठयक्रममा अनिवार्य गराइनुपर्ने सरोकारवाला व्यक्तिहरुको बताएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले आज यहाँ आयोजना गरेको ‘निर्वाचन समीक्षा: सरोकार र समालोचना’ विषयक छलफल कार्यक्रमका सहभागीले सो धारणा राख्नुभएको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले यसअघिका निर्वाचन निष्पक्ष र भयरहित हुन ...
पूँजीगत खर्च बढाऊ, गैरबजेटरी शीर्षकमा रकम नमाग : अर्थ समिति

पूँजीगत खर्च बढाऊ, गैरबजेटरी शीर्षकमा रकम नमाग : अर्थ समिति

काठमाडौँ, ३ मङ्सिर । प्रतिनिधिसभा, अर्थ समितिले पूँजीगत खर्च बढाउन तथा गैरबजेटरी शीर्षकमा बजेट माग गर्ने प्रवृत्तिको अन्त्य गर्न विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका नेतृत्वलाई सुझाव दिएको छ । समितिको आजको बैठकमा अर्थ, भौतिकपूर्वाधार तथा यातायात, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपछी विकास मन्त्रालयको चार महीनाको पूँजीगत खर्चको अवस्था र गैरबजे...
समाजवाद ल्याउन युवा विद्यार्थी लागेमात्र प्रकाशप्रति श्रद्धाञ्जली हुने: प्रवक्ता श्रेष्ठ

समाजवाद ल्याउन युवा विद्यार्थी लागेमात्र प्रकाशप्रति श्रद्धाञ्जली हुने: प्रवक्ता श्रेष्ठ

काठमाडौँ, ३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट युवा तथा विद्यार्थी सङ्ंगठनले तत्कालीन नेकपा माओवादी केन्द्रका युवा नेता प्रकाश दाहालको ‘प्रथम स्मृति दिवस’का अवसरमा आज यहाँ श्रद्धाञ्जलीसभा तथा दीप प्रज्वलन गरेका छन् । माइतीघरमा आयोजित श्रद्धाञ्जलीसभामा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा नेता प्रकाशको नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान रहेको बताए। नेपाली समाज परिवर्तन गर्न...
केराको आयात घटाउन भन्सार दर बढाउने सरकारको तयारी

केराको आयात घटाउन भन्सार दर बढाउने सरकारको तयारी

काठमाडौँ, ३ मङ्सिर । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताउनुभएको छ । कति मात्रामा कसरी केराको भन्सार दर बढाउने भन्नेबारेमा अर्थमन्त्री डा युवराज खतिवडासँग निरन्तर छलफल भइरहेको समेत मन्त्री खनालले जानकारी दिनुभयो । विभिन्न दश जिल्लाबाट आएका केरा उत्पादक सङ्घको ज्ञापन पत्र बुझ्दै मन्त्री खनालले अर्थमन्त्रीसँग व...
न्यून आय भएका विद्यार्थीका लागि ब्लुमबर्गले दिए १ अर्ब ८० करोड डलर चन्दा

न्यून आय भएका विद्यार्थीका लागि ब्लुमबर्गले दिए १ अर्ब ८० करोड डलर चन्दा

बाल्टीमोर, ३ कात्तिक । संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिनुभएको छ । यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गराउन आफूले दान गरेको ब्लुमबर्गले बताउनुभएको छ । बाल्टीमोरमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले अर्को सत्रदेखि ...
राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ

राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ

फिदिम, ३ मङ्सिर । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुभारम्भ गरेका छन । सो अवसरमा गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट राष्ट्रिय परिचयपत्र ग्रहण गरेका छन । सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले मुलुकमा सुशासन र स्थिरता कायम गर्न तथा समृद्ध राष्ट्र निर्माण गर्न राष्ट्रिय पर...
सोलुखुम्बु जिल्ला अदालतले एक करोड जरिवाना उठाउन बाँकी

सोलुखुम्बु जिल्ला अदालतले एक करोड जरिवाना उठाउन बाँकी

सोलुखुम्बु, ३ मङ्सिर । सोलुखुम्बु जिल्ला अदालतले रु एक करोड १२ लाख ६६ हजार ५१२ जरिवाना उठाउन बाँकी छ । अदालतको विवरणानुसार कात्तिक मसान्तसम्म दण्ड जरिवाना तोकिएका व्यक्ति तथा संस्थाबाट उक्त जरिवाना रकम उठ्न बाँकी भएको हो । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको जरिवाना रकमसहित रु एक करोड ३१ लाख छ हजार ६७२ रहेकामा कात्तिक महीनासम्ममा रु १८ लाख ४० हजार १६० सङ्कलन भएको जिल्ला न्यायाधीश नारायण...
न्यूनदृष्टियुक्तको क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै

न्यूनदृष्टियुक्तको क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै

विराटनगर, ३ मङ्सिर । नेत्रहीन क्रिकेट सङ्घ नेपालले शहीद रङ्गशालामा ‘प्रथम रोनाल्ड म्यकुली कप’ सञ्चालन गर्ने भएको छ । प्रतियोगिता यही मङ्सिर ५ दखि ८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा म्याग्दी, झापा, बर्दिया र त्रिभुवन आर्मी क्लब सहभागी हुने सङ्घका केन्द्रीय अध्यक्ष पवन घिमिरेले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । विश्व नेत्रहीन क्रिकेट परिष्दको न्यूनदृष्टियुक्त क्रिकेट खेल नियमानुसार ट...
क्यालिफोर्नियामा डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुग्यो

क्यालिफोर्नियामा डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुग्यो

प्याराडाइज, अमेरिका, ३ मङ्सिर । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि शुरु भएको यस डढेलोमा परी ७७ व्यक्तिको मृत्यु भएको काउन्टीका प्रहरी अधिकृत कोरी होनेआले बताउनुभएको छ । यस विपदमा हराइरहेका व्यक्तिहरुको संख्या १२ सय भन्दा बढी भएको बताइएको थियो । तर यो संख्य...
नेपाल भारतमैत्री मुसायरा कार्यक्रम सम्पन्न

नेपाल भारतमैत्री मुसायरा कार्यक्रम सम्पन्न

इनरुवा, ३ मङ्सिर । सुनसरीको हरिनगर गाउँपालिका– १ रामनगर, भुटाहामा पहिलोपटक नेपाल भारतमैत्री मुसायरा कार्यक्रम आज बिहान सम्पन्न भएको छ । विभिन्न स्थानीय तह र हरिनगर गाउँपालिकाका विभिन्न सङ्घ संस्थाको सहयोग तथा एलाइन्स नेपालको संयोजनमा आइतबार साँझबाट शुरु भएको कार्यक्रम आज बिहानै सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष नइम अन्सारीले जानकारी दिए। कार्यक्रममा नेपाल र भारतका बहुभाषिक कवि, सायर एवं सायर...
धनकुटामा १४ हजार बोट गाँजा फडानी

धनकुटामा १४ हजार बोट गाँजा फडानी

धनकुटा, ३ मंसिर । प्रहरीले धनकुटाका बिभिन्न स्थानमा १४ हजार भन्दा बढी गाँजाको बोट फडानी गरेको छ । जिल्लाको शहिदभूमी गाउँपालिका र साँगुरीगढी गाउँपालिकाका बिभिन्न स्थानमा रहेको १४ हजार ६ सय ८० बोट अवैध गाँजा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शहिदभूमी गाउँपालिका–१ कर्कले गुर्धुम, गोपालपुर, घंगरु, हंगुवा, सफाईधाप, धाप, तित्रे लगायत स्थानमा ९ हजार १ सय ८० बोट र साँगुरीगढी गा...
‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै

‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै

काठमाडौँ, ३ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुँदैछन् । आज तीन वटा खेल भएसँगै दोस्रो चरणका खेलसमेत समाप्त हुँदैछन् । तेस्रो चरणको खेल मङ्सिर ६ गतेदेखि पुनःशुरु हुनेछ । आज जावलाखेल युथ क्लब र सङ्कटाबीच पहिलो तथा फ्रेन्ड्स क्लब र सशस्त्र प्रहरीको एपिएफबीच दोस्रो खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ भने आजै सरस्वति क्बल र हिमालयन शेर्पाबीच हल्चोकस्थित सशस्...
देशभरका नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड

देशभरका नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौँ, ३ मङ्सिर । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजन...
जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

बेझाड, ३ मङ्सिर । पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । लु२च ५०३५ नंको जिप बाग्लुङको बरेङ्ग गा...
सात लाखको लुटपाट, पाँच जना घाइते

सात लाखको लुटपाट, पाँच जना घाइते

गौशाला, ३ मङ्सिर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ । डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । प्रहरी नायब उपरीक्षक खड्काका अनुसार सशस्त्र डाँकाले गएराति सोनमा गापा–३ खखनाका ललिन यादवको घरको मूल ढोका फोडेर घरभित्र प्रवेश गरी घरका सदस्यलाई...
सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको तयारीमा राजपा

सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको तयारीमा राजपा

काठमाडौं, ३ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिई दबाबमूलक आन्दोलन गर्ने भएको छ । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले आफूहरूले उठाउँदै आएको माग सम्बोधन नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर दबाबमूलक आन्दोलन गर्ने बताए । ‘सरकारको रवैया यस्तै रहिरह्यो भने हामी समर्थन फिर्ता लिएर आन्दोलनमा जाने भन्ने कुरा पहिलेदेखि नै भन्दै आएका छौं,’ भण्...
अदालतको फैसला नटेर्नेहरूले अब सार्वजनिक सेवा नपाउने

अदालतको फैसला नटेर्नेहरूले अब सार्वजनिक सेवा नपाउने

काठमाडाैँ, ३ मङ्सिर । अदालतको फैसला नटेर्नेहरूले अब सार्वजनिक सेवा नपाउने भएका छन्। फैसला कार्यान्वयन निर्देशनालयले विशेष अभियान सुरु गर्दै स्थानीय तहमार्फत कैद तथा जरिवाना लगत भएका व्यक्तिलाई सरकारी सेवा उपलब्ध नगराउन पत्राचार गरेको हो। अब अदालतको फैसला अन्तिम भई कैद तथा जरिवाना लगत बाँकी रहेका व्यक्तिले सरकारी सुविधा पाउने छैनन्। लामो समयदेखि निर्देशनालयले सो व्यवस्था कार्यान्वयन गर्न प्रयास ...
कतारले अाफ्नै स‌ंस्थामार्फत नेपालमै कामदारकाे स्वास्थ्य परीक्षण गर्ने

कतारले अाफ्नै स‌ंस्थामार्फत नेपालमै कामदारकाे स्वास्थ्य परीक्षण गर्ने

काठमाडौं, ३ मङ्सिर। नेपालमा गरिने स्वास्थ्य परीक्षणको गुणस्तरीयताप्रति पटक-पटक प्रश्न उठाउँदै आएको कतारले अन्तत: आफ्नो देशमा जाने कामदारको स्वास्थ्य परीक्षण आफ्नै स्वास्थ्य संस्थामा गर्ने भएको छ। खाडीका केही मुलुक तथा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नेपाल सरकारले केही स्वास्थ्य संस्थालाई अनुमति दिएको छ। तर कतारले भने कामदार लिंदै आएका स्रोत मुलुकमा कतारको स्वास्थ्य मन्त्रालय मातहत रह...
नेविसङ्घको म्याद दुई महीना थपियो

नेविसङ्घको म्याद दुई महीना थपियो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई महीना थप भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले सङ्घको विधानलाई परिमार्जनसहित स्वीकृत गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिनुभयो । नेविसङ्घको विधानअनुसार वर्तमान केन्द्रीय...
कोरियामा नेपाली कामदारको माग उच्च, बढाइयाे काेटा

कोरियामा नेपाली कामदारको माग उच्च, बढाइयाे काेटा

काठमाडौं, ३ मङ्सिर। कोरियाले रोजगार अनुमति प्रणालीमार्फत माग गर्ने नेपाली युवाको संख्या गत वर्षभन्दा बढाउने भएको छ। कोरियाका रोजगारदाताले नेपाली कामदार इमान्दार, मेहनती र अवैधानिक बस्नेको संख्या कम रहेको जनाउँदै माग बढाउँदै लगेको हो। कोरिया इपीएसमार्फत नेपाली कामदारको माग बढाउन थालेपछि नेपालले पनि रोजगार आवेदन दिएका थप चार हजार युवाको नाम कोरिया पठाएको खबर कारोबार दैनिकमा  छ। कोरिया सरकारले आग...
हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या

हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या

इलाम, ३ मङ्सिर। यसक्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढेपनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको छ । सरकारले चियाको बजारीकरणको राम्रो व्यवस्था नगरिदिँदा चिया निकासी हुन नसकेको चिया उद्यमीको गुनास...
“हरि बोधिनी एकादशी” तुलसीको विवाह गरि मनाइँदै

“हरि बोधिनी एकादशी” तुलसीको विवाह गरि मनाइँदै

काठमाडौँ, ३ मंसिर । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ। आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आजै ब्युँझिएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महीना विष्णुका भक्तले तुल...
दुई महीनाभित्र नेविसङ्घको महाधिवेशन गर्न माग

दुई महीनाभित्र नेविसङ्घको महाधिवेशन गर्न माग

काठमाडौँ, २ मङ्सिर । राजधानीस्थित नेपाल विद्यार्थी सङ्घका क्याम्पस एकाईले वर्तमान केन्द्रीय कार्य समितिले नै दुई महीनाभित्र १२औँ महाधिवेशन गर्नुपर्ने माग गरेका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर, जनमैत्री, थापाथली, पब्लिक युथ, जनप्रशासन, ग्रामीण आदर्शलगायत एकाईले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अर्को तदर्थ समिति गठन गर्दा महाधिवेशन ढिला हुने भएकाले वर्तमान कार्य सम...
error: Content is protected !!