शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजको पहिलो जीत

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजको पहिलो जीत

काठमाडौँ, ७ मङ्सिर । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेलमैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइजले विभागीय टोली एपिएफलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । यस जीतसँगै ब्रिगेड ब्वाइवले अङ्क तालीकामा तीन अङ्क बटुलेको छ । ब्रिगेड ब्वाइजको जीतमा मनोज राई, ...
नेपाल विद्यार्थी सङ्घका महामन्त्री काफ्ले खतरामुक्त

नेपाल विद्यार्थी सङ्घका महामन्त्री काफ्ले खतरामुक्त

काठमाडौँ, ७ मङ्सिर । हृदयाघात भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रको सघन उपचार कक्षमा उपचाररत नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्ले खतरामुक्त रहेको अस्पतालले जनाएको छ । भर्खरै चिकित्सकले दिनुभएको जानकारीअनुसार उनी खतरामुक्त रहेको र अझै २४ घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कुमार दुलालले जानकारी दिए । काफ्लेलाई आज बि...
काश्मिरमा भएको गोली हानाहानमा छ जना लडाकूको मृत्यु

काश्मिरमा भएको गोली हानाहानमा छ जना लडाकूको मृत्यु

काश्मिर, भारत, ७ मङ्सिर । सधैँ अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा छ जना विद्रोही लडाकूको मृत्यु भएको प्रहरीले जनाएको छ । काश्मिरको सुटकिपोरा गाउँ अर्थात् श्रीनगर शहरबाट ४८ किलोमिटर दक्षिणमा शुक्रबार बिहानै गोली चलेको थियो । भारतीय प्रहरी र सैनिकको संयुक्त गस्तीमा आतङ्कवादी आक्रमण भएलगत्तै दोहोरो भिडन्त भएको बताइएको छ । गुप्तचर निकायले दिएको सूचनाअनुसार स...
प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व मिथिलाञ्चलमा सम्पन्न

प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व मिथिलाञ्चलमा सम्पन्न

गौशाला, ७ मङ्सिर । मिथिलञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व गएराति सम्पन्न भएको छ । कात्तिक पञ्चमीका दिनदेखि शुरु भई १० दिनसम्म चलेको सामा चकेवा पर्व एघारौँ दिन अर्थात पूर्णिमाको राति (गएराति) धुमधामका साथ विभिन्न नदी, पोखरी तथा ताल तलैयामा गएर सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन भएको छ । दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरी, बुहारी तथा महिलाले आ–आफ्ना ...
चितवनमा एक सय ३८ नयाँ एचआइभी सङ्क्रमित

चितवनमा एक सय ३८ नयाँ एचआइभी सङ्क्रमित

चितवन, ७ मङ्सिर । सन् २०१८ को हालसम्म जिल्लामा १३८ जना एचआइभी सङ्क्रमित थपिएका छन् । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकियर फाउण्डेशन (एएचएफ) नेपालले सङ्कलन गरेको तथ्याङ्कअनुसार यो वर्ष फेला परेका सङ्क्रमितमध्ये ७० पुरुष, ६३ महिला र पाँच बालबालिका रहेका छन् । फाउण्डेशनका क्षेत्रीय कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार यस वर्ष सङ्क्रमित १० जनाको मृत्यु भएको छ । जसमध्ये आठ जना पुरुष र दुई जन...
नेबिसंघका महामन्त्री काफ्लेलाई हृदयघात

नेबिसंघका महामन्त्री काफ्लेलाई हृदयघात

काठमाडौँ, ७ मङ्सिर । नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ । काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो । उनलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचार कक्ष सिसियुमा राखेर उपचार भइरहेको नेविसङ्घका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । काफ्ले नेविसङ्घको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुनुहुन्छ ।
निर्मला हत्या प्रकरणः ‘धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ, अनुसन्धानमै छौँ’

निर्मला हत्या प्रकरणः ‘धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ, अनुसन्धानमै छौँ’

भीमदत्तनगर, ७ मङ्सिर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहनुभएका उहाँका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दबाबका निम्ति धर्नामा बस्नुभएको छ । यसअघि काठमाडौँ पुगेर प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै प्रतिपक्षी दलका नेतासम्मलाई छोरीको हत्यारालाई कारवाहीको गुहार मागेका निर्मलाका बुवा÷आ...
डडेल्धुरा बस दुर्घटना अपडेट : ज्यान गुमाएका १८ जनाको सनाखत

डडेल्धुरा बस दुर्घटना अपडेट : ज्यान गुमाएका १८ जनाको सनाखत

डोटी, ७ मङ्सिर । डडेल्धुरा–डोटी जोड्ने डा केआई सिंह राजमार्गको रडुवा खोलामा विहीबार साँझ भएको डोटीको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कूलको बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत सनाखत भएको छ । ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीले दिनुभएको जानकारीअनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका–२ का २१ वर्षीय केशव कडायत, सोही नग...
चीनमा झण्डै चार लाख गैरसरकारी संस्था

चीनमा झण्डै चार लाख गैरसरकारी संस्था

बेइजिङ । चीनमा समुदायमा आधारित गैर नाफामुलक संस्थाहरूको संख्या झण्डै चार लाख पुगेको छ । नागरिक मामिला सहायक मन्त्री झान चेङफुले तीन लाख ९३ हजार गैर नाफामुलक सामुदायिक संस्थाहरू पुगेको बिहीबार जानकारी दिनुभयो । विषेशगरेर छिमेकीहरूलाई सहयोग गर्ने, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने र खेलकुद प्रतियोगिता आयोजना गर्नेलगायतका कामहरू यी संस्थाहरूले गर्ने उहाँले बताउनुभयो । त्यसैगरी ग्रामीण क्षेत्रमा ...
तनहुँको शुक्लागण्डकी नगरपालिकाका वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता

तनहुँको शुक्लागण्डकी नगरपालिकाका वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता

दमौली, ७ मङ्सिर । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गराएकी हुन। उनको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक श्रवणकुमार विकले वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी द...
इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै

इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै

काठमाडौँ, ७ मङ्सिर । यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन/तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियमाअनुसार क्लबहरुले विदेशी खेलाडीलाई क्लबमा भित्र्याउन थालेका छन् । आजै चितवन टाइगर्सले आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङलाई क्लबमा भित्र्...
त्रिवि अन्तर्गतका आङ्गिक क्याम्सहरु आज बन्द हुने

त्रिवि अन्तर्गतका आङ्गिक क्याम्सहरु आज बन्द हुने

काठमाडौँ,७ मङ्सिर । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आङ्गिक क्याम्पस आज बन्द हुने भएको छ । त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा. डा. कमलप्रकाश मल्लको निधनको शोकमा विश्वविद्यालयले आफ्ना सबै कार्यालय र आङ्गिक क्याम्पस बन्द गर्ने निर्णय गरेको हो । विश्वविद्यालय रजिष्ट्रार कार्यालयले सूचना जारी गरी आज विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय बन्द हुने जनाएको छ । मल्लको गत मङ्सिर १ गते निध...
भोजपुरमा शहीद स्मृति कभर्ड हल निर्माण अलपत्र

भोजपुरमा शहीद स्मृति कभर्ड हल निर्माण अलपत्र

भोजपुर, ७ मङ्सिर । जिल्ला सदरमुकाममा निर्माण थालिएको शहीद स्मृति कभर्ड हल अहिले अलपत्र बनेको छ । तत्कालीन माओवादी नेतृत्वको सरकारले शहीदको सम्झनामा पाँच वर्षअघि निर्माण थालेको हल अलपत्र हुँदा अहिले त्यहाँ झाँडी बनेको छ । निर्माण कार्यले निरन्तरता नपाउँदा सरकारको लाखौँ लगानी खेर गइरहेको छ । २५ लाखको लागतमा निर्माण थालिएको सो हल जग हालेपछि अलपत्र बनेको हो । एक रोपनी बढी क्षेत्रफलमा निर्माण शुरु ग...
दुहबीको जनजीवन सामान्य हुँदै

दुहबीको जनजीवन सामान्य हुँदै

इनरुवा, ७ मङ्सिर । सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीका फिदा हुसेनको हत्याको विषयलाई लिएर तनावग्रस्त दुहबीको जनजीवन सामान्य हुँदै गएको छ । विरोध प्रर्दशनरत पक्ष र स्थानीय प्रशासनबीच बिहीबार सहमति भएपछि आन्दोलरत पक्षले आफ्नो सम्पूर्ण आन्दोलनको कार्यक्रम फिर्ता लिएकाले त्यहाँको जनजीवन सामान्य हुँदै गएको हो । बुधबार दिउँसोबाटै सहमतिको प्रयास थालिएकामा बिहीबार सहमति जुटेसँगै दुई दिनदेखि अवरुद्ध कोशी...
तेह्रथुमको पिप्लेमा आगलागी, सात लाख बराबरको क्षति

तेह्रथुमको पिप्लेमा आगलागी, सात लाख बराबरको क्षति

तेह्रथुम, ७ मङ्सिर । म्याङलुङ नगरपालिका–४ पिप्लेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीयवासी तुलसी गड्तौलाको घरमा आगलागी हुँदा  सात लाख मूल्यबराबरको सामान जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार घरको चुलोबाट अचानक निस्किएको आगो दुईतले कच्ची घरको बनेको फुसको छानोसम्म पुग्दा घरसहित  १० हजार, घरभित्र रहेको अन्नपात, काठपात, भाडावर्तन र लत्ताकपडा जलेर नष्ट भएको हो । आगलाग...
सरकारले सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने

सरकारले सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने

काठमाडौंँ, ७ मङ्सिर । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले देशका ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । यो निर्णयले स्थानीय तहबाटै रोजगारीका लागि आवश्यक प्रक्रिया सुरु गर्न बाटो खुलेको छ । नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को कात्तिक २९ र मङ्सिर ३ गतेका निर्णय सार्वजनिक गर्नुहुँदै यस्तो जानकारी दिनुभएको हो ।
धनकुटामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा, ७ मंसिर । धनकुटामा गएराति पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–२ स्थित हिले–भीरगाँउ ग्रामिण सडकमा को.१ ज.१६५४ नम्बरको तरकारी बोक्ने पिकअप दुर्घटना हुँदा चालक भीरगाउँका ४१ बर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको हो । भीरगाँउको ढाँडखर्क सामुदायिक वन नजिक अनियन्त्रित भई पिकअप दुर्घटना भएको प्रहरी चौकी हिलेका इन्चार्ज यदु कुमार खड्काले संगालोखबरलाई जानकारी दिए ।...
फेसबुकले मात्र लान्छ नेपालबाट बर्षमा १३ अर्ब

फेसबुकले मात्र लान्छ नेपालबाट बर्षमा १३ अर्ब

काठमाडौँ, ७ मंसिर । फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन्। विज्ञापन तथा व्यवस्थापन प्रवद्धनका नाममा सामाजिक सञ्जालको ठूूलो परिणाममा नाफा कमाइरहेपनि नियमितन हुँदा राज्यले करोडौं राजस्व गुमाइरहेको छ। सबैभन्दा ठूलो सामाजि सञ्जाल फेसबुक इनले आफ्ना उत्पादन फेसबुक, हवाट्एप, इन्सटाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्...
‘ए’ डिभिजन लिग अन्तर्गत अाज ३ खेल हुँदै, मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा

‘ए’ डिभिजन लिग अन्तर्गत अाज ३ खेल हुँदै, मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत अाज शुक्रबार तीनवटा खेल हुँदैछन् । अाज पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा मछिन्द्र क्लब र सङ्कटा क्लबबीच हुनेछ । ब्रिगेड ब्वाइज अघिल्लो दुई खेलम...
भारतले बेच्यो नेपालको खोला

भारतले बेच्यो नेपालको खोला

काठमाडौँ, ७ मंसिर । भारतले नेपालको एउटा खोला चिनियाँ कम्पनीलाई बेचेको छ । भारतीय कम्पनी जीएमआरले माथिल्लो मस्र्याङ्दी–२ जलविद्युद्त आयोजनाको लाइसेन्स ११ वर्ष ‘होल्ड’ गरेको थियो । त्यही आयोजना उसले अहिले तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ । ६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको हो । यो बेचबिखनलाई लगानी बोर्डले समेत स्वीकृत गरिसकेको छ...
मिस वर्ल्डमा अग्रता लिँदै नेपालकी शृंखला

मिस वर्ल्डमा अग्रता लिँदै नेपालकी शृंखला

काठमाडौँ, ७ मंसिर । यतिबेला चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी भिडन्तमा छन् । सुरुवातमै आफ्नो दाबेदारी बलियो देखाएकी २३ बर्षिय मिस नेपाल शृंखला खतिवडा टप ३२ मा परेकी थिईन् । प्रतिस्पर्धा अन्र्तगत विभिन्न् फरक ईभेन्टमा भाग लिँदै अघि बढेकी खतिवडा भोटिङमा भने सबैभन्दा अगाडि छिन् । मिस वल्र्ड आयोजनकको वे साईटका अनुसार हालसम्मको अत्याधिक भोट पाउने प्रतिस्पर्धीमा खतिवडा ...
सिआइबीलाई वन्यजन्तु अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय पुरस्कार

सिआइबीलाई वन्यजन्तु अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ, ६ मङ्सिर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई वन्यजन्तु अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । युनाइटेड नेशन इन्भाइरमेन्ट प्रोगामअन्तर्गत द युनाइटेड नेशन डेभलपमेन्ट प्रोग्राम युनाइटेड नेशन अफिस अन ड्रग एण्ड क्राइम, युएसआइडी, फ्रिल्याण्ड फाउण्डेशन, गर्भमेन्ट अफ स्वीडेन र नर्वेको सहयोग तथा साझेदारीमा निर्मित पुरस्कार केन्द्रीय अनुसन्धान ब्युरोलाई प्रदान ग...
त्रिभुवन विश्वविद्यालयको ४४ औँ दीक्षान्त समारोहमा नौ हजार विद्यार्थी दीक्षित हुँदै

त्रिभुवन विश्वविद्यालयको ४४ औँ दीक्षान्त समारोहमा नौ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ, ६ मङ्सिर । त्रिभुवन विश्वविद्यालयको ४४र्आँ दीक्षान्त समारोहमा नौ हजार ४९२ विद्यार्थी दीक्षित हुने भएका छन् । गत वर्षभन्दा यो वर्ष दीक्षित हुने विद्यार्थीको सङ्ख्या एक हजार २२३ बढी हो । गत वर्ष आठ हजार २६९ विद्यार्थी दीक्षित भएको थिए । यस वर्ष दीक्षित हुनका लागि अनलाइन फारमबाट निवेदन माग गरेकाले सङ्ख्या बढेको त्रिवि परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए।...
वीपी प्रतिष्ठानको एमडिएमएसमा विदेशी विद्यार्थीको सिट नेपालीलाई

वीपी प्रतिष्ठानको एमडिएमएसमा विदेशी विद्यार्थीको सिट नेपालीलाई

मंसिर, ६ विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विदेशी सिटमा विद्यार्थी भर्ना नगरेको भन्दै परेको उजुरीमा उच्च अदालत विराटनगरले प्रतिष्ठानको पक्षमा फैसला गरेको छ । गत साउनमा प्रतिष्ठानले लिएको एमडिएमएसको प्रवेश परीक्षा उत्तिर्ण गरेका तर, काउन्सेलिङमा नआएका तीन विदेशी विद्यार्थीले आफुहरुको पढ्न पाउने अधिकार हनन भएको भन्दै उच्च अदालतमा दायर गरेकोमा मुद्दामा अदालतले प्रक्रियाभन्दा ब...
असहायको सहारा बन्दै डा. शर्मा

असहायको सहारा बन्दै डा. शर्मा

मोरङ, ६ मंसिर । आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरुका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दर्बिलो सहारा बनेका छन् । उपचार गर्न नसकी घरमै थलिएर बसेका गरिब तथा असहायहरुलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाएर उनीहरुको उद्धार गर्दै आएका छन् । गाउँ–गाउँमा रहेका गरिव तथा असहाय बिरामीहरुको खोजी–खोजी उपचार गर्दै आएका डा.शर्माले विगत एक साताको अवधिमा तीन जना ...
स्कूल बस दुर्घटनामा १३ जनाको मृत्यु, ३५ भन्दा बढी घाइते

स्कूल बस दुर्घटनामा १३ जनाको मृत्यु, ३५ भन्दा बढी घाइते

अमरगढी, ६ मङ्सिर । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा आज साँझ बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार भाडामा लिइएको डोटीको क्रिस बोर्डिङ स्कूल बस दुर्घटनामा परेको हो । अमरगढी–५ स्थित उग्रतारा मन्दिरमा आज लागेको मेलाबाट घर फर्किँदै गरेका यात्रु दुर्घटनामा परेक...
एएफसी कपको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘इ’ मा

एएफसी कपको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘इ’ मा

काठमाडौँ, ६ मङ्सिर । एशियाली फुटबल महासङ्घले सन् २०१९ मा हुने ‘एएफसी कप फुटबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा आज सार्वजनिक गरेको खेल तालिका अनुसार सो प्रतियोगितामा नेपालको पनि सहभागिता रहनेछ । एएफसी कपमा एशियाका ३६ क्लबले भाग लिनेछन् । नेपालको तर्फबाट हाल काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता एएफसी कपमा सहभागी हुनेछ ।...
‘ए’ डिभिजन लिग: मनाङको अपराजित यात्रा कायमै

‘ए’ डिभिजन लिग: मनाङको अपराजित यात्रा कायमै

काठमाडौँ, ६ मङ्सिर । मनाङ मस्र्याङ्दी क्लबले यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आज एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ मस्र्याङ्गीले थ्री स्टार क्लबलाई २–१ गोलअन्तरले पराजित ग¥यो । मनाङका लागि अञ्जन विष्टले खेलको ११औँ मिनेटमा गोल गरेका थिए । हेमन गुरुङको पासमा अञ्जनले गोल गरेका थिए । खेलको १९औँ मिनेटमा थ्री स्टारका विजय धिमालले आत्...
ट्रकोमा निवारण गर्ने दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र नेपाल

ट्रकोमा निवारण गर्ने दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र नेपाल

काठमाडौँ, ६ मङ्सिर । संसारकै सबैभन्दा पुरानो सङ्क्रामक रोग ट्रकोमा (खस्रे रोग) निवारण गर्ने नेपाल दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र बनेको छ । तोकिएको मापदण्ड पूरा गरेपछि विश्व स्वास्थ्य सङ्गठनले ट्रकोमा निवारण गर्नेमा नेपाललाई सो क्षेत्रका आफू अन्तर्गतका ११ राष्ट्रमध्ये दक्षिण–पूर्वी एशियाकै पहिलो देश घोषणा गरेको हो । राजधानीमा आज आयोजित ट्रकोमा रोग निवारण समारोहमा विश्व स्वास्थ्य सङ्गठन–दक्ष...
असहायको दर्बिलो सहारा बन्दै नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा

असहायको दर्बिलो सहारा बन्दै नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा

मोरङ, ६ मंसिर । आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरुका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दर्बिलो सहारा बनेका छन् । उपचार गर्न नसकी घरमै थलिएर बसेका गरिब तथा असहायहरुलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाएर उनीहरुको उद्धार गर्दै आएका छन् । गाउँ–गाउँमा रहेका गरिव तथा असहाय बिरामीहरुको खोजी–खोजी उपचार गर्दै आएका डा.शर्माले विगत एक साताको अवधिमा तीन जना ...
झापामा मेवाको व्यावसायिक खेती शुरु

झापामा मेवाको व्यावसायिक खेती शुरु

भद्रपुर, ६ मङ्सिर । गुलियो र पोषिलो मानिने मेवालाई फलफूलको ‘राजा’ मानिन्छ । लटरम्म पहेलपुर भएर फलेका मेवाका बोट गाउँघरमा जहाँ पनि देख्न पाइन्छ । तर यसको व्यावसायिक खेती भने हुन सकेको छैन । स्वास्थ्यका लागि अति गुनिलो फल मेवाको माग पोराख, नेपालगञ्ज, काठमाडौँलगायत प्रमुख शहर र बजारमा राम्रै छ । बजारमा बढ्दो माग र उत्पादन कम भएको अवस्थामा झापाका दुई किसानले मेवाको व्यावसायिक खेती शुरु गरेका छन् । ...
error: Content is protected !!