आफन्तबाटै ५ किशोरी बलात्कृत

आफन्तबाटै ५ किशोरी बलात्कृत

काठमाडौंँ । अघिल्लो महिनाको दोस्रो साता सप्तरीमा एकजनाले बहिनीलाई बलात्कार पछि हत्या गरे । केही महिनाअघि धरानमा हजुरआमाको किरिया बार्न मामाघर पुगेका दुई दिदीबहिनी आफन्तबाटै बलात्कारमा परे । धरानमै एक व्यक्तिले भान्जीलाई बारम्बार बलात्कार गरेको घटना सार्वजनिक भयो । त्यस्तै भोजपुरका एक युवकले छिमेककै एक १३ वर्षीया बालिकालाई बलात्कार गरेपछि उनी गर्भवती भइन् ।अधिकारकर्मी एवं कानुन व्यवसायी मीरा ढुङ...
तेह्रथुममा हजार भन्दा बढी भारतीय कामदार

तेह्रथुममा हजार भन्दा बढी भारतीय कामदार

तेह्रथुम । रोजगारका लागि धेरै संख्यामा नेपाली युवा बिदेसिएका छन् । कामको खोजीमा भारतबाट भने हजारभन्दा बढीको संख्यामा कामदार जिल्ला भित्रिएका छन् । निर्माणाधीन सडक, जलविद्युत, सरकारी भवन, व्यक्तिगत घर, पुललगायतका क्षेत्रमा कामका लागि भारतीय मजदुर भित्रिएका हुन् । भारतको हिमाञ्चल, उत्तरप्रदेश र बिहारदेखिका कामदार विकासे आयोजनामा आएका छन् । अधिकांश कामदार ठेकेदारमार्फत आएको भारत मोतीहारी डुमरी गाउ...
एसइई परीक्षा सुरु, देशभरबाट चार लाख ७५ हजार परीक्षार्थी सहभागी

एसइई परीक्षा सुरु, देशभरबाट चार लाख ७५ हजार परीक्षार्थी सहभागी

काठमाडौँ, १० चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु भएको छ। बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वर...
कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन

कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन

काठमाडौँ, ९ चैत । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन परेको छ । आज साँझसम्म ६१ हजार ९७८ जनाले आवेदन फारम भरेको इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाका लागि बिहीबार राति १२ बजेदेखि आवेदन फारम भर्न खुला गरिएको थियो । यही चैत १७ गतेसम्म भाषा परीक्षामा सहभागी हुन आवेदन दिन सकिनेछ । कोरियाली भाषा परीक्षा आगामी जेठ २५ र २६ गते हुनेछ भ...
धनकुटामा थपियो २२ वटा ट्राफिक संकेत बोर्ड, ट्राफिक प्रमुख पौडेलले दिए सडकमै प्रशिक्षण

धनकुटामा थपियो २२ वटा ट्राफिक संकेत बोर्ड, ट्राफिक प्रमुख पौडेलले दिए सडकमै प्रशिक्षण

धनकुटा, ९ चैत । सवारी दुर्घटना न्यूनीकरणका लागि धनकुटामा २२ वटा ट्राफिक संकेत बोर्ड थपिएको छ । साँगुरीगढी गाउँपालिका स्थित नमस्ते झरनादेखि धनकुटा बजारसम्म ट्राफिक संकेत बोर्ड थप गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रदेश नं.१ का ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रबि कुमार पौडेल नेतृत्वको टोलीले नमस्ते झरना, घण्टे, मुलघाट, रुद्रवारी, पात्लेखोला लगायत स्थानको सडकमा संकेत ...
‘तमोर–मेवा जलविद्युत् आयोजना निर्माण असफल बनाउने चलखेल’

‘तमोर–मेवा जलविद्युत् आयोजना निर्माण असफल बनाउने चलखेल’

ताप्लेजुङ, ९ चैत । निर्माणको अन्तिम तयारीमा रहेको तमोर–मेवा जलविद्युत् आयोजनालाई असफल बनाउन विभिन्न चलखेल भएको स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले जनाएको छ । कम्पनीको नाममा कायम भएको सर्वेक्षण क्षेत्र काटेर सरकारले बेइमान गर्न खोजेको सो कम्पनीको आरोप छ । शक्ति र पैसाको भरमा विद्युत् नियमावलीविपरीत सर्वेक्षण भएको क्षेत्र काटेर युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालिलाई दिएको स्पार्क हाइड्रो इलेक्ट्...
निन्द्रामा घुर्ने बानी छ, यसो गर्नुहोस्

निन्द्रामा घुर्ने बानी छ, यसो गर्नुहोस्

एजेन्सी । घुर्ने बानीलाई आजकाल स्वास्थ्य समस्याका रुपमै लिइदैंन । घुर्ने मानिसलाई तत्काललाई केही असर नगरेपनि उसंगै सुतेको मानिसको निद्रामा असर पर्छ । घुराईले स्वास्थ्यमा समेत दुष्प्रभाव पारिरहेको हुन्छ । बेसारको खाने बेसारमा एन्टीसेप्टिक र एन्टबायोटिक गुण हुन्छन् । यसैले यसको प्रयोगले नाकको बाटो खुला हुन्छ र श्वास फेर्न पनि सजिलो हुन्छ । राती सुत्नुअघि दिनहुँ बेसार मिसाएको दुध पिउनाले घुराईको ...
सिरहामा जलेर महिलाको मृत्यु

सिरहामा जलेर महिलाको मृत्यु

लहान, ९ चैत । सिरहाको कल्याणपुर नगरपालिका–७ मा आज बिहान भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । बिहान अचानक घरमा सल्केको आगोमा परी ६५ वर्षीया बनारसीदेवी सदाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घरभित्रै सुतिरहेकी बनारसीदेवीको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । सो आगलागीबाट सदाको घर पूर्णरुपमा जलेर नष्ट हुँदा करीब रु एक लाख मूल्य बराबरको क्षति भएको जनाइएको छ ।
एसइई परीक्षाको तयारी पूरा, चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै

एसइई परीक्षाको तयारी पूरा, चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै

भक्तपुर, ९ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचन...
तनहुँमा प्याराग्लाइडिङको सफल परीक्षण

तनहुँमा प्याराग्लाइडिङको सफल परीक्षण

दमौली, ९ चैत । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । उक्त ठाउँमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाको सक्रियतामा प्याराग्लाइडिङको उडान गरिएको हो । पोखरास्थित टिम फाइभ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्य, शङ्कर पराजुली र नारायण पराजुलीले उक्त ठाउँबाट प्याराग्लाइडिङको सफल परीक्षण गर्नुभएको हो । उक...
प्रदेश सरकारले मोरङ, झापा र उदयपुरका चार अस्पतालको स्तरोन्नती गर्ने

प्रदेश सरकारले मोरङ, झापा र उदयपुरका चार अस्पतालको स्तरोन्नती गर्ने

विराटनगर, ९ चैत । प्रदेश नं १ को सरकारले जिल्लास्थित अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउने कार्य शुरु गरेको छ । प्रदेश सरकारअन्तर्गत रहेका तीन जिल्लाका चार वटा अस्पतालमा ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक विकास मन्त्रालयले शुरु गरेको हो । मन्त्रालयले मोरङको रङ्गेली जिल्ला अस्पताल, मङ्गलबारेको स्वास्थ्य केन्द्र, झापाको दमक जिल्ला अस्पताल र उदयपुर जिल्लाको कटारी अस्पतालल...
७० वर्ष पुगेपछि सरकार आफैले एक लाख रुपैयाँको सेवा उपलव्ध गराउने

७० वर्ष पुगेपछि सरकार आफैले एक लाख रुपैयाँको सेवा उपलव्ध गराउने

काठमाडौं । सरकारले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाख रुपैयाँको सेवा उपलव्ध गराउने भएको छ। बिमाको प्रिमियम रकम पनि २५ सयबाट वढाएर ३५ सय पुर्याइएको छ। बिमाका विद्यमान प्रणालीमा केही परिवर्तनसहितको ‘स्वास्थ्य बिमा नियमावली, ०७५’ सरकारले स्वीकृत गरेको छ। नियमावलीमा ६९ वर्षसम्म मात्रै परिवारले प्रिमियम तिर्ने र ७० वर्ष पुगेपछि स्वास्थ्य बिमाको सम्पूर्ण जिम्मा सरकारल...
राष्ट्रिय टोलीबाट मेस्सी र रोनाल्डो गोलरहित

राष्ट्रिय टोलीबाट मेस्सी र रोनाल्डो गोलरहित

एजेन्सी । आ-आफ्नो राष्ट्रिय टोलीबाट खेलेका मेस्सी र रोनाल्डो दुवै गोलरहित रहेका छन् । विश्वकप पछि पहिलो पटक राष्ट्रका लागि खेलेका क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी दुवैले पहिलो खेलमा गोल गर्न नसकेका हुन् । ९० मिनेटको पूरा खेल खेलेका लुवै जनाले गोल गर्न नसक्दा यूरो कप छनोट अन्तर्गत रोनाल्डोको पोर्चुगल युक्रेनसँग गोलरहित बराबरीमा सिमित रह्यो भने मैत्रीपूर्ण खेलमा लियोनल मेस्सीको अर्जेन्टिना भ...
इलामको देउमाई नगरपालिकाको चमैतामा एम्बुलेन्स सहयोग

इलामको देउमाई नगरपालिकाको चमैतामा एम्बुलेन्स सहयोग

मङ्गलबारे, ९ चैत । इलामको देउमाई नगरपालिकाको चमैतामा स्थानीयवासीलाई एम्बुलेन्स प्रदान गरिएको छ । ‘चमैता सरोकार समाज’को संयोजनमा देश तथा विदेशमा रहेका चमैतावासीले आर्थिक सहयोग सङ्कलन गरी उक्त एम्बुलेन्स खरीद गरिएको हो । समाजको अगुवाइमा एक वर्षदेखि फेसबुक, ट्विटर, फोनमार्फत देश तथा विदेशमा रहेका चमैतावासीबाट रु १४ लाख ५० हजार सङ्कलन गरी एम्बुलेन्स खरीद गरिएको समाजका सचिव कमल श्रेष्ठले जानकारी दिन...
भारतीय राजदूतसँग पूर्वराजाकाे भेटपछि झस्कियो सरकार

भारतीय राजदूतसँग पूर्वराजाकाे भेटपछि झस्कियो सरकार

काठमाडौं । राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीसिंह पुरीबीच गोप्यरुपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ । मधेसलाई केन्द्रबिन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच जनकपुरमा भएको भेटप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ । तराई भ्रमणमा रहेकै बेला राजदूत पुरीले कुटनीतिक म...
महिला साफ च्याम्पियनसिप फुटबल : भारतसँग ३–१ गोलले नेपाल पराजित

महिला साफ च्याम्पियनसिप फुटबल : भारतसँग ३–१ गोलले नेपाल पराजित

काठमाडौँ, ८ चैत । महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पराजित भएको छ । शुक्रबार नेपाल भारतसँग ३–१ गोलले पराजित भएको हो ।विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजेदेखि सुरु भएको खेलमा भारतका लागि पहिलो गोल डालिमा चिभरले २६ औं मिनेटमा गरिन् । त्यस्तै सुरुमा भारतलाई दबाबमा राखेको नेपालले ३३ औं मिनेटमा बराबरी बनायो । नेपालका लागि सावित्री भण्डारीले गोल गरेकी थिइन् । यस्तै पहिलो हाफ एक÷एक क...
उदयपुरमा डुडेमौरी पालन घट्दै

उदयपुरमा डुडेमौरी पालन घट्दै

गाईघाट, ८ चैत । पहाडी क्षेत्रको परम्परागत डुडेमौरी पालन पेशा हिजोआज घट्दै जान थालेको छ । अहिले व्यावसायिक रुपमा आधुनिक तरिकाले घारेमौरी पाल्ने क्रम बढेको र यसबाट धेरै मह उत्पादन हुने र डुडे मौरीबाट मह उत्पादन कम हुने भएकाले यो पेशा घट्दै जान थालेको उदयपुर जिल्लाको रौतामाई गाउँपालिका मलबासेका कृषक बिष्णु पुलामी मगर बताउनुहुन्छ । डुडेमौरी पहाडी क्षेत्रको रौता, मुर्कुची, भुटार, साउने, खाँबु, बलाम्...
ट्रकको ठक्करबाट एकको मृत्यु

ट्रकको ठक्करबाट एकको मृत्यु

काभ्रेपलाञ्चोक, ८ चैत । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ का ४२ वर्षीया जुना केसी रहेको छ । बनेपाबाट भक्तपुरतर्फ जाँदै गरेको ना६ख ४७३५ नम्बरको ट्रकले बनेपा नपा–१४ अरनिको राजमार्गस्थित २२ किलो भन्ने स्थानमा आज करीब १२ बजे सोही दिशातर्फ गइरहेको ७२ प ६६८२ नम्बरको मोटरसाइकललाई पछडिबाट ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसा...
के श्रद्धा बन्दैछिन् नेपालकी बुहारी ?

के श्रद्धा बन्दैछिन् नेपालकी बुहारी ?

बलिउडका लागि पछिल्लो वर्ष विवाहको मौसम रह्यो । सोनम कपुर–आनन्द अहूजा, दीपिका पादुकोण–रणबीर सिंह, प्रियंका चोपडा–निक जोनसजस्ता सेलिब्रिटीले सन् २०१८ मा विवाह गरे । अब यस्तो लाग्छ कि विवाहित सेलिब्रिटीको सूचीमा श्रद्धा कपुर पनि पर्ने भएकी छिन् । भारतीय मिडियामा आइरहेको खबर विश्वास गर्ने हो भने श्रद्धा चाँडै नै नेपालकी बुहारी बन्ने भएकी छिन् । नवभारत टाइम्सका अनुसार श्रद्धा अर्को वर्षसम्म आफ्ना प...
चन्द समूहलाई संवैधानिक दायरामा आउन आग्रह

चन्द समूहलाई संवैधानिक दायरामा आउन आग्रह

भैरहवा, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भन्नुभयोे । उहाँले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराउनुभय...
महिलाले बिमा रकम पाउन हात काटिन्

महिलाले बिमा रकम पाउन हात काटिन्

स्लोभेनियाकी एक जना महिलाले बिमा रकम प्राप्त गर्नका लागि वृत्ताकार करौँती प्रयोग गरेर आफ्नो हात काटिन्। स्लोभेनियाली प्रहरीका अनुसार उनलाई आठ वर्ष जेल सजाय भएको छ। हात काट्ने २१ वर्षीय महिलाको परिचय गोप्य राखिएको छ। करिब पाँच करोड रुपैयाँ बिमा भुक्तानी प्राप्त गर्ने लालसाले उनले आफ्नो हात काटेकी थिइन्। उनलाई उनका आफन्तले पनि उक्साएका र सघाएका थिए। महिलाले रूखका हाँगा काट्दा बायाँ हात काटिएको दा...
सडक खन्दा चाँदीका सिक्का फेला

सडक खन्दा चाँदीका सिक्का फेला

धम्बोझी, ८ चैत । बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्राम बराबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताउनुभयो । सडकलाई स्काभेटरबाट खन्दा करीब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीेले जनाएक...
प्रधानमन्त्रीद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन

प्रधानमन्त्रीद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन

बुटवल, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरी प्रगतिको जानकारी लिनुभएको छ । आज बिहान भैरहवा आउनुभएको प्रधानमन्त्री ओलीले सो विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भएको भन्दै निर्माण कार्यलाई थप गति दिई चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज...
वैदेशिक रोजगार विभागका नासु घुससहित पक्राउ

वैदेशिक रोजगार विभागका नासु घुससहित पक्राउ

काठमाडौँ, ८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पूर्जी जारी गरिदिन्छु भन्दै पटकपटक कार्यालयमा बोलाई डरधम्की देखाइ सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ । नासु फुयाँ...
नेतृत्वविहीन ‘नेपाल विद्यार्थी सङ्घ’

नेतृत्वविहीन ‘नेपाल विद्यार्थी सङ्घ’

काठमाडौँ, ८ चैत । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) अहिले नेतृत्वविहीन अवस्थामा पुगेको छ । नेविसङ्घ को ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले राजीनामा दिइसकेको अवस्थामा पनि तदर्थ समिति गठन नहुँदा नेविसङ्घ नेतृत्वविहीन बन्न पुगेको छ । नेपाली काङ्ग्रेसका प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेविसङ्घको विसं २०७३ साउनमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले विसं २०७५ माघमा राजीनामा...
नेपाल-भारत फाइनल : खेलको टिकट दर बढाइयो

नेपाल-भारत फाइनल : खेलको टिकट दर बढाइयो

विराटनगर, ८ चैत । विराटनगरको शहिद रंगशालामासाफ भइरहेको साफ महिला च्याम्पियनसिप फाइनल अन्तर्गत नेपाल-भारत फाइनल खेलको टिकट दर बढाइएको छ । टिकट दर बढाएपछि समर्थकले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका छन् । ११ बजेदेखि खुल्ला गर्ने भनिएको टिकट काउन्टर अहिले बन्द छ । सुरुमा भीआईपी तर्फ तीन सय र साधारणतर्फ दुई सय रुपैयाँ टिकट दर तोकिएको भएपनि शुक्रबार बिहान टिकट काट्न जाँदा बढाएर शुल्क ५ सय रुपैयाँ...
चितवनमा ५२ विद्यार्थीले  एसइई दिन नपाउने

चितवनमा ५२ विद्यार्थीले एसइई दिन नपाउने

चितवन, ८ चैत । यस वर्ष जिल्लाबाट ५२ विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन नपाउने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार ७५ प्रतिशत हाजिर नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाएका हुन । इकाई, परीक्षा शाखाका नायब सुब्बा रघुनाथ अधिकारीले पढ्दै गर्दा विवाह गरेका, आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नपाएका विद्यार्थीको हाजिर नपुगेको बताउनुभयो । गत शैक्षिक ...
चीनको केमिकल कम्पनीमा भएको बिस्फोटमा ४४ को मृत्यु

चीनको केमिकल कम्पनीमा भएको बिस्फोटमा ४४ को मृत्यु

एजेन्सी । पूर्वी चीनस्थित एक केमिकल कम्पनीमा भएको बिस्फोटमा ४४ को ज्यान गएको छ भने ६ सय ४० घाइते भएको चीनियाँ मिडियाले बताएका छन् । यो बिस्फोट येनचंग शहरमा तियानजियाई केमिकलको एक संयन्त्रमा नेपाली समयानुसार बिहिबार बिहान ११ बजेर पाँच मिनेटमा भएको थियो । बिस्फोटपछि कारखानामा आगो फैलिएको थियो । यो कारखानामा मल ( फर्टिलाइजर ) बनाउने काम हुन्छ ।चीनको भूकम्प प्रशासनले बिस्फोटका बेला २.२ तीब्रताको भू...
मेस्सी र रोनाल्डो दुवै राष्ट्रिय टोलीबाट खेल्दै

मेस्सी र रोनाल्डो दुवै राष्ट्रिय टोलीबाट खेल्दै

एजेन्सी । मेस्सी र रोनाल्डोले राष्ट्रिय टोलीबाट खेल्ने भएका छन् । सन् २०१८ को रसिया विश्वकप पछि पहिलोपटक अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले आ-आफ्नो राष्ट्रिय टोलीबाट खेल्ने निश्चित गरेका हुन् । मेस्सीले अर्जेन्टिनाबाट शुक्रबार भेनिज्युलाविरुद्ध म्याड्रिडमा मैत्रीपूर्ण खेल र रोनाल्डोले पोर्चुगलबाट यूरोप २०२० को छनोटमा यूक्रेनविरुद्ध लिस्वेनमा खेल्ने भएका छन् । ३१ वर...
पाँच सय गाडीको र्यालीसहितको विश्व रेकर्ड

पाँच सय गाडीको र्यालीसहितको विश्व रेकर्ड

प्रयागराज, भारत, ८ चैत । भारतमा कुम्भ मेला विषेश गाडीको लामो र्याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ ।   कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले बिहीबार जनाएका छन् । यस अगाडि यसैगरी सवै भन्दा धेरै अर्थात् ३९० ओटा बस लगातार सँगै गुडाएर अबू धाबीमा विश्व रेकर्ड कायम गरिएको थियो ।  भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (युपिएसआरटीसी)ले ती बसहरुलाई ३.२ ...
साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश नं १ सरकारको घोषणा

साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश नं १ सरकारको घोषणा

विराटनगर, ८ चैत । नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ को आज भएको निर्णयअनुसार सो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल समूह दोस...
error: Content is protected !!