प्रधानमन्त्रीको निर्देशन अवज्ञा, सिँचाइका ३७ कर्मचारी इटालीमा

प्रधानमन्त्रीको निर्देशन अवज्ञा, सिँचाइका ३७ कर्मचारी इटालीमा

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको ‘जम्बो टोली’ तालिम तथा अवलोकन भ्रमणका लागि इटाली पुगेको छ । इटालीको टुसिया विश्वविद्यालयद्वारा आयोजित ‘सस्टेनेवल इरिगेसन विथ इम्फासिस् अन माउन्टेन इरिगेसन सिस्टम’ विषयक १४ दिने तालिम तथा अवलोकन कार्यक्रममा सहभागी हुन एकै मन्त्रालयका ३७ कर्मचारी त्यसतर्फ गएका हुन् । इटालीमा साउन ८ देखि सुरु उक्त ...
कर्मचारी अभावले स्थानीय तहको सेवा प्रवाह अवरुद्ध, कहाँ कति अभाव ?

कर्मचारी अभावले स्थानीय तहको सेवा प्रवाह अवरुद्ध, कहाँ कति अभाव ?

काठमाडौं । स्थानीय तहहरूमा १६ हजार १६ कर्मचारीको अभाव छ । कर्मचारी नहुँदा कतिपय स्थानीय तहको सेवा प्रवाह नै अवरुद्ध भएको छ । ठूलो संख्यामा कर्मचारी अभाव भएपछि स्थानीय विकास मन्त्रालयले व्यवस्थापन गर्न बुधबार सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले ७ सय ४४ वटै स्थानीय तहमा तत्काल १६ हजार १६ कर्मचारी अभाव भएको बताए । सबै तहमा तत्काल प्रश...
बालविवाह रोक्न प्रहरीले सक्रियता बढायो, यो साता मात्रै दुई विवाह रोकियो

बालविवाह रोक्न प्रहरीले सक्रियता बढायो, यो साता मात्रै दुई विवाह रोकियो

चरिकोट । बढ्दै गएको बालविवाहलाई रोक्न दोलखा प्रहरी कडाइका साथ कानून कार्यान्वयनमा लागिपरेको छ । यो सातामात्रै जिल्ला प्रहरी कार्यालय दोलखाले दुईवटा बालविवाह रोकेको छ । दोलखाको बैतश्वर गाउँपालिका–६ मा भएका एक बालविवाह प्रहरीकै सक्रियतामा रोकिएको हो भने अर्को भीमेश्वर नगरपालिका–९ स्थित लाँकुरीडाँडामा भएको बालविवाह रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले भीमेश्वर नगरपालिका–९ मा १९ वर्ष...
संविधान संशोधनले पूर्णता नपाउने : बिजुक्छे

संविधान संशोधनले पूर्णता नपाउने : बिजुक्छे

नगरकोट । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान संशोधनले पूर्णता नपाउने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने –‘संशोधनकोे विषय जति उठान गरे पनि अहिलेको अवस्थामा त्यसले पूर्णता पाउन सक्दैन् ।’ अध्यक्ष बिजुक्छेले आम नेपालीलाई नबुझाई सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा जसरी नेपालका राजनीतिज्ञले लगाए, हाल यो नै सिंहदरबारका कर्मचा...
बन्चरो प्रहार गरी ३० वर्षीया श्रीमतीको हत्या

बन्चरो प्रहार गरी ३० वर्षीया श्रीमतीको हत्या

कलैया । कलैया उपमहानगरपालिकामा गएराति एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । कलैया उपमहानगरपालिका– २४ श्रीपुरका ३५ वर्षीय श्रीकृष्ण रामले ३० वर्षीया श्रीमती कुन्तीदेवीको बन्चरो प्रहार गरी हत्या गरेका हुन् । बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेर श्रीकृष्ण फरार भएको र उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताए । कुन्तीदेवीको शव जिल्ला अस्पताल कलैयामा राखिएको छ । रासस
बालिकालाई भारतमा लगेर बेच्ने नौ वर्षपछि पक्राउ

बालिकालाई भारतमा लगेर बेच्ने नौ वर्षपछि पक्राउ

नुवाकोट । जिल्लाको घ्याङफेदीकी एक बालिकालाई भारतमा लगेर बेचेको आरोपमा नौ वर्षपछि दुप्चेश्वर–१ घ्याङफेदीका ४४ वर्षीय मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको किटानी जाहेरीपछि तामाङलाई दुई दिनअघि आफ्नै घरबाट प्रहरीले पक्राउ गरेर आज जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको हो । काठमाडौँ काममा लगाइदिने भन्दै तामाङले २०६५ साल वैशाखमा सोही स्थान निवासी ११ वर्षीय ती बालिकालाई बिक्री गरेको ...
कपडाको अवैध व्यापार गर्ने तीनजना पक्राउ

कपडाको अवैध व्यापार गर्ने तीनजना पक्राउ

इटहरी । सीमावर्ती विहार अमडुवा नाकाबाट भन्सार छली अवैधरुपमा नेपाली बजारमा कपडा ल्याउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलसहित पक्राउ गरिएका उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । करिब रु १० लाख मूल्यबराबरको लत्ताकपडासहित सुनसरी बर्जु गाउँपालिका–१ निवासी लक्ष्मी कामत, अनिल गच्छदार र हरिनारायण राईलाई उनीहरुले प्रयोग गर्ने मोटरसाइकल क्रमशः को ५ प ६५४०, बा ९ ...
रड प्रहार गरी २५ बर्षिया श्रीमतीको हत्या

रड प्रहार गरी २५ बर्षिया श्रीमतीको हत्या

सुनसरी। सुनसरीको कोशी गाउँपालिका-१ मा आज बिहान रड प्रहार गरी श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोशी गाउँपालिका ६ घर भई हाल सोही गाउँपालिका १ स्थित राजा पोखरीको क्वार्टरमा बसेर चौकीदार काम गर्दै आईरहेका ३० बर्षिय राम कुमार यादवले आफ्नै श्रीमती २५ बर्षिया संगिता यादवलाई रड प्रहार गरी हत्या गरेका हुन्।
लमजुङमा आज हलोक्रान्ति दिवस मनाइँदै

लमजुङमा आज हलोक्रान्ति दिवस मनाइँदै

लमजुङ। लमजुङको दुराडाँडामा बुधबार ६८ औँ हलो क्रान्ति दिवस मनाइँदैछ । हलोक्रान्ति दिवसको अवसरमा दुराडाँडाको अर्चल्यानीमा हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले साहित्यिक कार्यक्रम आयोजना गरेको छ । प्रत्येक वर्ष लमजुङमा हलोक्रान्ति दिवस मनाइन्छ । ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि बाहुनले पहिलोपटक हलो जोतेको दिनलाई हलो क्रान्ति दिवसको रुपमा मनाउन थालिएको हो । २००६ स...
मुक्त हलिया कार्यक्रमको रकम फ्रिज

मुक्त हलिया कार्यक्रमको रकम फ्रिज

हुम्ला । मालपोत कार्यालय हुम्लामा आएको अख्तियार प्राप्त आव २०७३÷०७४ को रु १८ करोड ५१ लाख रकममध्ये खर्च हुन नसकी रु एक करोड १९ लाख फ्रिज भएर गएको छ । मालपोत कार्यालयका प्रमुख लालप्रसाद ढकालका अनुसार यहाँ सञ्चालित मुक्त हलिया पुनःस्थापना कार्यक्रममा घर निर्माण र जग्गा खरिद मर्मत ‘क’ वर्गको जग्गा खरिद र घर निर्माण समेत ५५ जनालाई प्रतिव्यक्ति रु दुई लाखका दरले र ‘ख’ वर्ग घर मर्मत एक हजार १०० जनालाई...
पाँच थान भरुवा बन्दुक बरामद

पाँच थान भरुवा बन्दुक बरामद

दाङ । प्रहरीले दाङबाट पाँच थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी चंवाबाट प्रहरी सहायक निरीक्षक नरबहादुर खडकाको नेतृत्वमा गएको गस्ती टोलीले राजपुर गाउँपालिका–७ भित्री सिक्टा जाने बाटोको जंगल क्षेत्रमा उक्त बन्दुक बरामद गरिएको दाङका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । छ÷सातजना अज्ञात व्यक्तिले एक नाले भरुवा बन्दुक बोकेर जंगलतर्फ हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज...
श्रीमतीसँगको झगडापछि सेती नदीमा हाम फाली बेपत्ता

श्रीमतीसँगको झगडापछि सेती नदीमा हाम फाली बेपत्ता

पोखरा । श्रीमतीसँगको झगडापछि एकजना पुरुष मंगलबार साँझ पोखरा–लेखनाथ महानगरपालिका–११ रामघाटस्थित सेती नदीमा हाम फाली बेपत्ता भएका छन् । सधैँ मादक पदार्थ सेवन गरी घर आउने गरेका झापा घर भई सो ठाउँमा मजदुरी काम गर्दै आएका वर्ष ४५ का प्रकाश सापकोटा नदीमा हाम फाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । कोठामा श्रीमतीसँग झगडा भएपछि नुहाउन जाउँ ...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
भाइरल ज्वरोका बिरामी बढ्न थाले

भाइरल ज्वरोका बिरामी बढ्न थाले

  पाल्पा । पाल्पाका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । वर्षायाम शुरु भएसँगै जिल्लाका विभिन्न अस्पताल, क्लिनिकमा भाइरल ज्वरोका बिरामी दिनहुँ बढ्दो अवस्थामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । एक हप्ता अघिदेखि जिल्लाका विभिन्न अस्पतालमा दैनिकजसो ३० देखि ४० जना जति भाइरल ज्वरोका बिरामी आउने गरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधवप्रसाद ज्ञवालीले ...
पोखरा र वुटवलमा रुचाइएको ‘प्रेमगीत २’, प्रदिपको लोभलाग्दो क्रेज

पोखरा र वुटवलमा रुचाइएको ‘प्रेमगीत २’, प्रदिपको लोभलाग्दो क्रेज

‘प्रेमगीत २’ रिलिज हुन अब दुइ दिन मात्र बाँकी छ । यसलाई, चलचित्रको रिलिजको उल्टो गणना सुरु भएको भन्न सकिन्छ । चलचित्र रिलिजको २ दिन मात्र बाँकी रहँदा यसको सकारात्मक प्रतिक्रिया आउन थालेको छ । मोफसलका दुइ शहरमा चलचित्रको विशेष शो गरिएको छ । नेपाली चलचित्रका लागि दोश्रो ठूलो बजारको रुपमा रहेको पोखरा र चौथो ठूलो बजारको रुपमा रहेको वुटवलमा चलचित्र देखाइएको हो । क्यूएफएक्स पोखरा र भ्यूज बुटवलम...
नेपाली सेनाद्वारा एकहजार १०० बिरुवा रोपियो

नेपाली सेनाद्वारा एकहजार १०० बिरुवा रोपियो

पोखरा । नेपाली सेनाको ‘गो ग्रिन अभियान’ अन्तर्गत सिद्धिबक्स गण फूलबारीको आयोजनामा आज पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसर र सेती दोभानमा एक हजार १०० बिरुवा रोपिएको छ । कार्यक्रममा पश्चिम पृतनापति उपरथि जगदीशचन्द्र पोखरेलले वातावरणलाई स्वच्छ र हराभरा बनाउन वृक्षारोपण अपरिहार्य भएको बताए । उनले बिरुवा रोप्नु मात्र ठूलो काम नभएको बताउँदै त्यसको संरक्षण गर्न सकेमा नै वृक्षारोपणले सार्थकता प...
तीन बालबालिकाको मृत्यु प्रकरण : अनुसन्धान ढिला भएको भन्दै स्थानीय आन्दोलित

तीन बालबालिकाको मृत्यु प्रकरण : अनुसन्धान ढिला भएको भन्दै स्थानीय आन्दोलित

भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा–३ प्याउलीमा गत असार १२ गते बिहान मृत अवस्थामा भेटिएका तीन बालबालिकाको घटनाको अनुसन्धान ढिला भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । स्थानियले अनुसन्धानको प्रक्रियामा ढिलाइ भएको भन्दै गत शनिबार चक्काजाम गरेका थिए भने मंगलबार अरुण गाउँपालिकाभित्रका सबै कार्यालय ठप्प बनाएका हुन् । पीडित परिवारलाई क्षतिपूर्ति, दोषीलाई तत्काल पक्राउ गरी कारबाहीलगायतका मागसहित स्था...
किन डराउँदै छ शीतल निवास : पत्रकारलाई प्रतिबन्ध !

किन डराउँदै छ शीतल निवास : पत्रकारलाई प्रतिबन्ध !

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदार बन्दै गएको छ । कहिले पत्रकारलाई ड्रेस कोडको नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा प्रवेश नै रोकेर शीतल निवास विवादमा पर्दै आएको छ । मुलुकको सम्मानित निकायमा आवद्ध अधिकारीहरूको अपरिपक्व निर्णयले राष्ट्रपलिाई नै अनावश्यक विवादमा तानेको विज्ञहरूले बताएका छन् ।अाजकाे कान्तिपूर दैनिकमा खबर छ ।
रोल्पामा ४८ किलोमिटर मात्र पक्की सडक

रोल्पामा ४८ किलोमिटर मात्र पक्की सडक

रोल्पा। विकासमा पछाडि परेको रोल्पामा शान्ति प्रक्रियासँगै विकास गतिविधिले तीव्रता पाएको भनिए पनि जिल्लामा अझै आधा दर्जन साविक गाविससम्म यातायातका साधन चल्दैनन् भने दुईवटा गाविस अझै सडक सञ्जालमा जोडिएका छैनन् । जिल्लामा ४८ किलोमिटर सडक मात्रै पक्की रहेको छ । जिल्ला सदरमुकाम लिवाङ–चकचके सडकखण्डको लिवाङ–खुग्री ३९ किलोमिटर, लिवाङ–सिमलवाङ सात किलोमिटर र होलेरी–स्वर्गद्धारी दुई किलोमिटरसमेत गरी ४८ कि...
ट्रान्समिटर जलेपछि विद्युत् आपूर्ति ठप्प

ट्रान्समिटर जलेपछि विद्युत् आपूर्ति ठप्प

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका–७ बाट सञ्चालित दरमखोला लघु जलविद्युत् परियोजनाको ट्रान्समिटर जलेपछि विद्यत् सेवा अवरुद्ध बनेको छ । नगरपालिकाको वडा नं १ अन्तर्गत पौदीअमराइमा रहेको ट्रान्समिटर जलेपछि वडा नं १ का झण्डै २५० घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएकाछन् । ट्रान्समिटर मर्मत सम्भार गर्न लगिएको हुँदा ट्रान्समिटर बनेर आउन अझै एक हप्ता जति समय लाग्ने जलविद्युत् परियोजना सञ्चालक समितिक...
जापानका नेपाली : ठग्नेलाई कारबाही गर्न सघाउँदै

जापानका नेपाली : ठग्नेलाई कारबाही गर्न सघाउँदै

टोकियो। रोजगारीको प्रलोभनमा पारी रु एक करोड ९४ लाख रकम कुम्ल्याएर जापान बस्दै आएका कास्की पुरञ्चौर–३ का गोविन्दप्रसाद तिवारीलाई कारबाहीमा सघाउने भन्दै जापानवासी नेपालीले खोजी कार्यलाई तीव्रता दिएका छन् । उनीहरु तिवारी बस्दै आएको स्थानसम्म धेरैपटक पुगेर पनि भेट्न सकेनन् । लगातारको प्रयासपछि दुई साताअघि कामबाट फर्कँदै गर्दा नियन्त्रणमा लिएर जापान प्रहरीलाई बुझाएका थिए । रोजगारीका लागि जापान लाने...
अझै भेटिएनन् हराएका ३१ जना

अझै भेटिएनन् हराएका ३१ जना

चितवन।  चितवनमा विभिन्न कारणले हराएका ३१ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जिल्लामा हराएको भनी निवेदन परेका ३१ जना फेला नपरेकाको खोजी जारी रहेको जानकारी दिए । उनका अनुसार चितवन जिल्लामा गएको एक वर्षमा ३४५ जना हराएको भनी निवेदन परेको थियो । तीमध्ये ३१४ जना फेला परेपनि ३१ जनाको अवस्था थाहा हुन सकेको छैन । प्रहरीको महिला बालबालिका तथा ...
छाउपडी प्रथाविरुद्धका अभियन्ता नै फर्किए छाउगोठ, सेलायो अभियान

छाउपडी प्रथाविरुद्धका अभियन्ता नै फर्किए छाउगोठ, सेलायो अभियान

काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिका बाबियाचौरकी उमाकला विक छाउपडी (रजश्वला) बार्ने चलनविरुद्धको अभियामनमा सक्रिय भएर लागेकी थिइन् । तर, अहिले छाउ भएका बेला उमाकला नै छाउ गोठमा सुत्न बाध्य छिन् । गाउँका दर्जनौं छाउगोठ भत्काउन नेतृत्व गरेकी उनी परिवार र समाजको दबाब थेग्न नसकेर महिनावारीका बेला छाउगोठमा सुत्न थालेकी हुन् । ‘अभियानका बेला सबै एकजुट थिए, प्रहरीले पनि साथ दिन्थे,’ उनी भन्छिन्, ‘...
२०७४ साउन ११ गते बुधबारको राशिफल

२०७४ साउन ११ गते बुधबारको राशिफल

मेष– कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मानसम्मान पनि पाइएला । वृष– स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । मिथुन– कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । कर्कट– सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ भौतिक साधनको क्षति हुने दिन छ । सिंह– नयाँ जिम्मेवारी पाइएला ।...
महालक्ष्मी नगर कार्यपालिकाको बैठक: चार नियमावली पारित, छ समिति निर्माण

महालक्ष्मी नगर कार्यपालिकाको बैठक: चार नियमावली पारित, छ समिति निर्माण

धनकुटा, १० साउन । धनकुटाको महालक्ष्मी नगर कार्यपालिकाको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकले चार वटा नियमावली तथा कार्यविधि पारित गरेको छ । त्यस्तै कार्य सञ्चालनका लागि छ वटा समिति निर्माण गरिएको छ । महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले आदेश र अधिकार प्रमाणिकरण कार्यविधि नियमावली, कार्य बिभाजन नियमावली, कार्य सम्पादन नियमावली र बैठक सञ्चालन क...
छ वर्षपछि मामा मारेको अभियोगमा भान्जा पक्राउ

छ वर्षपछि मामा मारेको अभियोगमा भान्जा पक्राउ

चरिकोट । दोलखाको भिमेश्वर नगरपालिका–३ का १९ वर्षीय विनोद धनुकेको हत्या गरेको अभियोगमा सोही स्थानका उनकै भान्जा विक्रम विकलाई प्रहरीले छ वर्षपछि आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार २०६८ साल फागुन ८ गते कालीञ्चोक मन्दिर दर्शन गर्न मामा भान्जा गएको र भान्जा विक्रम विक फर्केको र मामा विनोद नर्फकेपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दा हत्यामा उनको संलग्नता रहेको देखिएको प्रहरीले जनाएकोे...
कान्छी श्रीमतीद्वारा पतिको हत्या, दुई पक्राउ

कान्छी श्रीमतीद्वारा पतिको हत्या, दुई पक्राउ

लहान । पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट आज पक्राउ गरेको छ । सिरहा नगरपालिका–४ स्थित बसबिट्टा रमौल सडकखण्डमा सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी ३४ वर्षीय शत्रुघ्न यादवको धारिलो हतियार प्रहार गरी गत जेठ १७ गते हत्या भएको थियो । घटनाको अनुसन्धानका क्रममा शत्रुघ्न यादवकी कान्छी श्रीमती २५ वर्षीया शुभकलादेवी र सिरहा नगरपालिका–१९ निवासी ५५ वर्षीय रामचरित्र...
स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु

स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु

चितवन । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ जनाको रगत परीक्षण गर्दा ५०९ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको र तीमध्ये चारजनाको मृत्यु भएको छ । आव २०७३÷७४ को कात्तिक महिनामा तीनजना र भदौ महिनामा एकजनाको स्क्रब टाइफसका कारण मृत्यु भएको उहाँले बताउनु...
अपहरण गरी बन्धक बनाउने पाँचजना पक्राउ

अपहरण गरी बन्धक बनाउने पाँचजना पक्राउ

महेन्द्रनगर।  युवकलाई अपहरण गरेको अभियोगमा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेका छन् । धनुषा बिदेह नगरपालिका—८ बफैका २४ वर्षीय कमलेश्वर दासलाई अपहरण गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिदेह नगरपालिका—७ चक्करका ५५ वर्षीया शोभादेवी दास, २५ वर्षीय रामसुफल दास, तारापट्टी–१ का २२ वर्षीय निकेश यादव, महोत्तरी भ्रमपुरा–३ का १८ वर्षीय एसानुल राइन र १९ वर्षीय आदम नदाफ रहेको जिल्ल...
वैदेशिक रोजगारीले निम्त्याएको पीडा

वैदेशिक रोजगारीले निम्त्याएको पीडा

रोल्पा । रोल्पा तालावाङकी मनकुमारी भण्डारी लिवाङ सात्तालेमा खाजा पसल गर्छिन् । विसं २०५४ मा गाउँकै एक केटासँग विवाह गरेको भए पनि अहिले श्रीमान्सँग छोडपत्र गरी चार छोरीसँग बसेका छन् । विवाहपछि स–परिवार भारत पसेका उनीहरु त्यहाँ कमाइ नभएपछि नेपाल फर्किए । भारत बस्दा श्रीमान्ले कमाइ गर्नुको साटो दिनहुँ रक्सी खाँदै बेपत्ता हुन थालेपछि नेपाल फर्किएको मनकुमारी बताउाछिन् । नेपाल फर्किएपछि मनकुमारी बच्चा...
नाकाबाट २४ जना महिलाको उद्धार

नाकाबाट २४ जना महिलाको उद्धार

बर्दिया। भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ । वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो । बर्दियाका चारवटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ, बर्दियाका प्रमुख जिल्ला अधिकारी, विष्णुबहादुर थापाले भन्न...
error: Content is protected !!