व्यापार घाटा एक खर्ब ८२ अर्ब
पर्सा, १२ माघ। देशकै प्रमुख भन्सार नाका वीरगञ्जको व्यापार घाटा चालू आर्थिक वर्षको छ महिनामा ३२ गुणा पुगेको छ ।
गत आवको पहिलो छ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा १९ गुण रहेकामा चालू आवमा व्यापार घाटा ३२ गुणा पुगेको हो ।
आव २०७४/७५ को साउनदेखि पुससम्म रु एक खर्ब ८८ अर्ब १२ करोड ९४ लाख मूल्यको विभिन्न वस्तु आयात भएको थियो । सो नाका भएर रु पाँच अर्ब ७२ करोड ९६ लाखको वस्तु निर्यात भएको वीरगञ्...




























