काठमाडौँ, ११ माघ। सामाजिक सुरक्षा भत्ता पाउनेको उमेर हदलाई घटाइ ६५ वर्ष कायम गरेकोमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालले सरकारप्रति आभार प्रकट गरेको छ ।

Advertisement

मन्त्रिपरिषद्को यही माघ १० गतेको बैठकले ज्येष्ठ नागरिकको मासिक सामाजिक सुरक्षा भत्ता पाउने उमेर हदलाई घटाइ ६५ वर्ष कायम गरेको हो । यसअघि सामाजिक सुरक्षा भत्ता पाउनेको उमेर हद ७० वर्षमाथि तोकिएको थियो ।

महासंघका अध्यक्ष छत्रबहादुर प्रधानले आज एक विज्ञप्तिमार्फत सरकारलाई धन्यवाद दिँदै ज्येष्ठ नागरिकका लागि राज्यले संविधानको मर्म र भावनाअनुरुप कार्यान्वयन गर्नेतर्फ सरकारउन्मुख रहेको बताउनुभयो ।

“यस कार्यका लागि महासंघले राज्यका विभिन्न निकायसँग निरन्तर भएको छलफल, अन्तक्र्रिया एवं पेश गरेको ज्ञापनपत्रलाई समेत कदर गरेको छ,” विज्ञप्तिमा भनिएको छ –“यो निर्णयका लागि सरकारलाई भत्ताबाट लाभान्वित हुने नेपालका करिब २७ लाख ज्येष्ठ नागरिकको तर्फबाट महासंघ हार्दिक धन्यवाद व्यक्त गर्दछ ।”

महासंघले ज्येष्ठ नागरिकको दैनिक जीवनसँंग जोडिने सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीमा देखिएको विकृति, ढिलासुस्ती र झन्झटिलो प्रक्रियालाई यथाशीघ्र सरलीकृत गर्न अनुरोध गर्दै यसका लागि सरकार र लाभान्वित वर्गबीच समन्वय र सहजीकरण गर्नका लागि महासंघ तत्पर रहेको प्रतिबद्धतासमेत विज्ञप्तिमा जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!