मोरङमा उम्मेद्वारको घरमा बम बिष्फोट

मोरङमा उम्मेद्वारको घरमा बम बिष्फोट

मोरङ। मोरङको उर्लाबारीस्थित नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेद्वार खड्ग फागोको घरलाई लक्षित गरि आज बिहान अज्ञात समुहले बिष्फोट गराउकाे छ। बिहान करिब साढे २ बजेको समयमा फागोको घरमा लगाईएको कम्पाउण्ड वालमा बिष्फोटक पर्दाथ बिष्फोट गराईएको भेटिएको छ । बिष्फोटबाट पर्खालमा सामान्य क्षती पुगेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जानकारी दिएको छ । एकाबिहानै भएको बिष्फोटको आवाज फागोको घर आसपासमा प...
२०७४ असार ११ गते आइतवारको राशिफल

२०७४ असार ११ गते आइतवारको राशिफल

मेष–    धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिने छ । वृष–    खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । मिथुन–    काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । कर्कट–    अचानक उपहार मिल्ने योेग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । सिंह–    कमाइ रामै्र संग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौ...
BREAKING NEWS- धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसद महिन सुब्बाको निधन

BREAKING NEWS- धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसद महिन सुब्बाको निधन

धनकुटा । सांसद महिन सुब्बाको शनिवार साँझ निधन भएको छ । क्यान्सर रोगबाट पीडित एमाले सांसद सुब्बाको उपचारका क्रममा धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निधन भएको हो । एमाले धनकुटा अध्यक्ष राजेन्द्र राईले घटनाको पुष्ठि गरेका छन । धनकुटाबाट समानुपातिक तर्फ प्रतिनिधित्व गर्दै सुब्बा सांसद भएकी थिईन् । ६० बर्षीया सांसद सुब्बा लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिईन् । धनकुटाको साँगु...
सिमाला काण्डले प्रहरी भित्रै बबण्डर : इटहरी सिअारभीका प्रमुख प्रहरी नियन्त्रणमा

सिमाला काण्डले प्रहरी भित्रै बबण्डर : इटहरी सिअारभीका प्रमुख प्रहरी नियन्त्रणमा

इटहरी । गत जेष्ठ २६ गते इटहरी बसपार्क हुदै काठमाण्डाै जान लागेकाे एक यात्रुबाहक बसबाट करिब डेढ कराेड मुल्य बराबरकाे  तिनपिस सिमाला सहित पक्राउ परेका चा्र जना ब्याक्तीकाे बिषयलार्इ लिएर अहिले प्रहरी संगठन भित्र खेला बैला मच्चीन थालेकाे छ । बहुमुल्य मानीनै सिमाला सहित पक्राउ परेका चारजनाकाे बिषयमा माथील्लाे निकायलार्इ कुनै खबर नगरी भित्रभित्रै गायब बनाउने रणनीति बनाएकाे भन्दै इलाका प्रहरी कार्याल...
अबको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ : नेता खनाल

अबको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ : नेता खनाल

इलाम । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दोस्रो चरणको निर्वाचनबाट नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।  इलामको रोङ गाउँपालिकाअन्तर्गत जिर्मलेको सलकपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सरकारको लाचारीपनले गर्दा प्रदेश नं २ को चुनाव सरेको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।...
सोलार लिफ्टिङबाट २३ घरधुरीमा खानेपानी

सोलार लिफ्टिङबाट २३ घरधुरीमा खानेपानी

स्याङ्जा । चापाकोट नगरपालिका–१ मगरेका २३ घरधुरीमा चौबिसै घन्टा खानेपानीको सुविधा पुगेको छ । गाउँभन्दा धेरैमुनि रहेको चिलाउनेघारी मूलबाट खानेपानी बोकेर गुजारा चलाउँदै आएका यहाँका बासिन्दाले अहिले घर घरमा धारा निर्माण गरी खानेपानी प्रयोग गर्दै आएका छन् । संसद् विकास कोषको रु १० लाख, चापाकोट नगरपालिकाको रु डेढ लाख, रिनेवल वल्र्ड र आँधीखोला सामुदायिक विकास केन्द्रको रु छ लाख, आइडी नेपाल र आँधीखोला सा...
राप्रपाः बागीको साधारण सदस्यता खारेज गरिने

राप्रपाः बागीको साधारण सदस्यता खारेज गरिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ ।  पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने नीति लिएको पार्टीका नेता राजाराम श्रेष्ठले ...
मोरङको प्लाई उद्योगमा भिषण आगलागी

मोरङको प्लाई उद्योगमा भिषण आगलागी

मोरङ। मोरङको बुढीगंगामा रहेको ग्रिनप्लाई उद्योगमा आगलागी भएको छ । शनिबार बिहान ५ बजेदेखि सुरु भएको आगलागी अहिले पनि नियन्त्रणमा आउन नसकेको मोरङ प्रहरीले जनाएको छ । कारण खुल्न नसकेको भएपनि विद्युत सर्ट भएर आगलागी भएको हुन सक्नुअनुमान गरिएको छ । आगो नियन्त्रणमा लिन विराटनगर, ईटहरी, धरान, ईनरुवाबाट आएका ११ दमकद्वारा आगो नियन्त्रणका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ ।-पुर्बेलीन्युज
प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ : प्रधानमन्त्री

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ : प्रधानमन्त्री

भीमदत्तनगर  । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने छ भन्नुभयो । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा (एमाले)सहितसँग छलफल गरी...
२०७४ असार १० गते शनिवारको राशिफल

२०७४ असार १० गते शनिवारको राशिफल

मेष–    अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । वृष–    अनावस्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला । मिथुन–    रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । कर्कट–    आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । सिंह–    लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ । कन्या–    मनमा चिन्ता बढने योग छ...
२०७४ असार १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल

२०७४ असार १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल

मेष राशि– चु. चे. चो. ला. लि. लु. ले. लो. अ. मन रमाउने साता छ । कामकादायरा थपिनेछन् । शरीरमा अल्छी पन आउन सक्छ । आम्दानी र खर्च बराबर हुनेछ । नयाँकामको लागिवातावरण बन्ने देखिन्छ । पढाइ लेखाइमाध्यानकमजाला । आर्थिक कारोबारबाट फाइदाहुनेछ । अतिथिआगमनको योग छ । कुनै रचनात्मककामबन्ने देखिन्छ । पे्रममावादाम्पत्यजीवनमा सुमधुर सम्बन्ध रहनेछ । बृष राशि– इ. उ. ए. ओ. वा. वि. वु. वे. वो. वौद्धिक तथा सामाज...
धनकुटाको महालक्ष्मी नगरमा एमाले उम्मेदवारलाई बालबालिकाले यसरी गरे सम्मान (फोटो फिचरसहित)

धनकुटाको महालक्ष्मी नगरमा एमाले उम्मेदवारलाई बालबालिकाले यसरी गरे सम्मान (फोटो फिचरसहित)

धनकुटा । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि घरदैलो अभियानमा रहेका एमाले उम्मेदवारहरुलाई आज धनकुटाको महालक्ष्मी नगरपालिकामा बाल क्लवको तर्फबाट सम्मान गरिएको छ । महालक्ष्मी नगरपालिका–१ पिपलडाँडा स्थित एकता बाल क्लवले एमाले उम्मेदवारहरुलाई सम्मान गर्दै बिजयको शुभकामना दिएको हो । सो अवसरमा एमालेका तर्फबाट महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेदवार पर्शुराम नेपाल, उप–मेयरका उम्मेदव...
धनकुटामा तीन पत्रकार चुनाव भिड्दै

धनकुटामा तीन पत्रकार चुनाव भिड्दै

धनकुटा । असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा धनकुटाका तीन जना पत्रकारले प्रतिस्पर्धा गर्ने भएका छन । पत्रकारिता क्षेत्रमा क्रियासिल सन्तवीर लामा, कल्पना थापा र मेघराज खतिवडा भिन्न–भिन्न तीन पार्टीबाट उम्मेदवार बनेर चुनावी तयारीमा जुटेका हुन । धनकुटा नगरपालिका–६ को वडाध्यक्षमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पत्रकार सन्तवीर लामाले उम्मेदवारी दिएका छन् । धरानबाट प्रकाशित ...
ओखलढुंगामा निर्वाचनका कर्मचारी बोकेको बस दुर्घटना

ओखलढुंगामा निर्वाचनका कर्मचारी बोकेको बस दुर्घटना

ओखलढुंगा । निर्वाचनका लागि खटाइएका मतदान अधिकृत र कर्मचारी बोकेको बस शुक्रबार ओखलढुंगामा दुर्घटना भएको छ । सिद्धिचरण ननगरपालिका-११ ओखरबोटमा भएको दुर्घटनामा ३ जना कर्मचारी घाइते भएका छन् । घाइते हुनेहरुमा भगवति भट्टराई, ज्ञानकुमारी निरौला र टंकप्रसाद शर्मा रहेका छन् । सामान्य घाइते उनीहरुको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भएको छ । चिसंखुगढी गाउँपालिकामा खटाइएका कर्मचारी तथा निर्वाचन सामग्री...
घुस लिँदै गर्दा राजस्व अधिकृत पक्राउ

घुस लिँदै गर्दा राजस्व अधिकृत पक्राउ

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न नपर्ने बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा राजस्व अनुसन्धान अधिकृतलाई नियन्त्रणमा लिएको छ ।  आयोगले राजस्व अनुसन्धान मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर, बाँकेका अनुसन्धान अधिकृत भिमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाई आज नियन्त्रणमा लिएको प्रवक्ता जीवराज कोइराल...
गुडिरहेको कारभित्र सेक्स गर्दा भयानक दुर्घटना, आइरिस युवकको मृत्यु

गुडिरहेको कारभित्र सेक्स गर्दा भयानक दुर्घटना, आइरिस युवकको मृत्यु

थाइल्याण्ड। थाइल्याण्डमा एउटा त्राशदीपूर्ण कार दुर्घटनामा आइरिस नागरिकको मृत्यु भएको छ । दुर्घटना हुँदा उनी कारको पछाडि सिटमा सेक्स गरिरहेका थिए । मृत्यु हुने ३९ वषिर्य जोन मालोन एक भूतपूर्व अंग्रेजी शिक्षक हुन् । उनी एक युवतीसँग कालो सुजुकी कारमा यात्रारत रहँदा बुधबार दिउसो १ बजे दुर्घटनामा परकेा थिए । पछाडि सिटमा उनीहरुको राससिलाले गर्दा ड्राइभरले सन्तुलन गुमाउन पुगेको र कारले पोलमा ठोक्कि...
ग्वाटेमालामा ६.८ रेक्टर स्केलको भूकम्प

ग्वाटेमालामा ६.८ रेक्टर स्केलको भूकम्प

ग्वाटेमाला सिटी  । ग्वाटेमालामा बिहीबार बिहान सवेरै ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । यस भूकम्पबाट प्रमुख पर्यटकीय सहर एनिगुआमा रहेका सरकारी कार्यालयका र अन्य भवनहरु क्षतिग्रस्त भएका छन् ।  स्थानीय समय अनुसार बिहीबार बिहान ६ः३१ मा यस गएको यस भूकम्पको केन्द्रविन्दु प्रशान्त महासागरीय सहर पुइर्टो सान जोसे बाट ३८ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकार...
उम्मेदवारको अवस्था अझै अज्ञात

उम्मेदवारको अवस्था अझै अज्ञात

इलाम । इलाम नगरपालिका–१२ का वडाध्यक्ष पदका उम्मेदवार नारायण राई बेपत्ता भएको एकसाता बिते पनि उनको अवस्था अझै अज्ञात छ ।  आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएका राई आमसभा तयारीका सिलसिलामा गत शुक्रबार घरबाट निस्किएका थिए । त्यसपछि उहाँ अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ, माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले बताउनुभयो । बेपत्ता राईको खोजी कार्यका ...
भोजपुरका एक हजार ३५१ उम्मेरदार चुनावी मैदानमा

भोजपुरका एक हजार ३५१ उम्मेरदार चुनावी मैदानमा

भोजपुर । दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको भोजपुरमा कुल एक हजार ३५१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा ८०९ पुरुष र ५४२ महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबैभन्दा धेरै षडानन्द नगरपालिकामा र सबैभन्दा कम पौवादुङ्मा गाउँपालिकामा उम्मेदवारी दर्ता भएको छ । चौध वडा रहेको षडानन्द नगरपालिकामा २५२ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने छ वडा रहेको पौवादुङ्मा...
विद्यार्थीको मृत्युपछि विद्यालयमा तोडफोड

विद्यार्थीको मृत्युपछि विद्यालयमा तोडफोड

सोलुखुम्बु । खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएपछि तिनका आफन्तले विद्यालयमा तोडफोड गरेका छन् । विद्यालय प्रशासनको लापर्बाहीका कारण विद्यार्थीको मृत्यु भएको आरोपसहित आफन्तले आक्रोश व्यक्त गर्दै विद्यालयमा तोडफोड गरेका हुन् । विद्यालय प्रशासनको लापार्बाहीले घटना भएकाले घटनाको जिम्मा लिनुपर्ने र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । विद्यालय परिसरमै शव राखेर उनीहरुल...
मोरङमा चुनावी प्रचारप्रसार तीव्र

मोरङमा चुनावी प्रचारप्रसार तीव्र

विराटनगर  । निर्वाचनको मिति नजकिँदै जाँदा उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । मोरङको एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहका विभिन्न राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले आ–आफ्ना कार्यकर्ताका साथ चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन् । प्रत्येक उम्मेदवारले विकास निर्माण, सरसफाइ, नगर तथा गाउँलाई हराभरा बनाउने, जनताको काम छिटो छरितो गर्नेलगायतका नारा द...
५ वर्षे बालिकाको ६ वर्षे बालकसँग बिहे, कारण छ दर्दनाक

५ वर्षे बालिकाको ६ वर्षे बालकसँग बिहे, कारण छ दर्दनाक

स्कटल्याण्ड। स्कटल्याण्डमा हालै एक अनौठो बिहे सम्पन्न भयो । त्यहाँ बेहुलीको उमेर ५ वर्ष तथा बेहुलाको उमेर ६ वर्ष मात्र थियो । क्रिश्चियन परम्परा अनुसार भएको उक्त बिहेमा औँठी होइन बेहुला बेहुलीले नेक पिस साटासाट गरे । बिहे समारोहमा बेहुलीको इन्ट्री डिज्नी फिल्मको एक गितसँगै भयो । बिहेमा बाइबलका पंक्ति होइन कविता बाचन गरिएको थियो । ५ वर्षकी एलिद पाटर्सन एक गम्भीर बिमारी न्युरोबस्टाटोमा नामक क्या...
चिनियाँ राष्ट्रपति सि हङकङ जादै

चिनियाँ राष्ट्रपति सि हङकङ जादै

हङकङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ अर्काे हप्ता हङ्कङ जादै हुनुहुन्छ । आगामी हप्ता उहाँले हङ्कङ भ्रमण गर्न लाग्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले शुक्रबार सार्वजनिक गरेका छन् ।  हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको आगामी हप्ता २० बर्ष पुग्न लागेको छ । सोही अवसर पारेर चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण गर्न लाग्नुभएको हो । यस समाचारलाई सार्वजनिक गरिएको भए पनि उहाँले हङ्कङको भ्रमण गर्न...
सूर्यविनायक-जगाती सडकको अतिक्रमण हटाइँदै

सूर्यविनायक-जगाती सडकको अतिक्रमण हटाइँदै

भक्तपुर । वर्षौंदेखि व्यापारीले कब्जा गर्दा रोकिएको भक्तपुरको सूर्यविनायकचोकदेखि जगातीको चकुखोलासम्मको सडक अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले हरेक वर्ष उक्त सडकखण्ड फराकिलो पार्न सूचना जारी गर्दा पनि स्थानीयवासीको अवरोधका कारण रोकिएको विस्तार कार्य जनप्रतिनिधि आएपछि सुरु भएको हो । बिहीबार सूर्यविनायक नगरपालिका–८ का अध्यक्ष किरण थापाको नेतृत्वमा ...
मुग्लिन-नारायणगढ पहिरो : हराएका ट्रक ड्राइभरलाई फोन लाग्यो, भन्छन् – यतै छु

मुग्लिन-नारायणगढ पहिरो : हराएका ट्रक ड्राइभरलाई फोन लाग्यो, भन्छन् – यतै छु

चितवन। नारायणगढ-मुग्लिन सडकखण्डको कालीखोला नजिकै बिहीबार राति खसेको पहिरोमा हराएका ट्रक ड्राइभरसँग टेलिफोन सम्पर्क भएको प्रहरीले जनाएको छ । उनले टेलिफोनमा आफू ‘यतै छु’ भन्ने खबर दिएका थिए । प्रहरीले उनी ट्रकबाट हाम फालेर बाहिर रहेको अनुमान गरेको छ । पहिरोले एउटा प्रहरीको भ्यान र एउटा ट्रक बगाएको थियो । भ्यानमा रहेका दुई जनाको शव भेटिएको छ । दुई जना हराइरहेका छन् । ट्रकका सहयोगी चालकलाई उद्धार गर...
गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक : नेता खनाल

गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक : नेता खनाल

इलाम । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउनुभएको छ ।  इलामको रोङ गाउँपालिकाको शान्तिपुरको बरफल्याङमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेता खनालले अशिक्षा, बेरोजगारी र गरिबीलाई हटाउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो । नेता खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जसरी भए पनि तो...
सिरहामा महिलाको हत्या, नाङ्गो पारिएको अवस्थामा शव भेटियो

सिरहामा महिलाको हत्या, नाङ्गो पारिएको अवस्थामा शव भेटियो

लहान । सिरहाको लहान नगरपालिका–१ मा गए राति एक महिलाको हत्या भएको छ । तत्काल सनाखत हुन नसकेकी करिब २८ वर्षीया महिलाको टाउकामा ढुङ्गा प्रहार गरी हत्या गरिएको अवस्थामा आज बिहान शब फेला परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो । शवको प्रकृति हेर्दा कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने आशङ्का गरिएको छ । बिहान मर्निङ वाकमा गएका व्यक्तिहरुले शव दे...
चितवन कालीखोलाको पहिरोले प्रहरी भ्यान बगायो, २ प्रहरीको मृत्यु, २ वेपत्ता

चितवन कालीखोलाको पहिरोले प्रहरी भ्यान बगायो, २ प्रहरीको मृत्यु, २ वेपत्ता

चितवन। नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा झरेको पहिरोले प्रहरी भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता छन् । बिहीबार राति काली खोलामा पहिरो हटाएर फर्कने क्रममा इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको स्कारपियो गाडी त्रिशूली नदीमा झरेको हो । गाडी त्रिशूली नदीमा खस्दा असई निश्चल तामाङ र चालक समेत रहेका जवान दीपककुमार मास्केको ज्यान गएको छ । सञ्जीव कार्की र...
सुरक्षा अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द हुने

सुरक्षा अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द हुने

काठमाण्डौ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द गरिने भएको छ । सुरक्षा अभ्यासका लागि अपरान्ह साढे ४ बजेदेखि ५ बजेसम्म पूर्ण रुपमा बन्द गर्न लागिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय नागरिक उड्यनन संस्था (आइकाओ) को नियम अनुसार अन्तराष्ट्रिय मान्यताप्राप्त विमानस्थलले प्रत्येक २ वर्षमा फुल स्केल इमर्जेन्सी एक्सरसाइज गर्नुपर्ने भएकाले बन्द...
जाजरकोटका विद्यार्थी पौष्ट्रिक आहारा बोक्दै

जाजरकोटका विद्यार्थी पौष्ट्रिक आहारा बोक्दै

जाजरकोट। जाजरकोटको कुशेगाउँपालिका वडा ५ स्थित पौष्ट्रिक आहाराको डिपोबाट कुशेगाउँपालिका वडा नं ७ स्थित नेरा आधारभूत विद्यालय समाकोटतर्फ पौष्ट्रिक आहारा बोकेर लग्दै कक्षा ५ का कृष्ण तिरुवा र कक्षा ४ का हस्त महर । विद्यार्थीलाई पौष्टिक आाहारा बोकाउन नपाइने भएपनि यहाँका अधिकांश ठाउँमा विद्यार्थीलाई नै बोकाएर लैजाने गरिन्छ । तस्बिर : हेमन्त केसी, जाजरकोट, रासस
कैलालीमा माओवादी उम्मेदवारको घरमा बम विस्फोट

कैलालीमा माओवादी उम्मेदवारको घरमा बम विस्फोट

कैलाली । जिल्लाको गोदावरी नगरपालिकाका माओवादी मेयर उम्मेदवार गोकर्ण भट्टको घरमा शुक्रबार बिहान बम विस्फोट भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बास बसेको घरबाट १ किलोमिटरको दूरीमा रहेको भट्को घरमा शुक्रबार बिहान २ः४५ बजे सुतली बम बिस्फोट भएको हो । प्रचण्ड बिहीबार बेलुका माओवादी केन्द्रका नेता लेखराज भट्टको गोदावरी नगरपालिकास्थित घरमा बास बसेका थिए । बिस्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भ...
error: Content is protected !!