रासस

काठमाडौँ, ११ माघ। नेपाल बङ्गलादेश मैत्री सङ्घले कामपा–१०, मध्य बानेश्वरस्थित चेल्सी इण्टरनेशनल एकेडेमीमा ‘नेपाल बङ्गलाबन्धु पुस्तकालय’स्थापना गरेको छ ।

पुस्तकालयमा अङ्गे्रजी र बङ्गाली भाषाका करिब १५० शीर्षकका साहित्य, शिक्षा, कूटनीति, संस्कृतिलगायत विषयका कृति राखिएका छन् । पुस्तकालयको उद्घाटन गर्दै नेपालका लागि बङ्गलादेशी राजदूत मास्फी बिन्ते शाम्सले पुस्तकहरुको अध्ययनमा जोड दिनुभयो । आगामी दिनमा राजदूतावासले अन्य पुस्तक पनि सहयोग गर्ने वचन दिनुभयो ।
सङ्घका अध्यक्ष दीनदया रिजालले पुस्तक अध्ययन गरेर नेपाल र बङ्गलादेशका बारेमा जानकारी लिँदै पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घका सल्लाहकार डा जगदीश शर्माले नेपाल बङ्गलादेशबीच व्यापार, शिक्षा, पर्यटन, साहित्य आदि विषयमा सहयोग आदान गर्नुपर्ने सुझाव दिनुभयो ।
चेल्सी इण्टरनेशनल एकेडेमी बोर्ड अफ डाइरेक्टर्स राजेश अधिकारीले बङ्गलादेश र नेपालका विद्यार्थीबीच समन्वय गर्ने, भ्रमण आदानप्रदान गर्ने र शिक्षाको गुणस्तर विकासमा कलेजले भूमिका खेल्ने बताउनुभयो ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!