
भक्तपुर, ११ माघ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश सरकार नेपालीका लागि आर्थिक भार थेग्न नसक्ने अवस्था रहेको बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आयोजना आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बिजुक्छेले विगतमै यसका सम्पूर्ण पूर्वाधार तयार गर्न नसक्नाले झनै जटिलता थपिएको जिकिर गर्नुभयो ।
राष्ट्रियसभाको निर्वाचनका विषयमा कुनै कानुनी प्रावधान नभएको बताउँदै पूर्वसांसद बिजुक्छेले यसमा संविधान विपरीत गएर नेपाली काँग्रेस, नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले आआफ्नो अनुकूल व्याख्या गरिरहेको आरोप लगाउनुभयो ।
प्रदेश राजधानी काठमाडाँै उपत्यकामा राख्नाको औचित्य नभएको बताउँदै उहाँले विकास नभएका ठाउँलाई प्रदेश राजधानी बनाउनुपर्ने सुझाव दिनुभयो ।















