जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा

जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा

लिबाङ, रोल्पा, १ चैत । छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार मंगलबार साँझको समयमा खेल्न भनी घर बाहिर रहेकी बालिकालाई अँध्यारो हुनेबेला अभियुक्त बालकले ललाइफकाई जबर्जस्ती करणी गरेको पीडितका आफन्तले प्रहरीमा बयान दिएका छन् । असह्य पीडा भएपछि बालिकाले ...
जथाभावी पार्किङ गरिएका बसको साँचो कब्जामा

जथाभावी पार्किङ गरिएका बसको साँचो कब्जामा

खोटाङ, १ चैत ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलस्थित रत्नपार्कमा जथाभावी पार्किङ गरेर राखेको बसको साँचो नियन्त्रणमा लिएको छ । बसपार्क हुँदाहुँदै यातायात व्यवसायीले सडकबीचमै पार्किङ गरेर राखेका छवटा बसको साँचो बुधबार साँझ पार्किङस्थलमै पुगेर नियन्त्रणमा लिइएको हो । नगरपालिका प्रवेश गर्ने सबै बस तथा जिप सम्बन्धित बसपार्क तथा जिप पार्कमा लगेर राख्न पटक पटक नगरपालिकाले गरेको अनुरोधल...
राष्ट्रपति भण्डारीद्वारा शहीदलाई श्रद्धाञ्जलि

राष्ट्रपति भण्डारीद्वारा शहीदलाई श्रद्धाञ्जलि

काठमाडौँ, १ चैत ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दोस्रो कार्यकाल शुरु भएको सन्दर्भमा आज बिहान लाजिम्पाटस्थित शहीद स्मृति पार्क पुगी माल्यार्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारी शहीदप्रति सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्न त्यहाँ पुग्नुहुँदा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए । नवनिर्वाचित राष्ट्रपति भण्डारीले दोस्रो कार्यकालका ल...
ग्रामीण सडक अलपत्र, कारबाहीको चेतावनी

ग्रामीण सडक अलपत्र, कारबाहीको चेतावनी

भोजपुर, १ चैत । ठेकेदार भागेपछि भोजपुरका ग्रामीण सडक अलपत्र अवस्थामा रहेका छन् । डेनमार्क सरकारको अनुदानमा उन्नति परियोजनाद्वारा सञ्चालित भोजपुर—टक्सार—गुम्बा हँुदै कोट र गोगनेसम्म जाने सडकका ठेकेदार भागेपछि सडक झन् अलपत्र बनेको हो । सोही सडकको ठेकेदार देवजंग शाही भागेको भन्दै स्थानीय आक्रोशित भएपछि भोजपुर सदरमुकाममा आज बसेको सर्वपक्षीय बैठकले ठेकेदार सात दिनभित्र उपस्थित नभए कारबाही गर्ने न...
तेह्र वर्षकै उमेरमा बालविवाह, रोके अभिभावकले

तेह्र वर्षकै उमेरमा बालविवाह, रोके अभिभावकले

जाजरकोट, १ चैत ।  गाउँगाउँमा जनचेतना बढेसँगै बालविवाह रोक्न अभिभावक नै जुटेका छन् । नलगाड नगरपालिका–८ काब्राका १३ वर्षीया चन्द्रिका चदाराको बालविवाह रोकिएको छ । पञ्च भयार मावि, जिकुवामा कक्षा ५ मा पढ्ने छात्रा चन्द्रिका चदारालाई नलगाड–१ चिउरीका १५ वर्षीय प्रेम विकले सोमबार भगाएर लगेका थिए । भगाएर गरिएको बालविवाहले फाइदा नगर्ने भन्दै छात्राका बाबु जयलाल चदाराले केड नेपाल र महिला अधिकार मञ्चको...
कामु प्रधानन्यायाधीश जोशीबाट पदभार ग्रहण

कामु प्रधानन्यायाधीश जोशीबाट पदभार ग्रहण

काठमाडौँ, १ चैत ।  सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आज पदभार ग्रहण गर्नुभएको छ । कामु प्रधानन्यायाधीश जोशीले पदबहालीलगत्तै इजलास तोकी काम समेत शुरु गर्नुभएको छ । न्यायपरिषदले बुधबारको सचिवस्तरीय पत्रमार्फत प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको २०७४ साउन २१ गते ६५ वर्ष पुगेको नागरिकता र शैक्षिक प्रमाणपत्रबाट पुष्टि भएको भन्दै उहाँ पदमा नरह...
२० वर्ष पुराना गाडी आजबाट प्रतिवन्ध, बेवास्ता गरे कवाडीमा लिलाम

२० वर्ष पुराना गाडी आजबाट प्रतिवन्ध, बेवास्ता गरे कवाडीमा लिलाम

काठमाडौं, १ चैत। २० वर्ष नाघेका सार्वजनिक यातायातका साधनलाई सरकारले आजबाट पूर्णप्रतिवन्ध लगाएको छ । यदि त्यसलाई बेवास्ता गर्दै २० वर्ष पुराना गाडी चलाएको पाइएमा जफत गरी कवाडीमा लिलाम गरिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना समेत बढ्न थालेपछि चैत १ गतेदेखि हटाउने निर्णय गरिएको हो । हाल दे...
न्यायपरिषद्ले भन्यो , प्रधानन्यायाधीश पराजुली पदमुक्त, निर्णय मान्दिनँ : पराजुली

न्यायपरिषद्ले भन्यो , प्रधानन्यायाधीश पराजुली पदमुक्त, निर्णय मान्दिनँ : पराजुली

काठमाडाैँ, १ चैत । न्यायपरिषद्ले प्रधानन्यायाधीश गोपाल पराजुलीले सात महिनाअघि नै (२१ साउन २०७४) उमेर हदका कारण अवकाश पाइसकेको जानकारी गराउँदै राष्ट्रपति कार्यालयलाई पत्राचार गरेको छ । न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले बुधबार पराजुलीको न्यापरिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण र परीक्षा नियन्त्रण कार्यालयको विवरणका आधारमा पराजुलीको पदावधि सकिएको जानकारी गराएका हुन् । रा...
बिहे गर्न नमानेको भन्दै युवतीको अनुहारमा छ्यापियो तातो घिउ

बिहे गर्न नमानेको भन्दै युवतीको अनुहारमा छ्यापियो तातो घिउ

कञ्चनपुर, १ चैत । कैलालीमा बोक्सीको आरोपमा किशोरीमाथि निर्घात कुटपिट गरिएको घटना सेलाउन नपाउँदै छिमेकी जिल्ला कञ्चनपुरमा आफूसँग बिहे गर्न नमानेको भन्दै युवतीको अनुहारमा तातो घिउ छ्यापिएको छ । भीमदत्त नगरपालिका–१० गड्डाचौकीका राजेश चन्दले बुधबार बिहान वडा नम्बर ५ बनगाउँकी २१ वर्षीया सुनिता चन्दको अनुहारमा तातो घिउ छ्यापेका हुन् । उनलाई थप कुटपिट पनि गरेर राजेश फरार छन् । बिहान घरमै पूजापाठका लागि ...
पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

उर्लाबारी, मोरङ, १ चैत । मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च ३२२ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४० वर्षीय रमेश लिम्बूको मृत्यु भएको हो । पिकअपको ठक्करबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि स्थानीय पथरी हस्पिटल पु¥याउने बित्तिकै मृत्यु भएको थियो । ठ...
बेवारिस शवले आरोही त्रसित

बेवारिस शवले आरोही त्रसित

काठमाडौं, १ चैत। दशकौंदेखि हिमालमा रहेको बेवारिस शवलाई राज्यले व्यवस्थापन गर्न नसक्दा आरोही त्रसित बन्ने गरेका छन्। आरोही र गाइड कीर्तिमान कायम गर्न हिमाल आरोहणमा जाँदा बाटैभरि शव कुल्चिनुपर्ने बाध्यता छ। आठ हजारमाथिका अधिकांश हिमालमा बाटैभरि प्रशस्त शव भेटिन्छन्। चुचुरो चुम्ने लक्ष्यमा हिँडेका आरोही शव देख्दा झस्किँदै खिन्न मन पारेर अघि बढ्न बाध्य रहेको पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष तथा आरो...
दुई वर्षदेखि बाँसको टहरामा बालबालिका

दुई वर्षदेखि बाँसको टहरामा बालबालिका

ताप्लेजुङ, १ चैत ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी दुई वर्षदेखि बाँसको टहरामा असुरक्षित रुपमा बसेर पढ्न बाध्य छन् । विसं २०७२ मा आएको भूकम्पले विद्यालयको एउटा भवनमा क्षति पुगेपछि कक्षा ५ सम्मका बालबालिकालाई बाँसको टहरामा राखेर पठनपाठन गराइँदै आएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थी भने भूकम्पले चर्काएको जीर्ण भवनमा जोखिम मोलेर बस्दै आएका छन्...
आवश्यकताका आधारमा संविधान संशोधन : प्रधानमन्त्री

आवश्यकताका आधारमा संविधान संशोधन : प्रधानमन्त्री

काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । संसद्मा विश्वासको मत दिएका प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदलाई सरकारी निवास बालुवाटारमा बुधबार धन्यवाद दिँदै उनले संविधान गतिशील दस्तावेज भएकाले संशोधन गर्न सकिने बताए । ‘संविधान समयको मागअनुसार संशोधन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, देशलाई नोक्सानी हुने गरी, अखण्...
सम्बन्ध विच्छेद गरेका श्रीमान् छोरीको शव दाबी गर्न आएपछि

सम्बन्ध विच्छेद गरेका श्रीमान् छोरीको शव दाबी गर्न आएपछि

काठमाडाैँ, १ चैत। राजधानी दैनिकमा सम्बन्ध विच्छेद गरेर छुट्टै बसेका श्रीमान् छोरीको शव दावी गर्न आएको समाचार छ । यो समाचार बंगला एयर विमान दुर्घटनासँग सम्बन्धित छ । समाचारमा लेखिएको छ- ‘मैले निकै दुःखले हुर्काएको छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ । नत्र मलाई पनि प्यारी छोरीको शवसँगै जलाइदिए हुन्छ,’ बुधबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भेटिएकी उर्मिला प्रधानले भनिन् । ...
सर्वोच्च न्यायालयमा अभूतपूर्व अन्योल

सर्वोच्च न्यायालयमा अभूतपूर्व अन्योल

काठमाडाैँ, १ चैत । न्याय परिषदले प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको जानकार गराए पनि पराजुलीले भने आफू पदमा बहाल नै रहेको दावी गर्दै अदालत जाने र नियमित काम गर्ने बताएका छन् । तर कामु प्रधानन्यायाधीश तोकिएका दीपकराज जोशीले भने आफू स्वतः कामु भएकाले इजलास तोक्ने बताएका छन् । यसबाट न्याय क्षेत्रमा अभूतपूर्व अन्योल आएको नयाँपत्रिका दैनिकमा समाचार छ । यस विषयमा कानुनका जानकारहरुको मत नै बाझिएको...
गुन्डानाइके गणेश लामा पेस्तोलसहित पक्राउ

गुन्डानाइके गणेश लामा पेस्तोलसहित पक्राउ

काठमाडौं, १ चैत । गुन्डानाइके गणेश लामा हतियारसहित पक्राउ परेका छन् । प्रहरीले उनीसँग टाइप ५४ लेखिएको चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको छ । लामाको बा.३च १७२ नम्बरको प्राडो गाडी पनि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गौशालाको पिंगलास्थानमा बुधबार राति करिब साढे ९ बजे अज्ञात समूहले आफूलाई लक्षित गरेर गोली प्रहार गरेपछि प्रतिकारमा लामाले पनि गोली चलाउने तयारी गर्दै थिए । त्यहीवेला उनी प...
२०७४ चैत १ गते बिहीबारको राशिफल

२०७४ चैत १ गते बिहीबारको राशिफल

वि.सं. २०७४ साल चैत १ गते। बिहीबार। इश्वी सन् २०१८ मार्च १५ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– त्रयोदशी, १६:५६ बजेउप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तर, प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। लाभको अवसर मिले पनि फाइदाको केही अंश अरूलाई ...
स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा पुरस्कृत

स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा पुरस्कृत

विराटनगर, ३० फागुन । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै विराटनगर स्थित नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्मालाई बुधबार पुरस्कृत गरिएको छ । विराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकले ७ औं बार्षिकोत्सवको अवसर पारेर डा.शर्मालाई पुरस्कृत गरेको हो । कार्यक्रममा बरिष्ठ हाँस्य कलाकार हरिवंस आचार्यले डा.शर्मालाई माला र खादा ओढाएर ९ हजार ९ सय ९९ नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । नोबेल अस्प...
अन्तरिक्ष सेना बनाउने अमेरिकी राष्ट्रपतिको प्रस्ताव

अन्तरिक्ष सेना बनाउने अमेरिकी राष्ट्रपतिको प्रस्ताव

सान डियागो, अमेरिका, ३० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब अन्तरिक्ष सैन्य बल (स्पेस् फोर्स्) गठन गर्ने प्रस्ताव गर्नुभएको छ । अमेरिकी सशस्त्र बलको नयाँ अंगका रुपमा ‘स्पेस फोर्स’ गठन हुने उहाँले स्पष्ट गर्नुभएको छ । सान डियागोको एक म्यारिन कप्र्स् एयर स्टेशनमा सैनिक अधिकारीहरुलाई गर्नुभएको सम्बोधनका क्रममा उहाँले यो प्रस्ताव गर्नुभएको बताइएको छ । उहाँले भन्नुभयो– अमे...
इलाम नगरसभाद्वारा छ वटा ऐन पारित

इलाम नगरसभाद्वारा छ वटा ऐन पारित

मंगलबारे इलाम, ३० फागुन ।  विभिन्न छवटा ऐन पारित गर्दै इलाम नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ । सभाले ‘इलाम नगरपालिका सहकारी ऐन २०७४’, ‘इलाम नगरपालिका नगर प्रशासकीय ऐन २०७४’, ‘इलाम नगरपालिका नगर कर्मचारी ऐन २०७४’, ‘इलाम नगरपालिका कृषि व्यावसाय ऐन २०७४’, ‘इलाम नगरपालिका बजार अनुगमन ऐन २०७४’ र ‘इलाम नगरपालिका न्यायिक समिति ऐन २०७४’ पारित गरेको हो । नगरसभाबाट पारित ऐन एकसाताभित्र प्रमाणीकर...
अन्तर्राष्ट्रिय चिया महोत्सव चैत २३ देखि

अन्तर्राष्ट्रिय चिया महोत्सव चैत २३ देखि

काठमाडौँ, ३० फागुन । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आगामी चैत २३ देखि २५ गतेसम्म ‘तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव’ गर्ने भएको छ । काठमाडौँमा हुने उक्त महोत्सवमा एसिया, युरोपलगायत १३ मुलुकका प्रतिनिधिले सहभागिता जनाउने छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले नेपाली हावापानीमा उत्पादन हुने चियाको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग भए पनि त्यसको आपू...
नवनिर्वाचित राष्ट्रपति भण्डारीद्वारा शपथ ग्रहण

नवनिर्वाचित राष्ट्रपति भण्डारीद्वारा शपथ ग्रहण

काठमाडौँ, ३० फागुन । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उहाँले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो । सो अवसरमा नेपाली सेनाको एक ब्यान्डले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो । शपथलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र स...
राम्रो उपचारको खोजिमा रहेका राई भन्छन् ‘ढुंगा खोज्दा देउता मिल्यो नोबेल’ (भिडियो रिपोर्टसहित)

राम्रो उपचारको खोजिमा रहेका राई भन्छन् ‘ढुंगा खोज्दा देउता मिल्यो नोबेल’ (भिडियो रिपोर्टसहित)

विराटनगर, ३० फागुन । लेटाङ नगरपालिका–१ थामडाँडाका कोशीकुमार राई भाचिएको खुट्टाको उपचारकालागि धेरैवटा अस्पताल पुगे । उपचारका लागि १० लाख भन्दा बढी खर्चिए । तर, भाचिएको खुट्टाले टेक्न मिल्नुको सट्टा उल्टै पीडा बल्झियो । राम्रो उपचारको खोजिमा भौतारिरहेका राईकालागि विराटनगर स्थित नोबेल शिक्षण अस्पताल ‘ढुंगा खोज्दा देउता मिल्यो’ भन्ने उखान जस्तै बनेको छ । अरु अस्पतालमा लाखौं खर्चिएर उपचार गराउँदा पनि ...
शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने: दाहाल

शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने: दाहाल

काठमाडौँ, ३० फागुन।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने बताउनुभएको छ । किराती राष्ट्रियमुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक किरात राई संघद्वारा आज यहाँ आयोजित ‘प्रदेश नंं १ का संघीय तथा प्रदेशसभा सदस्यलाई सम्मान तथा बधाई कार्यक्रम’मा उहाँले भन्नुभयो —“बिहीबार वा शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ ।” अध्यक्ष दाहालले मन्त्रिमण्डलले पूर...
उपराष्ट्रपति निर्वाचन चैत ९ गते हुने

उपराष्ट्रपति निर्वाचन चैत ९ गते हुने

काठमाडौँ, ३० फागुन । निर्वाचन आयोगले उपराष्ट्रपतिको निवाचन चैत ९ गते गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षता आज बसेको बैठकले उपराष्ट्रपतिको निर्वाचन सोे मितिमा गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगका अनुसार चैत ९ गते शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुनेछ । निर्व...
बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली काठमाडौँमा

बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली काठमाडौँमा

काठमाडौँ, २९ फागुन ।  सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो । उच्चस्तरीय सरकारी टोली यूएस बंगला विमान दुर्घटनाबारे जानकार...
धनकुटाको घण्टेमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

धनकुटाको घण्टेमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

धनकुटा, २९ फागुन । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ घण्टेमा स्काभेटर लिएर आउँदै गरेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाईते भएका छन् । ना.५ ख.१९३६ नम्बरको ट्रक ब्रेकफेल भएर पल्टिएको हो । दुर्घटनामा परी साँगुरीगढी गाउँपालिका–७ का ४५ बर्षीय रामजीत राई र वीर बहादुर राईको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए । दुर्घटनामा परी...
राष्ट्रपति निर्वाचनमा मतदान शुरु

राष्ट्रपति निर्वाचनमा मतदान शुरु

काठमाडौँ, २९ फागुन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान अहिले बिहान शुरु भएको छ । पहिलो मतदान संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गर्नुभयो । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । मतदानका लागि बिहान ९ बजेदेखि ...
बैंकर्स संघ र एनआइसी एसिया बैंकबीच सहमति

बैंकर्स संघ र एनआइसी एसिया बैंकबीच सहमति

काठमाडौं, २९ फागुन । वाणिज्य बैंकहरूबीच ब्याजदरका विषयमा देखिएको विवाद टुंगिएको छ । ब्याजदरका सम्बन्धमा वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबिए) र एनआइसी बैंकबीच सहमति भएपछि विवाद टुंगिएको हो । एनबिएले तोकेको ब्याजदर कायम गर्न एनआइसी–एसिया तयार भएपछि ऊसँगको अन्तरबैंक कारोबार फुक्का गर्न बैंकर्स संघसमेत सहमत भएको छ । एनबिआई–एनआइसीबीच देखिएको विवाद समाधान भएको अध्यक्ष ज्ञानेन्द्र...
उत्तर कोरियासँगको वार्तामा महत्वपूर्ण सहमति हुनसक्छः राष्ट्रपति ट्रम्प

उत्तर कोरियासँगको वार्तामा महत्वपूर्ण सहमति हुनसक्छः राष्ट्रपति ट्रम्प

वासिङ्टन, २९ फागुन।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्छ भन्नुभएको छ । उहाँले भन्नुभयो– “सो वार्ता सकारात्मक छ र उत्तरले आश्वासन दिएबमोजिम सो वार्तामा महत्वपूर्ण उपलब्धि पनि हुने सम्भावना अत्यधिक रहेको छ । ” राष्ट्रपति ट्रम्पले आइतबार सो धारणा राख्नुभएको हो । उहाँले उत्तर कोरियाली नेता किम जङ उनले आगामी दिनमा अणुअस्त्रको उत...
राष्ट्रपतिको निर्वाचन आज

राष्ट्रपतिको निर्वाचन आज

काठमाडौँ, २९ फागुन।  संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा आज बिहान १० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ । मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई (दुवै भोजपुरका) प्रतिष्पर्धामा हुनुहुन्छ । गणतन्त्र नेप...
error: Content is protected !!