विराटनगर, ३० फागुन । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै विराटनगर स्थित नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्मालाई बुधबार पुरस्कृत गरिएको छ । विराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकले ७ औं बार्षिकोत्सवको अवसर पारेर डा.शर्मालाई पुरस्कृत गरेको हो ।

कार्यक्रममा बरिष्ठ हाँस्य कलाकार हरिवंस आचार्यले डा.शर्मालाई माला र खादा ओढाएर ९ हजार ९ सय ९९ नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । नोबेल अस्पतालबाट पछिल्लो एक बर्षको अवधिमा ५० हजारभन्दा बढी विरामीको निःशुल्क उपचार गरेर स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएकाले डा.शर्मालाई पुरस्कृत गरिएको न्यू सृष्टि दैनिकका प्रकाशक तथा प्रधान सम्पादक शंकर खरेलले बताएका छन् ।

Advertisement

स्वास्थ्य ब्यावसायमात्र होइन सेवा पनि हो भन्ने भावनाका साथ अग्रसर डा.शर्माले कमाएको ख्याती धेरैका लागि उदाहरणीय हुनसक्ने सम्मानपत्रमा उल्लेख छ । सम्मानीत भएपछि डा.शर्माले स्वास्थ्य क्षेत्रमा अझै योगदान पुर्याउँनुपर्छ भन्ने भावना र उर्जा मिलेको प्रतिक्रिया दिएका छन् ।

नोबेल अस्पताल सञ्चालक डा.शर्मालाई पुरस्कृत गर्दै हाँस्य कलाकार आचार्य ।

न्यू सृष्टि दैनिकले बार्षिकोत्सवको अवसर पारेर कला, साहित्य लगायत बिभिन्न विधाका ब्यक्तिलाई पनि सम्मान एवं पुरस्कृत गरेको छ । कार्यक्रममा बोल्दै बरिष्ठ हाँस्य कलाकार हरिवंस आचार्यले महत्वपूर्ण ब्यक्तिहरुलाई सम्मान गर्न पाउँदा गौरवान्वित महसुस भएको बताएका छन ।

सो अवसरमा बोल्दै कांग्रेस नेता डा.शेखर कोईराला र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरलाई प्रदेशको स्थायी राजधानी बनाउँदै विकासमा गति दिनका लागि प्रतिवद्ध रहेको धारणा राखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!