संविधान विश्वकै उत्कृष्ट छ: पूर्व प्रम खनाल

संविधान विश्वकै उत्कृष्ट छ: पूर्व प्रम खनाल

मंगलबारे, इलाम, ४ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देश अब संविधान कार्यान्वयनमा अघि बढिसकेको बताउनुभएको छ । नेकपा एमाले इलामको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटका क्रममा उहाँले तीन तहको निर्वाचन र देशले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्री नयाँ संविधानअनुसार पाइसकेकाले देश संविधान कार्यान्वयनको चरणमा गएको बताउनुभएको हो । “दश वर्ष लगाएर बनाइ...
हवाई आक्रमणमा २९ तालिबानको मृत्यु

हवाई आक्रमणमा २९ तालिबानको मृत्यु

लस्करगाह, अफगानिस्तान, ४ चैत । अफगान सुरक्षा फौजले गरेको हवाई कारबाहीमा अफगानिस्तानमा शनिबार कम्तीमा २९ तालिबान लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको हेल्मण्ड प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अफगान रक्षामन्त्रालयले आइतबार जनाएको छ । “सुरक्षा फौजले तालिबान लडाकूहरुलाई लक्षितगरी युद्धक विमानबाट आक्रमण गरेको थियो,” मन्त्रालयद्धारा जारी वक्तव्यमा भनिएको छ, । हेल्मण...
१६ हजारलाई सीपमूलक तालीम दिइने

१६ हजारलाई सीपमूलक तालीम दिइने

काठमाडौँ, ४ चैत ।  सरकारले आर्थिक विपन्न युवालाई स्वरोजगार गराउने उद्देश्यले १६ हजारलाई सीपमूलक तालीम दिने भएको छ । गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपांगता भएकालाई पहिलो चरणमा उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवालाई सीपमूलक तालीम दिन थालिएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)का परियोजना प्रमुख टेकनारायण पाण्डेले बताउनुभयो । उपत्य...
सरकारसँग एक महिलाको गुहार

सरकारसँग एक महिलाको गुहार

सुर्खेत, ४ चैत । बिहानको समय थियो । भेरी नदीबाट आउने चिसोको झोक्काबाट बचाउन पुष्पा बच्चाबच्चालाई गुच्मुच्च पारेर खुला त्रिपालमुनिको आगोको सेको लगाउँदै हुनुहन्थ्यो । चुल्हो र थोरै भाँडावर्तन राखिएको साँघुरो त्रिपालमुनि बसिरहेका उहाँलाई नानीहरुले बिहानको खाना मागिरहेका थिए तर भन्ने बित्तिकै दिनसक्ने खाना रहेनछ, उहाँकामा । एकसरो अनि विभिन्न ठाउँमा च्यातिएको कपडा लगाएका नानीहरुलाई हिजो बेलुका बचेखु...
राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल निर्वाचित

काठमाडौँ, ४ चैत।  राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल निर्वाचित हुनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा भएको हस्ताक्षरसहितको मत विभाजनमा माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा ४५ र नेपाली काँग्रेसका उम्मेदवार वृन्दादेवी आले (राना)को पक्षमा ११ मत परेको थियो । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा बहुमत भएकाले निर्...
नागरिक समाज पार्टीको झुण्ड बनेको आरोप

नागरिक समाज पार्टीको झुण्ड बनेको आरोप

काठमाडौँ, ४ चैत ।  नेकपा (एमाले)का नेता सुवास नेम्बाङले भ्रष्टाचार अन्त्य र सुशासन कायम राखे मात्र मुलुकमा विकास सम्भव भएको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र शान्ति र विकासका लागि नागरिक समाजले यहाँ ‘शान्ति, स्थिरता र विकास बृहत् नागरिक परामर्श’ विषयमा आयोजना गरेको छलफलमा उहाँले मुलुकमा रहेको व्याप्त भ्रष्टाचारलाई अन्त्य गरी सुशासन कायम राख्नुपर्ने बताउनुभयो । पूर्वसभामुख नेम्...
कर्णाली प्रदेशको राजधानीमा खानेपानी समस्या

कर्णाली प्रदेशको राजधानीमा खानेपानी समस्या

सुर्खेत, ४ चैत।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खानेपानीको अभाव भएको छ । डेढ लाख जनसंख्या रहेको सुर्खेतको उपत्यका वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनसंख्याका कारण पानीको समस्या छ । राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पु¥याउन सकेको छैन । विसं २०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था (झुप्रा ...
निकुञ्ज छलेर रेलमार्गको सम्भाव्यता अध्ययन

निकुञ्ज छलेर रेलमार्गको सम्भाव्यता अध्ययन

चितवन, ४ चैत ।  चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व–पश्चिम रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । यसअघि निकुञ्ज हुँदै रेलमार्गको सम्भाव्यता अध्ययन गरिएपछि वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको थियो । रेल विभागका वरिष्ठ इञ्जिनियर प्रकाश उपाध्यायकाअनुसार पछिल्लो सम्भाव्यता अध्ययनबमोजिम निकुञ्ज छल्नका लागि चितवनको सौराहा र टाँडीबीच हुँदै बीस हजारी तालको दक्षिणतर्फबाट र भरतपुर विमानस्थलक...
प्रदेशसभा सदस्य गुरुङको देशविदेशमा खोजी

प्रदेशसभा सदस्य गुरुङको देशविदेशमा खोजी

काठमाडौँ, ४ चैत ।  नेपाल प्रहरीले दीपक मनांगे भनिने प्रदेशसभा सदस्य राजीव गुरुङलाई ‘इन्टरपोल’मार्फत खोजी अभियान शुरु गरेको छ । प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेको भन्दै मनाङ प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित गुरुङ अदालतको आदेशपछि फरार छन् । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले गुरुङको देश तथा विदेशमा खोजी भइरहेको जानकारी दिनुभयो । गत माघ २ मा सर्वोच्च अदालतले ज्यान मार...
श्रीलंकामा संकटकाल हट्यो

श्रीलंकामा संकटकाल हट्यो

कोलम्बो, ४ चैत । बौद्ध र मुस्लिम धर्मावलम्बीबीच द्वन्द्व शुरु भएपछि गत मार्च ६ तारिखदेखि श्रीलंकामा लगाइएको संकटकाल हटेको छ । श्रीलंकाली राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले आइतबार राष्ट्रव्यापी संकटकाल हटाइएको जानकारी दिएका हुन् । ‘सार्वजनिक सुरक्षास्थितिको मूल्यांकनपछि मैले मध्यरातदेखि संकटकाल हटाउने निर्देशन दिएको छु,’ सिरिसेनाले आफ्नो ट्वीटरमा लेखेका छन् । क्यान्डीमा बौद्ध र मुस्लिम धर्मावलम्बी...
रोबोटबाट चल्ने सिमेन्ट उद्योग हेटौंँडामा

रोबोटबाट चल्ने सिमेन्ट उद्योग हेटौंँडामा

हेटौँंडा, ४ चैत । पहिलो पटक हेटौँंडामा रोबोटबाट सञ्चालन हुने ठूलो सिमेन्ट उद्योगले परीक्षण उत्पादन गर्ने तयारीमा छ । जगदम्बा र शंकर ग्रुपको संयुक्त लगानीमा निर्माण भइरहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग प्रालि निर्माणको अन्तिमचरणमा पुगेको हो । दैनिक ५० केजी तौलको ५६ हजार बोरा सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता भएको उद्योगमा सिमेन्ट उत्पादनका लागि उपकरण सञ्चालनमा रोबोट प्रयोग हुने भएकाले जनशक्ति कम ल...
रुसमा राष्ट्रपति चयनका लागि मतदान सुरु

रुसमा राष्ट्रपति चयनका लागि मतदान सुरु

रुस, ४ चैत । रुसमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार रुसी नागरिकले मतदान सुरु गरेका छन् । रुसी महासंघको पूर्वी क्षेत्र काम्चाट्का र चोकोट्कामा आइतबार बिहान स्थानीय समय अनुसार ८ बजे मतदान सूरु गरिएको छ । रुसको भूभाग निकै ठूलो रहेको र यसका कारण यहाँको समयमा पनि फरक पर्ने भएकोले ती बाहेकका रुसका अरु कैयौँ क्षेत्रका मतदाताले भने मतदानका लागि घन्टौँ कुर्नुपर्ने हुन्छ । निर्वाचन अधिकारीहरुले जन...
बालबचतमा राउटे बालबालिका

बालबचतमा राउटे बालबालिका

डडेल्धुरा ४, चैत ।  जिल्लाको परशुराम नगरापलिकामा रहेका राउटे बालबालिकाले बालबचत गर्न शुरु गरेका छन् । केही समय अगाडि आमाबुबासंगै जंगली खाद्यवस्तु र जंगली जनावरको शिकार गर्दै आएका राउटेका बालबालिका बालबचततर्फ आकर्षित भएका हुन् । राउटेहरुको आर्थिक विकासका लागि नेपाल सरकारले दिने प्रतिव्यक्ति रु दुई हजार सामाजिक सुरक्षा भत्तामध्ये केही रुपैया यहाँस्थित सबै भन्दा ठूलो ‘शीर्ष साना शहकारी’ मा यहाँका ३६...
जेठाजुबाट बुहारीलाई मिर्गौला दान

जेठाजुबाट बुहारीलाई मिर्गौला दान

काँकडभिट्टा, ४ चैत । झापाका पत्रकार माया पकुवाललाई मिर्गाैला प्रत्यारोपण गरिएको छ । भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उहाँकै जेठाजु सौरभले काठमाडौँस्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला दान गरेको परिवारले जनाएको छ । दश महिनाअघि रक्तचाप घटबढ भइरहने र ज्वरो आइरहने भएपछि पकुवाल उपचारका धरानस्थित बिपी मेमोरियल अस्पताल जानुभएको थियो । उपचारक...
प्राधिकरणको बेवास्थाले खानीडाँडा विमानस्थल बेकम्मा बन्दै

प्राधिकरणको बेवास्थाले खानीडाँडा विमानस्थल बेकम्मा बन्दै

खोटाङ, ४ चैत । नेपाल नागरिक उड्डयान प्राधिकरणको बेवास्थाका कारण खोटाङको मनमाया राई खानीडाँडा विमानस्थल बेकम्मा बन्ने स्थितिमा पुगेको छ । सदरमुकाम दिक्तेल नजिक रहेको खानीडाँडा विमानस्थल चिराचिरा हुँदासम्म प्राधिकरणले चासो नदेखाउँदा बेकम्मा बन्ने स्थितिमा पुगेको हो । माटो कटान हुँदा जोखिममा परेको विमानस्थल मर्मतका लागि बजेट विनियोजन भएको भए पनि प्राधिकरणले हालसम्म काम गर्ने चासो देखाएको छैन । गत ज...
दृष्टिविहीन दाजुभाइ दिदीबहिनी, कहाँ जाला यिनको भविष्य

दृष्टिविहीन दाजुभाइ दिदीबहिनी, कहाँ जाला यिनको भविष्य

लिबाङ, रोल्पा, ४ चैत । कुनै मान्छे संसार हेर्ने दृष्टि भएर पनि दृष्टिविहीन बनेर बाँचेको हुन्छ भने कुनै मान्छे जन्मजात नै ठगिएको छ । ऊसँग संसार हेर्ने दृष्टि छैन तर पनि ऊ ज्ञानको आँखाले संसार हेर्न प्रयत्नशील रहेको छ । फरक यत्ति हो कि बाहिरी आँखाले भन्दा ज्ञानको आँखाले संसार हेर्न निकै संघर्ष गर्नुपर्छ । त्यो पनि दृष्टि नै नभएकालाई अझ धेरै चुनौती छ, समस्या छ । रोल्पामा एकै घरका दुई दाजुभाइ तथा ...
रोल्पाका १ सय २१ विद्यार्थी एसईईवाट वञ्चित

रोल्पाका १ सय २१ विद्यार्थी एसईईवाट वञ्चित

रोल्पा, ४ चैत।  परीक्षा आवेदन फाराम भरेकामध्ये रोल्पामा १२१ जना परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुन नपाउने भएका छन् । विद्यालयमा दैनिक हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् । विद्यालयमा अनुपस्थित हुने तथा परीक्षा दिनका लागि उमेरसमेत नपुगेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकोे जिल्ला शिक्षा कार्यालय रोल्पाले जानकारी दिएको छ । शिक्षा नियमावलीअनुसार विद्यार्...
अघिबढ्यो अमेरिका उत्तर कोरिया वार्ता, अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै

अघिबढ्यो अमेरिका उत्तर कोरिया वार्ता, अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै

हेलसिन्की, ४ चैत ।  संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् । गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा सुरु भएको हो । सोही वार्ताकै प्रयोजनका लागि यी दुई देशका अधिकारीहरु अनौपचारिक रुपमा हेलसिन्कीमा वार्तामा बस्न लागेका हेलसिन्कीबाट विभिन्न अन...
छुट्टाछुट्टै आगलागीमा २० लाखको क्षति

छुट्टाछुट्टै आगलागीमा २० लाखको क्षति

राजविराज, ४ चैत ।  सप्तरीका छुट्टाछुट्टै ठाउँमा शनिबार साँझ आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको छ । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरमा शनिबार साँझ एउटा हार्डवेयर पसलमा आगलागी भएको छ । स्थानीय दीनानाथ रौनियारको हार्डवेयर पसलमा कोही नभएको बेला आगलागी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरको तल्लो तलामा रहेको पसलमा राखिएको प्लास्टिक, हार...
प्रथम खोटाङ आइडल बने तेजकुमार

प्रथम खोटाङ आइडल बने तेजकुमार

खोटाङ, ४ चैत । सोह्र वर्षीय तेजकुमार राई प्रथम खोटाङ आइडल बनेका छन् । गएराति दिक्तेलमा सम्पन्न फाइनल चरणको अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई उछिन्दै राई प्रथम आइडल बनेका हुन् । आइडल बनेसँगै उनले नगद रु ५४ हजार ५७४ को साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात परेका छन् । पुरस्कार हात पार्नुका साथै राईलाई छ महिना संगीत विद्यालय अध्ययनको अवसर र एउटा गीत रेकर्डको व्यवस्थासमेत गरिने कार्यक्रम संयोजक जीवनक...
तरुण दलले सातै प्रदेशमा भेला गर्ने

तरुण दलले सातै प्रदेशमा भेला गर्ने

काठमाडौँ, ४ चैत।  नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ । दलले ‘सम्पूर्ण तरुण प्रशिक्षित–सम्पूर्ण युवा संगठित’ अभियानअन्तर्गत सबै प्रदेशमा प्रदेशस्तरीय भेला गर्न लागेको हो । दलका महासचिव भूपेन्द्रजंग शाहीले तरुण दलको केन्द्रीय समितिको आयोजनामा सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । प्रशि...
सुनसरीको मधुवनमा भिषण आगलागी

सुनसरीको मधुवनमा भिषण आगलागी

इटहरी, ४ चैत ।  सुनसरी जिल्लाको साविक मधुवन–९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिनुभयो । क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने पनि उहाँको भनाइ र...
मेयरकपको उपाधि मेचीनगरको पोल्टामा

मेयरकपको उपाधि मेचीनगरको पोल्टामा

मंगलबारे, इलाम, ४ चैत । इलामको करफोकमा जारी प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मेचीनगर नगरपालिका, झापाले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मेचीनगर नगरपालिकाले आयोजक सूर्योदय नगरपालिकालाई ट्राइवेकरका आधारमा ३–० गोल अन्तरले पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित समयमा दुवैतर्फबाट तीन/तीन गोल गर्दै बराबरी गरेपछि ट्राइवेकरका आधारमा नतिजा लिइएको हो । उपाधिस...
लमजुङमा टेलिमेडिसिन सेवा शुरु हुँदै

लमजुङमा टेलिमेडिसिन सेवा शुरु हुँदै

लमजुङ, ४ चैत ।  लमजुङका जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा शुरु हुने भएको छ । आधुनिक प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको हो । जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशिक्षण एवं बिरामी उपचारका लागि टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । काठमाडौँमा रहेका वरिष्ठ चिकित्सकबाट जिल्ला अस्पताल एवं स्वास्थ...
अब घाँसको पनि बीमा !

अब घाँसको पनि बीमा !

काठमाडौं, ४ चैत। तरकारी बालीपछि बीमा समितिले घाँसेबाली बीमालेख सञ्चालनमा ल्याउने तयारी गरेको छ । नेपाल घाँस विकास संघ र राष्ट्रिय चरन पशु आहार केन्द्रको समन्वयमा समितिले घाँसेबाली बीमा योजना निर्माण गर्ने तयारी गरेको हो । समितिका अनुसार केही दिनमै यस्तो बीमालेख जारी हुनेछ । यस्तो बीमालेखअनुसार बीमा अवधिभित्र घाँसेबालीमा भएको हानी–नोक्सानीको उत्पादन मूल्यका आधारमा बीमा कम्पनीले क्षतिपूर्ति भुक्तान...
प्रतिपक्ष रणनीति माओवादी फकाउने, एमाले एक्ल्याउने

प्रतिपक्ष रणनीति माओवादी फकाउने, एमाले एक्ल्याउने

काठमाडौं, ४ चैत। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा एमालेलाई एक्ल्याएर नेकपा माओवादी केन्द्रलाई भने फकाउने रणनीति अवलम्बन गरेको छ । विभिन्न संवैधानिक पदमा एमालेका तर्फबाट बनेका उम्मेदवारलाई निर्विरोध बन्न रोक्दै आएको कांग्रेसले माओवादीका उम्मेदवारलाई भने समर्थन गर्दै आएको छ । गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन तथा राष्ट्रिय सभाको निर्वाचनमा संयुक्त उम्मेदव...
बोक्सी आरोपमा निर्घात कुटिएकी राधा बोक्सी प्रथाविरुद्ध

बोक्सी आरोपमा निर्घात कुटिएकी राधा बोक्सी प्रथाविरुद्ध

काठमाडौं, ४ चैत । बोक्सी आरोपमा निर्घात कुटिएकी राधा चौधरी बोक्सी प्रथाविरुद्ध लागेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसको दिन २४ फागुनमा बोक्सीका नाममा झन्डै ६ घण्टा कुटाइमा परेकी कैलाली घोडाघोडी नगरपालिका–५ देवकलियाकी १८ वर्षीया राधा शुक्रबार आफू कुटिएको गाउँमा पुगेर बोक्सी प्रथाविरुद्धको अभियानमा लागेकी हुन् । ‘अन्तर्राष्ट्रिय महिला दिवसको दिन २४ फागुनमा बोक्सीको नाममा झण्डै ६ घण्टा कुटाइमा पर...
स्वैच्छिक अवकाश रोक्ने सरकारको तयारी

स्वैच्छिक अवकाश रोक्ने सरकारको तयारी

काठमाडौं, ४ चैत । नयाँ पत्रिका दैनिकले ‘कर्मचारीको स्वैच्छिक अवकाश रोक्ने तयारी’ शीर्षकको मुख्य समाचार छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कर्मचारीलाई अवकाशमा होइन, काममा पठाउने हो’ भनेको र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि स्वैच्छिक अवकाशको विपक्षमा रहेको समाचारमा लेखिएको छ । समाचारमा लेखिएको छ, ‘सेवाअवधि सकिन लागेका धेरै कर्मचारी यो प्याकेजमा आकर्षित भएपछि वर्तमान सरकारले प्याके...
व्यापार घाटा ६ खर्ब, गत वर्षभन्दा १८ प्रतिशत वृद्धि

व्यापार घाटा ६ खर्ब, गत वर्षभन्दा १८ प्रतिशत वृद्धि

काठमाडौं, ४ चैत।  दैनिक उपभोग्य र विलासिताका सामग्रीको उच्च आयातसँगै निराशाजनक निर्यातले वर्षको सात महिनामै व्यापार घाटा ६ खर्ब १० अर्ब पुगेको छ । भन्सार विभागका अनुसार गत साउनदेखि माघसम्म १ सय ४२ मुलुकबाट ६ खर्ब ५७ अर्ब ६१ करोड ८५ लाख ५१ हजार रुपैयाँका सामग्री आयात गरियो । निर्यात भने ४७ अर्ब ६२ करोड २१ लाख ७८ हजार रुपैयाँको मात्रै भएको छ । निर्यात १३ प्रतिशतले वृद्धि भएको छ भने आयात ...
एसइई परीक्षामा चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना

एसइई परीक्षामा चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना

काठमाडौं, ४ चैत केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (इसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हअुने यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ । प्रदेशअनुसार प्रश्नपत्र तयार हुन नसकेपछि चारवटा क्लस्टरका आधारमा प्रश्नपत्र छापिएका छन् । चैत ८ देखि १८ गतेसम्म सञ्चालन हुने परीक्ष...
प्रधानमन्त्री ओलीसँग फोरम सशंकित

प्रधानमन्त्री ओलीसँग फोरम सशंकित

काठमाडौं, ४ चैत। फोरमसँग मन्त्रालय बाँडफाँड टुंगिनुअगावै प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि फोरमका नेता सशंकित भएका छन् । गत बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको थिएन । तर, भोलिपल्टै ओलीले मन्त्रिपरिषद् विस्तार गरे । बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको थिएन । तर, भोलिपल्टै ओलीले मन्त्रिपरि...
error: Content is protected !!