बाँझो राखे जग्गा अर्कैलाई

बाँझो राखे जग्गा अर्कैलाई

काठमाडौँ, ९ साउन । रुपन्देहीको सैनामैनामा अब खेतीयोग्य जमिन बाँझो राख्न नपाइने छ । प्लटिङका नाममा जग्गा खाली छाड्न पनि मिल्नेछैन । स–साना टुक्रामा समेत जे मिल्छ, त्यही खेती गर्नुपर्नेछ । नत्र रुपन्देहीको सैनामैना नगरपालिकाले जग्गावालाबाट जरिवाना असुल्नेछ । जरिवाना लिएर त्यस्तो जग्गा नगरपालिका आफैंले भाडामा लगाउने छ । खेतीयोग्य जमिनमा भएको खण्डीकरण र प्लटिङ रोक्न यस्तो गरिएको हो ।  कान्तिपुर दै...
महँगो भएपछि जनताले किन्न छाडे खाद्य संस्थानको चामल

महँगो भएपछि जनताले किन्न छाडे खाद्य संस्थानको चामल

डोल्पा, ९ साउन । हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन् । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल वितरण गर्ने गरे पनि महँगो हुने भएपछि जनताले किन्न छोडेका छन् । जापान सरकारले अनुदानमा दिने गरेको जापानी चामलको मूल्य बजारको चामलभन्दा पनि महँगो भएपछि जनताले खाद्यान्नको जापानी चामल किन्न नमानेका हुन् । प्रतिकेजी रु ६५ मा बिक...
रेडियो, टेलिभिजनलाई नयाँ इजाजत रोक

रेडियो, टेलिभिजनलाई नयाँ इजाजत रोक

काठमाडौँ, ९ साउन । सरकारले रेडियो, टेलिभिजन र डिजिटल प्रसारणको नयाँ इजाजतमा रोक लगाएको  छ । रेडियो फ्रिक्वेन्सी बाँडफाँड, क्षमता वृद्धिलगायात विषयमा अध्ययन भइरहेकाले केही समयका लागि नयाँ इजाजत प्रदान बन्द गरिएको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले असार ३१ को मन्त्रीस्तरीय निर्णयाबट नयाँ इलाजतामा रोक लगाएको छ । मन्त्रालयले असार ३२ मा सूचना तथा प्रसारण विभागलाई पत्र लेख्दै नयाँ इजाजतपत्र ज...
व्यक्तिको गोपनीयता भंग गरे तीन वर्ष कैद

व्यक्तिको गोपनीयता भंग गरे तीन वर्ष कैद

काठमाडौँ, ९ साउन । सम्बन्धित व्यक्तिलाई नसोधी कसैले गोपनीयता भंग गरे तीन वर्ष कैद हुने व्यवस्थासहितको मस्यौदा तयार भएको छ । मौलिक हक कार्यान्वयनका लागि आवश्यक पर्ने १५ वटा कानूनी मस्यौदामध्ये गोपनीयताको विषयमा मस्यौता तयार भएर मन्त्रिपरिषद् पठाइएको कानून मन्त्रालयले जनाएको छ । कानूनी मस्यौताको गोपनीयतासम्बन्धी हकमा व्यक्तिको मञ्जुरीविना कसैको गोपनीयता भंग गर्न नपाइने उल्लेख गरिएको छ । गोपनीयताक...
पर्यटन राज्यमन्त्रीलाई राजीनामा गराएर डोल्पाबाट वामदेवलाई उठाउने तयारी

पर्यटन राज्यमन्त्रीलाई राजीनामा गराएर डोल्पाबाट वामदेवलाई उठाउने तयारी

काठमाडौँ, ९ साउन । नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद् बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद् धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ । सांसद् बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ । वामदेवले नयाँ पत्रिकासँग दुवै अध्यक्षले प्रतिनिधिसभामा तपाईंको आवश्यकता पर्यो, ल्याउँछौं भनेको बताएका छन् । ...
ओली सरकारले बाँड्यो ७ करोड

ओली सरकारले बाँड्यो ७ करोड

काठमाडौँ, ९ साउन । सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेताकार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ । प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभाबी रकम वितरण गरेको भन्दै सरकारको आलोचना गरेका केपी शर्मा ओलीले आफू दोस्रोपटक प्रधानमन्त्री भएपछिको पाँच महिनामा सात करोड रुपैयाँ सोही शीर्षकमा वितरण गरेका छन् । ओलीले दोस्रोपटक सरकारको न...
न्यायिक समितिद्वारा २१० मुद्दा छिनोफानो

न्यायिक समितिद्वारा २१० मुद्दा छिनोफानो

मोरङ, ९ साउन । मोरङको पथरीशनिश्चरे नगरपालिकाको न्यायिक समितिले जिल्लाकै बढी संख्यामा मुद्दाको छिनोफानो गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नगरपालिकाको न्यायिक समितिले २१० वटा मुद्दाको छिनोफानो गरेको नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाले जानकारी दिए । विसं ०७४ साउन १५ मा गठन भएको समितिमा ३१५ मुद्दाका निवेदन दर्ता भएकामा २१० वटा मुद्दा मेलमिलापको माध्यमबाट मिलाइएको उनले उल्...
महिला आयोगमा एनजिओको हालिमुहाली

महिला आयोगमा एनजिओको हालिमुहाली

काठमाडौँ, ९ साउन । राष्ट्रिय महिला आयोगमा गैरसरकारी संस्थाको हावी भएपछि क्षेत्राधिकारका सवालमा आयोग निकै खुम्चिएको छ । देशैभर कार्यक्षेत्र रहेको आयोग गैरसरकारी संस्थाको दबदबामा परेपछि सीमित जिल्लामा खुम्चिन पुगेको हो । देशैभर महिला अधिकारका विषयमा काम गर्ने गरी संवैधानिक आयोगका रुपमा राष्ट्रिय महिला आयोग गठन गरिएको थियो । यस आर्थिक वर्षमा महिला आयोगसँग ३ करोड रुपियाँ बजेट छ । तर, आयोगसँगै मिले...
नीतिगत त्रुटिले यातायात सिन्डिकेटलाई वैधानिकता

नीतिगत त्रुटिले यातायात सिन्डिकेटलाई वैधानिकता

काठमाडौँ, ९ साउन । सरकारले १८ चैत ०७४ मा जारी गरेको यातायात व्यवस्था कार्यविधि निर्देशिकामा रहेको त्रुटिका कारण सिन्डिकेटधारी व्यवसायीलाई यातायात सञ्चालनको वैधानिकता मिलेको नयाँ तथ्य फेला परेको छ । निर्देशिकामा सार्वजनिक सवारीसाधनको पञ्जीकरणसम्बन्धी गरिएको व्यवस्थामा ‘यो कार्यविधि निर्देशिका लागू भएपछि दर्ता हुने कुनै प्रकारका सार्वजनिक सवारीसाधनको पञ्जीकरण नभई रुट इजाजत जारी गरिनेछैन’ उल्लेख छ...
केन्द्र नछाड्ने कर्मचारीको तलब गाउंमै पठाइने

केन्द्र नछाड्ने कर्मचारीको तलब गाउंमै पठाइने

काठमाडौँ, ९ साउन । सरकारले चालू आर्थिक वर्षदेखि स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउ“बाट नै तलब पठाउने भएको छ । कर्मचारी काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्लाका गाउ“पालिका, नगरपालिका नगएर हैरान बनाएपछि मन्त्रालयले सरुवा भएका कर्मचारीको निम्ति यस्तो व्यवस्था गरेको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार सरुवा भएका कर्मचारी स्थानीय तहमा जान नमानेको र गएका कर्मचारी...
२०७५ साउन ९ गते बुधबार/आजको राशिफल

२०७५ साउन ९ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल साउन ९ गते। बुधबार। इश्वी सन् २०१८ जुलाई २५ तारिख। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– त्रयोदशी, २०:५१ बजेउप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक ...
महिलाहरु अग्रसर हुनुपर्नेमा जोड

महिलाहरु अग्रसर हुनुपर्नेमा जोड

बिराटनगर, ८ साउन । मोरङको बिराटचौकमा आयोजित एक कार्यक्रममा सहभागिहरुले आफ्नो अधिकार प्राप्तीका लागि महिलाहरु नै अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस निकट नेपाल महिला संघ मोरङ ३ नं. क्षेत्रीय समितिले आयोजना गरेको अन्र्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले महिलाको हक अधिकार प्राप्तीका लागि महिलाहरु कै जागरुकताको खाँचो औल्याएका हुन् । कार्यक्रममा कांग्रेस महासमिति सदस्य बसन्त...
मोदीद्वारा रुवाण्डालाई २०० गाई हस्तान्तरण

मोदीद्वारा रुवाण्डालाई २०० गाई हस्तान्तरण

किगाली, ८ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मित्र राष्ट्रलाई गाई उपहार दिएर “गाई कूटनीति”को अभ्यास गर्नुभएको छ । एउटा भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले रुवाण्डालाई मंगलबार २०० वटा गाई हस्तान्तरण गरेर यस्तो अभ्यास गर्नुभएको एएफपीले जनाएको छ । राजधानी किगालीबाट दक्षिणतर्फ रहेको रबेरु गाँउका गरीब बासिन्दालाई मोदीले गाई हस्तान्तरण गर्नुभएको अधिकारीहरूले बताएका छन् । हस्तान्तरण ग...
सभामुखद्वारा निर्माणाधीन आधुनिक बसपार्कको अनुगमन

सभामुखद्वारा निर्माणाधीन आधुनिक बसपार्कको अनुगमन

दाङ, ८ साउन । संघीयसभाका सभामुख कृष्णबहादुर महराले तुलसीपुरमा निर्माण शुरु भएको आधुनिक बसपार्कको आज अनुगमन तथा अवलोकन गर्नुभएको छ । तुलसीपुर–५ को पातुखोला छेउमा उपमहानगरपालिकाले गौरवको आयोजनाका रुपमा आधुनिक बसपार्कको निर्माण गरिरहेको छ । रु १० करोड लागानीमा निर्माणाधीन बसपार्कको अवस्था र हालसम्म भएको कामका बारेमा सभामुखलाई नगर प्रमुख घनश्याम पाण्डेले जानकारी गराएका थिए । सो अवसरमा सभामुख महराल...
डा. केसीको माग बारेको संवाद सकारात्मक दिशातर्फ

डा. केसीको माग बारेको संवाद सकारात्मक दिशातर्फ

काठमाडौँ, ८ साउन ।  अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा अनौपचारिक संवाद शुरु भएको छ । सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी नेकपा का संसदीय दलका उपनेता सुवास नेम्वाङले संवाद प्रक्रिया शुरु गरेका हुन् । उपनेता नेम्वाङले डा केसीको वार्ता टोली र सरकारी पक्षसँग आज विभिन्न चरणमा छलफल गरे । उनले डा केसीका मागका विषयमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटास...
तीन किलो ३६ ग्राम सुनसहित पाँच भारतीय नागरिक पक्राउ

तीन किलो ३६ ग्राम सुनसहित पाँच भारतीय नागरिक पक्राउ

काठमाडौँ, ८ साउन । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले तीन हजार ३६ ग्राम सुुनसहित पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ । कार्यालयले सोमबार थाई एयरबाट थाइल्याण्डको बैँककबाट काठमाडौँ आएका ईश्वर दास, अवतार सिंह, अमृतपाल सिंह, हरमिन्दर सिंह र रिजवान आवुल अन्सारीले भन्सार छलेर सुन ल्याएपछि उनीहरुलाई पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशर...
वन क्षेत्रको सांगठनिक संरचनाप्रति फेकोफनको असहमति

वन क्षेत्रको सांगठनिक संरचनाप्रति फेकोफनको असहमति

काठमाडौँ, ८ साउन । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपालले सरकारले हालै स्वीकृत गरेको वन तथा वातावरण मन्त्रालयको स्थानीयस्तरको सरकारी सांगठनिक संरचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । फेकोफनले एक विज्ञप्तिमार्फत सरकारले संवैधानिक व्यवस्थाको मर्म विपरित डिभिजन र सवडिभिजन अवधारणा लागू गर्ने निर्णय गरेकोप्रति असहमति जनाएको हो । यस निर्णयले वनसम्बन्धी सरकारी संरचनालाई स्थानीय सरकारभन्दा अलग्ग...
कारागारभित्र विषजन्य वनस्पति सेवन गराएको खुलासा

कारागारभित्र विषजन्य वनस्पति सेवन गराएको खुलासा

काठमाडौँ, ८ साउन । नख्खु कारागार ललितपुरमा कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका भक्तबहादुर सुनारलाई वनस्पतिजन्य विषको प्रयोग गराई अभिषेकराज सिंहलगायतले हत्या गरेको अभियोग लागेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दिएको जानकारीअनुसार बर्दिया सावक ठाकुरद्वारा गाविस–५ का ३२ वर्षीय सुनारलाई सोही कारागारमा कैद भुक्तान गरिरहेका सिंहलगायतको समूहले बनस्पतिजन्य पदार्...
ग्रीसमा लागेको डढेलोमा परी कम्तीमा पचासको मृत्यु

ग्रीसमा लागेको डढेलोमा परी कम्तीमा पचासको मृत्यु

ग्रीस, ८ साउन । ग्रीसको राजधानीनजिकै समुद्रि इलाकामा रहेको एउटा रिसोर्टमा डढेलो लाग्दा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको छ । धेरैजसो पीडितहरू एथेन्सको उत्तरपूर्वमा रहेको माती गाउँस्थित समुद्री क्षेत्रको रिसोर्टमा फसेको अधिकारीहरुले बताएका छन् । आगलागी भएको ठाँउमा ६ सयभन्दा बढी अग्नी नियन्त्रक र ३ सय गाडी परिचालन गरिएको थियो । ग्रीसका अधिकारीहरूले कैयौँ ठाउँमा फैलिएको उक्त आगलागी नियन्त्रणका ला...
कृषि विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिनु हुँदैन

कृषि विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिनु हुँदैन

चितवन, ८ साउन । कृषि तथा वन विज्ञान विश्व विद्यालय एएफयू, रामपुर चितवनले निजी क्याम्पसलाई सम्बन्धन दिन नहुनेमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले जोड दिएका छन् । एएफयुले सम्बन्धन दिएको विषयमा अखिल क्रान्तिकारी, अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल छैटौँले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यद्वय लेखनाथ न्यौपाने र ठाकुर गैरेले यस्तो बताएका हुन। नेता न...
अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेटवार्ता

अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ, ८ साउन । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्ध, व्यापार, लगानी र रोजगारीका बारेमा छलफल भएको अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए । अध्यक्ष तिमिल्सिनाले दुई देशका सरकार र जनस...
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.३ रेक्टरको पराकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.३ रेक्टरको पराकम्प

काठमाडौँ, ८ साउन । सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर आज गोरखा भूकम्पको  पराकम्प गएको छ । साँझ ५ बजेर ४४ मिनेट जाँदा ४.३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । यसअघि आजै बिहान धादिङको गजुरी आसपास केन्द्रविन्दु बनाई ४.८ रेक्टर स्केलको पराकम्प गएको थियो । केन्द्रका विवरणअनुसार गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्के...
करीब साढे दुई हजार कर्मचारी कारबाहीका लागि सिफारिश

करीब साढे दुई हजार कर्मचारी कारबाहीका लागि सिफारिश

काठमाडौँ, ८ साउन । राष्ट्रिय सर्तकता केन्द्रले गत आवमा दुई हजार ३३१ कर्मचारीलाई छड्के अनुगमनका क्रममा कारबाहीको लागि सिफारिश गरेको छ । केन्द्रले कार्यालय समयमा नआउने र पोशाक नलगाउने ती कर्मचारीलाई कारबाहीका लागि सिफारिश गरेको केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालले जानकारी दिए। केन्द्रले सम्बन्धित कार्यालय प्रमुखलाई ती कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ । “हामीले छड्के अनुगमनका क्रममा क...
राष्ट्रिय गौरवका आयोजनाको अनुगमन शुरु

राष्ट्रिय गौरवका आयोजनाको अनुगमन शुरु

काठमाडौँ, ८ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ठूला आयोजनाको अनुगमनको पनि अनुगमन गर्न शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका ठूला आयोजनाको अनुगमनमाथि पनि अनुगमन शुरु गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी गराए । “प्रधानमन्त्री ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन शुरु गरेर ठूला राष्ट...
केसीको जीवनरक्षा माग गर्दै तरुण दलको प्रदर्शन

केसीको जीवनरक्षा माग गर्दै तरुण दलको प्रदर्शन

काठमाडौँ, ८ साउन । प्रा. डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने माग राखेर  नेपाल तरुण दलले आज पनि माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।  माइतीघर मण्डलबाट शुरु भएको पदयात्रा नयाँ बानेश्वरमा पुगी विरोध सभामा परिणत भएको थियो । आजको विरोध प्रदर्शनमा उक्त दलका काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका प्रतिनिधिको पनि सहभागिता रहेको तरुण दलका कार्यालयका मुख्य सचिव थानप्रसाद पोखरेलले जानकारी दिए । नयाँ ब...
जापानमा गर्मीले ६५ जनाको ज्यान लियो

जापानमा गर्मीले ६५ जनाको ज्यान लियो

टोक्यो, ८ साउन । जापानमा अत्यधिक गर्मीका कारण गत आइतबारसम्म ६५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । यी ६५ जनामध्ये एक छ वर्षीय बालकसमेत रहेका छन् । उनी बिद्यालयको शैक्षिक भ्रमणबाट फर्किए लगत्तै बेहोस भएकोले उपचारार्थ अस्पतालमा भर्ना हुँदा उनको मृत्यु भएको जानकारी दिएको यियो । साथै अत्याधिक गर्मीको कारण उत्पन्न रोग र संक्रमणको उपचार गराउन २२ हजार ६४७ जना अस्पताल भर्ना भएका प्रकोप नियन्त्रण...
हत्या आरोपमा ३१ जना छानबिनमा

हत्या आरोपमा ३१ जना छानबिनमा

धादिङ, ८ साउन । दुई जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लतावबाट आज ३१ जनालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । गाउँवासीको कुटपिटबाट दुई जनाको हत्या भएपछि शव गाउँमै जलाइएको र गाउँपालिका उपाध्यक्षसमेतलाई गाउँमा जान नदिइएको घटनामा संलग्न भएको आरोपमा प्रहरी टोलीले घटनास्थल पुगेर २७ पुरुष र चार महिलालाई पक्राउ गरी अनुसन्धान शुरु गर...
अभिब्यक्ति बिवादित भएपछि कानुन मन्त्रीले दिए राजिनामा

अभिब्यक्ति बिवादित भएपछि कानुन मन्त्रीले दिए राजिनामा

काठमाडौं,  ८ साउन । कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा उनी भावुक भए । नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात...
भरतपुरले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने

भरतपुरले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने

चितवन, ८ साउन । भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताए । विश्वविद्यालयलाई भरतपुर– १८ स्थित सार्वजनिक जग्गा सट्टाभर्ना गरेर रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका लागि आवश्यक पर...
चौबीस करोड राजश्व संकलन

चौबीस करोड राजश्व संकलन

इनरुवा, ८ साउन । सेतुवन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुुनसरीले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा लक्ष्यभन्दा बढी अर्थात् १७९।६५ प्रतिशत राजश्व असुली भएको भन्सार कार्यालय कोशी ब्यारेजका कम्प्युटर अधिकृत पारसमणि लामिछानेले जानकारी दिए । गत आवमा रु १३ करोड ४३ लाख १२ हजार लक्ष्य पाएकामा कार्यालयले रु २४ करोड १२ लाख ८४ हजार राजश्व असुली गरेको छ । कार्यालयले साउनमा रु ५...
विराटनगर स्थायी राजधानी हुनुपर्नेमा जोड

विराटनगर स्थायी राजधानी हुनुपर्नेमा जोड

विराटनगर, ८ साउन । सेवा, सुरक्षा र सुविधाको दृष्टिकोणले प्रदेश नं १ को राजधानी विराटनगर नै स्थायी राजधानी हुनुपर्नेमा जोड दिन थालिएको छ । पछिल्लो राजनीतिक परिवर्तनपछि मुलुकमा बनेका प्रदेशका अस्थायी राजधानीमध्ये सबै पूर्वाधारको दृष्टिकोणले विराटनगर नै स्थायी राजधानी बनाउनुपर्ने बहस भइरहेको हो । आर्थिक, सामाजिक, राजनीतिक र बहुसांस्कृतिकजस्ता विविधता रहेको विराटनगर शहर विसं १९७१ मा जिल्लाको पूर्व...
error: Content is protected !!