किगाली, ८ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मित्र राष्ट्रलाई गाई उपहार दिएर “गाई कूटनीति”को अभ्यास गर्नुभएको छ ।

Advertisement

एउटा भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले रुवाण्डालाई मंगलबार २०० वटा गाई हस्तान्तरण गरेर यस्तो अभ्यास गर्नुभएको एएफपीले जनाएको छ ।

राजधानी किगालीबाट दक्षिणतर्फ रहेको रबेरु गाँउका गरीब बासिन्दालाई मोदीले गाई हस्तान्तरण गर्नुभएको अधिकारीहरूले बताएका छन् ।

हस्तान्तरण गरिएका गाईबाट त्यहाँका बालबालिकाले दूध उपभोग गर्न पाउने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।

रुवाण्डासँगै मोदीले युगाण्डाको पनि भ्रमण गर्नुभएको छ । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जानुभएको अधिकारीहरूले बताएका छन् ।

शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले चीन, रुस, ब्राजिल र दक्षिण अफ्रिकाका नेताहरूसँग जोहानेसबर्गमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

“रुवाण्डाको ग्रामीण क्षेत्रको अवस्थाले मलाई प्रभावित बनायो, एउटा नमूना गाँउका बासिन्दालाई गाई उपहार दिन पाएकाले मलाई यो भ्रमण स्मरणीय भएको छ,” प्रधानमन्त्री मोदीले भन्नुभयो ।

उहाँले आफूलाई अमूल्य अवसर दिएको भन्दै रुवाण्डाका राष्ट्रपति पाउल कागामेलाई धन्यवाद पनि दिनुभएको छ । मोदी र कागामेले विभिन्न सहयोग आदानप्रदान सम्झौतासमेत गर्नुभएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!