दाङ, ८ साउन । संघीयसभाका सभामुख कृष्णबहादुर महराले तुलसीपुरमा निर्माण शुरु भएको आधुनिक बसपार्कको आज अनुगमन तथा अवलोकन गर्नुभएको छ ।

Advertisement

तुलसीपुर–५ को पातुखोला छेउमा उपमहानगरपालिकाले गौरवको आयोजनाका रुपमा आधुनिक बसपार्कको निर्माण गरिरहेको छ ।

रु १० करोड लागानीमा निर्माणाधीन बसपार्कको अवस्था र हालसम्म भएको कामका बारेमा सभामुखलाई नगर प्रमुख घनश्याम पाण्डेले जानकारी गराएका थिए । सो अवसरमा सभामुख महराले बसपार्क निर्माणमा केन्द्रबाट हुनसक्ने सहयोगका लागि आफूले पहल गर्ने बताए ।

उनले विकासमा केन्द्रको मात्र बजेटको मुख ताक्नुभन्दा पनि निजी क्षेत्र, समुदायको सहकार्यमा स्थानीय स्रोत साधनको प्रयोग भए मात्र सबै क्षेत्रको विकास सम्भव छ भने ।

‘‘विकासका लागि केन्द्रीय पूँजी त आवश्यक पर्छ नै तर सबै त्यसले मात्र हुँदैन, आफ्नो क्षेत्रबाट सबैको सहयोग आवश्यक पर्छ’’, उनले भने ।

निर्माणाधीन उक्त बसपार्ककोे निर्माण कार्य पहिलो चरणमा ८० प्रतिशत पूरा भएको इन्जिनियर पवन योगीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!