काठमाडौँ, ९ साउन । सरकारले चालू आर्थिक वर्षदेखि स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउ“बाट नै तलब पठाउने भएको छ ।
कर्मचारी काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्लाका गाउ“पालिका, नगरपालिका नगएर हैरान बनाएपछि मन्त्रालयले सरुवा भएका कर्मचारीको निम्ति यस्तो व्यवस्था गरेको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार सरुवा भएका कर्मचारी स्थानीय तहमा जान नमानेको र गएका कर्मचारीसमेत केही दिनभित्र केन्द्र नै फर्किने गरेकोले सम्बन्धित ठाउ“बाटै तलब पठाउन थालिएको हो ।
‘पारिश्रमिक पठाउ“दा कर्मचारी अनिवार्य जाने भएकाले यस्तो व्यवस्था गर्न लागिएको हो ।’–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भन्नुभयो । यसअघि केन्द्रका कर्मचारी सरुवा भए पनि कर्मचारीले पहिलेकै कार्यालयबाट पारिश्रमिक बुझ“दै आएका थिए ।
मुलुक संघीय संरचनामा गइसकेपछि स्थानीय तहमा कर्मचारीलाई केन्द्रबाट पठाइदै आएको छ । निकै प्रयास गरे पनि केन्द्रका कर्मचारी स्थानीय तहमा खटाउन नसकिएको मन्त्रालयले जनाएको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।