घरबहाल करको अनिवार्य व्यवस्था गर्न माग

घरबहाल करको अनिवार्य व्यवस्था गर्न माग

काठमाडौँ, १४ साउन । घर बहालमा बस्नेका लागि अनिवार्य रुपमा सम्झौता गरी करको दायरामा ल्याइनुपर्नेमा जोड दिइएको छ । घरबहाल सरोकार महासंघ नेपालले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सो जोड दिइएको हो । बहालमा बस्नेमध्ये पाँचदेखि सात प्रतिशतसम्मले मात्र सम्झौता गरेको बताइएको छ । भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ३८६ (२) मा राष्ट्रपतिले प्रमाणीकरण ग...
हत्या गरिएको चार दिनपछि निर्मला पन्तको महाकाली नदीमा अन्त्येष्टि

हत्या गरिएको चार दिनपछि निर्मला पन्तको महाकाली नदीमा अन्त्येष्टि

भीमदत्तनगर, १४ साउन। गत शुक्रबार राति हत्या गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको आज बिहान महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । किशोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भीमदत्तनगरका विभिन्न संघ/संगठन र नागरिक समाजले शनिबार सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग राखी आन्दोलन थालेका थिए । शनिबार बिहान भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा किशोरीको शव ...
इटहरीमा नेपाल सितेरियो कराते खेलको तालीम भवन उद्घाटन

इटहरीमा नेपाल सितेरियो कराते खेलको तालीम भवन उद्घाटन

इटहरी, १४ साउन । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आज इटहरी रङ्गशाला परिसरमा निर्माण सम्पन्न भएको नेपाल सितेरियो कराते खेलको तालीम भवनको संयुक्त रुपमा उद्घाटन गरे । इटहरीलाई प्रदेश एककै खेलकूद शहरका रुपमा विकास गर्ने राष्ट्रिय खेलकूद परिषद्को योजनाअनुसार झण्डै रु ५० लाखको लागतमा निर्माण भएको उक्त प्रशिक्षण भवनमा राष्ट्रिय र अन्...
परराष्ट्रनीतिको अभिन्न अंगका रुपमा नेपाली सेनाले काम गरिरहेको छ – रक्षामन्त्री पोखरेल

परराष्ट्रनीतिको अभिन्न अंगका रुपमा नेपाली सेनाले काम गरिरहेको छ – रक्षामन्त्री पोखरेल

काठमाडौँ, १४ साउन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक सेवा नियमावलीको पछिल्लो संशोधनले नेपाली सेनाको संगठनभित्र निवृत्तिभरण, अशक्त वृत्ति र उपदानमा देखिएको सबैखाले विभेद अन्त्य भएको बताउनुभएको छ । सैनिक एकल महिला तथा घाइते परिवार समूहद्वारा सैनिक मुख्यालयमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कर्तव्यको सिलसिलामा वीरगति प्राप्त गर्ने सैनिकका परिवारको आवाजलाई अधिकतमरुपमा...
मोटाउन चाहनेलाई पहेँलो फर्सी लाभदायक

मोटाउन चाहनेलाई पहेँलो फर्सी लाभदायक

काठमाडौँ, १४ साउन । नेपालको पहाड र तराई दुवै क्षेत्रमा पाइने फर्सी धेरै उपयोगी फल हो । फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी हुन्छ । फर्सीको मुन्टा र डल्लोमा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । आवश्यक पोषकतत्व फर्सीमा पाइन्छन् । कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा भएमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । कब्जियत भएमा तथा टाउको दुखेमा पनि फाइदा गर्छ । पायल्स र शरीरभित्र जलन हुँ...
फ्री भिसा र फ्री टिकटको विकल्पमा ‘इम्प्लोयर्स पे मोडल’ सिफारिस

फ्री भिसा र फ्री टिकटको विकल्पमा ‘इम्प्लोयर्स पे मोडल’ सिफारिस

काठमाडौं, १४ साउन । वैदेशिक रोजगार सुधार सुझाव कार्यदलले विदेशिने कामदारलाई ठगिनबाट जोगाउन र आर्थिक भारलाई ‘शून्य’ मा झार्न सरकारलाई नयाँ सुझाव दिएको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई बुझाइएको प्रतिवेदनमा कामदारलाई आर्थिक भार पनि नथोपरिने र नठगिने वातावरण तयार गर्न केही महत्वपूर्ण सुझाव समेटिएका छन् । सिफारिस गरिएका प्रणालीहरु फ्री भिसा र टिकटभन्दा पनि कसिला कि...
राष्ट्रिय खेलकूद नीति–२०६७ मा परिमार्जनको तयारी

राष्ट्रिय खेलकूद नीति–२०६७ मा परिमार्जनको तयारी

काठमाडौँ, १४ साउन । युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति– २०६७ परिमार्जनको तयारी थालेको छ । मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजक, त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक गंगाबहादुर थापा, अधिवक्ता ताराबहादुर सिटौला र राष्ट्रिय खेलकूद परिषद्का प्रेस सल्लाहकार रोहित दाहाल सदस्य तथा मन्त्रालयका खेलकूद विकास शाखाका उपसचिव लक्ष्मीप्रसाद भण्डारी सदस...
प्रधानन्यायाधीशमा जोशीको नाम टुंगो लाग्न बाँकी

प्रधानन्यायाधीशमा जोशीको नाम टुंगो लाग्न बाँकी

काठमाडौँ, १४ साउन । भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेन । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले थप छलफल गर्नु आवश्यक भएको हुँदा बैठक बुधबार दिउँसो ३ः३० बजे बस्ने गरी स्थगित भएको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टाचारसम्बन्धी फैसलालगायत विषयम...
मुलुकभरका इँटा उद्योगमा बालश्रम अन्त्यको घोषणा

मुलुकभरका इँटा उद्योगमा बालश्रम अन्त्यको घोषणा

काठमाडौँ, १४ साउन । मुलुकभरका इँटा उद्योगमा बालश्रम अन्त्य भएको सार्वजनिक घोषणा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा श्रममन्त्री गोकर्णराज विष्ट र महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले मुलुकभरका इँटा उद्योगमा बालश्रमको प्रयोग अन्त्य गर्नेसम्बन्धी प्रतिबद्धताको घोषणा गर्नुभयो । सो अवसरमा मन्त्री विष्टले बालश्रम सभ्यता, मानवीयता र न्यायको दृष...
वित्तीय रुपमा कमजोर जलविद्युत् कम्पनीका शेयर, प्रतिफल पाउन गाह्रो

वित्तीय रुपमा कमजोर जलविद्युत् कम्पनीका शेयर, प्रतिफल पाउन गाह्रो

काठमाडौँ, १४ साउन । शेयरको मूल्यांकन गर्ने कम्पनी इक्रा नेपालले आँखु खोला जलविद्युत् कम्पनीलाई ‘ग्रेड’ पाँच दिएको छ । सो कम्पनीले यही साउन १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका नागरिकलाई साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । गत बिहीबार मात्रै आँखुखोला जलविद्युत् कम्पनीेले साधारण शेयर बिक्रीका लागि सार्वजनिक आह्वानपत्र प्रकाशित गरेको छ । इक्रा नेपालको रेटिङमा पाँचौं नम्बर पाएको सो कम्पनीको वि...
जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई

जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई

विराटनगर, १४ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौगोलिक जोखिममा रहेका मानव बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रदेश सरकार सचेत रहेको बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा उहाँले प्राकृतिक विपद्बाट यस क्षेत्रका जनतालाई सुुरक्षित राख्न आवश्यक स...
परीक्षा सञ्चालन गर्ने शिक्षकको भत्ता दोब्बर बढाउने त्रिविको निर्णय

परीक्षा सञ्चालन गर्ने शिक्षकको भत्ता दोब्बर बढाउने त्रिविको निर्णय

काठमाडौं, १४ साउन । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको परीक्षा सञ्चालन गर्ने शिक्षक, कर्मचारी र सुरक्षाकर्मीको पारिश्रमिक बढाएको छ । साउन २ गते बसेको त्रिवि कार्यकारी परिषद्ले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने शिक्षक र कर्मचारीहरुको तलब दोब्बर वृद्धि गरेको हो । यससँगै अब स्नातक तहको परीक्षामा केन्द्रध्याक्षको भत्ता ४ सय ५० बाट बढेर ८ सय रुपैयाँ पुगेको छ भने सहायक केन्द्राध्यक्...
पशुपतिमा बोल बम यात्रीसहित भक्तजनको भीड

पशुपतिमा बोल बम यात्रीसहित भक्तजनको भीड

काठमाडौँ, १४ साउन । साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीसहित भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । उमाकुण्ड, जयवागेश्वरी र पिंगलास्थानबाट लाम लागेर पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनका लागि जान सकिने व्यवस्था गरिएको छ । लाम व्यवस्थित गरिएका...
दुर्घटनामा पाँच विद्यार्थी घाइते

दुर्घटनामा पाँच विद्यार्थी घाइते

दमक, १४ साउन । झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुंगीमा आज बिहान माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते भएका छन् । इलाका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ प ८२८ नं को पूर्वबाट पश्चिमतर्फ आइरहेको माइक्रो बसले को १ क २१५८ नं को हिमाली अंग्रेजी बोर्डिङ स्कुलको बसलाई आज बिहान स्थानीय पाडाजुंगी–गौरीगञ्ज सडकतर्फ मोड्दा ठक्कर दिएको थियो । यसरी घाइते हुनेमा दमक–१ का १४ वर्षीया सोनिया ...
मलेसियासँग जीटुजीको तयारी, कामदारलाई के फाइदा हुन्छ ?

मलेसियासँग जीटुजीको तयारी, कामदारलाई के फाइदा हुन्छ ?

काठमाडौँ, १४ साउन । मलेसिया जाने कामदारसँग विभिन्न संस्थाले अनेक बहानामा पैसा लिएर ठगेको पाइएपछि सरकारले नेपालीलाई मलेसिया जान रोक लगाएको छ । नेपालले रोक लगाएपछि मलेसियाले अहिले देखिएको समस्या समाधान गर्ने भन्दै कामदार नपठाउने निर्णयमा पुनर्विचार गर्न आग्रह पनि गर्‍यो । मलेसियाले नेपाली कामदारलाई जीटुजीमार्फत ल्याउन सकिने जनाएको छ । के हो जीटुजी ? जीटुजी भनेको दुई देशका सरकारबीचको सम्झौतामा...
आसाममा चालीस लाखसँग नागरिकता नरहेको विवरण सार्वजनिक

आसाममा चालीस लाखसँग नागरिकता नरहेको विवरण सार्वजनिक

गुवाहाटी, भारत, १४ साउन। भारतीय पूर्वोत्तर राज्य आसाममा ४० लाखसँग नागरिकता नरहेको सरकारी विवरण सार्वजनिक गरिएको छ । सन् १९५१ पश्चात् पहिलो पटक राष्ट्रिय नागरिक दर्ता एनआरसी कार्यालयले आज गुवाहाटीमा सार्वजनिक गरेको मस्यौदा विवरणमा यी व्यक्तिहरु छिमेकी बंगलादेशबाट आएका गैरकानुनी आप्रवासीहरु रहेको हुन सक्ने बताइएको छ । एनआरसीका संयोजक प्रतीक हजेलाका अनुसार रजिष्टरमा नामदर्ता गर्न राज्यका करिब ३ क...
सडक दुर्घटनामा एकै परिवारका १४ ले ज्यान गुमाए

सडक दुर्घटनामा एकै परिवारका १४ ले ज्यान गुमाए

हनोई, १४ साउन । मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् । विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको थियो । सो भ्यानमा बेहुला समेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । मध्य भियतनाको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुला सहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको थियो । उनीहरु स्थानीय समयाअनुसार सोमब...
त्रिभुवन विश्वविद्यालयद्वारा आर्थिक पारदर्शिता कायम राख्न सफ्टवेयर सञ्चालन

त्रिभुवन विश्वविद्यालयद्वारा आर्थिक पारदर्शिता कायम राख्न सफ्टवेयर सञ्चालन

काठमाडौंँ, १४ साउन । त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ । सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आइतबार शुभारम्भ गरे । लेखापरीक्षण महाशाखाले आर्थिक पारदर्शिता कायम गर्न त्रिविका ३० शाखामा एकैसाथ सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको हो । ‘‘त्रिविको आर्थिक अनुशासन र पारदर्शिता कायम गर्...
विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गयो

विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गयो

काठमाडौँ, १४ साउन । चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ गतेदेखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायतका विपद्का घटनाबाट मृत्यु भएको हो । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यका अनुसार यस अवधिमा डुबेर २७२, डुंगा पल्टिएर एक, आगालागीबाट १०, ब...
इटहरीको तालतलैया क्षेत्रमा जेटबोट सञ्चालन

इटहरीको तालतलैया क्षेत्रमा जेटबोट सञ्चालन

इटहरी, १४ साउन । इटहरी उपमहानगरपालिकाभित्रको तालतलैया क्षेत्रमा रहेको ठूलो पोखरीमा जेटबोट सञ्चालन गरिएको छ । पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैयामा एक पटकमा १० जना सवार हुन मिल्ने मोटरबोट सञ्चालनमा ल्याइएको हो । तालतलैया संरक्षण तथा विकास समितिले ८ लाख ५० हजारको लागतमा सञ्चालनमा ल्याईएको समितिले जनाएको छ । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले मो...
त्रिशूली जलविद्युत् केन्द्र पूर्णरुपमा सञ्चालन

त्रिशूली जलविद्युत् केन्द्र पूर्णरुपमा सञ्चालन

नुवाकोट, १४ साउन । आगलागीको कारण उत्पादन रोकिएको यहाँको त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ । गत असार २६ गते आगलागी भएपछि पूर्णरुपमा विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन गर्न थालेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्दको विद्युत् गृहको ज...
जोशीलाई प्रधानन्यायाधीश नबनाउने नेकपाको तयारी

जोशीलाई प्रधानन्यायाधीश नबनाउने नेकपाको तयारी

काठमाडौं, १४ साउन । सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्याधीश नबनाउने तयारी भइरहेको सत्तारुढ दल नेकपाका एक शीर्ष नेताले बताएका छन् । प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । यसअघि दुई पटक बैठक स्थगित भएको थियो । आजको बैठकले भने जोशीबारे निर्णय गर्ने सुनुवाई समितिका एक सदस्यले बताए । स्रोतका अनुसार जोशीको सिफारिस...
भूटानी शरणार्थीलाई पानीको समस्या

भूटानी शरणार्थीलाई पानीको समस्या

दमक, १४ साउन । झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दा शुद्ध पिउने पानीको अभाव झेली रहेका छन् । यस क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा विभिन्न दातृ निकायको लगानीमा नजिकै रहेको मावा खोलाबाट खानेपानी आयोजना सञ्चालन गरिएको थियो । तर अधिकतम नदी दोहनका कारण खोलाले खानेपानीका पाइप बगाएपछि अहिले सो सुविधाबाट वञ्चित हुनुपरेको छ । दुम्से खानेपान...
बेपत्ता भएको ४७ वर्षपछि घर फिर्ता

बेपत्ता भएको ४७ वर्षपछि घर फिर्ता

लमजुङ, १४ साउन । लमजुङको बेसीसहर–२ भकुन्डे खत्रीगाउँका प्रेमबहादुर खडका बेपत्ता भएको ४६ वर्षपछि घर फर्केका छन् । मजदुरी गर्न बाल्यकालमै भारत गएका उनी २४ वर्षको उमेरमा घर आएका थिए । त्यसपछि पुन: भारत गएपछि बेपत्ता भएका थिए । भारत मेघालयस्थित गाई फार्ममा काम गरेका उनी ७० वर्षको बुढ्यौली उमेरमा शुक्रबार गाउँ फर्किएका हुन् । भकुन्डे क्षेत्रमा बसबाट ओर्लिएर उनी सोधखोज गर्दै गाउँसम्म आइपुगे । ‘खडका ग...
डोलेश्वर महादेब मन्दिरमा भक्तजनको भीड (फोटो फिचरसहित)

डोलेश्वर महादेब मन्दिरमा भक्तजनको भीड (फोटो फिचरसहित)

काठमाण्डौं, १४ साउन । भक्तपुरको सुर्यबिनायक नगरपालिका–८ सिपाडोलमा रहेको केदारनाथको शिर डोलेश्वर महादेब मन्दिरमा सोमबार भक्तजनको भीड लागेको छ । हिन्दू धर्मावलम्बीहरुका लागि बिशेष महत्वको दिन भएकाले पनि साउनको हरेक सोमबार डोलेश्वरमा भक्तजनको बिशेष भीड लाग्ने गर्छ । महादेब मन्दिर तथा सिवालयहरुमा साउन महिना भरनै पुजा आराधना गर्नेको भीड लाग्ने गरेको छ । डोलेस्वर महादेब मन्दिरमा पनि साउन महिनामा करिव...
धौलागिरि आधार शिविर पुग्ने पदमार्ग निर्माण

धौलागिरि आधार शिविर पुग्ने पदमार्ग निर्माण

म्याग्दी, १४ साउन । संसारको सातौँ अग्लो आठ हजार १६७ मिटर धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको छ । पर्यटन विभागको सहयोगमा रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले धौलागिरि आइसफल पदमार्गको कालीबराह खोलाको दोभानदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण गरेका हुन् । विभागको रु १० लाख सहयोगमा पहाडमा ढुंगाको सिँढीसहितको एक हजार ५०० मिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका सदस्य ...
उत्तर कोरियालीमाथि निगरानी बढाउन सादा पोशाकमा प्रहरी

उत्तर कोरियालीमाथि निगरानी बढाउन सादा पोशाकमा प्रहरी

काठमाडौँ,१४ साउन ।  नेपालमा सञ्चालित उत्तर कोरियाली नागरिकका व्यापार–व्यवसाय बन्द गर्न संयुक्त राष्ट्रसंघले पत्राचार गरेपछि गृह मन्त्रालयले त्यसको यकिन विवरण उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । न्युयोर्कस्थित राष्ट्रसंघको स्थायी नियोगबाट परराष्ट्र मन्त्रालय हुँदै आएको पत्रबमोजिम गृह मन्त्रालयले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेका होटल–रेष्टुरेन्टलगायतका व्यापार व्यवसाय त...
हराएको ३० वर्षपछि दाहसंस्कार

हराएको ३० वर्षपछि दाहसंस्कार

काठमाडौँ,१४ साउन ।  सुन्दा अचम्म लाग्ला, हराएको ३० वर्षपछि दाहसंस्कारसँगै काजकिरिया गरियो भन्दा । तर सत्य हो ताप्लेजुङको फुङ्लिङ–८ तिनधारेका घिमिरे परिवारले भर्खरैमात्र विधि पु¥याएर पितृ संस्कार गरेका छन् । गत आइतबार १३ दिनको काम सकिएको हो । १ श्रीमती, ४ छोरा र २ छोरीले धान्यप्रसादको मृत्यु संस्कार सकिएको छ । ‘जसरी अरु संस्कार गरिन्छ त्यस्तै नै भयो, कुशको शव बनाएर खोलामा लग्यौं’, छोरी चण्डिकाल...
बलात्कार पछि फुपुकै मिलेमतोमा बालिकाको हत्या !

बलात्कार पछि फुपुकै मिलेमतोमा बालिकाको हत्या !

काठमाडौँ,१४ साउन ।  कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ। सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको यथार्थ जानकारी गराउन सरकारलाई आइतबार ‘रुलिङ’ गरेकै दिन काभ्रेमा बालिका बलात्कारपछि हत्या भएको घटना बाहिर आएको छ। कञ्चरपुर घ...
प्रत्येक नेपालीलाई ३० हजारको ऋणभार !

प्रत्येक नेपालीलाई ३० हजारको ऋणभार !

काठमाडौँ, १४ साउन । नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ। सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१.६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ। ५ वर्षअघि आर्थिक वर्ष २०७०/७१ मा यस्तो ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड थियो। एक वर्षमा एक खर्ब ९७ अर्ब १० करोडले पुँजी बढेको छ। गत आर्थिक वर्षसम्म यस्तो ६ खर्ब ९७ अर्ब ६८ करोड थियो। ऋण लिएको रकम उत्पादनमूलक क्षेत्रमा खर्च भएमा अर्थतन्त्रलाई बलि...
२०७५ साउन १४ गते सोमबार/आजको राशिफल

२०७५ साउन १४ गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ साल साउन १४ गते। सोमबार। इश्वी सन् २०१८ जुलाई ३० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्...
error: Content is protected !!