बिनोद बिष्ट/संगालोखबर

काठमाण्डौं, १४ साउन । भक्तपुरको सुर्यबिनायक नगरपालिका–८ सिपाडोलमा रहेको केदारनाथको शिर डोलेश्वर महादेब मन्दिरमा सोमबार भक्तजनको भीड लागेको छ । हिन्दू धर्मावलम्बीहरुका लागि बिशेष महत्वको दिन भएकाले पनि साउनको हरेक सोमबार डोलेश्वरमा भक्तजनको बिशेष भीड लाग्ने गर्छ ।

Advertisement

महादेब मन्दिर तथा सिवालयहरुमा साउन महिना भरनै पुजा आराधना गर्नेको भीड लाग्ने गरेको छ । डोलेस्वर महादेब मन्दिरमा पनि साउन महिनामा करिव १० लाख भक्तजन आउने मन्दिर संरक्षण तथा बिकास समितिले अनुमान गरेको छ । समितिले बृद्ध, बालबालिका र बोलबमका भक्तजनलाई लाइन बस्न नपर्ने ब्यबस्था मिलाएको छ ।

भक्तजनलाई ब्यवस्थापनका लागि करिव ४ सय स्वयमसेवक परिचालक गरिएको छ । भीड ब्यवस्थापनका लागि स्वयमसेवकसँगै नेपाल प्रहरी र ट्राफिक प्रहरी पनि परिचालन गरिएकाले पुजाका लागि सहज भएको भक्तजनहरुले बताएका छन् ।

तीन बर्ष अघिदेखि हरेक साउनमा डोलेश्वर पुग्ने गरेकी हनुमानस्थान अनमनगरकी हरीमाया श्रीसले पुजाका लागि यसबर्ष धेरै सहज भएको प्रतिक्रिया दिईन । ‘अघिल्लो बर्ष भन्दा सजिलै दर्शन गर्न पाईयो ।’ उनले भनिन् ।

बिराटनगर घर भएकी सुनिता निरौला (कोइराला) ले पनि सहजै भगवानको दर्शन गर्न पाएको बताईन् । ‘लाइनको बस्नुपर्ने डरले बिहान ४ बजेनै उठेर आएका थियौ ।’ उनले भनिन् ‘लाइन ब्यबस्थित रहेछ, टोकनको ब्यबस्थाले गर्दा सहजै भगवानको दर्शन गर्न पाईयो ।’

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!