केरा खेतीमा गभारो रोग फैलिएपछि इलामका किसान चिन्तित
पशुपतिनगर, १२ मङ्सिर । इलामको दक्षिणी क्षेत्रको माई नगरपालिकामा केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित बनेका छन् । रोग नियन्त्रण र बजारीकरणमा सरकारी सहयोग नहुँदा भनेजस्तो आम्दानी लिन नसकेको किसानको गुनासो छ ।
दक्ष प्राविधिकको अभावमा किसानका केरा बगान गभारो रोगले सखाप हुँदै गएको र केरा बिक्री गर्दा पनि एकाधिकारको समस्या भोग्नुपरेको नगरपालिका–२ का प्रवीण ढाकालले बताउनुभयो । माई नगरपालिका, च...






























