काठमाडौँ, ११ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोप्नुभएको छ ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उहाँले स्थानीय नसर्रीबाट ल्याइएको आँपको बिरुवा रोप्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । यसैगरी प्रधानमन्त्रीपत्नी राधिका शाक्यले भने जन्मोत्सवको अवसरमा अम्बाको बिरुवा रोप्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाउनुभएको थियो ।

प्रधानमन्त्री ओलीलाई बालुवाटार आएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले शुभकामना दिनुभएको छ । प्रधानमन्त्री ओली विसं २००८ फागुन ११ गते तेह्रथुमको इवामा जन्मनुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!