विराटनगर, १२ फागुन । मोरङको ग्रामथान–२ झोराहाट स्थित रेमिट बचत तथा ऋण सहकारी सस्थाका सदस्यहरुले नोबेल शिक्षण अस्पतालमा उपचार गराउँदा सहुलियत पाउँने भएका छन् ।

Advertisement

सहकारीका सदस्यहरुलाई १५ प्रतिशत सहुलियत उपलब्ध गराउँने गरी अस्पताल र सहकारीबीच सम्झौता भएको हो । नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मा र सहकारीका अध्यक्ष उमा घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सो सहकारीमा ९ सय भन्दा बढी सदस्य आवद्ध छन् । यसअघि झापाको साहारा नेपाल र नोबेल अस्पतालवीच पनि उपचार सहुलियत सम्झौता भएको थियो । नोबेल अस्पताल र बिभिन्न सस्थाहरुवीच उपचार सहुलियत सम्झौता भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!