उदयपुरको घुर्मीमा जीप दुर्घटना, दुईको मृत्यु

उदयपुरको घुर्मीमा जीप दुर्घटना, दुईको मृत्यु

सोलुखुम्बु, १ असोज । काठमाडौँबाट सोलुखुम्बु आउँदै गरेको टाटा सुमोे जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बुका लागि छुटेको जीप दिउँसो उदयपुरको घुर्मीमा दुर्घटना हुँदा एक जना विदेशी नागरिकको घटनास्थलमै र एक जनालाई उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी चौकी घुर्मीले जनाएको छ । मृत्यु हुनेमा अन्दाजी ७५ वर्षका अस्ट्रेलियन नागरिक हुसेक रुडाल्डफ र उनकै श्रीमती वर...
संविधान दिवस सन्दर्भः आमाका नामबाट नागरिकता लिन सजिलो हुनुपर्ने माग

संविधान दिवस सन्दर्भः आमाका नामबाट नागरिकता लिन सजिलो हुनुपर्ने माग

विराटनगर, १ असोज ।  नेपालको संविधानबाट मालिक बनेका नेपाली जनता अब समृद्धिको पर्खाइमा छन् । नेपाली जनतालाई सार्वभौमसत्ता बनाउने यो संविधान जारीपछि कार्यान्वयनमा ल्याउने चुनौती पनि नेपालका राजनीतिक दलहरुले सजिलै सामना गर्नेछन् । स्थानीय, प्रदेश र सङ्घीय तहको निर्वाचन सफल रुपमा सम्पन्न गराउन नै देखिएको ठूलो चुनौतीलाई चिर्दै राजनीतिक दलहरु निर्वाचनमा होमिएका थिए । निर्वाचनपछि अहिले संविधानलाई पूर्...
सनराईज बैंकको बार्षिकोत्सव: धनकुटा बजार क्षेत्रमा पुष्पबृक्षरोपण (फोटो फिचरसहित)

सनराईज बैंकको बार्षिकोत्सव: धनकुटा बजार क्षेत्रमा पुष्पबृक्षरोपण (फोटो फिचरसहित)

धनकुटा, १ असोज । एघारौं वार्षिकोत्सवको अवसर पारेर सनराइज बैंक धनकुटा शाखाले सोमबार धनकुटा बजार क्षेत्रमा पुष्पबृक्षरोपण गरेको छ । धनकुटा नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा धनकुटा नगरका प्रमुख प्रशासकीय अधिकृत टिकादत्त राई र सनराइज बैंकका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारीले संयुक्त रुपमा बृक्षरोपण गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राईले बृक्षरोपणका कारण बज...
कोशी गाउँपालिकाद्वारा २६ वटा सिफारिश निःशुल्क

कोशी गाउँपालिकाद्वारा २६ वटा सिफारिश निःशुल्क

इनरुवा, १ असोज । सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ । गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए । गाउँपालिकाले मोही नामसारी तथा मोही बाँडफाँट सिफारिश, निवेदन दस्तुर, कच्ची घर प्रमाणित, बसोबास प्रमाणित, नाम थर उमेरलगायत संशो...
धनकुटाका महिलाद्वारा बलात्कारी र हत्यारा बिरुद्ध प्रदर्शन

धनकुटाका महिलाद्वारा बलात्कारी र हत्यारा बिरुद्ध प्रदर्शन

धनकुटा, १ असोज । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै धनकुटाका महिलाहरुले जिल्ला सदरमुकाममा प्रदर्शन गरेका छन् । धनकुटामा क्रियाशिल विभिन्न महिला संघ संस्थाहरुको समन्वय र डब्लुडक्लुजे धनकुटा सम्पर्क व्यक्तिको संयोजनमा प्रदर्शन गरिएको हो । स्थानीय मदनचौकबाट निश्किएको बिरोध ¥यालीले धनकुटा बजारको परिक्रमा गरेको थियो । नगर परिक्रमा पश्चात पुनः मदनचौकमा पुगेर बिरोध सभा ग...
नोबेलको स्वास्थ्य शिविरबाट हप्तामै ३५ सय बिरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

नोबेलको स्वास्थ्य शिविरबाट हप्तामै ३५ सय बिरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

विराटनगर, ३१ भदौ । नोबेल शिक्षण अस्पतालले गत साता मोरङका चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ३ हजार ५ सय ४० जना बिरामीको निःशुल्क उपचार गरेको छ । गत आईतवारदेखि शनिवारसम्म मोरङको कटहरी, बेलवारी, बुढीगंगा र ग्रामथानमा शिविर सञ्चालन गरी बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । गत आईतवार कटहरी गाउँपालिकाको सितपुरमा सञ्चालित शिविरमा ६३ जनाले भिडियो एक्सरे र ४७ जनाले ल्य...
विश्वकर्मा उदयपुर प्रहरीमा

विश्वकर्मा उदयपुर प्रहरीमा

गाईघाट, ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई राजधानी काठमार्डाैँबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ । काठमाडौँबाट खड्गबहादुरलाई काठमाडौँका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए । खड्गबहादुरले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी...
नेकपा नेता ऋषिराम ढुंगानालाई मातृशोक

नेकपा नेता ऋषिराम ढुंगानालाई मातृशोक

धनकुटा, ३१ भदौ । नेपाल कम्युनिष्ट पार्टी धनकुटाका नेता ऋषिराम ढुंगानालाई मातृशोक परेको छ । आमा यज्ञकुमारीको ७६ बर्षको उमेरमा गएराति निधन भएपछि नेता ढुंगानालाई मातृशोक परेको हो । निमोनिया भएपछि केहि दिन अघि उनलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । निमोनियाको औषधि सेवन गर्दै आएकी ढुंगानाको गएराति १२ः४४ बजे धनकुटा–६ कचिडे स्थित घरमा निधन भएको परिवारस्र...
बिहान विद्यार्थी, दिउँसो सफारी चालक

बिहान विद्यार्थी, दिउँसो सफारी चालक

माेरङ, ३१ भदौ । रीता कार्की १४ वर्षकी भइन् । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग हो घर । नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा पढ्छिन् । बिहान स्कुल जाने उनी दिनभरि सिटी सफारीको हेन्डिल घुमाउँदै यात्रु ओसार्छिन् । भन्छिन्, ‘पढाइ र परिवारको खर्च जुटाउन सिटी सफारी चलाउँछु ।’ घरछेउकै स्कुलमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उनको भूमिका फेरिन्छ । पारिवारिक आर्थिक अवस्था कमजोर छ । सफार...
प्रदेश सरकारमा धेरै जटिलता: मन्त्री घिमिरे

प्रदेश सरकारमा धेरै जटिलता: मन्त्री घिमिरे

धनकुटा, ३० भदौ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकार सञ्चालन गर्नु नयाँ अभ्यास भएकाले यसको ब्यवस्थापन लगायत बिषयमा धेरै जटिलता देखिएको बताएका छन् । धनकुटामा शनिवार गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयको सातौं वार्षिक साधारणसभा, श्रष्टा सम्मान, स्मारिका विमोचन एवं काव्य गोष्ठी उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै मन्त्री घिमिरेले यस्तो बताएका हुन् । तीन तहको सरकारको ...
उदयपुरको कटारी अस्पतालमा चिकित्सक अभाव हुँदा उपचारमा समस्या

उदयपुरको कटारी अस्पतालमा चिकित्सक अभाव हुँदा उपचारमा समस्या

गाईघाट, उदयपुर, २८ भदौ । जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ । दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरेर बस्नुपर्ने नत्र अन्यत्र निजी क्लिनिक जान बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । कटारी–८ सिरीसेका रामप्रसाद पौडेल भन्नुहुन्छ, “एक म...
पूर्वी पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध

पूर्वी पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध

पशुपतिनगर, २८ भदौ । केन्द्रीय विद्युत् प्रसारण लाइनमा समस्या आएपछि पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत् सेवा ठप्प भएको छ । नेपाल विद्युत् प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा ठप्प भएको हो । इलामको रोङ गाउँपालिकास्थित किटेनीमा चार दिनअघि गएको पहिरोका कारण झापाको विर्तामोडदेखि ताप्लेजुङ जोड्ने ३३ केभीको विद्युतीय लाइनको चार पोलमा क्षति पुगेक...
ठाउँ-ठाउँमा तीजको रमझम : ब्रत बस्दा स्वास्थ्यको ख्याल गर्न इन्दिरा शर्माको सुझाव (भिडियोसहित)

ठाउँ-ठाउँमा तीजको रमझम : ब्रत बस्दा स्वास्थ्यको ख्याल गर्न इन्दिरा शर्माको सुझाव (भिडियोसहित)

विराटनगर, २७ भदौ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज बुधबार मोरङमा पनि धुमधामका साथ मनाईएको छ । ठाउँ–ठाउँमा तीज बिशेष कार्यक्रम गरेर हर्सोल्लासपूर्वक तीज पर्व मनाईएको हो । यसैवीच तीजको अवसर पारेर मोरङको वेलवारी–३ सहकारी टोलमा कल्पेश्वर शिव मन्दिर ब्यवस्थापन समितिले तीज बिशेष धार्मिक साँस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रमलाई संबोधन गर्दै नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले...
बेलडाँगी–१ शिविर खाली

बेलडाँगी–१ शिविर खाली

दमक, २७ भदौ । विगत २६ वर्षदेखिको झापा दमकमा रहेको भुटानी शरणार्थी शिविर वेलडाँगी १ खाली भएको छ । शरणार्थी रित्तिएपछि शिविर खाली गरिएको हो । शरणार्थी तेस्रो मुलुक पुनर्वास तथा बाँकी रहेकालाई अन्यत्र स्थानन्तरण गरिएपछि दमक नगरपालिका–२ को उक्त शिविर खाली भएको शिविरका पूर्वसचिव सञ्चहाङ सुब्बाले बताउनुभयो । खाली गर्ने क्रममा थोरै संख्यामा त्यहाँ बस्दै आएका शरणार्थीलाई बेलडाँगी –२ र ३ मा घर निर्माण ग...
पूर्वी नेपालमा भूकम्पको धक्का

पूर्वी नेपालमा भूकम्पको धक्का

धनकुटा, २७ भदौ । पूर्वी नेपालमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान करिव १० बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । धनकुटा, भोजपुर, सुनसरी, मोरङ, झापा लगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जिल्ला सहकर्मीहरुले जनाएका छन् । भूकम्पको रेक्टरस्केल र केन्द्र बिन्दु भने पत्ता लाग्न वाँकी छ ।
मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु, छ घाईते

मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु, छ घाईते

मोरङ, २६ भदौ । मोरङका दुई स्थानमा मंगलवार भएका सवारी दुर्घटनामा परी दुई महिलाको मुत्यु भएको छ भने ६ जना घाईते भएका छन् । विराटनगर बसपार्क दक्षिण कोशी राजमार्गमा विहान करिव ११ बजे ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक महिलाको मृत्यु भयो । दुर्घटनामा दुई जना घाईते छन् । महेन्द्रचौकदेखि जोगबनीतर्फ जादै गरेको एच.आर.५५ एल.१४१९ नम्बरको भारतीय मालबाहक ट्रकले सोहि दिशातर्फ जादै गरेको को.५ प.३२०० नम्बरको मो...
डा. सुनिल शर्माले गरे बेवारिसे बिरामी बृद्धको उद्धार, नोबेलमा उपचार हुँदै (भिडियो रिपोर्टसहित)

डा. सुनिल शर्माले गरे बेवारिसे बिरामी बृद्धको उद्धार, नोबेलमा उपचार हुँदै (भिडियो रिपोर्टसहित)

विराटनगर, २५ भदौ । बेवारिसे अवस्थामा भेटिएका बिरामी बृद्धलाई उद्धार गर्न डा.सुनिल शर्मा मोरङको कानेपोखरी पुग्दा ७२ बर्षीय बृद्ध पीडाले छटपटाई रहेका थिए । एक साता अघिदेखि बाँसको टहरो भित्र ओढ्ने ओछ्याउँने बिना नै लेउ लागेको भुईमा वाँसको चित्राको सिरानी लगाएर सुतेका उनको उठ्न सक्ने अवस्था थिएन । सिकिस्त बिरामी भएर थलिएका बृद्धलाई डा.शर्माले उठाएर गाडीमा राख्दै गर्दा उनले ओठ कमाउँदै भने ‘अव त बाच्...
विराटनगर महानगरपालिकाका दुई कर्मचारी ८५ हजार घुससहित पक्राउ

विराटनगर महानगरपालिकाका दुई कर्मचारी ८५ हजार घुससहित पक्राउ

विराटनगर, २४ भदौ । सेवाग्राहीबाट ८५ हजार घुस लिएको आरोपमा विराटनगर महानगरपालिका वितिय व्यवस्थापन महाशाखाका खरिदार र कार्यलय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । महाशाखाका खरिदार तिलकमणि पोख्रेल र कार्यलय सहयोगी बुधलाल सरदारलाई आईतबार महानगरपालिकाको राजश्व महाशाखाबाट अख्तियारले पक्राउ गरेको हो । विराटनगर ७ की मीना शाक्यबाट घरजग्गा कर तिर्ने बिषयमा घुस लिएको आरोपम...
एकै वडाका नौ जनाबाट १३ वर्षीया बालिका बलात्कृत, बालिकाको पेटमा २४ हप्ताको गर्भ

एकै वडाका नौ जनाबाट १३ वर्षीया बालिका बलात्कृत, बालिकाको पेटमा २४ हप्ताको गर्भ

इलाम, २४ भदौ । बलात्कारका घटना बढिरहेका बेला इलाममा पुन: कक्षा छ मा पढ्ने १३ वर्षीया बालिका बलात्कृत भएकी छन्  ।  बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भमा २४ हप्ताको गर्भ रहेको पुष्टि भएको छ । बालिका बलात्कार गरेर गर्भवती बनाएको अभियोगमा प्रहरीले देउमाई नगरपालिका–९ का नौ जना पक्राउ गरेको छ । एक जनाविरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ भने आठ जनालाई शनिबार मात्र पक्राउ गरेको छ । उनक...
भोजपुरमा एक महिना देखि उडान सेवा अवरुद्ध

भोजपुरमा एक महिना देखि उडान सेवा अवरुद्ध

भोजपुर, २४ भदौ । एक महिना अघिदेखि जिल्लामा हवाइ सेवा सञ्चालन हुन सकेको छैन । जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको हो । लामो समयदेखि उडान नहुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र सिफारिस गरिएका बिरामीलाई लैजान समस्या परेको छ भने आकस्मिक कामका तत्काल राजधानी पुग्न र वृद्धवृद्धा तथा असक्तलाई पनि ओहोर–दोहोर गर्न समस्या हुँदै आएको छ । भोजपुर जिल्ला अस्पत...
चट्याङबाट ट्रान्सफर्मरमा क्षति, गाँउ अन्धकार

चट्याङबाट ट्रान्सफर्मरमा क्षति, गाँउ अन्धकार

पशुपतिनगर, इलाम, २४ भदौ । हावाहुरी वर्षातसँगै परेको चट्याङका कारण विद्युत् ट्रान्सफर्मर पड्कँदा इलामको दुई स्थानीय तहका सयौँ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । वर्षात्सँगै गत बिहीबार परेको चट्याङबाट इलामको सूर्योदय नगरपालिका र माई जोगमाई गाउँपालिका क्षेत्रमा रहेका सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुगेको हो । सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुग्दा दुई स्थानीय तहका ९०० बढी परिवार ...
तमोर नदीले बगाएर महिलाको मृत्यु

तमोर नदीले बगाएर महिलाको मृत्यु

धनकुटा, २३ भदौ । धनकुटाको मुलघाटस्थित तमोर नदीले बगाएर शनिवार बिहान एक महिलाको मृत्यु भएको छ । पुल नजिकै नुहाउँने क्रममा बिहान करिव १० बजे नदीले बगाउँदा धरान उपमहानगरपालिका–१४ बिजयपुरकी ५५ वर्षिया भीमाकुमारी भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीले बगाएको स्थान भन्दा करिव दुई किलोमिटर तलबाट उनको शव निकालिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्र गुरुङले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार...
सुनसरीमा सुरक्षित गर्भपतन गराउने बढ्दै

सुनसरीमा सुरक्षित गर्भपतन गराउने बढ्दै

इनरुवा, २२ भदौ । सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ । आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४/०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका मजबुल आलमले जानकारी दिए । जिल्लामा चार वर्षको तथ्याङ्कलाई हेर्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या क्रमश : बढ्दै गएको देखिएको छ...
रामधुनीलाई ‘रामायण सर्किट’मा जोड्न पहल

रामधुनीलाई ‘रामायण सर्किट’मा जोड्न पहल

धरान, २२ भदौ । भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ धार्मिकस्थललाई ‘रामायण सर्किट’मा जोड्ने अवधारणा ल्याएसंगै सुनसरीको रामधुनीलाई त्यसमा समेत समावेश गर्न रामधुनी बाबा वन्खण्डी मन्दिर गुठी व्यस्थापन समितिले पहल गर्न थालेको छ । त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलङ्काका धार्मिकस्थललाई एउटै मार्गले जोड्न भारतले ‘रामायण सर्किट’को अवधारणा ल्याएकामा गत वैशाखमा भारतीय प्रधानमन्त्री मोदी ...
हत्यारालाई कारबाही माग गर्दै धनकुटामा प्रदर्शन

हत्यारालाई कारबाही माग गर्दै धनकुटामा प्रदर्शन

धनकुटा, २१ भदौ । बलात्कारपछि हत्या गरेर फालिएको अवस्थामा शव फेला परेकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै धनकुटामा प्रदर्शन गरिएको छ । पन्तको हत्यामा संलग्नलाई पक्राउ गरेर कडा कारबाही गर्न माग गर्दै बिहिबार जिल्ला सदरमुकाममा प्रदर्शन गरिएको हो । स्थानीय मदनचौकबाट सुरु भएको जुलुशले बजारका बिभिन्न क्षेत्रको परिक्रमा गरेको थ...
सहिदभूमीमा कांग्रेसले बाढ्यो सदस्यता प्रमाणपत्र

सहिदभूमीमा कांग्रेसले बाढ्यो सदस्यता प्रमाणपत्र

धनकुटा २१ भदौ । नेपाली कांग्रेस धनकुटाले बिहिबार सहिदभूमी गाउँपालिकाको पिप्लेमा क्रियासिल सदस्यताको प्रमाणपत्र वितरण गरेको छ । संगठनलाई क्रियासिल तथा सुदृढीकरण गर्न पार्टीका नेता तथा कार्यकर्तालाई क्रियासिल सदस्यताको प्रमाणपत्र वितरण गरिएको कांग्रेसले जनाएको छ । कार्यक्रममा जिल्ला सभापति अग्नी प्रसाद पौडेल, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई लगायतले प्रमाणपत्र बितरण गर्दै कांग्रेसले स...
धनकुटामा लिङदेनको गर्जन: पहिचानका आधारमा प्रदेशको नाम नराखे जातिय युद्ध गर्छौ

धनकुटामा लिङदेनको गर्जन: पहिचानका आधारमा प्रदेशको नाम नराखे जातिय युद्ध गर्छौ

धनकुटा, २१ भदौ । संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेनले प्रदेश १ को नाम लिम्बूवान किराँत खम्बूवान नभए देशमा जातिय युद्ध हुँने चेतावनी दिएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बूवान मञ्चले बिहिबार धनकुटामा गरेको खबरदारी सभालाई संबोधन गर्दै लिङदेनले यस्तो बताएका हुन् । प्रदेशको नामाकरण पहिचानका आधारमा नभए देशमा जातिय युद्ध सुरु गर्ने भन्दै अध्यक्ष लिङदेनले त्यसको ने...
मोरङ क्षेत्र नम्बर ३ मा चम्किदै कांग्रेस: बढ्दैछ पार्टी प्रवेशको लहर (फोटो फिचरसहित)

मोरङ क्षेत्र नम्बर ३ मा चम्किदै कांग्रेस: बढ्दैछ पार्टी प्रवेशको लहर (फोटो फिचरसहित)

विराटनगर, २१ भदौ । मोरङको पथरीशनिश्चरे–३ किराती चौकमा गत सोमबार दिउँसो भएको कार्यक्रममा करिव ७० जना बिभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरे । लगत्तै सोहि साँझ सुन्दरहरैचाको सुक्रवारेमा नेकपासहित बिभिन्न पार्टीका ८१ जना कार्यकर्ता कांग्रेसमा गए । पुनः केहि समयपछि सुन्दरहरैचाको खोर्सानेमा पनि ५५ जनाले बिभिन्न पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरे । मोरङको ३ नम्बर क्षेत्रमा बिभिन्न पार...
जन्म दिनमा नेता भट्टराईद्वारा विद्यार्थीलाई सहयोग

जन्म दिनमा नेता भट्टराईद्वारा विद्यार्थीलाई सहयोग

ताप्लेजुङ, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले जन्म दिनका अवसरमा ताप्लेजुङका दुई दलित विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । केही वर्षदेखि आफ्नो जन्म दिनमा सामाजिक काम गर्दै आएका भट्टराईले यसपटक पाथीभरा याङवरक गाउँपालिका शारदा मावि कक्षा १ मा अध्ययनरत कमल विक र गङ्गा विकलाई आर्थिक सहायता प्रदान गरेका हुन । पार्टीले विद्यालय भर्नामा जुट्न आह्वान गरेअनुसार आफैँले वि...
यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान

यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान

इलाम, २१ भदौ । सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा इलाममा बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ । मानव बेचविखनविरुद्धको १२औँ राष्ट्रिय दिवसका अवसरमा सो अभियान शुरु गरिएको हो । पछिल्लो समय देशभर जबर्जस्ती करणी र यौनजन्य हिंसाका घटना बढ्दै गएपछि शुरु गरिएको सो अभियानमा करणी र यौनजन्य हिंसाका घटना अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयका पदाधिकारी, स्थानीय ...
बिराटनगरमा सहकारीका बचतकर्ताको चार करोड हिनामिना गर्नेलाई थुनामा राख्न आदेश

बिराटनगरमा सहकारीका बचतकर्ताको चार करोड हिनामिना गर्नेलाई थुनामा राख्न आदेश

विराटनगर, २० भदौ । हिनामिना गरिएको बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै जिल्ला अदालत मोरङले विराटनगर–९ स्थित प्राईम बचत तथा ऋण सहकारी सस्थाका सञ्चालकलाई थुनामा राख्न आदेश दिएको छ । सहकारीका बचतकर्ताको करिब ४ करोड रकम फिर्ता नदिएको भन्दै जिल्ला अदालतले सहकारीका तीन सञ्चालकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला न्यायाधीश दिपक खनालको ईजालासले सहकारीका प्रबन्धक तथा सचिब विराटनगरका ३...
error: Content is protected !!