सौर्य एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि विराटनगरमा ग्राउन्डेड
मोरङ, १ असोज । सौर्य एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि विराटनगर बिमानस्थलमा ग्राउन्डेड भएको छ । काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ आउने क्रममा सोमबार विहान साढे ८ बजे उक्त जहाजमा चरा ठोक्किएको थियो ।
चरा ठोक्किएका कारण बायाँ पङ्खामा सामान्य क्षति भएकाले जहाज विराटनगर विमानस्थलमा अवतरण भएपछि ग्राउन्डेड भएको नेपाल नागरिक उड्यन प्राधिकरण विराटनगर क्षेत्रीय शाखाका नि...




























