काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एशियाली खेलकूद (एशियाड) मा रजत पदक जित्न सफल नेपाली प्याराग्लाइडिङ खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ ।

Advertisement

प्रधानमन्त्री ओलीले आज साँझ ट्वीटमार्फत पदक विजेता टोलीलाई बधाई दिनुभएको हो । इण्डोनेसियामा जारी १८ औँ संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत पदक हात पारेको हो ।

एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!